Hamro Khabar

Hamro Khabar साँचो,सही र समानतामा आधारित समाचार माध्यम नेपाली भाषामा आफ्नो खबर पढ्न पढौं हाम्रो खबर
(2)

नाथाङ्ग माछोङ्ग क्षेत्रमा सरकारी सम्पत्ति र विभागीय जग्गालाई राजनीतिक अखडा बनाइएकोप्रति घोर आपत्ति तथा नागरिक खबरदारी​हा...
05/06/2026

नाथाङ्ग माछोङ्ग क्षेत्रमा सरकारी सम्पत्ति र विभागीय जग्गालाई राजनीतिक अखडा बनाइएकोप्रति घोर आपत्ति तथा नागरिक खबरदारी

​हालैका दिनहरूमा नाथाङ्ग माछोङ्ग निर्वाचन क्षेत्र अन्तर्गत सरकारी विभागहरूले सर्वसाधारणको हित, रोजगारी र जीविकोपार्जन (गरिखानु) का लागि व्यवस्थापन गरेको जग्गा, जस्ता सार्वजनिक सम्पत्तिहरूलाई नियमविपरीत कब्जा गरी राजनीतिक दल (भाजपा) को कार्यालय स्थापना गर्ने कार्य भइरहेकोप्रति आम जनता र सचेत नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको छ।
विभाग ले गरि खाऊ भनेर दिएको जग्गा लाइ यसरी दलीय राजनीतिको अखडा बनाइनु कानुनी, नैतिक र प्रशासनिक दृष्टिकोणले पूर्णतः निन्दनीय र अक्षम्य छ।
​केन्द्र र देशका १५ भन्दा बढी राज्यहरूमा सरकार चलाइरहेको सांगठनिक र वित्तीय रूपमा साधन-सम्पन्न राष्ट्रिय पार्टीलाई नाथाङ्ग माछोङ्ग जस्तो ऐतिहासिक र महत्त्वपूर्ण निर्वाचन क्षेत्रमा एउटा कार्यालय सञ्चालनका लागि निजी घर वा कोठा भाडामा समेत नपाउने कस्तो विवशता आइलाग्यो भन्ने गम्भीर प्रश्न खडा भएको छ।
विभागको जग्गामा जबरजस्ती झण्डा गाड्नु र विधिको शासनको खिल्ली उडाएको स्पष्ट हुन्छ।
​यत्रो ठूलो निर्वाचन क्षेत्रमा एउटा कार्यालयका लागि सामान्य घर समेत भाडामा जुटाउन नसक्ने स्थानीय नेतृत्वले कुन हैसियत र आधारमा जनताको प्रतिनिधित्व गर्छ भन्ने अर्को मुख्य विषय हो।

जसलाई स्थानीय नागरिकले आफ्नो घर भाडामा दिन समेत विश्वास गर्दैनन्, त्यस्ता नेतृत्वलाई नाथाङ्ग माछोङ्गका जनताले आफ्नो भविष्य र मत सुम्पिने प्रश्नै उठ्दैन।
यो सिङ्गो क्षेत्रकै मतदाताहरूका लागि गम्भीरतापूर्वक सोच्नुपर्ने विषय बनेको छ।
​यो घिनलाग्दो खेल जनतामाझ कुनै साख र क्रेडिबिलिटी नभएका, केवल राजनीतिक इच्छा पालेका केही अदूरदर्शी "सो-कॉल्ड खेताला" कार्यकर्ताहरूको निर्देशनमा भइरहेको बुझिन्छ। यो विशुद्ध रूपमा दलको बजेट र पैसा पचाउने तथा व्यक्तिगत स्वार्थ पूरा गर्ने खेल मात्र हो, जसमा पार्टीको साख र सार्वजनिक सम्पत्ति दुवैलाई दाउमा लगाइएको छ।
​नेता र कार्यकर्ताले बाटो, सडक र सरकारी जग्गामा यसरी नै कार्यालय बनाउँदै जाने हो भने सिङ्गो क्षेत्र र राज्य अराजकताको बाटोमा धकेलिनेछ।

