Sikkim JanKhabar

Sikkim JanKhabar Sikkim JanKhabar - A platform for people, dedicated to independent journalism.

12/07/2025

Sikkim Youth Welfare Association Reborn After 14 Years with New Leadership

After a hiatus of 14 years, the Sikkim Youth Welfare Association (SYWA) has been formally revived with a new executive body, bringing renewed hope and direction for youth empowerment in the state.

Founded in 1998 by Robin Rai, SYWA had been a prominent non-governmental organisation dedicated to addressing the concerns of young people across Sikkim. The association actively worked on youth development, social awareness, and cultural pride. However, due to unforeseen circumstances, it ceased operations in 2011.

In a press conference held at the Association’s headquarters in Gangtok today, the new leadership officially announced the revival of SYWA and outlined its renewed vision and objectives. The newly formed executive committee includes:
• Chitrakala S***a – President
• Rinzing Ongmu Bhutia – Vice President
• Samyoma Limboo – General Secretary
• Deepanjali Sharma – Joint Secretary
• Khandu Hisey Gyalmu Bhutia – Treasurer
• Joshya Rai – Coordinator
• Mohan K Karki – Liaisoning Officer

Speaking in the press conference Mohan K Karki emphasised the non-political nature of the organisation and reaffirmed its founding principles of unity, cultural pride, social responsibility, and youth development.

“Our vision is to build a strong, aware, and proactive youth force in Sikkim. We aim to create platforms for growth, leadership, and service for the young generation,” he said.

Registered in Gangtok, SYWA will soon roll out a series of youth-centric initiatives, including awareness campaigns, leadership workshops, cultural programs, and community outreach activities.

साहित्यकार सानु लामाको ८८ वर्षको उमेरमा भयो निधन  सिलगढीको एउटा नर्सिङ होममा उपचाराधिन रहेका साहित्यकार सानु लामाको आज ब...
12/07/2025

साहित्यकार सानु लामाको ८८ वर्षको उमेरमा भयो निधन

सिलगढीको एउटा नर्सिङ होममा उपचाराधिन रहेका साहित्यकार सानु लामाको आज बिहान निधन भएको छ। उनी ८८ वर्षका थिए। सन् १९३९ मा जन्मिएका गरुडसिहं लामाको साहित्यिक नाम सानु लामाले थियोे।

भारतको पद्मश्री पुरस्कारद्वारा सम्मानित उनको हिजो राती सटीएनएम अस्पतालमा स्वस्थ बिग्रेपछि उनलाई सिलगढी नियोटिया नर्सिङ होममा रेफर गरिएको थियो। परिवारको तर्फबाट दिइएको जानकारीअनुसार आज बिहान ठीक ६:३० बजी उपचारको क्रममा उनको निधन भएको हो।

उनको पार्थिव शरीर आज गान्तोक ल्याइनेछ।

सिटिजन एक्सन पार्टीको कार्यकारिणी सभा सम्पन्न सिटिजन एक्सन पार्टीको कार्यकारिणी सभा आज पार्टी मुख्यालय अदमपुलमा पार्टी अ...
11/07/2025

सिटिजन एक्सन पार्टीको कार्यकारिणी सभा सम्पन्न

सिटिजन एक्सन पार्टीको कार्यकारिणी सभा आज पार्टी मुख्यालय अदमपुलमा पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भयो। सभाको पहिलो चरणमा पार्टीका सबै छवटा जिल्ला अध्यक्षहरूको सहभागितामा पार्टीलाई गाउँ-गाउँसम्म विस्तार गरी सशक्त बनाउने रणनीतिबारे गहिरो छलफल भयो। अध्यक्ष राईले कार्यकर्ताहरूलाई पार्टीको विचार र सिद्धान्त जनतासमक्ष प्रस्ट पार्न र युनिट भलिन्टियर काउन्सिल छिटो गठन गर्ने कुरामा जोड दिए। उनले पार्टी मुख्यालयबाट जिल्लाहरूलाई आवश्यक सबै प्रकारको सहयोग प्रदान गरिने प्रतिबद्धता जनाउँदै, कार्यकर्ताहरूलाई दिनरात पार्टीको हितमा समर्पित भएर काम गर्न आह्वान गरे।

