29/11/2025
महान आमा
--*--
मेरो एकजना परिचीत साथी छ
जो आफ्नो छोराको पछि यसरी हात धोएर पछि परेको छ कि उसको नजरमा उसको छोराले पढ्दैन। बास्तबमा उसको छोरा पढ्नमा राम्रो छ, मिहिनेती पनि छ। तर उसलाई आफ्नै घर परिवारले पढाई लाई लिएर यति गुनासो गर्छन् कि उ सधैं निराश भएर बस्ने गर्छ।
जब म आफ्नो परिचीत साथीको घरमा जान्छु , मैले उसको छोराले किताब हातमा बोकेर पढ्ने अभिनय गरिरहेको जस्तो देख्ने गर्छु।
अभिनय?
हजुर, अभिनय। मैले एकपटक मेरो परिचीतको छोरालाई तिमी सारा दिनभर पढिनै रहन्छौं? भनेर सोधेको थिए।
त्यसबेला उसले भनेको थियोे कि, एकदमै होइन। तर आमा-बुबालाई यसैमा खुशी मिल्छ कि म सारा दिन पढिरहेको उहाँहरुले देख्नुन।
"त्यसो हो भने तिमी किन साँच्चै नै पढ्दैनौं त?"
"जति मेरो दिमागमा आउँछ नि सन्तोष कार्की मौसुफ अंकल त्यति त म पढ्छु नै।"
"तिमीले अलि धेरै मिहेनत गर्नुपर्छ। आजभोलि धेरै नै प्रतिस्पर्धाको जमाना छ। जुन बेला तिमीले केही गर्नको लागि आफुलाई तयारी गर्दै गरेको हुन्छौं, त्यही समयमा कोही अरु तिम्रो भन्दा राम्रो मिहेनत गरि उसले आफ्नो जिन्दगीमा बाँच्ने तयारी गरिरहेको हुन्छ।"
तपाईंको कुरा पनि सहि हो, सन्तोष अंकल। म पढ्छु पनि। तर जति मेरो दिमागमा घुस्छ, त्यतिमात्रै त पढ्न सक्छु नि।"
"जुन कुरा तिमीलाई पढ्न लेख्न आउँदैन , जुन कुरा पढ्दा दिमागमा घुस्दैन त्यसको लागि घरमा शिक्षक राख्ने गर्दा हुन्छ नि।"
"कुरा शिक्षकको होइन। मलाई बुबाले ३-३ ठाउँमा ट्युसन पढ्न पठाउँनुहुन्छ। तर पढाएको कुरा मेरो दिमागमा फिट्टिकै घुस्दैन, त्यसबेला शिक्षकले मैले पढाको कुरा किन तिम्रो दिमागमा घुस्दैन? भनेर भन्ने गर्नुहुन्छ। जब सरले त्यसो भन्ने गर्नुहुन्छ त्यसबेला मेरो आँखा झनै धमिलो भएर किताबमा भाको अक्षर नै देख्न छोड्छु। म आफै त्यस कुरामा अल्झिन्छु।"
तपाईंहरुले सन्तोष कार्की मौसुफ को पोस्ट सधैं पढ्ने गर्नुहुन्छ। आशा छ कि तपाइँहरूले पोस्टमा आको कमेन्ट पनि पढ्ने गर्नुनै हुन्छ।
मेरो पोस्टमा कसैले कमेन्टमा लेख्नुभाको थियोे- कसैले के Naryan Dhakal जि ले लेख्नुभाको थियोे। उहाँले कमेन्ट गरेको कुरालाई पढेर म हिजो धेरै बेरसम्म सोचाइमा डुबिरहेको थिए।
तपाइँहरूलाई जस्ताको तस्तै अर्को एउटा कहानी सुनाउँछु यदि तपाइँहरूले पहिलानै कहानी पढ्नुभाको छ भने धेरै राम्रो तर पढ्नुभाको छैन भने यसलाई आत्मसात गर्नुहोला। तपाईंले यस कहानीलाई मेरो परिचीतको छोराको सन्धर्बमा नै पढ्नुपर्छ भन्ने छैन। तपाईंले यसलाई माया र सकारात्मक सोचमा कति शक्ति हुन्छ भन्ने संदर्भमा पनि पढ्न सक्नुहुनेछ।
