04/08/2025
गेजिङ ०३ अगस्त ; गत 29 जुलाईदेखि गेजिङ बजारमा आयाेजित आंकक्षा हाटकाे आज समापन भएको छ । जिल्ला प्रसासनद्वारा आयाेजना गरिएको यसै हाटमा गेजिङ जिलको विभिन्न ग्राम पन्चायत एकाइका सोयम सहायता समुहका नारिहरुले यसै हाटमा सहभागी जनाएका थिए ।
सम्पूर्णता अभियान योजना अन्तर्गत नारी हरुलाई सक्षम र सशक्त बनाउने साथै समुहलाई आर्थिक क्षेत्रमा उथान गर्ने दिसामा पहल गरिएको याे कार्यक्रमकाे समापन्न कार्याक्रममा गेजिङ जिल्लाका जिल्ला पल्ल तेन्जिङ डी डेन्जाेङपाले हाटकाे निरक्षण भ्रमण गरि बिक्रीमा राखिएको विभिन्न सामग्रीहरू किनेर स्यंम सहायता समुहलाई प्राेत्सान गरेका थिए भने, गेजिङ
जिल्ला पन्चायत भवनकाे अतिथिगृहमा सम्पन्न समापन समारोहमा सबै सोयम सहयाता समुहलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान सम्मान जनाएका थिए।
कार्यक्रममा जिल्लापाल डेन्जाेङपाकाे साथमा गेजिङ अस्पतालका प्रमुख चिकित्सक डाक्टर नाम्गेल भाेटिया, ग्राम विकास अधिकारी ,बजार निरक्षक अन्यले सहभागी जनाएका थिए ।
गत 29 जुलाईका दिन उद्घाटन गरिएर 10 भन्दा अधिक महिलाहरू टासिडिङ,देन्ताम,बर्मेक,मार्ताम र मिडल गेजिङबाट सहभागिता जनाएका थिए।
सम्पुर्णता अभियान सम्मान समारोह अन्तर्गत भाेक्कल फर लाेकलकाे नारामा यो हाट प्रदर्शन गरिएको थियो।
हाटमा गाउँका नारिहरुले गाउँमै उत्पादन गरेका विभिन्न खाद्यान्न सामग्री जस्तो अचार, बिस्कुट ,डल्ले खोर्सानी सहित सागसब्जी छुर्पी , चामल पिठाे आदि जस्तो सामग्री बिक्री गर्ने गरेका थिए ।
याे हाट विशेष स्यंम साहेता समुहलाई विस्तार गर्ने उदेश्यमा आयाेजना गरिएको थियो ।
यस्तो उत्पादनलाई विश्व बजारमा बेच्ने क्षमता राखेर अघि बड्ने उनले सुझाउ दिए ।
कार्यक्रममा अन्य बाहेक महकुमा अघिकारी पुल्कित, स्वास्थ्य अधिकारी सहित अन्यकाे पनि उपस्थिति थियो । स्यंम सहयाता समुहका प्रतिनिधिले पनि आफ्नो विचार तथा अनुभव व्यक्त गरेका थिए।