सभाको दोस्रो चरणमा अध्यक्ष राईले प्रचार-प्रसार विभागसँग विशेष छलफल गर्दै पार्टीलाई जनस्तरमा चिनाउन विभागको भूमिकालाई महत्त्वपूर्ण विचार राखे। प्रेस काउन्सिलमार्फत भएको कामको प्रशंसा गर्दै उहाँले अझ प्रभावकारी रूपमा सन्देश सम्प्रेषण गर्न आवश्यक रहेकोमा जोड दिए। पार्टीले अब सांगठनिक बल वृद्धि गर्दै जनसम्पर्क अभियानलाई तीव्र बनाउने स्पष्ट संकेत दिएको छ।

टी.एन.खनाल
सचिव,प्रचार-प्रसार बिभाग
सिटिजन एक्सन पार्टी-सिक्किम

PRESS RELEASE    SORENG DISTRICT POLICE SEIZE CONTRABAND SUBSTANCES.Soreng July 11, 2025In a significant breakthrough, t...
11/07/2025

PRESS RELEASE

SORENG DISTRICT POLICE SEIZE CONTRABAND SUBSTANCES.

Soreng July 11, 2025

In a significant breakthrough, the Naya Bazar Police station under Soreng District has successfully intercepted one private car SK04/PA 3302(WagonR) at Akkar Booth , Nayabazar and apprehended one person namely Sujit Kumar S***a, 36 years son of Lt. Lall Bahadur S***a resident of Pipaley Rateypani, under Soreng District who is suspected to be in possession of contraband substances . The arrest took place at Akkar Booth under Soreng District on July 11, 2025 at around 1135 hrs.

During search of the vehicle by Police Officers in the presence of Ms. Sakchum Lepcha,SCS, SDM, Soreng a total of 838 numbers of blue coloured Windlas Winspasmo Forte capsules have been recovered and seized from his possession.

A case under the relevant sections of Narcotic Drugs and Psychotropic Substances Act,1985 and Sikkim Anti Drugs Act, 2006 has been registered for active investigation .

The accused Sujit Kumar Subb, a habitual drug peddler, who had been under the radar and surveillance of Soreng District Police since long have been arrested and the contraband substances has been seized along with his vehicle.

The Soreng District Police is dedicated and committed to make Soreng District as Drugs free District and urge each and every members of the civil society to join hands in the fight against Drugs abuse.

Let's help us to make Soreng District as Nasha Mukta District in nation building for brighter and safer tomorrow.

Sd/-
(Nahkul Pradhan, SPS)
Superintendent of Police
Soreng District.

10/07/2025

जिल्लास्तरीय २११औँ भानु जयन्तीका विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

सिक्किम प्रतिभा प्रतिष्ठान, पाकिमको आयोजनामा जिल्लास्तरीय २११औँ भानु जयन्तीको अवसरमा विविध प्रतियोगितात्मक कार्यक्रमहरू सम्पन्न भएका छन्। कार्यक्रम हिजो र आज गरी दुई दिनसम्म सञ्चालन गरिएको थियो।

कार्यक्रमअन्तर्गत आज पाकिम बजार नजिकको लक्ष्मी नारायण मन्दिर परिसरमा विद्यालयस्तरीय र खुल्ला कविता वाचन प्रतियोगिता सम्पन्न भयो। सो प्रतियोगितामा करिब ४० जना कविहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए।

कार्यक्रममा वरिष्ठ साहित्यिक अध्येता कमल काफ्ले सभाध्यक्षको रूपमा उपस्थित थिए भने निर्णायक मण्डलमा वरिष्ठ पत्रकार तथा साहित्यकार प्रविण खालिङ, पत्रकार-कवि एन.बी. घिमिरे, अमर लाछिकाठी, गीता शर्मा, राजन शिवाकोटी, कपिलमणि अधिकारी, ज्ञानेन्द्र अधिकारी, तथा तुलसी घिमिरे काश्यप रहेका थिए।

प्रतिभागीहरूको सिर्जनात्मकता र साहित्यिक प्रस्तुतिले कार्यक्रमलाई प्रभावशाली बनाएको आयोजक संस्थाले जानकारी दिएको छ।

प्रेस विज्ञप्ति -१० जुलाई, २०२५प्रदेश भाजपाद्वारा गुरू पूर्णिमा पालनआज गुरु पूर्णिमाको पावन अवसरमा भारतीय जनता पार्टीका ...
10/07/2025