​हामी सम्बन्धित विभाग, जिल्ला प्रशासन र सरोकारवाला निकायहरूसमक्ष नाथाङ्ग माछोङ्ग निर्वाचन क्षेत्रका सरकारी जग्गामा सञ्चालित यस्ता अवैधानिक पार्टी कार्यालयहरूलाई तत्काल खाली गराउन जोडदार माग गर्दछौँ। यदि हिम्मत छ भने स्थानीय नेतृत्वले कसैको निजी (Private) घर भाडामा लिएर राजनीतिक गतिविधि गरेर देखाऊन्। सार्वजनिक सम्पत्ति कसैको पैतृक पेवा होइन, यो आम जनताको साझा धरोहर हो। यसको रक्षाका लागि हामी भुइँस्तरबाट कानुनी र सामाजिक रूपमा कडा प्रतिकार गर्न र निरन्तर खबरदारी जारी राख्न प्रतिबद्ध छौँ।

सचेत नागरिक समाज तथा भुइँस्तरका जनता
नाथाङ्ग माछोङ्ग निर्वाचन क्षेत्र, सिक्किम।

हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटी थर्पुले सोरेङ-च्याखुङ समष्टिका टप्पर स्टुडेन्टलाई प्रदान गरे छात्रवृत्ति सोरेङ,५ जुन:...
05/06/2026

हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटी थर्पुले सोरेङ-च्याखुङ समष्टिका टप्पर स्टुडेन्टलाई प्रदान गरे छात्रवृत्ति

सोरेङ,५ जुन: हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटी थर्पुले 10औं र 12औं श्रेणीको बोर्ड परीक्षामा सोरेङ-च्याखुङ समष्टिबाट टप्पर बन्ने विद्यार्थीलाई आज एक कार्यक्रमबिच छात्रवृत्ति प्रदान गरेका छन्। सोरेङ जिल्लाको थर्पु उच्चतर माध्यमिक विद्यालयको प्रेक्षागृहमा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र 2025-26 अन्तर्गत बाह्रौं श्रेणीको परीक्षामा 93.6 प्रतिशत अंक प्राप्त गरि समष्टि मै टप्पर बनेका थर्पु स्कुलका छात्र योगेश शर्मा र दसौं श्रेणीमा 87.8 प्रतिशत अंक प्राप्त गरेकी थर्पु स्कुलकी छात्रा रिया छेत्रीलाई हेमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटीले आज छात्रवृत्ति प्रदान गरेको हो। यसपटक दुवै टप्पर बन्ने विद्यार्थीहरु थर्पु उच्चतर माध्यमिक विद्यालयबाट रहेको छ। उनीहरुलाई सुचना तथा जनसम्पर्क विभागका सल्लाहकार एसबी सुब्बाको बाहुलीबाट उक्त छात्रवृत्ति प्रदान गरियो। सल्लाहकार सुब्बा कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। वहाँको साथमा जिल्ला पञ्चायत सदस्य अजय सुब्बा, स्थानीय पञ्चायत, शिक्षा विभागका संयुक्त निरदेशक एमके खेवा, स्कुल प्रभारी विनोद थापा, हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटीका सदस्यगण, सेवानिवृत्त कर्मचारीगण, नागरिक समाज र संघ-संस्थाका प्रतिनिधिगण, शिक्षक-शिक्षिका र विद्यार्थीहरुको उपस्थिति थियो।

हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटीले मेधावि विद्यार्थीमा शिक्षा क्षेत्रमा थप अभिप्रेरित गर्न र विद्यार्थीबिच सकारात्मक प्रतिस्पर्धा र परिश्रमको भाव सिर्जना गर्न 2006 देखि नै सोरेङ-च्याखुङ समष्टिबाट बोर्ड परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई प्रतिवर्ष छात्रवृत्ति प्रदान गर्दैआएका छन्।

कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित सुचना तथा जनसम्पर्क विभागका सल्लाहकार एसबी सुब्बाले छात्रवृत्ति प्राप्त गर्नै दुवै विद्यार्थीहरु, उनको अभिभावक र शिक्षक-शिक्षिकालाई बधाई अनि शुभकामना व्यक्त गर्दै वर्तमानको प्रतिस्पर्धात्मक समयमा विद्यार्थीहरुले कडा मेहनत र परिश्रम गर्नुपर्ने उनले अपिल गरे। यसरी नै वरिष्ठ शिक्षक डीके भण्डारीले सोसाइटीको स्थापनाको अभीष्ट लक्ष्य र उदेश्य बारे प्रकाश पार्दै सोसाइटीले सोरेङ-च्याखुङ समष्टिका अब्बल विद्यार्थीहरुलाई प्रेरणा दिँदै आइरहेको बताउँदै सोसाइटीका प्रणेता पूर्व शिक्षा मन्त्री आरबी सुब्बा र वहाँको परिवारलाई पनि धन्यवाद दिए। कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्न दवै विद्यार्थीहरुले आफ्नो सफलता पछाडिको मेहनत र अनुभवहरु मञ्चबाट साझा गरेका थिए।

