ABN TV

ABN TV ABN TV is a 24/7 News and Entertainment Satellite TV channel.

29/04/2025

चिया कविता पुरस्कार-2025 मन्दीप लामालाई
ABN TV Chiya Kavita
गान्तोक, 29 अप्रेलः चिया कविता सिक्किमले वर्ष 2025-को चिया कविता पुरस्कारद्वारा प्रसिद्ध लेखक, नाटककार, गीतकार,अनुवादक एवम् सङ्गीतकार मन्दीप लामालाई पुरस्कृत गर्ने निर्णय लिएको छ। आज गान्तोकमा साहित्यकार प्रवीण राई जुमेलीको अध्यक्षतामा बसेको चिया कविता सिक्किमको बैठकको सर्वसम्मतिले उनको नाममा मोहर लगाएको छ। आगामी 21 मई 2025-को दिन विश्व चिया दिवसको अवसरमा गान्तोकको रचना बुक्समा आयोजन गरिने एक विशेष समारोहमा लामालाई पुरस्कृत गरिने भएको छ।
सन् 1970 र 80-को दशकमा मन्दीप लामाले सिक्किममा नाट्य एवम् सङ्गीतको क्षेत्रमा अमूल्य योगदान दिएका छन्। सिक्किममा नाटक प्रस्तुतिलाई आधुनिक तक्निकीसित जोड्ने नाटककार लामा हुन् जसले प्रसिद्ध नाटक रक्तिम रातको रचना गरेका थिए। सिक्किम क्रिएटीभ आर्ट्स एन्ड ड्रामा अर्गनाइजेशन (क्याडोज)-का महासचिव रहेका लामाले ‘गीत अनि गीताङ्गे’-को प्रस्तुतिमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। उनले नाट्कसँगै चलचित्र जगतमा पनि योगदान दिएका थिए। लामाले “अ ब्रिफ एक्सकर्सन इन्टु द सेक्रेट फेमिनाइन एन्ड अदर एसेस”-नामक पुस्तक लेखेका छन् भने धेरै पुस्तकहरूको अनुवाद पनि गरेका छन्।
नाट्य लेखन एवम् निर्देशनसँगै मन्दीप एक कुशल सङ्गीतकारको रूपमा पनि चिनिन्छन्। गान्तोकको डेभलपमेन्ट एरिया निवासी बहुप्रतिभाका धनी लामाको नाट्य, साहित्य, कला एवम् सङ्गीत क्षेत्रमा दीर्घकालीन योगदानको मूल्याङ्कन एवम् कदर गर्दै चिया पुरस्कारद्वारा विभुषित गरिने निर्णय लिइएको। उनलाई नगदराशि, स्मृतिचिन्ह र प्रशस्तिपत्रद्वारा पुरस्कृत गरिनेछ। विश्व चिया दिवसको अवसरमा चियाबारे इलाम, नेपालका चिया विशेषज्ञ आरसी नेपालले चिया वार्ता प्रस्तुत गर्ने छन् भने भारत र नेपालका स्थापित कविहरूको भव्य उपस्थितिमा कविता सङ्गम आयोजन गरिने सभाले निर्णय लिएको बताइएको छ।

22/04/2025

COMING SOON | Sikkim@50: GOLDEN JUBILEE CONCLAVE

Message from Chief Minister Sikkim on the occasion of International women's day I extend my best wishes on the occasion ...
08/03/2025

Message from Chief Minister Sikkim on the occasion of International women's day

I extend my best wishes on the occasion of the International Women's Day 2025. On this day, we celebrate the strength, resilience, and achievements of women across all walks of life.

This year's theme reminds us that true progress comes when we empower women, ensure their rights, and create equal opportunities for all.
Women are the backbone of our families, communities, and societies. Their contributions in every field, be it governance, education, healthcare, business, or social service, are invaluable. It is our collective responsibility to foster an environment where they can thrive without barriers.

