31/07/2025
वीरगंजको भू-भाग सुकेर गम्भीर जलसंकट पैदा भएपछि मेयर राजेशमान सिंह आज विज्ञहरूको टोली लिएर चुरे क्षेत्रको निरीक्षणमा पुगे। उनले भने, “वीरगंजको जमिनलाई पुनः रिचार्ज गर्न राष्ट्रपति चुरे–तराई मधेश संरक्षण समिति, सङ्घीय सरकार र स्थानीय सरकारले एकै भएर काम गरे मात्र यो समस्या टुङ्गिन सक्छ।”