Youths of Birgunj :Y.O.B

  • Home
  • Youths of Birgunj :Y.O.B

Youths of Birgunj :Y.O.B Company Reg. No. 284874/078/079
Press Council Reg. No. 3277
(2)

24/07/2025

एडिबीको सहयोगमा सिर्सिया नदिको प्रदुषण नियन्त्रणको काम छिट्टै सुरु हुदैंछ : मन्त्री प्रदीप यादव

जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुरले प्रहरी निरीक्षक श्याम कुमार बस्नेतको नेतृत्वमा पछिल्ल...
24/07/2025

जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुरले प्रहरी निरीक्षक श्याम कुमार बस्नेतको नेतृत्वमा पछिल्लो १० महिनामा आपराधिक गतिविधिहरूविरुद्ध महत्वपूर्ण सफलता हात पारेको छ।

पर्सा, साउन ७ । जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुरले प्रहरी निरीक्षक श्याम कुमार ....

हिजो १२ बजे दिउसो खैरों रंगको हाफ पैंट्स वॉलवेट रंगको भेस्ट साथ खैरों रंगको बाग साथमा बोकेको।नाम-रुद्र गुप्ताउमर-१४ऐड्रे...
24/07/2025

हिजो १२ बजे दिउसो खैरों रंगको हाफ पैंट्स वॉलवेट रंगको भेस्ट साथ खैरों रंगको बाग साथमा बोकेको।
नाम-रुद्र गुप्ता
उमर-१४
ऐड्रेस-श्रीपुर
संपर्क:-९८२५२३१४९४
keep share

बीरगंजमा पानीको हाहाकार भइरहेको बेला जसपा नेपालका नेताहरू अहिले एक रिसोर्टको स्विमिङ पुलमा रमाइलो गर्दै गरेको तस्बिर साम...
24/07/2025

बीरगंजमा पानीको हाहाकार भइरहेको बेला जसपा नेपालका नेताहरू अहिले एक रिसोर्टको स्विमिङ पुलमा रमाइलो गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।

बिरगंजमा चर्को गर्मी: तापक्रम उच्च, सडक सुनसानजस्तैबिरगंज, साउन ८—पछिल्लो केही दिनयता बिरगंजमा चर्को गर्मीका कारण जनजीवन...
24/07/2025

बिरगंजमा चर्को गर्मी: तापक्रम उच्च, सडक सुनसानजस्तै

बिरगंज, साउन ८—
पछिल्लो केही दिनयता बिरगंजमा चर्को गर्मीका कारण जनजीवन प्रभावित भएको देखिन्छ। आज दिउँसो लिइएको दृश्यमा खुला आकाश, तेज घाम, र कमै मात्र मानिसहरू सडकमा हिँडिरहेका देखिन्छन्। सडकमा मोटरसाइकलहरू पार्क गरिएको भए तापनि मानिसहरूको चहलपहल सामान्यभन्दा कम देखिन्छ।

स्थानीय बासिन्दाका अनुसार, दिउँसो १२ बजेपछि बाहिर निस्कनै गाह्रो हुने तापक्रम बढिरहेको छ। गर्मीका कारण मानिसहरू घरभित्रै बस्न बाध्य छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार यस्तो मौसममा डिहाइड्रेसन, घाम लाग्ने समस्या, र नशा सम्बन्धी समस्या देखिन सक्छ। उनीहरूले मानिसहरूलाई दिनभर पानी पिउन, छायाँमा बस्न, र अत्यावश्यक नपरेसम्म बाहिर ननिस्कन आग्रह गरेका छन्।

बिरगंजको मुख्य बजार क्षेत्र, जहाँ सामान्यतया ठूलो भिड हुने गर्छ, अहिले गर्मीका कारण शान्त देखिन्छ। मौसम विभागका अनुसार आगामी दिनहरूमा पनि तापक्रम यस्तै रहनसक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ।

ध्यान दिनु पर्ने कुराहरु
-)अत्यधिक घाममा बाहिर ननिस्कनुहोस्।
-)दिनभरि प्रशस्त पानी पिउनुहोस्।
-)हलुका कपडा र टोपी प्रयोग गर्नुहोस्।
-)अत्यधिक शारीरिक श्रमबाट जोगिनुहोस्।
-)सनस्क्रिन लगाउनुहोस् (SPF 30 वा बढी)।
-)घाममा लामो समय रहनु परेमा छायाँ खोज्नुहोस
-)तरबुजा, खरबुजा, काक्रो, अमिलो जस्ता चिसो गुण भएका फलफूल खानुहोस्।
-)मसालेदार, धेरै तेलयुक्त खाना कम गर्नुहोस्
फोटो-B.D

बीरगंजमा आज अन्य दिनको तुलनामा तापक्रम ५ डिग्री सेल्सियसले बढ्ने अनुमान गरिएको छ। कृपया सतर्क रहनुहोस्, प्रशस्त पानी पिउ...
24/07/2025

बीरगंजमा आज अन्य दिनको तुलनामा तापक्रम ५ डिग्री सेल्सियसले बढ्ने अनुमान गरिएको छ। कृपया सतर्क रहनुहोस्, प्रशस्त पानी पिउनुहोस्, र अत्यावश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्कनुहोस्।

24/07/2025

डकैला बहुअरी घर भई हाल वीरगंज वडा नम्बर ११ मा बसोबास गरिरहेका एक बासिन्दाले आफू वीरगंजको मतदाता नभएको कारण वडा अध्यक्षले पानीको व्यवस्था नगरेको गुनासो गरेका छन्।

हामी सबैसँग अनुरोध गर्छौं—यस्तो संवेदनशील समयमा राजनीति नगर्नुहोस्। सबै मिलेर पानीको समस्याको समाधान निकालौं।

मौसम अपडेट : ८ साउन २०८२ आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ।
24/07/2025

मौसम अपडेट :
८ साउन २०८२ आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ।

24/07/2025

पानी नपरेर धान रोपेको खेत सुक्दै गएर चिरा परेपछि एक जना मुस्लिम व्यक्तिले अल्लाहसँग विन्ती गर्दै गुहार लगाएको दृश्य ।

23/07/2025

सभामुखले लेखेको पढ्न नसकेपछि । 😂

23/07/2025

भाडामा बसेको कारण वडाध्यक्षले हामीलाई डीप बोरिङबाट पानी दिनुभएको छैन।- स्थानिय बासी

Hope other elected leaders get inspired to work for public schools :- यो दृश्य नेपाल राष्ट्रिय आधारभूत विद्यालय, बेलवा–प...
23/07/2025

Hope other elected leaders get inspired to work for public schools :-
यो दृश्य नेपाल राष्ट्रिय आधारभूत विद्यालय, बेलवा–परसौनीको हो, जहाँ ७१ वर्षदेखि जिर्ण अवस्थामा थिचिएका सपना आज पुनः जागेका छन्।

प्रदेश सांसद रहबर अन्सारीको पहलमा मधेश प्रदेश सरकारको बजेटमार्फत वीरगंज–३१ स्थित बेलवा–परसौनीमा नयाँ विद्यालय भवन निर्माण सम्पन्न भएको हो।

Address


Alerts

Be the first to know and let us send you an email when Youths of Birgunj :Y.O.B posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Youths of Birgunj :Y.O.B:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share