Khabar Aaja

Khabar Aaja ताजा समाचारका लागि खबर आज । आजै पेज लाईक अनि फलो गर्नुहोस्।

19/09/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न कार्यकर्तालाई पार्टी छाड्न आग्रह गरेको छ। रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले बुधबार राति सामाजिक सञ्जालमार्फत् यस्तो अराजकतामै संलग्न सबैलाई पार्टीसँगको आबद्धता छाड्न र अनुसन्धानमा सहयोग गर्न चेतावनी दिएका हुन्।

आचार्यका अनुसार, कारागारभित्र रहेका सभापति रवि लामिछानेसमेत नैतिक संकटमा पर्ने अवस्था सिर्जना हुनेगरी उग्र प्रदर्शन वा गतिविधिमा संलग्न देखिने सदस्यहरूलाई बिना शर्त अनुसन्धानको दायरामा ल्याउनुपर्नेछ। उनले भने, “सामाजिक सञ्जाल र अन्य माध्यममार्फत् पार्टीका नेतृत्व वा समर्थकले गरेको उग्रता पार्टीले स्वीकार गर्न सक्दैन। रास्वपा शान्ति र अहिंसात्मक राजनीति मा विश्वास राख्ने पार्टी हो।”

सहमहामन्त्री आचार्यले थपे कि नख्खु कारागार परिसरमा भएका आगजनी र तोडफोडमा रास्वपाका जुनसुकै तहका नेताहरू संलग्न देखिएमा सरकारले कानुन अनुसार कारबाही गर्दा पार्टीको सहयोग रहनेछ।

रास्वपाले अहिंसा र लोकतान्त्रिक मूल्यप्रति सदैव प्रतिबद्धता जनाउँदै अराजक, उग्र वा अवाञ्छित गतिविधि कुनै पनि हालतमा स्वीकार नगर्ने बताएको छ। पार्टीले देशभरका घटनामा सरकारद्वारा हुने निष्पक्ष, पारदर्शी र विश्वसनीय अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।

एकदमे सहि विश्लेषण र भने जस्तै भयो ।
17/09/2025

एकदमे सहि विश्लेषण र भने जस्तै भयो ।

जेन-जी प्रदर्शनका क्रममा जताततै आ'गजनी र तो'डफोड भइरहेको समयमा - "वाउ ! दामी समाचार आएको छ, भर्खरै हिल्टन होटल ज'लाएका छ...
16/09/2025

जेन-जी प्रदर्शनका क्रममा जताततै आ'गजनी र तो'डफोड भइरहेको समयमा - "वाउ ! दामी समाचार आएको छ, भर्खरै हिल्टन होटल ज'लाएका छन् । संसद् भवनभित्र ३२ जनाको श'व भेटिएको छ, मेयरका घरमा ८० केजी सुन भेटियो, रवि दाइलाई राखेको जे'लमा जान पर्यो साथीहरू जस्ता आ'न्दोलनकारीलाई उत्तेजक बनाउने खालका अभिव्यक्ति दिँदै भिडियो बनाएका युटुवर भाग्य न्यौपानेले चौतर्फी विरोध भएपछि ती भिडियोहरू हटाएका छन् । तर उक्त भिडियोहरू अन्य आइडी / अनलाइनहरूबाट भाइरल भइरहेका छन् ।

सिंहदरवार जलेपछि लागेन निन्द्रा, 'म बनाउँछु मेरो सिंहदरबार' भन्ने अठोटका साथ अखबरे खुर्सानी बेचेकाे पैसाले १ लाख सहयोग !...
16/09/2025

सिंहदरवार जलेपछि लागेन निन्द्रा, 'म बनाउँछु मेरो सिंहदरबार' भन्ने अठोटका साथ अखबरे खुर्सानी बेचेकाे पैसाले १ लाख सहयोग !

