19/05/2025
मेरो बोट मेरो बाटो थीममा पालन हुनेछ यस बर्षको विश्व पर्यावरण दिवस
क्षेत्र विधायक सञ्जित खरेलको अध्यक्षतामा सम्पन्न सभामा लिइएको छ यस्तो निर्णय।
नाम्थाङ रातेपानी निर्वाचन क्षेत्र अन्तर्गत नामथाङ खण्ड प्रसाशनिक केन्द्रको सम्मेलन कक्षामा विश्व पर्यावरण दिवस पालन हेतु क्षेत्र विधायक तथा विध्युत विभागका सल्लाहकार सञ्जित खरेलको अध्यक्षतामा आज एक सभा सम्पन्न भयो। सभामा विधायककी धर्म पत्नी आशा खरेल, नाम्थाङ महकुमा अधिकारी प्रविन गौतम, जिल्ला पञ्चायत उपाध्याक्ष विकास तामाङ, नाम्थाङ खण्ड बिकास अधिकारी रतन गुरुङ, उप निर्देशक महेन्द्र तिमसिना, जिल्ला र ग्राम पञ्चायत इकाइका पञ्चायत अध्यक्ष साथै पञ्चायत समितिहरू, विभिन्न विभागीय प्रमुखहरू, क्षेत्रका विभिन्न कारखानाहरूका प्रबन्धकहरु, क्षेत्रका विभिन्न विध्यालयका प्रधानाचार्य, शिक्षक शिक्षिका,वन विभागका अधिकारीहरु, स्वयं सहायता समुह,विभिन्न संगठनका प्रतिनिधिहरु, युवा एवं नारी प्रकोष्ठका कार्यकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। विश्व पर्यावरण दिवस 2025को अवसरलाई सार्थक र प्रभावकारी रूपमा मनाउन सबैलाई अघि आई श्रमदान गर्न क्षेत्र विधायकले निवेदन गरेका छन्। यस समन्वय सभामा वृक्ष रोपन अभियानलाई प्रभावशाली ढंगमा पालन गर्ने कुरा सुनिश्चित गर्नेबारे छलफल भएको छ। सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको विशेष मार्गनिर्देशनमा क्षेत्रमा धेरै विकास भईरहेको जानकारी गराउँदै नाम्थाङलाई सर्वश्रेष्ठ समष्टि बनाउन सबैले हातेमालो गरी अगाडी बढ्न आवहान गरे। सभामा विभिन्न ववाक्तहरुले पर्यावरण दिवसलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा उपस्थित सबैले आ- आफ्ना सल्लाह सुझाउ राखेका थिए।