Let us commit to breaking stereotypes, promoting inclusivity, and uplifting one another. Together, we can build a future where every woman and girl has the freedom to dream, aspire, and achieve.

Wishing everyone a meaningful and inspiring International Women's Day!

International Women’s Day MessageOn the occasion of International Women’s Day, I extend my heartfelt wishes to women and...
08/03/2025

International Women’s Day Message

On the occasion of International Women’s Day, I extend my heartfelt wishes to women and girls everywhere. The life of a woman is a testament to one of the longest struggles in human history. For centuries, women have been relegated to second-class citizenship and denied their fundamental rights. While brilliant women and men throughout history have worked tirelessly to undo many of these injustices, patriarchy continues to present significant challenges that hinder women from reaching their full potential.

Women constitute approximately 49.6% of the world’s population, while men make up 50.4%. Despite this near-equal distribution, a stark economic disparity persists. According to Oxfam’s latest Davos report, men globally own $105 trillion more wealth than women, highlighting significant economic inequality. Women continue to face gender bias, unequal pay and gender violence. Though we live in a world today of such great scientific advancements where world leaders are speaking of colonising Mars, women around the world still face outdated and taboo practices such as child marriage. In India, we also face the grave challenge of violence against women. The National Crime Records Bureau reported 228,650 incidents of crimes against women in 2011, which surged to 428,278 in 2021—an alarming 87% increase. While progress has been made in education and financial independence for women, the rise in crimes is a pressing concern that demands urgent action.

While these challenges exist, we must also acknowledge the positive strides being made. Women’s enrolment in primary and secondary education has increased, workforce participation is expanding, and representation in leadership positions is growing globally. Women have greater access to reproductive healthcare and there is an increasing awareness amongst women about their legal rights.

Similarly, we made significant strides in Sikkim under the SDF government towards women empowerment. We:
- Instituted 50% reservation in Panchayati Raj and local self government
- Established 33% reservation in higher education and government jobs for women
- Passed the Sikkim Succession Act 2008, granting daughters equal inheritance rights to ancestral property, on par with sons
- Established the Sikkim Women’s Commission to provide a legal platform for addressing women’s issues
- Introduced schemes like the Prerna Scheme and Small Family Scheme to support women’s education and well-being
- Ensured transfer of government benefits to women’s bank accounts
- Established the first women’s police station at Ranipool
- Implemented the Unmarried Women’s Pension as well as a pension for widows
- Provided free vaccination against cervical cancer
- Recognised mothers equally with fathers in government documents
- Made historic appointments, including Sikkim’s first female Minister, first female Chief Secretary, and first female Speaker of the Legislative Assembly.
Understanding the root causes of women’s disempowerment, we focused on legal, political, and educational solutions to create lasting change.

However, there is still a long way to go, in Sikkim as well as globally. There are still significant strides to be made for a truly equal society. On this International Women’s Day, let us reaffirm our commitment to creating a world where equality is not just an ideal but a reality: a world where every individual, regardless of gender, has the opportunity to thrive. Let us work together towards a future that upholds rights, equality, and empowerment for all Women and Girls. As we celebrate International Women’s Day, let us also honor those who have pushed boundaries and reshaped the role of women in society. Let us pledge to build a world where everyone, regardless of gender, can fully explore their potential and contribute meaningfully to society.

Wishing you a very happy International Women’s Day!

Pawan Chamling

आज अन्तर्राष्ट्रिय महिला दिवसको शुभअवसरमा सम्पुर्ण महिलाहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चहान्छु। महिलाहरूले पुरुष सम...
08/03/2025

आज अन्तर्राष्ट्रिय महिला दिवसको शुभअवसरमा सम्पुर्ण महिलाहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चहान्छु।