स्मरण रहोस्, हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटी थर्पुको स्थापना 2006-मा भएको हो। थर्पु निवासी तथा पूर्व शिक्षा मन्त्री आरबी सुब्बा र उनको पारिवारिक सदस्यहरुले आफ्ना दिवंगत पिता हिमाकर्ण सुब्बा र माता सञ्चरानी सुब्बाको पुण्य स्मृतिमा हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटीको स्थापना गरी सोरेङ-च्याखुङ समष्टि अन्तर्गत सरकारी विद्यालयबाट बोर्ड परीक्षामा उत्कृष्ट अंक प्राप्त गरेर टप्पर बन्ने विद्यार्थीलाई प्रेरणा स्वरूप छात्रवृत्ति प्रदान गर्दैआएका छन्।

एसडीएफ अध्यक्ष पवन चामलिङद्वारा पाकिमका विभिन्न गाउँमा शोक सन्तप्त परिवारसँग भेटघाटSikkim Democratic Front (SDF) Pawan C...
05/06/2026

एसडीएफ अध्यक्ष पवन चामलिङद्वारा पाकिमका विभिन्न गाउँमा शोक सन्तप्त परिवारसँग भेटघाट
Sikkim Democratic Front (SDF) Pawan Chamling
पाकिम, ५ जुन: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का अध्यक्ष पवन चामलिङले ४ जुन २०२६ मा पूर्व सिक्किमअन्तर्गत पाकिम जिल्लाका विभिन्न गाउँहरूको सामाजिक भ्रमण गर्दै शोक सन्तप्त परिवारहरूसँग भेटघाट गरी समवेदना व्यक्त गरेका छन्।
भ्रमणका क्रममा उनले रोडाथाङ निवासी स्वर्गीय महेन्द्र बागदासको शोककार्यमा सहभागी भई परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे। मृतकका आत्माले चिरशान्ति प्राप्त गरून् तथा शोकाकुल परिवारले यस कठिन घडीलाई सामना गर्ने शक्ति प्राप्त गरोस् भनी उनले ईश्वरसँग प्रार्थना गरे। स्वर्गीय बागदासलाई स्मरण गर्दै चामलिङले उनी प्रजातन्त्रवादी नेता भएको र राजाकालीन व्यवस्थाविरुद्ध दृढतापूर्वक संघर्ष गरेको उल्लेख गरे। उनले स्वर्गीय बागदासलाई प्रजातान्त्रिक आन्दोलनका अग्रजमध्ये एक तथा मिलनसार र सरल व्यक्तित्वका रूपमा स्मरण गरे।
त्यसैगरी, उनले सुदुङलाखा निवासी स्वर्गीय सम्झना राईको शुद्धि कार्यमा सहभागी भई परिवारसँग भेटघाट गरे। समवेदना व्यक्त गर्दै उनले जीवन र जगतका विषयमा चर्चा गरेका थिए। स्वर्गीय सम्झनाका सम्झनाहरू सधैं जीवित रहने उल्लेख गर्दै उनले जीवनमा निरन्तर अगाडि बढ्नु नै प्रगतितर्फको मार्ग भएको बताए।
भ्रमणको अर्को चरणमा चामलिङ ट्याङकीलाखा पुगेर स्वर्गीय लालबहादुर राईको शोककार्यमा सहभागी बने। उनले शोकाकुल परिवारसँग भेट गरी समवेदना व्यक्त गरे तथा मृतकको आत्माले शान्ति प्राप्त गरोस् र परिवारले दुःख सहन सक्ने शक्ति प्राप्त गरोस् भनी प्रार्थना गरे।
यस सामाजिक भ्रमणमा एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्षहरू, जिल्ला समितिका सदस्यहरू तथा अन्य शुभचिन्तकहरू पनि अध्यक्ष चामलिङसँग सहभागी रहेका थिए।

Upper Burtuk MLA Kala Rai Inaugurates Golden Jubilee Celebration at Perbing JHS​The year long Golden Jubilee celebration...
05/06/2026