एउटा प्राइमरी स्कुलमा पढ्ने सानो उमेरका (थोमस एडिसन) स्कुलबाट एउटा चिठी लिएर घर आए र उसले त्यो चिठी आफ्नी आमा न्यान्सी एडिसनलाई दिए। उसको आमाले चिठी खोलेर पढिन्। पढ्दै गर्दा उनको आँखामा आँसु टिलपिल भयो, तर उनले मुस्कुराउँदै छोरालाई भनिन्: "तिम्रो शिक्षकले लेख्नुभएको छ कि तिमी असाधारण विद्यार्थी हौ। हाम्रो स्कुलमा तिमीलाई पढाउन सक्ने सक्षमता राख्दैन। यहाँ पर्याप्त योग्य शिक्षकहरू छैनन्, त्यसैले तिमीलाई घरमै शिक्षित गरिनुपर्छ।"
वर्षौंपछि, जब उस बच्चाको आमाको मृत्यु भयो। त्यो बच्चा ठूलो भएर धेरै ठूलो बैज्ञानिक बनेको थियो। उसले धेरै ठुला-ठुला आविष्कार गरिसकेको थियोे। एकदिन उसले आफ्नो घर सरसफाइ गर्दै थिए त्यसबेला आमाको पुरानो टिनको बाक्साको एक छेउमा पुरानो चिठी भेटे। अरे यो त त्यही चिट्ठी हो, जसलाई धेरै बर्ष अगाडी उसको शिक्षकले आमालाई चिट्ठी लगेर दिनु भन्नुभाको थियोे।
उत्सुकता हुँदै एडिसनले त्यस चिट्ठीमा लेखिएको कुरा पढ्न थाले, त्यहाँ लेखिएको थियोे "तपाईंको छोरा मानसिक रूपमा कमजोर छ। तपाईंको छोरा हाम्रो स्कुलमा पढ्न योग्य छैन। उसको कारणले बाकी बच्चाहरुलाई पढ्नलाई असर गरिरहेको छ। यो बच्चा पढ्नै सक्दैन, त्यसैले उसलाई स्कुलबाट निष्कासित गरिएको छ, कृपया उसलाई हाम्रो स्कुलमा पठाउने प्रयास नगर्नुहोस्।"
यो पढेपछि थोमस एडिसन अत्यन्त भावुक भएर घण्टौसम्म रोइ रहे र उसले आफ्नो डायरीमा लेखे कि (एउटि महान आमा न्यान्सीको अटल विश्वास र प्रेमबिना, उ कहिल्यै यति महान वैज्ञानिक बन्न सक्ने थिएन्।)
कुनै पनि बच्चा कमजोर हुँदैन, उनीहरूलाई सही मार्गदर्शन, माया, अनि समय दिन सकियो भने, उनीहरू प्रतिभावान् बन्न सक्छन्। अभिभावकहरूले आफ्ना सन्तानलाई समय दिएर, उनीहरूको सीप, रुचि, र क्षमतालाई चिन्ने हो भने, तिनीहरू सफलताको शिखरमा पुग्न सक्छन्। एउटा असफल देखिएको बालकलाई पनि सफल बनाउन अभिभावकको भूमिका निर्णायक हुन्छ। आफ्ना सन्तानलाई हतोत्साहित गर्ने होइन, प्रेरित गरौं। किनभने सही हेरचाह र समर्थन पाएमा, तिनीहरू संसारलाई परिवर्तन गर्न सक्षम हुन्छन्।।
💮 कृपया आगामी दिनहरुमा पनि यस्ता-यस्तै पोस्टहरु पढ्नको लागि सन्तोष कार्की मौसुफ फेसबुक प्रोफाएलमा गएर Follow बटनमा थिचेर जोडिन सक्नुहुनेछ। 🙏