11/09/2026
✍️देहरादूनका युवा गोर्खाली स्वप्निल सावन भारतीय सेनामा लेफ्टिनेन्ट पदमा कमिसन हुनुभएको छ। गया, बिहारस्थित Officers Training Academy (OTA) मा आयोजित पासिङ आउट परेडमार्फत उहाँ भारतीय सेनाको अधिकारीका रूपमा नयाँ जिम्मेवारीमा प्रवेश गर्नुभएको हो।
✍️सैन्य प्रशिक्षण सफलतापूर्वक पूरा गरी भारतीय सेनामा अधिकारीका रूपमा कमिसन हुनुभएका स्वप्निलको उपलब्धिले उहाँको परिवार, आफन्त तथा देहरादूनको गोर्खाली समुदायमा खुसी र गर्वको वातावरण सिर्जना गरेको छ।