NE Live 24

NE Live 24 सत्य र निष्पक्ष समचार
https://whatsapp.com/channel/0029Va5waSl7Noa26ENNPI0E/568
(1)

असम लगायत पूर्वोत्तर भारतका राज्यहरुमा युगौंदेखि बसोबास गर्दैं आएका गोर्खाहरुको आशा-आकाङ्क्षा, झेल्दै आएका पीर मर्का र समस्याहरु उजागर गर्दै दर्शकमाझ सत्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने प्रतिबद्धताका साथ पूर्वोत्तर भारतको वेब मिडिया जगतमा नयाँ संयोजन NE LIVE 24

08/09/2026

“कार्यालय हुनुपर्छ, झोलामा वा गाडीको डिक्कीमा होइन” — चूडामणि कैरालाको स्पष्ट धारणा

असम गोर्खा सम्मेलन, शोणितपुर जिल्ला समितिको २५औँ त्रैवार्षिक अधिवेशन नजिकिँदै गर्दा उपसभापति पदका प्रत्याशी चूडामणि कैरालाले संस्थाको कार्यालय र कार्यसम्पादनबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

“कार्यालय हुनुपर्छ, कतै झोलामा, कतै गाडीको डिक्कीमा कार्यालय हुनु हुँदैन” भन्दै कैरालाले संस्थालाई व्यवस्थित, पारदर्शी र संस्थागत ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

उपसभापति पदमा निर्वाचित भए स्थायी कार्यालयको व्यवस्थापन, संस्थागत पारदर्शिता र व्यवस्थित कार्यसम्पादनलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ।

के चूडामणि कैरालाको एजेन्डा केवल कार्यालयसम्म सीमित छ, कि संस्थागत सुधारको व्यापक योजना पनि छ?
हेर्नुहोस् Nelive24 को विशेष भिडियो।

08/09/2026

कार्यालय मात्र कि परिवर्तनको एजेन्डा? AGS शोणितपुरको २५औँ अधिवेशनअघि कार्यकारी सभापति प्रत्याशी संजय सिम्खाडाको विशेष आह्वान

📌 असम गोर्खा सम्मेलन, शोणितपुर जिल्ला समितिको २५औँ त्रैवार्षिक अधिवेशन नजिकिँदै गर्दा कार्यकारी सभापति पदका प्रत्याशित संजय सिम्खाडा प्रतिनिधिहरूसमक्ष आफ्ना विचार र एजेन्डासहित उपस्थित भएका छन्।

यस पटकको निर्वाचनमा मुख्य मुद्दा के हो? केवल कार्यालय निर्माणको मुद्दा मात्र हो, कि संगठनभित्र व्यापक परिवर्तन, नयाँ सोच र प्रभावकारी नेतृत्वको आवश्यकता पनि छ?

प्रतिनिधिहरूलाई गरिएको उनको विशेष आह्वानमा संगठनको भविष्य, कार्यशैली र परिवर्तनको आवश्यकतामाथि महत्वपूर्ण धारणा प्रस्तुत गरिएको छ।

संजय सिम्खाडाले प्रतिनिधिहरूसँग के अपिल गरे? उनको प्राथमिकता र परिवर्तनको खाका के छ? हेर्नुहोस् विशेष भिडियो वार्ता।

07/09/2026

रचनाकार रत्न बस्नेत र बिटु भुजेल नृत्य निर्देशन र सम्पादन प्रस्तुत "त्यो रातो सारीकाे" 2026
नयाँ तीज गीत र म्युजिक भिडियाेकाे केही झलक।
दुई दिन पछि सम्पूर्ण म्यूजिक भिडियो सार्वजनिन हुँदैछ।
र यस तीजको गीतलाई सबैजनाले माया र आशीर्वाद गर्नुहुन्छ भन्ने आशा व्यक्त गर्नुभएको छ। रचनाकार रत्न बस्नेतले।

गहपुरको समाजिकर्मी एवं सांगठनिक कर्मी रामकुमार प्रधानलाई अखिल भारतीय नेवार संगठनले प्रदान गरौं सामाजिक अभियन्ता सम्मान 2...
07/09/2026

गहपुरको समाजिकर्मी एवं सांगठनिक कर्मी रामकुमार प्रधानलाई अखिल भारतीय नेवार संगठनले प्रदान गरौं सामाजिक अभियन्ता सम्मान 2026।