Upper Burtuk MLA Kala Rai Inaugurates Golden Jubilee Celebration at Perbing JHS

​The year long Golden Jubilee celebration of Government Junior High School (JHS), Perbing, in the Gangtok district, commenced with immense pride and enthusiasm. Area MLA of Upper Burtuk, Smt. Kala Rai, graced the milestone event as the Chief Guest and Chief Patron.
​She was joined by a host of dignitaries, including CLC President Smt. Palmu Sherpa, CLC Vice President Shri Pintso Bhutia, along with Panchayat representatives, ADs, and Jr. VAAs of the Luing Perbing and Ranka GPUs. The inaugural ceremony also saw active participation from various departmental officials, school alumni, and members of the Perbing Drivers' Association.
​Coinciding with World Environment Day 2026, the 50 year educational milestone was marked by a special plantation drive. The area MLA and the accompanying guests planted rhododendron saplings, a gesture reflecting the community's collective commitment to environmental conservation and a greener, brighter future.

05/06/2026

नेपाली साहित्य परिषद्, सिक्किम र रानीपुलको पीएम श्री वृहस्पति प्रसाईं उच्चत्तर माध्यमिक विद्यालय को संयुक्त आयोजनामा साहित्य–कला सङ्गम कार्यक्रम आयोजन गरियो। पर्यावरण दिवसको अवसर पारेर विद्यालयमा आयोजित कार्यक्रममा नेपाली साहित्य परिषद सिक्किमका अध्यक्ष हरि ढुङ्गेल मुख्य अतिथि
विद्यार्थीकी प्राचार्य सन्ध्या शर्मा विशिष्ठ अतिथि रहेका थिए। कार्यक्रम शुरु हुन अघि नेपाली साहित्य परिषदका अध्यक्ष सहित अन्य सदस्य अनि विद्यालय परिवारले विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरूवा रोपे।
नेपाली साहित्य परिषद सिक्किमको समिति
यसपछि आयोजित साहित्य कला सङ्गम कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूबाट कविता वाचन, गीत, वाद्ययन्त्र तथा सामूहिक नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो भने पर्यावरण संरक्षणमा विद्यार्थीहरूको भूमिकाबारे विशेष चर्चा गरिएको थियो। कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्यबारे जानकारी दिंदै नेपाली साहित्य परिषद सिक्किमका महासचिव भीम राउतले नेपाली साहित्य परिषद्को कार्यक्रमलाई सिक्किमका ग्रामीण स्तरसम्म पुऱ्याउन साथै विद्यार्थीलाई साहित्यसँग जोड्न कार्यक्रम आयोजना गरिएको बताए। उनले भविष्यमा यस प्रकारको कार्यक्रम सिक्किमको अन्य जिल्लामा पनि आयोजना गरिने जानकारी दिएका छन्।

Plantation and Cleanliness Drive Held at Upper Tadong on World Environment DayA Special Cleanliness and Flower Plantatio...
05/06/2026

Plantation and Cleanliness Drive Held at Upper Tadong on World Environment Day

A Special Cleanliness and Flower Plantation Drive was organized at the Shri Shri Durga Mandir Complex, Upper Tadong, to mark World Environment Day. The programme was conducted under the theme “Ek Ped Maa Ke Naam,” an initiative launched by Prime Minister Narendra Modi to encourage environmental conservation through tree plantation.

The event featured a Swachhata Abhiyan and plantation drive, bringing together local residents and community members in a collective effort to promote environmental awareness and sustainable practices.

Participants actively took part in cleaning the surrounding areas and planting saplings within the temple premises and nearby locations. The programme highlighted the importance of dedicating time and effort towards protecting the environment and creating greener public spaces.

Organizers emphasized that even small contributions, such as planting a tree or participating in cleanliness drives, can have a lasting positive impact on the environment. The initiative also served as a platform to encourage greater community participation in conservation activities.

PRESS RELEASE| BJP Sikkim DR Thapa Inspects Long-Pending Bhusuk Khola Bridge Project, Urges Timely Completion with Quali...
05/06/2026

PRESS RELEASE| BJP Sikkim
DR Thapa Inspects Long-Pending Bhusuk Khola Bridge Project, Urges Timely Completion with Quality Standards
Shyari | 05 June 2026

Responding to repeated requests and concerns raised by local residents, BJP Sikkim State President Shri DR Thapa accompanied by party executives visited the site of the long-pending Roray Chu Steel Bridge at Bhusuk Khola to assess the progress of the project and understand the reasons behind the prolonged delay.