महिलाहरूले पुरुष समान आफ्नो अधिकार पाउनलाई सङ्घर्ष गरेको कथा अनि व्यथा बुझ्नलाई इतिहास साक्षी छ।
ती सङ्घर्षहरूमा कतिले आफ्ना परिवार त्यागे, कतिले आफ्नो पूरा जीवन नै ती सङ्घर्षले बोकेको उदेश्यको पछि समर्पण गरे त कतिले आफ्नो ज्यान नै दिए त्यसर्थ आज विश्वमा ती सङ्घर्ष अनि बलिदानले पाएको अधिकारहरूको महत्त्व छ, किनकि यदि कुनै कुरो, बिना सङ्घर्ष सित्तैमा पाउनुहो भने ती कुराको महत्त्व हुँदैन। महिलाहरूले आफ्नो अधिकार मात्र होइन तर पुरुषहरू सँग सँगै आफ्नो माटोको लागि युद्धमा उत्रिएको कथाहरू छन्। महिलाहरू साँच्चै शक्तिशाली हुन्छन् । वीर हुन्छन् । सहासी हुन्छन्।
आज सिक्किमको सन्दर्भमा भन्न पर्दा महिलाहरूले सायद सङ्घर्ष बिना नैं समान अधिकार पाएका छौं यसको हामी महिलाहरूले नै मुल्याङ्कन भने गरेका छैनौं । हामीले पाएको आरक्षणको कारण आज कति महिलाहरू ठुला ठुला पद र ओहदामा पुगेका छन् तर आज ती आरक्षणहरू कसको विचारमा अनि नेतृत्वमा पाएको हो भन्ने कुरामा कहिले फर्केर पनि सोचेका छैनौं। आफ्नो समाज अनि देशको भौतिक विकास मात्र होइन तर मानसिक विकास गर्नु आफ्नो राज्यलाई नेतृत्व गर्ने नेता माथी निर्भर गर्छ।
आज सिक्किमको इतिहासलाई फर्केर हेर्दा महिलाहरुले सङ्घर्ष नगरि नै हाम्रो नेता पवन चामलिङको नेतृत्वमा एसडीएफ सरकार हुँदा पाएको आरक्षणहरूले गर्दा आज महिलाहरू धेरै माथी पुगेका छन् । त्यसर्थ आज यस ऐतिहासिक दिनमा हाम्रो नेता पवन चामलिङज्युलाई सिक्किमका महिलाहरुको तर्फबाट आन्तरिक हृदयबाट धन्यवाद ट्क्राउन चाहान्छु।
निदान छेकमा हामी सिक्किमको महिलाहरूले ठूलो सङ्घर्ष नगरि पाएको अधिकारको उपभोग सँगै यसको प्राप्तिका आधारबारे पनि आत्मचिन्तन गर्नुपर्ने आह्वान गर्दछु।
अन्तमा सम्पुर्ण महिलाको सुस्वाथ्य, दिर्घायु र सफलतको कामना गर्दछु।

-योजना खालिङ राई
एसडीएफ कार्यकर्ता।

सिक्किमका माननीय राज्यपाल श्री ओम प्रकाश माथुर र सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको विसेष उपस्थितिमा सम्पन्न ...
08/03/2025

