16/01/2026
अर्घाखाँची महोत्सवमा कृषि, पर्यटन र उद्योग प्रदर्शनी: स्वदेस तथा स्थानीय उत्पादन विविधता
अर्घाखाँची, सन्धिखर्क । सातौँ अर्घाखाँची महोत्सवको कृषि, पर्यटन र उद्योग प्रदर्शनीमा जिल्लाभरिका किसान, उद्यमी, महिला समूह र युवा उद्यमीहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गरेका छन्। कुण्डुले फाटस्थित महोत्सव परिसरमा ताजा तरकारी, फलफूल, अन्नबाली, फूलदार बोटबिरुवा, घरेलु सामग्री, हस्तकला र साना उद्योगका उत्पादनहरूको भरिपूर्ण प्रदर्शनीले आगन्तुकहरूलाई आकर्षित गरेको छ।डेरी उद्योगसँग जोडिएका उद्यमीहरूले दूध, दही, घ्यू, मक्खन, चिज, अण्डा, कुखुराको मासु, पशु खाद्य र स्वास्थ्य उत्पादनहरू प्रस्तुत गरेका छन्।अर्घाखाँचीको फोटो पोस्टकार्ड, क्यालेन्डर, स्थानीय सांस्कृतिक वस्त्रहरू, पर्यटन मानचित्र र गाईड सामग्री जस्ता पर्यटन प्रवर्द्धनका सामग्रीहरू पनि मेलामा उपलब्ध छन्।युवा उद्यमीहरूले ह्यान्डमेड ज्वेलरी, ब्याग, पर्स, प्राकृतिक सौन्दर्य उत्पादन (हर्बल साबुन, तेल), सिलाइकन, बियरिङ्ग उत्पादन जस्ता नवीनता युक्त उत्पादनहरू प्रदर्शन गरेका छन्।अर्घाखाँचीको फोटो पोस्टकार्ड, क्यालेन्डर, स्थानीय सांस्कृतिक वस्त्रहरू, पर्यटन मानचित्र र गाईड सामग्री जस्ता पर्यटन प्रवर्द्धनका सामग्रीहरू पनि मेलामा उपलब्ध छन्।
महोत्सव अवधि: पुष २७ देखि माघ ११ सम्म
समय: प्रतिदिन बिहान १० बजेदेखि साँझ ८ बजेसम्म
स्थान: कुण्डुले फाट, सन्धिखर्क, अर्घाखाँची
#अर्घाखाँची_महोत्सव #कृषि_प्रदर्शनी #स्थानीय_उत्पादन #घरेलु_सामग्री #फूल_बिरुवा #साना_उद्योग #महिला_उद्यमी #युवा_उद्यमिता