प्रेस विज्ञप्ति -१० जुलाई, २०२५

प्रदेश भाजपाद्वारा गुरू पूर्णिमा पालन

आज गुरु पूर्णिमाको पावन अवसरमा भारतीय जनता पार्टीका नेतृत्ववर्ग साथै कार्यकर्ताहरूले राज्यका विभिन्न मठ, मन्दिर, गुम्बा तथा आश्रमहरू जस्तै टिबेट रोडस्थित भीमादेवी मन्दिरका प्रसिद्ध गुरूजी, देउरालीस्थित छुर्तेन गुम्बाका टुल्कु रिम्पोछे, इञ्चे गुम्बा, रानीपूल नजिक आदिगुरू शंकराचार्य मन्दिरमा भ्रमण गरी प्रार्थना साथै श्रद्धेय गुरूहरूप्रति सम्मान जनाएर आशीर्वाद तथा मार्गदर्शन लिएका छन्। यस क्रममा सबैले आ-आफ्नो सांस्कृतिक परम्पराअनुसार गुरूहरूलाई सम्मान प्रकट गरेका छन्। पार्टीका नेताहरूले गुरु पूर्णिमाको सन्देशलाई आत्मसात गर्दै समाजमा सांस्कृतिक, नैतिक तथा आध्यात्मिक मूल्यहरूको संरक्षणप्रति जोड दिएका छन्।
गुरु पूर्णिमालाई विभिन्न धर्मावलम्बीहरूले आ-आफ्नो परम्परा अनुसार आषाढ महिनाको पूर्णिमा तिथिमा मनाइन्छ। यो पर्व गुरुहरूको सम्मान र कदर गर्न समर्पित छ, किनभने गुरुले जीवनमा ज्ञान, नैतिकता र आध्यात्मिक मार्गदर्शन प्रदान गर्छन्।
हिन्दू धर्म अनुसार गुरु पूर्णिमालाई व्यास पूर्णिमा पनि भनिन्छ, किनभने यो दिन महान ऋषि वेदव्यासको जन्मजयन्तीको रूपमा मनाइन्छ। यो दिन गुरु-शिष्य परम्पराको प्रतीकको रूपमा मनाइन्छ।
यसै गरी बौद्ध धर्ममा गुरु पूर्णिमा भगवान गौतम बुद्धसँग सम्बन्धित छ। यो दिनलाई बुद्धले आफ्नो पहिलो उपदेश, धम्मचक्र प्रवर्तन, सारनाथमा पञ्चवर्गीय भिक्षुहरूलाई दिनुभएको सम्झनामा मनाइन्छ। यो उपदेशमा बुद्धले चार आर्य सत्य र अष्टाङ्गिक मार्गको व्याख्या गर्नुभएको थियो। सोही प्रकारले जैन धर्ममा यो पर्व भगवान महावीरको सम्मानमा मनाइन्छ। महावीर स्वामीले आफ्ना शिष्यहरूलाई ज्ञान र मोक्षको मार्ग देखाउनुभएको दिनको रूपमा जैन अनुयायीहरूले आफ्ना गुरुहरूको स्मरण गर्छन्।
आजको समयमा गुरु पूर्णिमा केवल धार्मिक गुरुहरूको मात्र नभई शिक्षक, मार्गदर्शक र प्रेरक व्यक्तिहरूको सम्मान गर्ने अवसरको रूपमा पनि लिइन्छ। यो पर्वले हामीलाई हाम्रा गुरुहरूको योगदानको कदर गर्न र जीवनमा सही मार्गमा अघि बढ्न प्रेरित गर्छ।

निरेन भण्डारी
मीडिया प्रभारी

10/07/2025

Press Meet regarding Clash of Dancers (Nepali Dancing Reality Show) - Sikkim audition phase supported by SKM Cultural Wing.