सिक्किमका माननीय राज्यपाल श्री ओम प्रकाश माथुर र सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको विसेष उपस्थितिमा सम्पन्न भयो अन्तराष्ट्रिय महिला दिवस
विभिन्न महिला हस्तीहरूलाई सम्मान जनाउँदै राज्य स्तरीय रूपमा सरम्सा उध्यान परिसरमा आयोजना गरिएको थियो कार्यक्रम।
सिक्किम सरकारको योजना तथा विकास विभाग अन्तर्गत सिक्किम इन्सपायरको तत्वावधानमा पुर्व सिक्किमको रानीपुल नजिक सरम्सा उध्यान परिसरमा आज राज्य स्तरीय अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रमका साथ पालन गरियो। यस अवसरमा सिक्किमका माननीय राज्यपाल श्री ओम प्रकाश माथुर मुख्य अतिथि तथा सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, समारोह आयोजक समितिकी अध्यक्षा तथा सिक्किम विधानसभा उपाध्याक्ष राजकुमारी थापा, राज्य मन्त्रीमण्डलका सदस्यगण, विधायकगण, मुख्यमन्त्रीका राजनैतिक सचिव विकास बस्नेत, प्रेस सचिव युगेन तामाङ, ओएसडी कर्म सुब्बा, एसकेएम नारी शक्ति राज्य स्तरीय अध्यक्षा बीणा राई, उपमेयर छिरिङ पाल्देन भोटिया,एसकेएम नारी शक्तिका सम्पुर्ण पदाधिकारी, युवा वर्ग, छवटै जिल्लाका जिल्ला अध्यक्ष, उपाध्याक्ष लगायत राज्यका सबै निर्वाचन समष्टिबाट आएका नारी समुदायको भारी संख्यामा उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा मुख्य अतिथि, विशिष्ट अतिथि लगायत अन्य गन्यमान्य व्यक्तित्वहरूले विभिन्न स्वंय सहायता समुहद्वारा प्रस्तुत विभिन्न उत्पादहरूको स्टलहरूको परिभ्रमण गर्दै स्वंय सहायता समुहका सदस्यहरुसित अन्तर्किया गरेका थिए। राज्यभरिका अनेकौं स्वंय सहायता समुहका प्रतिनिधिहरू एवं आशाकर्मीहरूले आआफ्ना उत्पादहरूको साथमा प्रदर्शनीमा सहभागिता जनाएका थिए। यसपछि समारोह आयोजक समितिकी अध्यक्षा श्रीमती राजकुमारी थापाले स्वागत सम्बोधन राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारिन्। यसपछि भारतीय डाकको लोगो, दिदि बहिनीको भान्साघरको जर्सी, एप्रोनको लोकार्पण तथा एसटीएनएम अस्पतालको रि प्रोड्कटिभ मेडिसन युनिटको भर्चुअल्ली लोकार्पण गरिएको थियो। यसपछि विभिन्न नारी हस्ताक्षरहरूलाई अभिनन्दन जनाइएको थियो। जसमा पहिलो महिला विधानसभा अध्यक्षा कलावती सुब्बा, पहिलो क्याबिनेट मन्त्री रिञ्जिङ ओङमु भोटिया र प्रथम महिला मुख्य सचिव रिन्छेन ओङमु रहेका छन्। यसैगरी समाज कल्याण विभागद्वारा विभिन्न महिलाहरूलाई सम्मान जनाइएको थियो।विभिन्न रंगारंग सांस्कृतिक प्रस्तुतिहरू कार्यक्रमको मुख्य आकर्षण रहेको थियो। यस बर्षको महिला दिवसको अवसरमा आमाहरूलाई समर्पित गर्दै सरम्सा उध्यान परिसरमा स्थायी रूपमा ब्रेस्ट फिडिङ केन्द्रको पनि स्थापना गरिएको छ।

BJP Sikkim Mahila Morcha Celebrates International Women's Day with EnthusiasmBJP Sikkim Mahila Morcha marked Internation...
08/03/2025

BJP Sikkim Mahila Morcha Celebrates International Women's Day with Enthusiasm

BJP Sikkim Mahila Morcha marked International Women’s Day with great fervor, bringing together women from diverse backgrounds to celebrate their achievements and contributions to society. The event in Gangtok featured Mrs. T. Norzing Bhutia, a retired Central Government employee, as the Chief Guest, alongside State President D.R. Thapa as the Special Guest and GMC Councillor Bindhya Cintury as Guest of honour. The gathering witness the felicitation of women entrepreneurs and social workers in recognition to their contributions in their respective fields

Chief Guest Mrs. Bhutia expressed her heartfelt gratitude to Hon’ble Prime Minister Narendra Modi and the Central Government for the Ayushman Bharat Scheme, emphasizing its vital role in supporting senior citizens. Sharing her personal experience, she highlighted how, at the age of 85, she has greatly benefited from the scheme, which provides medical coverage of up to ₹5 lakh.

