14/07/2025
📌 भारतीय कामी उन्नयन परिषद्, असम राज्यिक समितिको तत्वावधानमा आयोजित दोस्रो त्रिवार्षिक अधिवेशन लखिमपुरको पुस्तकालयमा भव्य र सफल रूपमा सम्पन्न
📌 नवनियुक्त सभापति छन्वीर सोनालले परिषद्को भावी योजनाबद्ध कार्यक्रमहरूको संक्षिप्त चर्चा गर्दै समुदायप्रति समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
📌 कलाश्री बिनोद खनालले परिषद्ले समाज रूपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै भावी नेतृत्वप्रति विश्वास प्रकट गर्नुभयो।
📌 दशरथ माझी फाउन्डेसनका संस्थापक गोविन्द विश्वकर्माले संगठन र समुदाय बीचको सहकार्य अझ सशक्त बनाउने धारणा राख्नुभयो।
📌 अधिवेशन आयोजक समितिका सभापति हर्कबहादुर सोनारले दुईदिने कार्यक्रमलाई ऐतिहासिक सफलताको संज्ञा दिँदै सबै सहयोगीप्रति आभार व्यक्त गर्नुभयो।
#छन्वीर_सोनाल