03/09/2026
१३ सेप्टेम्बर २०२६ सबै जन सामुदाय संग सहयोग को अपील।
📍 इन्दिरा गान्धी इन्डोर स्टेडियम, आईटीओ, नयाँ दिल्ली
आउनुहोस्, नेपाली तथा गोर्खाली समुदायका गौरवशाली प्रतिभाहरूको सम्मानमा सहभागी बनौँ र यस ऐतिहासिक समारोहलाई सफल पारौँ। साथ मा सम्मान कार्यक्रम पनी छ।
दिल्ली, NCR मा रहेका नेपाली भाषी हरु को लागी गौरव को क्षण पहिलो पटक दिल्ली सरकारको सहयोगमा, तीज कार्यक्रम। हाम्रो स्वाभिमान ट्रस्ट (पतञ्जलि योगपीठ, हरिद्वार) द्वारा आयोजित समारोहमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका गौरवशाली व्यक्तित्वहरूलाई “हाम्रो गौरव अवार्ड २०२६” बाट सम्मान गरिने भएको छ।
यस वर्ष सम्मानित हुनुहुने विशिष्ट व्यक्तित्वहरू:
1. गोपालसिंह नेपाली — आजीवन उपलब्धि सम्मान
2. पद्मश्री गम्भीरसिंह योनजोन — जैव विविधता
3. पद्मश्री जीतु राई — विश्वविजेता निशानेबाज
4. सुनील छेत्री — पूर्व कप्तान, भारतीय राष्ट्रिय फुटबल टोली
5. देवराज उपाध्याय — प्रशासनिक सेवा
6. डा. गोकुल सिन्हा — साहित्य तथा शिक्षा
7. सुश्री शान्ति ठटाल — संगीत
8. कृष्ण कडारिया — व्यवसाय एवं उद्यमिता
9. विनोद खनाल — कला एवं संस्कृति
10. एसीपी जमुना थापा — महिला सशक्तीकरण
11. श्री भावेश निरौला — कृषि एवं जैविक खेती