02/09/2025
जनयुद्धका रगताम्य पाखा,
जनआन्दोलनका ज्वालामुखी बाटा,
त्यो आगोमा तातिएका सपनाहरू
आज गणतन्त्रको आकाशमा टाँसिएका छन्।
तर, सुनेको छु —
मेरो अनुपस्थितिमा गाउँका गल्लीहरू
भ्रष्टाचारका धुवाँले ढाकिएका रहेछन्,
श्रमजीवी हातका रगताम्यहातका रेखाहरू
अझै पनि भोकसँग लडिरहेका रहेछन्।
゚