
25/05/2025
प्रेस विज्ञप्ति याङयाङ, नाम्ची जिल्ला -
Namchi, 23 May :
माननीय क्षेत्र विधायिका १५ याङगाङ राङगाङ निर्वाचन क्षेत्र एवं सिक्किम विधानसभाको माननीय उपाध्यक्ष श्रीमती राजकुमारी थापा मेडमकाे नेतृत्वमा साङ्मु-दोजोक मार्गमा पर्ने फलामकाे पुल मर्मत तथा पुनःनिर्माण कार्य सम्पन्न l
सिक्किम सरकारको सडक तथा पुल विभागले दोजोफाटक, साङ्मु-दोजोक मार्गमा पर्ने जिर्ण अवस्थामा रहेको फलाम पुलको मर्मत तथा पुनःनिर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। यो महत्वपूर्ण पूर्वाधार परियोजना माननीय क्षेत्र विधायिका एवं सिक्किम विधानसभाको माननीय उपाध्यक्ष श्रीमती राजकुमारी थापा मेडमकाे निर्देशनमा, र याङयाङ स्थित सडक तथा पुल विभागका सहायक इन्जिनियरको मार्गदर्शनमा सम्पन्न गरिएको हो।
यो पुल दोजोक तथा वरपरका गाउँहरूका बासिन्दाहरूका लागि अत्यावश्यक संपर्क मार्ग हो, जसले बजार, विद्यालय तथा अन्य आवश्यक सेवा सुविधासम्म पुग्न सहज बनाएको छ। मर्मतपूर्व पुलको खराब अवस्थाका कारण विशेष गरी वर्षायाममा खोला पार गर्न निकै कठिनाइ हुने गरेको थियो।
समयमै मर्मत कार्य सम्पन्न भएकाले स्थानीय समुदायबाट यस कार्यप्रति व्यापक प्रशंसा प्रकट गरिएको छ। दोजोकका बासिन्दाहरूले माननीय क्षेत्र विधायिका एवं सिक्किम विधानसभाको माननीय उपाध्यक्ष श्रीमती राजकुमारी थापा मेडम, मुख्यमन्त्रीका ओ एस डी श्री कर्मा सुब्बा, माननीय जिल्ला पंचायत सदस्य श्री यपचुङ भूटिया, माननीय पञ्चायत सदस्यहरू, सडक तथा पुल विभागका सहायक इन्जिनियर, जुनियर इन्जिनियरहरू, सुपरभाइजर तथा सबै PWD श्रमिकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
सहकार्य, समर्पण र प्रतिबद्धताका साथ सम्पन्न यो परियोजनाले स्थानीय पूर्वाधारको पुनःस्थापना मात्र नभई राज् सरकार नागरिकका आवश्यकता समयमै सम्बोधन गर्न कटिबद्ध रहेको कुरा पुनः पुष्टि गरेको छ।
Report: Nedup Lepcha