08/06/2026
बियाड़ युवा साहित्यिक संस्थान, बिरिङ्ग पाकिम सिक्किम
बियाड सम्मान -२०२६ (2026) को घोषणा
प्रेस विज्ञप्ति
बियाड युवा साहित्यिक संस्थान बिरिङ्गको पाँचौँ स्थापना दिवस आयोजना विषय लिएर एउटा जरुरी सभा ०७ जुन २०२६ (7 June 2026) को दिन संस्थानका प्रमुख संयोजक श्री युवा बराल ‘अनन्त’को अध्यक्षतामा राखिएको थियो। सभामा संस्थानका कर्मठ सदस्यहरू क्रमैले श्री तुलसी घिमिरे कश्यप, श्री बिष्णु के सी, श्री प्रितम सहयात्री, श्री हेमन्त गौतम, श्री पवन बाहुन र श्रीमती ममता बरालको उपस्थिति रहेको थियो ।
सभाले संस्थानको पाँचौँ स्थापना दिवस आयोजनालाई लिएर व्यापक छलफल गर्दै सदा झैँ विभिन्न साहित्यिक एवम् सांस्कृतिक कार्यक्रमहरूका साथमा ‘बियाड़ सम्मान २०२६’ अलङ्करण, पुस्तक विमोचन र साहित्यिक विमर्श जस्ता विविध विषयलाई समेट्ने निर्णय लिएको छ ।
उक्त अवसरमा पूर्व निर्धारित संस्थानको कार्यतालिका अनुरुप एकजना वरिष्ठ साहित्यकार, एकजना वरिष्ठ नारी साहित्यकार, एकजना बाल/किशोर साहित्य अनुयायी र एकजना वरिष्ठ पत्रकार गरेर चार जना प्रखर साहित्यिक व्यक्तित्व एवम् उभर्दो प्रतिभालाई उनीहरूको सामाजिक/साहित्यिक योगदान र अभिरूचीको कदरार्थ/प्रोत्साहनार्थ ‘बियाड़ सम्मान’द्वारा अभ्यर्थना जनाउने निर्णय लिइएको छ । बियाड़ युवा साहित्यिक संस्थानले वर्षेनी प्रदान गर्ने बियाड़ सम्मान, वर्ष २०२६ को निम्ति यस प्रकारले घोषणा गरिएको छ ।
1) साहित्यमा उत्कृष्ट, अनवरत र प्रेरणादायी सेवा पुर्याए वापत् – वरिष्ठ साहित्यकार तथा कुशल सम्पादक श्री कपिलमणि अधिकारीलाई ‘ बियाड साहित्य सेवा सम्मान;
2) साहित्य क्षेत्रमा उल्लेखनीय सेवा पुर्याए वापत् वरिष्ठ नारी साहित्यकार श्रीमती रत्ना लक्समलाई ‘बियाड़ शारदा सम्मान’ ;
3) बाल बालिकालाई साहित्य लेखन तर्फ उत्प्रेरित र उत्साहित गर्न उद्देश्यका साथ बाल कवि अनुकल्प तामाङ्गलाई ‘बियाड़ बाल प्रतिभा सम्मान;
4) समाजलाई समाज कै वास्तविक प्रतिबिम्ब प्रदर्शित गराउँदै समाजिक उत्थानमा अद्वितीय भूमिका निर्वाह गरिरहेका वरिष्ठ पत्रकार श्री जोसेफ लेप्चालाई ‘बियाड़ प्रतिबिम्ब सम्मान’द्वारा सम्मानित गर्ने निर्णय लिइएको छ ।
यसरी नै बियाड़ युवा साहित्यिक संस्थानले भर्खरै वर्ष २०२५ को भारतको सर्वोच्च साहित्य अकादमी पुरस्कार प्रापक वरिष्ठ साहित्यकार श्रीमान प्रकाश भट्टराईज्यूलाई सादर बधाई सहित अभिनन्दन टक्र्याउने पनि निर्णय लिइएको छ ।
यस अतिरिक्त, कार्यक्रममा रिनाक विकाश क्षेत्र निवासी सेवा निवृत्त सिनियर सिस्टर कला प्रधानद्वारा रचित लघु उपन्यास ‘पुष्पाञ्जली’ को पनि विधिवत् सार्वजनिकिकरण गर्ने निर्णय लिएको छ ।
सभाले बिरिङ्ग गाउँको सेरोफेरोलाई मध्यनजरमा राखि गाउँको उल्लेखनीय सेवामा अग्रणी भूमिका निर्वाह गरिरहेका स्थानीय तल्लो बिरिङ्ग स्थित गैर सरकारी समाजिक सङ्गठन ‘अनन्त बिरिङ्ग क्लब’ र छिमेकी गाउँ आङ्कुचिन निवासी वरिष्ठ समाज सेवक ‘श्री पुष्पलाल बास्तोला’ लाई संस्थानले प्रशंसा पत्रद्वारा अभ्यर्थना जनाउने निधो गरेको छ ।
उक्त कार्यक्रम आगामी २० जुन २०२६ शनिबारको दिन पाकिम जिल्ला अन्तर्गत रिनाक आरिटारको लामपोखरी छेउ स्थित ‘ब्रदर्स होम स्टे’को प्रेक्षागृहमा भव्यताका साथ आयोजना गर्ने निर्णय लिइएको छ ।
युवा बराल ‘अनन्त’
बियाड़ युवा साहित्यिक संस्थान,
बिरिङ्ग पाकिम सिक्किम्।
फोन : 9933458122