Khel Khabar

Khel Khabar All sports news from Nepal.

अर्जेन्टिनी सुपरस्टार लियोन मेसीले दोस्रो पटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। सामाजिक सञ्जालमा लामो...
31/08/2026

अर्जेन्टिनी सुपरस्टार लियोन मेसीले दोस्रो पटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। सामाजिक सञ्जालमा लामो सन्देश लेख्दै मेसीले यो निर्णय आफ्नो आत्माका लागि सबैभन्दा पीडादायी भए पनि यही सही समय भएको उल्लेख गरेका छन्।

यसअघि मेसीले सन् २०१६ मा लागतार दोस्रो पटक कोपा अमेकिराको फाइलनमा चिलीसँग पराजित भएपछि सन्न्यासको घोषणा गरेका थिए। तर उनी सन्न्यास फिर्ता लिँदै मैदान फर्किएका थिए। त्यसपछि मेसीको अन्तर्राष्ट्रिय करिअर उचाईमा पुगेको थियो।

सन्न्यास फिर्ता लिँदै फर्किएपछि मेसीले अर्जेन्टिनालाई सन् २०२२ फिफा विश्वकप र दुई कोपा अमेरिका उपाधि दिलाए।

३९ वर्षीय मेसीले सन् २००५ मा डेब्यू गर्दै २०७ खेलमा १२५ गोल गरेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टिममा सन्दीप लामिछानेले कप्तानका रुपमा उत्कृष्ट पुनगरागमन गरेका छन्। एसिसी प्रिमयर कपमार्फत नेप...
31/08/2026

नेपाली राष्ट्रिय क्रिकेट टिममा सन्दीप लामिछानेले कप्तानका रुपमा उत्कृष्ट पुनगरागमन गरेका छन्। एसिसी प्रिमयर कपमार्फत नेपालको एकदिवसीय टिमको कप्तानमा पुनरागमन गरेका उनले पहिलो खेलमै ५ विकेट लिँदै सानदार प्रदर्शन गरे।

सन्दीपको सानदार प्रदर्शन मद्दतमा नेपालले विजयी सुरुआत ग¥यो। नेपालले बहराइनमाथि ७ विकेटको जित निकाल्यो। ८८ रनको झिनो लक्ष्य नेपालले २१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।

नेपालका दुई स्टार महिला फुटबलहरु सरु लिम्बू र रेनुका नगरकोटे पारो एफसीबाट भुटानको महिला लिग खेलिरहेका छन्। शनिबार पारोले...
31/08/2026

नेपालका दुई स्टार महिला फुटबलहरु सरु लिम्बू र रेनुका नगरकोटे पारो एफसीबाट भुटानको महिला लिग खेलिरहेका छन्। शनिबार पारोले थिम्पु एफसीसँग खेल्यो। यो खेल सरु र रेनुका दुवैले बाढीको पीडामा रहेको नेपाल र नेपालीका लागि प्रदर्शना गरे। २–१ले विजयी भएको सो खेलमा उनीहरुले हातमा ‘प्रे फर नेपाल’ लेखिएको टेप लगराएका थिए। पारोका अन्य खेलाडीहरुले यस्तै लगाएका थिए।

एसिसी प्रिमियर कपको पहिलो खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गरेका छन्। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत...
31/08/2026

एसिसी प्रिमियर कपको पहिलो खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गरेका छन्। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत आज भएको बहराइनविरुद्धको खेलमा सन्दीपले १० ओभरमा ४ मेडनसहित १४ रनमात्र खर्चेर ५ विकेट लिएपछि नेपालले बहराइनले ८७ रनमै अलआउट गरेको छ।

नेपालका लागि सन्दीपबाहेक ललित राजवंशीले ३ र करण केसीले २ विकेट लिए।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले बाढीकाे पीडामा रहेका देशबासीका लागि सहयाेगकाे घाेषणाा गरेका छन्।...
30/08/2026

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले बाढीकाे पीडामा रहेका देशबासीका लागि सहयाेगकाे घाेषणाा गरेका छन्।

ACC प्रिमियर कपका लागि मलेसियामा रहेका सन्दीपले क्यानबाट प्राप्त हुने १ महिनाकाे तलब र प्रतियाेगितामा आफूले हान्ने प्रत्येक बाउन्ड्री र लिने विकेटमा १५ सय सहयाेग गर्ने घाेषणा गरेका छन्।

पीडामा रहेका नेपाली अनुहारमा थाेरै भएपनि मुस्कान ल्याएकाेमा धन्यवाद रविन्द्र ! राेड टु युएफीकाे फाइनल पुगेकाेमा  बधाई ! ...
28/08/2026

पीडामा रहेका नेपाली अनुहारमा थाेरै भएपनि मुस्कान ल्याएकाेमा धन्यवाद रविन्द्र !