The bridge project, which was tendered in 2017, remains incomplete despite the passage of several years, causing inconvenience to the people of the area and affecting local connectivity. During his visit, Shri Thapa held detailed discussions with the site supervisor and staff regarding the status of the construction work and the challenges faced during implementation.

Shri Thapa was informed that the remaining works would be completed within the next month. While welcoming the commitment, Shri Thapa emphasized that timely completion is necessary alongside ensuring the quality, safety, and durability must remain the highest priorities.

The local residents expressed appreciation for the inspection and expressed hope that the bridge would finally be completed and opened for public use at the earliest.

Publicity Wing
BJP Sikkim

खरसाङका मुनिश चन्द्र तामाङ र देहरादूनका डीएस  थापा बने भारतीय सेनामा मेजर जनरल। दुवैको सफलता गोर्खा समुदायको गौरवपूर्ण क...
05/06/2026

खरसाङका मुनिश चन्द्र तामाङ र देहरादूनका डीएस थापा बने भारतीय सेनामा मेजर जनरल। दुवैको सफलता गोर्खा समुदायको गौरवपूर्ण क्षण ठान्दै चौतर्फी बधाई जनाउँदै हर्क बढाइँ गरिएको छ।

|प्रेस विज्ञप्ति| सिक्किम डेमोक्रेटिक फ्रन्ट|दिनाङ्क: ४ जून २०२६अहिले सरकार जाँतो कम्मरमा बाँधेर टिस्टा नदीमा हाम फालेको...
05/06/2026

|प्रेस विज्ञप्ति| सिक्किम डेमोक्रेटिक फ्रन्ट|
दिनाङ्क: ४ जून २०२६
अहिले सरकार जाँतो कम्मरमा बाँधेर टिस्टा नदीमा हाम फालेको मान्छेजस्तो भएको छ: पवन चामलिङ

सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) को राज्यभरि भइरहेको सांगठानिक सभाको क्रममा पूर्व सिक्किमको पाकिम र गान्तोक जिल्ला समितिको एउटा विशेष सभा पाकिम , ट्याङकीलाखामा सम्पन्न गरियो। एसडीएफका अध्यक्ष श्री पवन चामलिङको अध्यक्षतामा आयोजित उक्त सभामा दुवै जिल्ला समितिका पदाधिकारीलगायत स्थानीय जनगणको बाक्लो उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्नुहँदै श्री पवन चामलिङले पार्टी कार्यकर्ताहरू पीडित जनताको साँचो सहयोगी बनी कुशासनको विरूद्ध लड्न सदैव तत्पर रहनुपर्छ भनी दिशा निर्देशन दिनुभयो। अहिले सिक्किम सरकार सिक्किमे जनताको हितमा नरहेको कुरा उजागर गर्नुहुँदै ‘अहिले सरकार जाँतो कम्मरमा बाँधेर टिस्टा नदीमा हाम फालेको मान्छेजस्तो भएको छ। यस्तो आफै मजबुर भइसकेको सरकारबाट सिक्किमे जनताले सुगम वर्तमान र सुन्दर भविष्यको आशा राख्नु बेकार हो।’ भनी सबैलाई होसियारी गराउनु भयो। ‘पहिले नै एसडीएफले विकासको कुलो खनेर जनताका घर घरसम्म पुऱ्याइदिएका छौं, जनताले विकासको कुलालाई रेखदेख गर्नुपर्छ। जनताले नै यस कुलो बिगार्ने गङ्गटाहरूलाई चिनेर मास्नुपर्छ नत्र बाली बिगार्छ है! भनेको थिएँ तर मानेनन्। आज त्यही गङ्गटाहरूले जनताको जीवनमा आउने सुख र समृद्धिको कुलो आ-आफ्ना घरतिर फर्काएका छन्। त्यसैले सिक्किमे जनताले साह्रै दुःख पाइरहेका छन्।’ भनी जनाउनुभयो। सरकार भनेको व्यवस्था हो जो नियम र नीतिले सञ्चालित हुन्छ अनि सामाजिक, आर्थिक, साँस्कृतिक तथा शैक्षिक आदि क्षेत्रमा कार्य निष्पादन गर्छ। तर अहिले व्यक्ति विशेषको पक्षपोषणमा सरकार समर्पित भइरहेको अवस्था छ । यो अति नै जनघाती अवस्था हो। पहिले विकेन्द्रीकरण गरिएको स्थानीय सरकार पञ्चायती व्यवस्थालाई अहिले केन्द्रीकृत गरी सत्ताले खेलाई खेलाई जनतालाई धोका दिइरहेको छ भन्ने आशय व्यक्त गर्नुभयो। अहिले सिक्किम सरकार जनसरोकारको मूलबाटो भुलेर व्यक्ति विशेषको आकाङक्षामा सङ्कुचित बनेको छ। सरकार डिरेल भएको छ त्यसैले यसलाई पुनः ट्र्याकमा ल्याउनसक्ने एसडीएफबाहेक अर्को पार्टी नै छैन भनी बताउनुभयो।
सभामा स्थानीय जनगणले पनि आ आफ्ना विचार राखे।समितिका पदाधिकारीहरूले आ आफ्ना कार्यको प्रतिवेदन चढाए। सभा अति नै सौहार्द्धता र जोशले भरिएको थियो।
Sikkim Democratic Front (SDF) SDF News Youth connect Pawan Chamling
अम्बर राई
वरिष्ठ उपाध्यक्ष
प्रचार प्रसार मामिला
एसडीएफ।

