25/11/2025
जीवनको महान् युद्ध: “स्पर्म” जसले तपाईंलाई बनायो
सबैलाई हराएर पाइएजस्तो जीवन
विश्वकै विज्ञानभित्र एउटा अद्भुत रहस्य लुकेको छ।
जब कुनै स्वस्थ पुरुषले सहवास गर्छ,
उनको वीर्यभित्र करिब ४० करोड स्पर्म हुन्छन्।
हो, पुरै ४०,००,००,००० सैनिकजस्तै!
यी सबै स्पर्महरू एकैचोटि
गर्भतर्फ पागलझैँ दौडन्छन्—
जसरी कुनै भीषण विश्वयुद्धको मैदानमा
सबै सैनिक आफ्नो ज्यानको बाजी लगाएर दौडिरहेझैँ।
तर यो ठूलो दौडमा कति बाँचेर अगाडि बढ्छन्?
३०० देखि ५०० मात्र।
बाकी?
थकाईले मर्छन्,
एसिडिक वातावरणले नष्ट पार्छ,
अथवा शरीरको प्रतिरक्षा प्रणालीले समाप्त गरिदिन्छ।
यी हजारौँ–लाखौँमध्ये
केवल एकजना मात्रै—
हो, एउटा अत्यन्त शक्तिशाली स्पर्म—
अण्डासम्म पुगेर त्यसलाई निषेचित गर्छ।
त्यही विजेता…
त्यो भाग्यमानी…
त्यो अद्भुत योद्धा—
तपाईं स्वयं हो।
म, तपाईं, हामी सबै।
के कहिल्यै गहिरोसँग सोच्नुभएको छ
यो अदृश्य संसारमा भएको
सबैभन्दा ठूलो “पहिलो युद्ध” को बारेमा?
जहाँ तपाईंले कुनै आँखा, हातखुट्टा, दिमाग केही पनि नभई जित्नुभयो
कल्पना गर्नुस्—
जब तपाईं दौडिरहनुभएको थियो,
तपाईंको शरीर थिएन, आँखा थिएन,
सोच्ने दिमाग थिएन,
डिग्री, प्रमाणपत्र, सीप केही पनि थिएन।
कसैले साथ दिएको थिएन—
न आमा–बुबा, न साथी, न कोच—
तैपनि
तपाईं जित्नुभयो।
४० करोड प्रतिस्पर्धीमध्ये
मृत्युलाई पछि पार्दै
सबैलाई हराउँदै
आप्mनै गन्तव्य—अण्डासम्म
पुगेर विजय लिनुभयो।
यो साधारण दौड थिएन,
यो थियो जीवनको सबैभन्दा निर्दयी,
सबैभन्दा कठोर,
सबैभन्दा महत्वपूर्ण युद्ध।
र उसै युद्धमा
तपाईंले पहिलोपटक
आफ्नै अस्तित्व प्रमाणित गर्नुभयो।
गर्भदेखि जन्मसम्म: निरन्तर जितको कथा
यहाँ तपाईंको कहानी सकिँदैन।
अनेक भ्रूणहरू गर्भमै मर्छन्—
गर्भपतन, संक्रमण,
जीनसम्बन्धी समस्या—
कति जोगिँदैनन्।
तर तपाईं जोगिनुभयो।
नयाँ कोशिका बन्ने,
रगत बग्ने,
हड्डी बन्ने—
९ महिनासम्म
सबै चुनौती पार गर्दै
बाँचिरहनुभयो।
जन्मको बेलाको पीडा—
कति बच्चा जन्मँदै
सांस रोकिन्छन्।
तर तपाईं बाँच्नुभयो।
जन्मपछि पहिलो पाँच वर्ष—
सबैभन्दा खतरनाक।
रोग, कुपोषण, दुर्घटना—
लाखौँ बालबालिकाले यही उमेरमा हार्छन्।
तर तपाईं हार्नुभएन।
मानिस कति युवा उमेरमै
दुर्घटना, रोग, पीडाले
जगत छोड्छन्।
तर तपाईं आज पनि
यहाँ—
सांस लिँदै, बाँच्दै।
आजको निराशा: किन बिर्सनुभयो आफ्नो शक्तिलाई?
अनि आज?
सानो समस्या आयो कि
आत्मविश्वास गुम्छ।
एक चोटि असफलता आयो कि
आफैँलाई कमजोर ठानिन्छ।
किन?
जबकि अहिले तपाईंसँग—
सोच्ने दिमाग छ,
हात–खुट्टा छन्,
अनुभव छ,
ज्ञान छ,
अवसर छ,
जीवन छ।
जुन केही पनि
त्यो पहिलो दौडमा थिएन—
तर त्यसै दौडमा
तपाईं विजेता बन्नुभयो।
स्मरण रहोस्—
तपाईं जन्मिँदै विजेता हो।
तपाईं हार्न जन्मिएका होइन।
फेरी उठ्न जन्मिएका हो।