प्रेस विज्ञप्ति नामथाङ–रातेपानी क्षेत्रमा एसडिएफ पार्टीको  सभा सम्पन्न  आज दक्षिण सिक्किम, नाम्ची जिल्लाको नामथाङ महुकमा...
09/07/2025

प्रेस विज्ञप्ति

नामथाङ–रातेपानी क्षेत्रमा एसडिएफ पार्टीको सभा सम्पन्न

आज दक्षिण सिक्किम, नाम्ची जिल्लाको नामथाङ महुकमा स्थित श्री लाक्पा तामाङको निवासमा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीको नामथाङ–रातेपानी निर्वाचन क्षेत्र अन्तर्गत एक महत्त्वपूर्ण सभा सफलतापूर्वक सम्पन्न भयो।
सभामा पार्टीका समर्पित कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रह्यो। कार्यक्रममा विशेष अतिथिका रूपमा एसडिएफ पार्टीकी चेली नेत्री श्रीमती कोमल चामलिङ, दक्षिण जिल्लाका पार्टी अध्यक्ष श्री रमेश किराँत राई तथा सभाध्यक्षको रूपमा श्री जीवन राईज्यूको गरिमामय उपस्थिति रहेको थियो।
यस विशेष अवसरमा विभिन्न वक्ताहरूले पार्टी सुदृढीकरण, संगठनात्मक सुधार, युवाहरूको सक्रियता, र आगामी रणनीतिहरू सम्बन्धमा महत्वपूर्ण सुझाव र विचार प्रस्तुत गरे। वक्ताहरूमा प्रमुख रूपमा श्रीमती कृष्ण तामाङ, श्री लाक्पा तामाङ र श्री लक्ष्मी क्षेत्रीज्यूले आफ्ना धारणा प्रस्तुत गर्नुभयो।
उक्त विचार विमर्श तथा सहभागीहरूको सामूहिक सल्लाहपछि श्री लाक्पा तामाङलाई नामथाङ क्षेत्रको मुख्य संयोजकको रूपमा सर्वसम्मत चयन गरिएको घोषणा गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष श्री रमेश किराँतज्यूले पार्टी संगठनका वर्तमान गतिविधिहरूको समीक्षा गर्नुका साथै युवाहरूलाई नेतृत्वमा अगाडि ल्याउनु आवश्यक रहेकोमा जोड दिनुभयो।
साथै चेली नेत्री श्रीमती कोमल चामलिङज्यूले पार्टीप्रति सबै कार्यकर्ताले देखाएको समर्पणको सराहना गर्दै अझ उत्साहका साथ अग्रसर हुन आह्वान गर्नुभयो।
यस कार्यक्रमले पार्टी कार्यकर्तामा नयाँ ऊर्जा, एकता, र उद्देश्यप्रति प्रतिबद्धता थप सुदृढ गरेको स्पष्ट देखिएको छ।
श्री प्रकाश बोखिमले संचालन गर्नु भएको यसमा सभामा श्री सुमन चामलिङले स्वागत भाषण राख्नु भयो सुश्री योजना खालिङको धन्यवाद ज्ञापनसँगै सभालाई बर्खास्त गरियो।

एल. बी.छेत्री
सचिव,प्रचार प्रसार
नाम्ची जिल्ला
09.07.2025

New Joining in BJP8 July, 202510 prominent individuals from diverse social and political backgrounds joined the Bharatiy...
08/07/2025

New Joining in BJP

8 July, 2025

10 prominent individuals from diverse social and political backgrounds joined the Bharatiya Janata Party, today, inspired by the visionary leadership of Prime Minister Narendra Modi and BJP Sikkim’s impactful welfare initiatives and programs.

The new members include Shri Bikram Gurung from Yoksum Tashiding Constituency, Ms. Deepa Rai, Momathi S***a, Navika S***a, Goma S***a, Yona Rai, Ruben Rai, Ganju S***a, Sandeep S***a, and Mothi Rai from West Pendam Constituency. They were warmly welcomed by BJP Sikkim State President DR Thapa in the presence of party dignitaries.

While interacting with the new joinees, President DR Thapa outlined the party’s operations, programs, and commitment to Sikkim’s people. He encouraged the new members to collaborate with senior leaders, dedicate themselves to public service, and strengthen the party’s organization.

Publicity Wing
BJP Sikkim

Appointment of Chairpersons for Various Departments/Boards/Organisations under Government of Sikkim notified by Home Dep...
07/07/2025

Appointment of Chairpersons for Various Departments/Boards/Organisations under Government of Sikkim notified by Home Department, Government of Sikkim

MAJOR RELIEF FOR NORTH SIKKIM: ROAD CONNECTIVITY LIKELY TO BE RESTORED WITHIN 10 DAYSRoad connectivity to North Sikkim, ...
07/07/2025

MAJOR RELIEF FOR NORTH SIKKIM: ROAD CONNECTIVITY LIKELY TO BE RESTORED WITHIN 10 DAYS

Road connectivity to North Sikkim, which was severely disrupted due to continuous rainfall and landslides, is expected to be restored within the next 10 days, according to sources from the Border Roads Organisation (BRO).