In his address, State President D.R. Thapa reaffirmed the BJP-led government’s dedication to women’s welfare and empowerment, highlighting landmark initiatives such as 33% reservation for women in state assemblies and Parliament. He also highlighted various central government schemes to empower women in different sectors as the party observed the IWD under the theme of Financial Empowerment of Women. He also lauded the immense contributions of Sikkimese women across various fields and paid tribute to those who have played a pivotal role in shaping Sikkim’s progress.

Beyond Gangtok, International Women’s Day was also celebrated at BJP's Head Office, Singtam, and Soreng District, reflecting the party’s commitment to recognizing and uplifting women across Sikkim. The celebration honored womanhood, resilience, and progress, reinforcing BJP’s unwavering commitment to women’s empowerment.

BJP Sikkim Publicity Wing

नेपाली लोक संगीतका एक धरोहर मादल विशेषज्ञ काजी सिंह गजमेरको निधन। संगीत सेवाको निम्ति उनलाई पद्मश्री सम्मान राष्ट्रपति र...
22/01/2025

नेपाली लोक संगीतका एक धरोहर मादल विशेषज्ञ काजी सिंह गजमेरको निधन। संगीत सेवाको निम्ति उनलाई पद्मश्री सम्मान राष्ट्रपति रामनाथ कोविन्दको बाहुलीबाट सम्मानित गरिएको थियो (तस्वीर)। लामो समयदेखि बिरामी संगीतकर्मी गजमेरले ८० वर्षको उमेरमा इहलिला सके।
ABN TV

गोविन विश्वकर्माको नेतृत्वमा भारतीय गोर्खा परिसंघ लखिमपुर जिल्ला समिति गठनABN TV   लखिमपुर असम २१जनवरी: लखिमपुर जिल्ला अ...
21/01/2025

गोविन विश्वकर्माको नेतृत्वमा भारतीय गोर्खा परिसंघ लखिमपुर जिल्ला समिति गठन
ABN TV
लखिमपुर असम २१जनवरी:
लखिमपुर जिल्ला अन्तर्गत खेलमाटी स्थित होटेल सरनाजको प्रेक्षागृहमा भारतीय गोर्खा परिसंघको लखिमपुर जिल्ला समिति विधिपूर्वक गठन विशेष अधिवेशन मार्फत सम्पन्न हुन्छ। सो सभाको अध्यक्षता छिमेकी धेमाजी जिल्ला भारतीय गोर्खा परिसंघ को अधक्ष्य गणेश बिश्वकर्माले गर्नु हुन्छ। परिसंघ परिवारको सय भन्दा बढी सदस्यको उपस्थितिमा विशेष अधिवेशन मार्फत लखिमपुर बाट भारतीय गोर्खा परिसंघ का राष्ट्रिय परिषद सदस्य र दसरथ माझी फाउण्डेशनका मुख्य कार्यकारी अधिकारी तथा प्रतिष्ठापक सञ्चालक गोविन विश्वकर्मा ज्युलाई अधक्ष्य को दायित्व दिएर दर्विलो जिल्ला।समिति गठन हुन्छ

भारतीय गोर्खाहरूको राष्ट्रिय संस्था भारतीय गोर्खा परिसंघको असम राज्य अन्तर्गत लखिमपुर जिल्ला समितिको गठन आईतबार सम्पन्न भएको हो। लखिमपुर जिल्लाको सरनाज होटेलमा आयोजित यस कार्यक्रममा गोबिन विश्वकर्मा जिल्ला सभापति, चनबीर सोनार कार्यकारी सभापति र हर्क बहादुर सोनार (सुमित) मूल सचिवको रूपमा निर्विरोध निर्वाचित भए।

