Satya Tathya Samachar-सत्यतथ्य समाचार

  • Home
  • India
  • Delhi
  • Satya Tathya Samachar-सत्यतथ्य समाचार

Satya Tathya Samachar-सत्यतथ्य समाचार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Satya Tathya Samachar-सत्यतथ्य समाचार, Media/News Company, Delhi.

20/09/2025

मुग्लिन सडक : अब ४ घन्टामै खुल्ने संभावना ! लोडर, डोजर, एक्जाभेटरले धमाधम पहिरो पन्छाउंदै !!

20/09/2025

नारायणगढ मुग्लिन सडकमा अहिले सम्मकै ठूलो पहिरो : सडक खुल्ने सम्भावना अतिनै कम , बैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध !

19/09/2025

नारायणगढ मुग्लिन सडकको तुईन खोलामा ठूलो पहिरो : सडक खुल्न रातभर लाग्ने ! सडकमा लामो लाईन !!

19/09/2025

जेन्जी आन्दोलनमा आफ्नो छोरा गुमाएकी आमाको रोदन : यी भ्रष्ट नेताहरुलाई यी आमाको आंसुको श्राप लाग्नेछ !

ओलीको गोली पछिको बोली : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा फेसबुकमा लामो सन्देश जारी गर्दै देशवास...
19/09/2025

ओलीको गोली पछिको बोली :

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा फेसबुकमा लामो सन्देश जारी गर्दै देशवासीहरूलाई संविधानको रक्षा र सार्वभौमसत्ताको संरक्षण गर्न अपील गर्नुभएको छ। उहाँले हालै जेन-जी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाहरू, आफ्नो राजीनामा र सिंहदरबारमा भएको आगजनीलाई 'षड्यन्त्र' को संज्ञा दिनुभयो।

ओलीले फेसबुकमा जारी गरेको सन्देश यस्तो छ :

दिदीबहिनी तथा दाजुभाइहरू !
आज संविधान दिवस। नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन ।
यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।
संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं । अर्थतन्त्र तंग्रदै थियो।

गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो-आह्वान कर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।

हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ - नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।
यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ। विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ ।
तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ ।
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ।
हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ - सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ।
मेरो सबैमा अपील छ -
संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं।

19/09/2025

राज्यले गर्ने काम आशिका तामाङ ले गरिन : जेन्जी आन्दोलनमा घाईतेको कोठामै राहत सामाग्री र पैसा दिंदै ! देश , बिदेशबाट बटुलिन प्रशंसा , आगामी चुनावमा मेयर लड्दै आशिका !!

18/09/2025

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते ‘जेनजी’ले आह्व.....

18/09/2025

चितवन । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन चितवनले नयाँ पुस्ता (जेन–जी) आन्दोलनका क्रममा ध्वस्त पारिएका जिल....

18/09/2025

काठमाडौँ । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औ....

18/09/2025

काठमाडौँ । अभिनयमा अब्बल मानिने कलाकारमै पर्नुहुन्छ अभिनेता कामेश्वर चौरसिया । झन्डै दुई दशकअगाडि कलाकार बन्ने...

सामाजिक अभियान्ता आशिका तामाङको भयो चारै तिर प्रशंसा : घाइते  र घाईते परिवारलाई लाखौंको सहयोग ! यसै बिच गायिका शान्तिश्र...
18/09/2025

सामाजिक अभियान्ता आशिका तामाङको भयो चारै तिर प्रशंसा : घाइते र घाईते परिवारलाई लाखौंको सहयोग ! यसै बिच गायिका शान्तिश्री परियारले सामाजिक अभियन्ता आशिका तामाङमार्फत Gen-Z आन्दोलनका घा'इतेलाई सहयोग स्वरूप ५० हजार रुपैयाँ प्रदान गरेकी छन्।
परियारले आशिका संग हस्पिटल र घरघर पुगेर गरिरहेको निःस्वार्थ सेवाप्रति सम्मान प्रकट गर्दै, “मेरो सानो सहयोग हजुरको पवित्र कर्ममा मिसियोस्” भन्दै रकम प्रदान गरेकी हुन्।

18/09/2025

पुर्व मिस नेपाल श्रींखला खतिवडाले गरिन यस्तो खुलासा : म मैले तीन करोड भन्दा बढी कमाएको पैसाले हावार्ड पढ्न गएको हुं! म नेपो बेबी होइन , सेल्फ मेड हुं!!

Address

Delhi
44600

Alerts

Be the first to know and let us send you an email when Satya Tathya Samachar-सत्यतथ्य समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Satya Tathya Samachar-सत्यतथ्य समाचार:

Share