📌 लखिमपुर जिल्ला अन्तर्गतको बुगीनदीको गोर्खा भवन परिचालना समिति गठन 📌 उक्त परिचालना समिति मा सभापतिको रूपमा चयन हुनुभएको...
06/09/2026

📌 लखिमपुर जिल्ला अन्तर्गतको बुगीनदीको गोर्खा भवन परिचालना समिति गठन
📌 उक्त परिचालना समिति मा सभापतिको रूपमा चयन हुनुभएको छ विप्लव छेत्री मूल सचिवको रूपमा अरुण उपाध्याय लाई चयन गरी एउटा शक्तिशाली भवन परिचालना समिति गठन

अखिल असम गोर्खा छात्र संघ लखिमपुर जिल्ला समिति अन्तर्गत चाउलधुवा अञ्चलिक समितिको सभापतिका रूपमा प्रेम मगर तथा मूल सचिवका...
06/09/2026

अखिल असम गोर्खा छात्र संघ लखिमपुर जिल्ला समिति अन्तर्गत चाउलधुवा अञ्चलिक समितिको सभापतिका रूपमा प्रेम मगर तथा मूल सचिवका रूपमा निर्मल छेत्री चयन गरी एउटा शक्तिशाली अञ्चलिक समिति गठन भएको छ।


नवगठित रंगानदी सह-जिल्लाको रंगानदी क्रिया संस्था (Ranganodi sports Association) को ललित प्रधानलाई जुटिया सम्पादक दायित्व...
06/09/2026

नवगठित रंगानदी सह-जिल्लाको रंगानदी क्रिया संस्था (Ranganodi sports Association) को ललित प्रधानलाई जुटिया सम्पादक दायित्व प्रदान।

नवगठित रंगानदी सह-जिल्लाको रंगानदी क्रिया संस्था (Ranganodi sports Association) को दीपक नेवारलाई सहसचिवको दायित्व प्रदान...
06/09/2026

नवगठित रंगानदी सह-जिल्लाको रंगानदी क्रिया संस्था (Ranganodi sports Association) को दीपक नेवारलाई सहसचिवको दायित्व प्रदान।

भावपूर्ण श्रद्धाञ्जलिअसमेली गोर्खा समाजका होनहार कलाकार तथा लोकप्रिय गोर्खा मौलिक गायक, लालीगुराँस थिएटरका मुख्य गायक एव...
06/09/2026

भावपूर्ण श्रद्धाञ्जलि

असमेली गोर्खा समाजका होनहार कलाकार तथा लोकप्रिय गोर्खा मौलिक गायक, लालीगुराँस थिएटरका मुख्य गायक एवं चर्चित गीत ‘कागज नम्बरमा, खुकुरी कम्बरमा’ का गायक हुकुम लाल मगर हामी सबैलाई शोकमा डुबाउँदै अनन्त यात्रामा प्रस्थान गर्नुभएको दुःखद खबरले सम्पूर्ण गोर्खा समाज मर्माहत बनेको छ।

जटिल रोगबाट ग्रसित भई उहाँ विगत केही समयदेखि GMCH मा उपचाररत हुनुहुन्थ्यो। उपचारकै क्रममा गत ५ सेप्टेम्बर २०२६ राति ११:४५ बजे उहाँले अन्तिम श्वास लिनुभएको दुःखद समाचारले असमको गोर्खा कला, संगीत तथा सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

आफ्नो सुमधुर स्वर र मौलिक गीत-संगीतमार्फत उहाँले गोर्खा समाजको सांस्कृतिक पहिचानलाई जीवन्त बनाउन पुर्‍याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ। उहाँको स्वर र सिर्जना सदैव हाम्रो मन-मस्तिष्कमा गुन्जिरहनेछ।

दिवंगत आत्माको चिरशान्ति तथा स्वर्गमा मोक्ष प्राप्तिको कामना गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं। यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

हार्दिक श्रद्धाञ्जलि, हुकुम लाल मगर।
तपाईंको स्वर अमर रहनेछ।

ॐ शान्ति।

Address

Dhekiajuli
784110

Alerts

Be the first to know and let us send you an email when NE Live 24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NE Live 24:

Shortcuts

Share