यस विशेष अधिवेशन ले गोर्खा लाई रैथाने मर्यादा दिलाउन संग्रामको क्रममा लखिमपुर जिल्लाको गोर्खाको भूमि पटन को विषय देखि लिएर सबै समस्या समेटेर गोर्खा हितको प्रस्ताव हरु सर्वसम्मतिले अनुमदन गरेको छ ।
लखिमपुर जिल्लामा बसोबास गर्ने महानुभावहरूलाई समेटेर जातीय सुरक्षा र परिमार्जित समाज निर्माण हेतु परवर्ती समयमा भागोप लखिमपुर जिल्ला समिति विस्तार गरी हर भेकमा बाट प्रतिनिधि लिएर गठन गरिन्ने छ।

सभाको थालनी झन्डोत्तलनबाट शुरू गरिन्छ, भागोपको पवित्र झन्डा फहराउनु हुन्छ भागोप असम प्रदेश समितिका माननीय अध्यक्ष अमर अधिकारीज्यूले भने सहिद तर्पणमा मुख्य तर्पकको दायित्व निभाउनु हुन्छ असम प्रदेश कार्यकरी अध्यक्ष ठन्डी नेवार द्वारा तथा भागोप संरक्षक अमर छेत्रीज्यूले र लक्ष्मी भारद्वाजको बाहुलीबाट दिप प्रज्वलन हुन्छ। झन्डै एक सयजना भन्दा बढी प्रतिनिधिको उपस्थितिमा भागोप लखिमपुर जिल्ला समिति सर्वसम्मतिक्रमले पुनर्गठन हुन्छ। गोगामुख ज्ञान्दीप अकाडेमीका अधक्ष्य भा गो प राष्ट्रिय परिषद सदस्य श्री खेम प्रधान, भा गो प असम प्रदेश को संग्रक्षक अमर छेत्री र लक्ष्मी भारद्वाज ज्यूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा लखिमपुर जिल्लाका विभिन्न क्षेत्रका जनताको उत्साहपूर्ण उपस्थिति देखिनुका साथै एक सशक्त र उत्कृष्ट जिल्ला समिति क्रमश गठन भएको छ। भारतीय गोर्खा परिसंघ लखिमपुर जिल्ला समिति मुख्य पृष्ठपोषक : असिक विश्वकर्मा उपदेष्ठागण : तुलसी उपनध्याय, गोपाल लिम्बू, लक्खि शर्मा, शान्ति बहादुर विश्वकर्मा
अधक्ष्य : गोविन विश्वकर्मा
कार्यकरी अधक्ष्य : चान्दबीर सुनार उपाध्यक्ष्य : एल बी शर्मा, श्रीमती सावित्री विश्वकर्मा
मूलसचिव : हर्क बहादुर सुनार, सचिव : गोपाल छेत्री, अरूण सुब्बा, सुवास दर्जी कोषाध्यक्ष : विष्णु विश्वकर्मा, साङ्गठनिक सचिव : अमृत विश्वकर्मा, प्रसार सचिव : विकास सुनार, शिक्षा सचिव : नवीन छेत्री, सह-शिक्षा सचिव : युवराज पाण्डे, साँस्कृतिक सचिव : रमेश सुनारी, कार्यालय सचिव : अर्जुन सुनारी
कार्यकरी सदस्य/सदस्यागण : धनपति शर्मा, मोहनलाल छेत्री, तीर्थ नेवार, नन्द कुमार नेवार, कौशिला देवी नेवार, मोहन बहादुर छेत्री

सिक्किमका सातवटा रैथाने भाषाको लिखित परीक्षा सम्पन्न 342  जना परिक्षार्थीले दिए परीक्षाABN TV   गान्तोक, 20 जनवरी। सिक्क...
20/01/2025