राेड टु युएफीकाे फाइनल पुगेकाेमा बधाई !

जनकपुर बोल्ट्सलाई पहिलो संस्करणको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी निशम फेरि जनकपुर ...
27/08/2026

जनकपुर बोल्ट्सलाई पहिलो संस्करणको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी निशम फेरि जनकपुर नै फर्किएका छन्। दोस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेलेका उनलाई जनकपुरले तेस्रो संस्करणका लागि फेरि अनुबन्धन गरेको हो।

नेपाली महिला फुटबलर सिमा रानी घले क्रोएसियाको शीर्ष महिला लिग क्लब जेडएनके स्प्लिटमा आबद्ध भएकी छन् । सिमा अब क्रोएसियाक...
25/08/2026

नेपाली महिला फुटबलर सिमा रानी घले क्रोएसियाको शीर्ष महिला लिग क्लब जेडएनके स्प्लिटमा आबद्ध भएकी छन् । सिमा अब क्रोएसियाको ए डिभिजन माजेन्टा लिगामा प्रतिस्पर्धा गर्नेछिन् । संकटा कलबबाट घरेलु फुटबल खेल्ने सिमाको अनुबन्धको जानकारी संकटा क्लबले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।

एसीसी प्रिमियर कपअघिको अभ्यास खेलमा नेपालले मलेसियामाथि ९ विकेटको फराकिलो जित निकालेको छ। नेपालको जितमा ओपनर आसिफ शेखको ...
25/08/2026

एसीसी प्रिमियर कपअघिको अभ्यास खेलमा नेपालले मलेसियामाथि ९ विकेटको फराकिलो जित निकालेको छ। नेपालको जितमा ओपनर आसिफ शेखको शतकसँगै १६१ र अर्जुन कुमालले ६१ रन बनाए। यी दुईले पहिलो विकटका लागि दोहोरो शतकीय साझेदारी गरेका थिए। बलिङमा कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए।

जर्जियन विंगर ख्विचा क्वारात्स्खेलिया पिएसजी आएपछि उत्कृष्ट लयमा छन्। दुवै पटक पिएसजीलाई च्याम्पियन्स लिग जिताउन उनका भू...
24/08/2026

जर्जियन विंगर ख्विचा क्वारात्स्खेलिया पिएसजी आएपछि उत्कृष्ट लयमा छन्। दुवै पटक पिएसजीलाई च्याम्पियन्स लिग जिताउन उनका भूमिका महत्वपूर्ण थियो। अझ पछिल्लो सिजन ठूला खेलमा उनकै निर्णायक प्रदर्शनमा पिएसजीले च्याम्पियन्स लिग उपाधि रक्षा गर्न सकेको थियो।

उनको यो प्रदर्शन पछि धेरैले क्वारात्स्खेलियाले बालोन डि’ओर जित्नुपर्ने बताएका छन्। त्यसमा जर्मन र रियल मड्रिडका लेजेन्ड टोनी क्रुस पनि पर्छन्।

एक अन्तर्वार्ताका क्रममा बालोन डि’ओरका बारेमा सोधिएको प्रश्नमा उनले क्वारात्स्खेलियाले जित्नुपर्ने बताए। मेसी, बेलिङ्हम, एम्बाप्पे र रोड्री सबैको क्लब सिजन औसत रहँदा क्वारात्स्खेलिया र उनको क्लब पिएसजी दुवै उत्कृष्ट प्रदर्शन गरेको क्रुसको तर्क छ।

उनले भनेका छन्– बालोन डी’ओर ख्विचा क्वारात्स्खेलियाले नै जित्नुपर्छ। सायद उनले जित्ने छैनन्, तर मेरो नजरमा उनी कुनै हिचकिचाहटबिना नम्बर १ दाबेदार हुन्।

विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू—मेसी, जुड, एम्बाप्पे र रोड्री—सबैको क्लब सिजन औसत रह्यो। क्वारात्स्खेलिया अहिले विश्वकै उत्कृष्ट क्लबबाट सबैभन्दा उत्कृष्ट खेलाडी थिए।

Address

Delhi
44600

Alerts

Be the first to know and let us send you an email when Khel Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khel Khabar:

Shortcuts

Share