अर्घखाँचीको शितगंगा नगरपालिका वडा नम्बर-२, सितापुरका तुल्सीराम अधिकारीले 'प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष' मा १ लाख १०० जम्मा गर्नु भएको छ । सिंहदरवार ज@लेपछि निद्रा लागेन भन्दै सिंहदरवारको पुन निर्माणका लागि कृषि पेशाबाट कमाएको १ लाख १ सय रुपैया प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उक्त रकम जम्मा गर्नुभएको हो ।

दुई जना मन्त्रीको बोल्ड निर्णयले बच्यो राज्यको १ खर्ब २२ अर्ब अन्तरिम सरकारका दुई जना मन्त्रीको बोल्ड डिसिजनले राज्यको ढ...
15/09/2025

दुई जना मन्त्रीको बोल्ड निर्णयले बच्यो राज्यको १ खर्ब २२ अर्ब

अन्तरिम सरकारका दुई जना मन्त्रीको बोल्ड डिसिजनले राज्यको ढुकुटीमा १ खर्ब २२ अर्ब बचेको छ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले नेताका आफन्त नातागोतालाई दिइएका टुक्रे आयोजनाको बजेट कार्यान्वयन नगर्ने निर्णय गर्दै राज्यको ढुकुटीको करिब १ खर्ब रुपैयाँ फजुल खर्च रोकेका छन् । त्यस्तै ऊर्जा मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको २२ अर्ब बक्यौता उठाउने पहिलो निर्णय गरेका छन् । दुबै मन्त्रीले गरेको निर्णयबाट राज्यको ढुकुटीमा १ खर्ब २२ अर्ब भेला हुने भएको छ ।

13/09/2025
रास्वपा सांसद पार्टी त्यागेर अन्तरिम सरकारको मन्त्री बन्न जाँदै सुमना श्रेष्ठ" भनेर आइरहेका न्युजहरूको खण्डन गर्दै सुमना...
13/09/2025

रास्वपा सांसद पार्टी त्यागेर अन्तरिम सरकारको मन्त्री बन्न जाँदै सुमना श्रेष्ठ" भनेर आइरहेका न्युजहरूको खण्डन गर्दै सुमनाले भनिन् - अब हामी जस्ता अवसर पाइसकेकाले पछाडी बसेर युवाहरू तपाईंहरू काम गर्न सक्नुहुन्छ भनेर हौसला दिँदै सहयोग गर्नुपर्छ । सत्ता होइन सेवा रोजौँ, कुर्सी होइन कर्म रोजौँं भन्दै अहिले आफू मन्त्री बन्न तयार नभएको उनले बताएकी छिन् ।

जेन-जी का तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीलाई शिर झुकाएर ढोग्दै जेनजी अगुवा सुदन गुरुङ ।
13/09/2025

जेन-जी का तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीलाई शिर झुकाएर ढोग्दै जेनजी अगुवा सुदन गुरुङ ।

08/09/2025
06/09/2025

‘माओवादी नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिसक्यो, राप्रपाले धर्मलाई राजनीतिक हतियार बनाउँदैछ’

05/09/2025
05/09/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल कम्पनी सूचीकरणबारे जिज्ञासा राख्दै मेटा र युट्युबलाई पत्र पठाएको छ ।

रास्वपाका सहमहामन्त्री विपीन आचार्यले सामाजिक सञ्जाल कम्पनी (मेटा, गुगल) र नेपालबीच दर्ता सम्बन्धी संवाद सुरु गर्न पहलको लागि पत्र पठाएको प्रवक्ता मनिष झाले बताए ।

रास्वपाले मेटासँग नेपाल सरकारको निर्देशन अनुसार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई नेपालमा दर्ता चालिएका कदम, दर्ता प्रक्रियामा देखिएका कानुनी चुनौतीलगायतको विषयमा जिज्ञासा पत्र पठाएको हो ।

सरकारले नेपालमा सूचीकरण नभएका २६ सामाजिक सञ्जाल बन्द गरेको छ। रास्वपाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

Address

Gangtok
737134

Alerts

Be the first to know and let us send you an email when Khabar Aaja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share