सिक्किमका सातवटा रैथाने भाषाको लिखित परीक्षा सम्पन्न 342 जना परिक्षार्थीले दिए परीक्षा
ABN TV
गान्तोक, 20 जनवरी। सिक्किम सरकारको शिक्षा विभाग अधिनस्थ भाषा निदेशालयको सिक्किम बोर्ड अफ इन्डिजिनियस ल्याङग्वेजेस (एसबीआइएल) ले राज्यका सातवटा रैथाने भाषाको नवौं, दशौं, एघारौँ र बाह्रौँ श्रेणीको परीक्षा आयोजन गर्यो। रैथाने भाषाहरुको संरक्षणको निम्ति सिक्किम सरकारको पहलमा वर्ष 2020देखि थालिएको दुर शिक्षा प्रणाली (डिस्टेन्स मोड अफ एडुकेशन) को परिकल्पनामा चलिरहेको परिक्षामा यसपाली 342 जना विद्यार्थीले परीक्षा बसे। सर टासी नामग्याल उच्चतर माध्यमिक विद्यालयको प्रेक्षालयमा आयोजित परीक्षामा राई, तामाङ, गुरुङ, मंगर, शेर्पा,नेवार र मुखिया रैथाने भाषाका विद्यार्थीले परीक्षा लेखे ।
जसमा राई भाषाका 152 जना, तामाङका 38 जना, शेर्पाका 40 जना, गुरुङका 30 जना, मंगरका 39 जना, नेवारका 34 तथा मुखिया भाषाका 9 जना वि‌द्याथीले परीक्षा बसेका छन्। एसबीआएलका उप निर्देशक श्रीमती सुधा राईले दिएको जानकारी अनुसार राज्यका रैथाने भाषा पठन पाठन गर्नेहरूमा आधिकारिक रूपमा परिक्षा बस्नेहरुको चासो धेरै बढिरहेको छ। जसको फलस्वरूप अहिले भाषा लेख्न र पढन् जान्नेहरूले पनि आधिकारिक परिक्षा बसेर प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएपछि भाषा संरक्षणको दिशामा पनि सहयोग पुगेको छ। शिक्षा विभागको भाषा निर्देशालयको एसबीआइएलले आयोजन गर्ने परिक्षा 1 सय पूणर्णाङ्कको हुने गर्दछ। जसमा 80 अड़कको लिखित परीक्षा हुन्छ भने 10 अड़‌क प्रत्यक्ष अन्तर्वाता र 10 अड़क एसाइनमेन्टको दिइने गरिन्छ। उप निर्देशक राईले बताए अनुसार परिक्षा वस्नको निम्ति सम्बन्धित भाषाका पञ्जिकृत संस्थाबाट परीक्षाको निम्ति योग्य रहेको प्रमाणपत्र लिएर निर्देशालयमा आएर फारम भरेर परिक्षा दिन सक्नेछन्। प्रत्येक वर्ष जनवरी 20 तारिखको दिन हुने परिक्षाको प्रतिफलमा प्रमाणपत्र र अङ्क पत्र प्रदान गरिनेछ जुन वैश्विक स्तरमा आधिकारिक मान्यता रहनेछ। यसरी आफ्नो मौलिक भाषा सिकेर परीक्षा बसेर प्रमाणपत्र तहसम्म उत्तिर्ण भएकाहरुले भाषा विकासको निम्ति योगदान पनि दिइरहेका छन् । उनीहरूले सरकारी रोजगारमा पनि मान्यता प्राप्त गरिरहेका छन् ।

सोमबार आयोजित परीक्षामा निर्देशालयकी संयुक्त निर्देशक श्रीमती डोमा जिम्बा, सिक्किम विधानसभाका भाषा संकायका उप निदेशक श्रीमती हरिमाया प्रधानको देखरेखमा परीक्षा सम्पन्न भयो। जसमा सम्बन्धित विभागका पाठ्य पुस्तक अधिकारी, अतिरिक्त पाठ्य पुस्तक अधिकारीहरुको निगरानीमा परीक्षार्थीहरूले परीक्षा लेखेका छन् ।

 With heavy hearts, we announce the passing of our beloved father and grandfather, Ren Yangching Lepcha, former Panchaya...
18/01/2025


With heavy hearts, we announce the passing of our beloved father and grandfather, Ren Yangching Lepcha, former Panchayat of Namprick under Tingvong GPU, Upper Dzongu, North Sikkim.

