ताजा समाचार

ताजा समाचार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ताजा समाचार, News & Media Website, Delhi.

प्रहरी ज्यादतीविरुद्ध जसपा नेपालद्धारा आह्वान गरिएको दुई दिने बन्दको पहिलो दिन आज सर्लाहीको सदरमुकाम मलंगवा बजार पूर्णरू...
12/07/2025

प्रहरी ज्यादतीविरुद्ध जसपा नेपालद्धारा आह्वान गरिएको दुई दिने बन्दको पहिलो दिन आज सर्लाहीको सदरमुकाम मलंगवा बजार पूर्णरूपमा ठप्प भएको छ।
जसपाका मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्धको ‘झूठो मुद्दा’ खारेज गर्नुपर्ने मागसहित र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाहीको माग गर्दै बन्द आह्वान गरिएको हो । जसपाले शनिबार बिहानैदेखि बजार, कलकारखाना, यातायात पूर्णरूपमा बन्द गराएको छ।शुक्रबार साँझ मसाल जुलुससहित मलंगवा बजारमा प्रदर्शन गरिएको थियो। आज सलेमपुर चोकमा कार्यकर्ताहरूले टायर बालेर सडक अवरुद्ध पारेका छन्। मलंगवा–नवलपुर सडकखण्ड हुँदै चल्ने सवारीसाधन ठप्प छन्।गत हप्ता पूर्वाधार कार्यालयमा ‘कमिसन दिने’लाई मात्रै राति चेक काटिएको भन्ने विषयलाई लिएर अध्यक्ष यादव र एसपी खड्काबीच भनाभन भएको थियो। त्यसपछिको रात जसपा नेता यादवलाई पक्राउ गर्न गएका प्रहरीमाथि स्थानीयले आक्रमण गर्दै गाडी तोडफोड गरेका थिए।सर्लाही जिल्ला अदालतबाट यादवविरुद्ध पक्राउ पुर्जी जारी भए पनि एक सातादेखि उनी पक्राउ परेका छैनन् ।

12/07/2025

बानेश्वरस्थित संघीय संसद भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ परेका छन्। ड्रोन खसालेको आरोपमा बानेश्वरस्थित टेकस्पायर कलेजका प्राध्यापकसहित ५ जनालाई पक्राउ गरिएको हो। बोहराका अनुसार पक्राउ पर्नेमा प्राध्यापक विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू सुजलकाजी श्रेष्ठ, समन महर्जन, अफ्ताव रेजा र समिप खतिवडा छन्। विद्यार्थीहरूलाई प्रधानाध्यापक लक्षमण पोख्रेलले ड्रोन निर्माण गरी परीक्षण गर्न दिएका थिए। सोही क्रममा ड्रोन संसद भवनमा खसेको जनाइएको छ।

12/07/2025

मन्त्रीस्तरबाटै यति ठूलो ठूला भूमि आयोगको अध्यक्ष बन्नकै यति ठूलो घुसको डिल हुन्छ भने अन्य संवैधानिक निकाय देखि अन्य सरकारी तथा गैरसकारी निकायमा जान कति बुझाएका होलान सहजै अनुमान लगाउन सकिन्छ ? अनि भ्रष्टाचार अन्त्य कहाँबाट कसरी हुन्छ ? आकाशको फल, आँखातरि मर नै हो भ्रष्टाचार न्युनिकरण– फगत नारा ।

12/07/2025
अन्ततः सोबिता गौतमले सदनमा उठाएको प्रधानमन्त्री ओली गएको स्पेन भ्रमणको कार्यक्रमको आडमा भएको मानव तस्करीको विषय सत्य साव...
12/07/2025

अन्ततः सोबिता गौतमले सदनमा उठाएको प्रधानमन्त्री ओली गएको स्पेन भ्रमणको कार्यक्रमको आडमा भएको मानव तस्करीको विषय सत्य सावित भएको छ। देशकै प्रधानमन्त्री सहभागी भएको अन्तर्राष्ट्रिय कार्यक्रममा जाने बहानामा मानव तस्करीजस्तो जघन्य अपराध भएको खुलासा हुनु राष्ट्रको प्रतिष्ठामाथिको गम्भीर प्रहार हो।
उक्त कार्यक्रममा सहभागी गराउने भन्दै एनजीओको प्रतिनिधिका रूपमा देखाइ नेपाली युवाहरूलाई स्पेन पुर्याउने काममा संलग्न गिरोह पत्ता लाग्नुले यो आपराधिक कार्य योजनाबद्ध रूपमा गरिएको स्पष्ट हुन्छ।
सोबिता गौतमले उठाएको गम्भीर विषयलाई सम्बोधन गर्नुको सट्टा एमाले सांसदहरूले उल्टै उनको बोली संसदको रेकर्डबाट हटाउन माग गर्नु, भाषा सिकाउने धाक दिनु जस्ता आपत्तिजनक व्यवहार गरेका थिए।
तर समयले देखायो, सोबिता गौतमले बोलेको विषय तथ्यमा आधारित थियो र राष्ट्रिय चासोको मुद्दा उठाउनु नै सत्यको पक्षमा उभिनु हो भन्ने पुनः सावित भयो।

निर्दयी भगवानले दिएको दुखद घटना :यति राम्रो परिवारलाई क्षतविक्षत बनाएर पीडामा बस्न विवश बनाइएको छ । एउटा बहादुर राष्ट्रस...
12/07/2025

