09/09/2026
कुल ब्याईकी आमालाई मन पर्यो दिभ्या ! ४ बर्षपछि दिभ्या र कुलको बिहे ?😍 हालै प्रकाश सुबेदीको कार्यक्रम "द प्रकाश सपुत शो" मा कुल ब्वाइलाई अभिनेत्री दिव्या रायमाझीसँगको सम्बन्ध र उनीप्रतिको धारणाबारे प्रश्न गरिएको थियो। कुराकानीका क्रममा कुलले दिव्याबारे आफ्नी आमाको धारणा पनि सुनाए।
कुलका अनुसार दिव्या र उनीसँग सम्बन्धित गीत, पोस्टर तथा प्रमोसनल सामग्री हेरेपछि उनकी आमाले दिव्यालाई निकै रुचाएकी छन्। ‘राम्री रहिछिन्, सुशील रहिछिन्, हेर्दा पनि पोजेटिभ खालकी रहिछिन्, यस्तै बुहारी चाहियो भन्नुहुन्छ,’ कुलले बताए।
उनले दिव्या र आफ्नो गीतदेखि पोस्टरसम्मका सामग्री सार्वजनिक भएपछि आमाले दिव्याको प्रशंसा गर्ने गरेको बताए। तर, दिव्यासँग विवाह गर्ने सम्भावनाबारे भने कुलले कुनै निश्चित जवाफ दिएनन्। ‘लेखान्तमा कसको भाग्यमा को पर्छ भन्न सकिँदैन,’ भन्दै उनले तत्काल विवाह गर्ने योजना नरहेको स्पष्ट पारे। कुलका अनुसार अहिले कम्तीमा चार वर्षसम्म विवाह गर्ने योजना छैन। त्यसपछि मात्रै जीवनसाथीका रूपमा को आउँछन् भन्नेबारे भन्न सकिने उनको भनाइ छ।😍❤️😘