Key infrastructure works are nearing completion, including the crucial Belly Bridge at Sankalang that connects Mangan to Dzongu, the Richu Bridge in Naga on the Mangan-Chungthang route, and the Belly Bridge between Chungthang and Lachung. These bridges are expected to be operational shortly.

Meanwhile, the Chungthang-Lachen road—damaged by multiple landslides and the washing away of five bridges—is undergoing rapid reconstruction. Roads and Bridges Minister N.B. Dahal confirmed that work is progressing swiftly and that full connectivity is expected to be restored by September, well ahead of the Dashain festival.

सिक्किमेली दाहाल वंशावली लोकार्पितरम्फू, ६, जुलाई: अखिल सिक्किम‌ खस दाहाल बन्धुहरूको वंशावली आज एक कार्यक्रमबीच यहाँ लोक...
06/07/2025

सिक्किमेली दाहाल वंशावली लोकार्पित
रम्फू, ६, जुलाई: अखिल सिक्किम‌ खस दाहाल बन्धुहरूको वंशावली आज एक कार्यक्रमबीच यहाँ लोकार्पित गरियो। कार्यक्रममा राज्यका विभिन्न स्थानहरूबाट भेला भएका वत्स गोत्रीय दाहाल बन्धुहरूको बाक्लो उपस्थिति रहेको थियो।
यस वंशावलीलाई नाम्ची जिल्लाको नामथाङ निवासी बलराम दाहालले सङ्कलन र प्रकाशन गरेका हुन्।
वंशावलीको लोकार्पण कार्यक्रमबीच अखिल सिक्किम खस दाहाल बन्धु परिवारले पश्चिम पाण्डाम, पाथाङ निवासी १०० वर्षीय चुडामणि दाहाललाई उमेर शतकीय यात्रा पुरा गरेकोमा नागरिक अभिनन्दन समेत जनायो। सोही प्रकारले वंशावली तयार पारेर प्रकाशित गरेर सबैको हात हातमा थमाइदिने बलराम दाहाललाई पनि उनको यस कार्यको मूल्याङ्कन गर्दै अभिनन्दित गर्यो।
अखिल सिक्किम खस दाहाल बन्धु परिवारको पुरानो कार्यकारी समितिको कार्यवधि समाप्त भएकोमा पुरानो समितिको स्थानमा बीएल दाहालको अगुवाईमा एउटा नयाँ समिति पनि गठन गरियो जसमा विभिन्न सदस्यहरूलाई विभिन्न पदीय जिम्मेवारीहरू दिइयो।
अध्यक्ष बीएल दाहालले सबैप्रति आभार व्यक्त गर्दै सङ्गठन, समाज र राज्यको हितमा सबैले एक भएर आ आफ्नो योगदान दिनुपर्ने आव्हान गरे। उनले आफ्नो सङ्गठनका युवाहरू सित रक्तदान, पर्यावरण संरक्षण, शिक्षा, स्वास्थ्य र खेलकूद आदि क्षेत्रहरूमा कार्य गर्ने अपील समेत गरे। वंशावली तयार गर्ने बलराम दाहाल प्रति उनले सङ्गठनको तर्फबाट आभार प्रकट गरे।
वंशावली सङ्कलनकर्ता बलराम दाहालले आफ्नो सम्बोधनमा वंशावली तयार गर्दा धेरै कठिनाइहरू खप्नु परेको जिकिर गर्दै धेरैजना सहयोगी हातहरूका कारण यो दुष्कर कार्य सफल बन्न पुगेको बताए। कार्यक्रममा आफ्नो जीवनको शतकीय यात्रा पुरा गरिसकेका चुडामणि दाहालले सबैलाई आशिर्वचन दिए।

कार्यक्रममा विभिन्न जिम्मेवारी प्राप्त गरेका कार्यकारी समितिका सदस्यहरू र अन्य सदस्यहरूले आ आफ्ना मन्तव्य व्यक्त गरेका थिए।

Address

Gangtok

Alerts

Be the first to know and let us send you an email when Sikkim JanKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sikkim JanKhabar:

Share