निर्दयी भगवानले दिएको दुखद घटना :यति राम्रो परिवारलाई क्षतविक्षत बनाएर पीडामा बस्न विवश बनाइएको छ । एउटा बहादुर राष्ट्रसेवक प्रहरी हवल्दार जसले परिवारदेखि राष्ट्रका लागि योगदान दिइरहेको हुन्छ । दुर्घटनामा परेर टाउकोमा गम्भिर चोट लागेपछि लामो समयदेखि अचेत रहेका हर्केश विष्टको स्याहारमा अस्पतालमा उनकी श्रीमति निरुता रातदिन बिताईरहेकी छन् । त्यही अस्पतालको शैयाबाट उनकी पत्नीले लेखेको भावविब्हल यो अभिव्यक्ति ।
निरुताले एक भावुक सन्देश सार्वजनिक गरेकी छिन्।
उनले लेखेकी छिन्:
"सायद अझै धेरै दुःख, कष्ट बाँकी नै छन्। जीवनमा सधैं सुखभन्दा पीडा नै बढी भोगें। अझै कति भोग्न बाँकी छ, हेरौं…
तर जबसम्म सास चलिरहन्छ, म कहिल्यै हार मान्दिनँ। तपाईंलाई दुखेको देख्दा, मलाई पनि चिर्ने घाउजस्तै पीडा हुन्छ। भन्न सक्दिनँ, तर बुझ्छु-तपाईंको आँखाको इशाराबाट।
तीन वर्षमा ५–६ वटा अपरेसन भइसके। फेरि पनि टाउकोकै अपरेसन गर्नुपर्ने भयो।
जिन्दगी कति कठोर रहेछ… अब सबै भगवानको हातमा छोडें।
छोरी बारम्बार तपाईंको बारेमा सोध्छे-जवाफ दिन सक्दिनँ। यो अपरेसन अघिल्लाभन्दा धेरै कठिन छ। भगवान, तपाईंको रक्षा गरिदिनुहोस्… तपाईंको आवाज फेरि सुन्न आतुर छु।"

सामाजिक संजाल कर्ता Geeta Gi Ta  दिदी लेख्छिन्, " सहकारी आफुहरु मिलेर खाए रबिलाई दोषी देखाएर उम्किए, अब भिजिट भिषा मानब ...
03/07/2025

सामाजिक संजाल कर्ता Geeta Gi Ta दिदी लेख्छिन्, " सहकारी आफुहरु मिलेर खाए रबिलाई दोषी देखाएर उम्किए, अब भिजिट भिषा मानब तस्कर गरि मिलेर खाए अब डिपि अर्याललाई दोषी देखाएर उम्किने षड्यन्त्र गर्दैछन ! सत्ता शक्तिको दम्भ ... भनेको यहि त होला नि ?"

नेपालका सबै भन्दा खत्रा पत्रकार राजिव खत्री लेख्छन्, " टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश रे !भ्रष्ट्राचारी...
03/07/2025

नेपालका सबै भन्दा खत्रा पत्रकार राजिव खत्री लेख्छन्, " टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश रे !
भ्रष्ट्राचारी विरुद्ध बोल्नेलाई ३० हजार रुपैयाँ धरौटी । अनि ६१ किलो सुन तस्करी गर्नेलाई दुई लाख धरौटी । चोरलाई चौतारो साधुलाई सुलीमा चढाउने कानुन

रामकुमारी झाँक्रीको अध्यक्ष माधव नेपालविरुद्ध कडा अभिव्यक्ति:  ‘कहाँ हुन्छ यसरी? म त भन्छु- अब अर्ली महाधिवेशन गरौँ। कान...
03/07/2025

रामकुमारी झाँक्रीको अध्यक्ष माधव नेपालविरुद्ध कडा अभिव्यक्ति: ‘कहाँ हुन्छ यसरी? म त भन्छु- अब अर्ली महाधिवेशन गरौँ। कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो। अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।’

झापामा साथीभाईको रिसिइबीले दुई किशोर थापा र तामाङको मृत्यु
03/07/2025

झापामा साथीभाईको रिसिइबीले दुई किशोर थापा र तामाङको मृत्यु

No.1 News Portal From Nepal

इटहरीमा राती करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ३५ बर्षीय राईको मृत्यु।
02/07/2025

इटहरीमा राती करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ३५ बर्षीय राईको मृत्यु।

ओलीले गरे जननेता मदन भण्डारीको अपमान-नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन महासचिव जननेता मद...
02/07/2025

ओलीले गरे जननेता मदन भण्डारीको अपमान
-नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन महासचिव जननेता मदन भण्डारीलाई उपेक्षा गर्नेगरी अभिव्यक्ति दिएका छन् ।
‘चार वटी कि कतिवटा श्रीमती छन् भनेर आरोप लगाइयो । त्यसको प्रमाण कसले खोज्न जाने अब ? अनेक दुर्बाच्य बोलिए,’ ओलीले भनेका थिए, ‘सहकारीमा ठगेर हिँडेको हो भनेर आरोप लगाइयो । कुनै आधार, साइनो सम्बन्ध केही पनि थिएन ।’
मदन भण्डारीलाई आफूहरुले महासचिव बनाएको दाबी गरे । जनताको बहुदलीय जनवाद (जबज) को श्रेय पनि मदन भण्डारी एक्लैमा नजाने ओलीको तर्क थियो ।

Address

Delhi

Alerts

Be the first to know and let us send you an email when ताजा समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share