|क्षमा याचना| मिति: ४ जुन २०२६।गत २२ मई अनि २८ मई २०२६-का दिन मैले सामाजिक सञ्जालमार्फत हाम्रो क्षेत्रका माननीय विधायक त...
04/06/2026

|क्षमा याचना| मिति: ४ जुन २०२६।

गत २२ मई अनि २८ मई २०२६-का दिन मैले सामाजिक सञ्जालमार्फत हाम्रो क्षेत्रका माननीय विधायक तथा सिक्किम सरकारका मन्त्री श्री पुरण गुरुङज्यूविरुद्ध केही गम्भीर आरोपहरू लगाएको साथै मर्यादा विपरीत र गैर-संसदीय भाषा प्रयोग गरेकोमा म गहिरो खेद प्रकट गर्दछु।
उक्त समयमा मेरो मानसिक स्थिति पूर्ण रूपमा स्थिर नरहेको कारणले मबाट अस्वाभाविक रूपमा यस्ता अभिव्यक्तिहरू प्रकट हुन पुगे, जसको कारण अहिले मलाई गहिरो आत्मग्लानि तथा दोषबोध भएको छ।
उहाँप्रति मेरो कुनै व्यक्तिगत वा राजनीतिक वैमनस्यता नरहेको स्पष्ट गर्न चाहन्छु। तथापि, मेरो उक्त अभिव्यक्तिहरूले उहाँको व्यक्तिगत प्रतिष्ठामा आँच पुर्‍याउनका साथै उहाँको परिवारमा पनि चोट पुग्ने स्थिति सिर्जना गरेको कुरा म पूर्ण रूपमा स्वीकार गर्दै उहाँप्रति क्षमा याचना गर्दछु।
मेरो उक्त अभिव्यक्तिहरूले सिक्किम सरकार तथा एसकेएम पार्टीको छविमा समेत नकारात्मक असर पर्न गएको सम्भावनालाई ध्यानमा राख्दै म सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङज्यूसमक्ष खेद प्रकट एवम् क्षमा याचना गर्दछु।
यस्तै सन्दर्भमा मेरो कारणले पार्टीलाई पर्न गएको क्षतिलाई लिएर म विरुद्ध अनुशासनात्मक कारवाही गर्नुपर्ने अवस्था आएमा म पार्टीको एक निष्ठावान कार्यकर्ताका रूपमा त्यसलाई सहर्ष स्वीकार गर्नेछु साथै म एसकेएम पार्टीको एक साधारण सदस्यका रूपमा मात्र रहनेछु।
भविष्यमा यस्ता प्रकारका गल्तीहरू नदोहोऱ्याउने दृढ संकल्प एवम् प्रतिबद्धता जाहेर गर्दछु।
अन्त्यमा मेरो भिडियोलाई सार्वजनिक गरेर आफ्नो राजनीतिक दुनो सोझ्याउन खोज्नेहरूको कुकृत्यको म घोर विरोध गर्दछु। मैले आक्रोश पोखे पनि २०२९-को मेरो भोट भने टेबल ल्याम्प नै हुनेछ।

रुद्र प्रधान
आरिटार
२० छुजाचेन समष्टि।

Address

Gangtok
737101

Alerts

Be the first to know and let us send you an email when Hamro Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Khabar:

Share