Ren Yangching Lepcha left us on January 16, 2025, to his heavenly abode. He will be deeply missed by his family, friends, and the community he served with dedication.

Funeral Ceremony:
- Date:January 20, 2025 (Monday)
- Time: 10 AM
- Location: Namprick, Tingvong, Upper Dzongu, North Sikkim

Family Members:
- Philip Lepcha (Son)
- Pintso Rikzing Lepcha (Son)
- Ongchuk Rikzing Lepcha (Son)
- Nima Tsh Lepcha (Son)
- Jermit Lepcha (Daughter)
- Tarkit Lepcha (Daughter)
- Chubongmit Lepcha (Daughter)
- Dikila Lepcha (Daughter)

Grandsons:
- Dr. Aaron E Lepcha
- Ringchen Lepcha
- Ongden Lepcha
- Arin P Lepcha

Om Mani Padme Hum Hri... May his soul rest in eternal peace.

वर्ष 2024 नेपाली भाषाको निम्ति कोशेढुङ्गाः चिया कविता ABN TV  #नेपालीभाषा  गान्तोक, 23 अगस्तः नेपाली भाषा मान्यताको इतिह...
23/08/2024

वर्ष 2024 नेपाली भाषाको निम्ति कोशेढुङ्गाः चिया कविता
ABN TV #नेपालीभाषा
गान्तोक, 23 अगस्तः नेपाली भाषा मान्यताको इतिहासमा वर्ष 2024 एउटा ऐतिहासिक माइलखुट्टीका रूपमा अंकित भएको छ। सन् 1956-मा देहरादुनबाट आनन्दसिंह थापाको अगुवाइमा शुरू भएको भाषा मान्यताको आन्दोलनले 36 वर्षपछि सन् 1992-मा संवैधानिक मान्यता पाएको हो। संवैधानिक मान्यता पाएको 33 औँ वर्ष टेक्दा सिक्किमले यसको समृद्धि र विकासमा नयाँ कोशेढुङ्गा स्थापित गरेको छ।
सिक्किम सरकारले सरकारी अधिसूचना, राजपत्र र सरकारी विज्ञप्तिहरू नेपाली भाषामा पनि जारी गर्ने घोषणा गर्दै तत्काल कार्यान्वयनमा ल्याएपछि सम्पूर्ण नेपालीभाषीहरूका निम्ति यो ऐतिहासिक सुखद् घटनाक्रम बनेको छ। 1956-मा आनन्दसिंह थापा अनि 1992-मा नरबहादुर भण्डारीपछि 2024-मा प्रेमसिंह तामाङले भाषा मान्यताको संवैधानिक अधिकारलाई व्यवहारमा ल्याउने सहास गरेका छन्।
चिया कविता सिक्किम मुख्यमन्त्री प्रेमसिंह तामाङको यस निर्णयप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछ। यस प्रकारको ऐतिहासिक निर्णयले नेपाली भाषाको श्रीवृद्धिमा ठुलो टेवा पुग्ने कुरामा हामी विश्वस्त छौँ। सरकारले चालेको यस ऐतिहासिक कदमलाई सरकारी कामकाजका जिम्मेवारपक्ष, भाषा साहित्यसित आबद्ध संघ-संस्था र व्यक्तिविशेषले हैंसेमा होस्टे दिए मात्र सफल हुनेछ। आम नेपालीभाषीहरूले पनि यसलाई अवसर र उपलब्धिका रूपमा लिएर धेरैभन्दा धेरै नेपाली भाषालाई प्रयोगमा ल्याउन आवश्यक रहेको छ भनी चिया कविताका मुख्य संयोजक प्रवीण खालिङले एउटा प्रेस विज्ञप्तिमार्फ जनाएका छन्।

Address

MLA HOUSE, RELIANCE TREND 3RD FLOOR, SEVOK ROAD-WB
Gangtok
737102

Telephone

+918372098282

Alerts

Be the first to know and let us send you an email when ABN TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ABN TV:

Share