टुडे महेशपुर नवलपरासी Today Maheshpur Nawalparasi

  • Home
  • India
  • Gorakhpur
  • टुडे महेशपुर नवलपरासी Today Maheshpur Nawalparasi

टुडे महेशपुर नवलपरासी Today Maheshpur Nawalparasi निरन्तर सत्य तथ्य सुचना दिने हाम्रो प्रयास जारी छ।
हाम्रो फेसबुक पेज लाई लाइक शेयर गर्नुहोस 🙏🏻

नमस्ते, सम्पूर्ण मा Today Maheshpur Nawalparasi टुडे महेशपुर नवलपरासी को फेसबुक पेज र Twitter , Instagram बाट । हामी तपाइँ हरु लाई महेशपुर नवलपरासी लगयात देश बिदेश को खबर दिने सधैं प्रयासरत छौं। हाम्रो सानो अनुरोध कृपया आफ्नो साथी हरु लाई यो पेज लाईक गर्न निम्तो गर्नुहोस ता कि हाम्रो सन्जाल अजै ठुलो होस । धन्यबाद ।

आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १५ तारिख। उत्पतिका एकादशी व...
15/11/2025

आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १५ तारिख। उत्पतिका एकादशी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य छ । बोल्दा ख्याल गर्नु राम्रो हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृष : दिन सहज छ । साथीको सहयोग मिल्नेछ । मनमा राम्रा भावनाको विकास हुनेछ । राजनीकि क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ । सामाजिक र धार्मिक क्षेत्रमा तपाईंको नाम र दाम बढ्नेछ ।

मिथुन : दिन सामान्य छ । लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ । व्यापारमा झुक्याउने धेरै भएकाले सचेत बन्नुपर्नेछ । राजनीतिमा तपाईंका साथी विपक्षी कित्तामा भएकाले घेराबन्दी हुने जोखिम छ ।

कर्कट : दिन राम्रो छ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । स्वदेशमा भन्दा विदेशको रमझममा मन आकर्षित हुनेछ । लगानी गरेको भए फाइदा हुनेछ । परिवार भित्र थोरै बोल्दा फाइदा हुनेछ ।

सिंह : दिन सामान्य छ । हरेक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ । भाग्यको निर्माण गर्न आफ्नो काममा केन्द्रित हुनुपर्नेछ । प्राविधिक शिक्षामा प्रगति हुनेछ । परिवारको साथ र सहयोग लिएर अगाडि बढेमा फाइदा हुनेछ ।

कन्या : दिन राम्रो छ । आम्दानीका क्षेत्र सबल भएकाले सदुपयोग गर्नु राम्रो होला । हरेक काममा बन्धु र परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन सामान्य छ । सोचेका काममा बाधा आइपर्न सक्ने खतरा छ । राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु फाइदा हुनेछ । धार्मिक अभियान्तासँगको सहकार्यले दिन सहज बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फाइदा हुनेछ।

वृश्चिक : दिन सहज छ । श्रमको मूल्यांकन हुनेछ । गुरुको मायाले महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ । परिवारसँग बसेर रमाउने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : सानो कुराले मन अशान्त बन्नेछ । सञ्चित धनको खर्च हुनसक्ने जोखिम छ । व्यापारमा फाइदा हुनेछ । महत्त्वपूर्ण काम गर्नु परेमा साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ । परिवारमा खटपटी बढ्नेछ ।

मकर : दिन राम्रो छ । थोरै लगानी भए पनि अम्दानी बढ्नेछ । स्वास्थ्यले साथ दिनेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । निजी क्षेत्रको शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ ।

कुम्भ : दिन सामान्य छ । लगानीका क्षेत्रमा घाटा हुनेछ । निजी शिक्षाको लगानीबाट झन्झट आइपर्ने जोखिम छ । परिवारसँगको सम्बन्ध भने सहज बन्ने छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ ।

मीन : मन अशान्त बन्ने जोखिम छ । समयको सदुपयोग गर्नु राम्रो हुनेछ। परिवारमा झन्झट आइपर्ने जोखिम छ । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ । कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा कुटपिट भई घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउव...
15/11/2025

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा कुटपिट भई घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालीन परराष्ट्र मन्त्री आरजु देउवा राणा सिंगापुरमा उपचार गराएर आज नेपाल फर्किएका छन्।

कार्तिक १० गते उपचारका लागि सिंगापुर प्रस्थान गरेका देउवा दम्पति १८ दिनपछि स्वदेश फर्किएका हुन्।

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १...
15/11/2025

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०९ रुपैयाँ २५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कअनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७१ पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०३ पैसा र बिक्रीदर २२ रुपैयाँ १२ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४३ पैसा , ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६१ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।महा...
15/11/2025

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज सूर्योदय बिहान ६ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।

आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १५ तारिख। उत्पतिका एकादशी व...
15/11/2025

आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १५ तारिख। उत्पतिका एकादशी व्रत ।

शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ। शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनी भगवान सूर्यका पुत्र हुन्। उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन्।

जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ। उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपलमा पानी हाल्दा फल पक्कै मिल्नेछ। शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्दा राम्रो हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ।

भरतपुर महानगरको लापरबाहीले डिप्रेसनमा छन् धुर्मुस, असारमै निकासा भएको रकम दिन भरतपुर महानगरले आनाकानी गरेको कारण अहिले ब...
15/11/2025

भरतपुर महानगरको लापरबाहीले डिप्रेसनमा छन् धुर्मुस, असारमै निकासा भएको रकम दिन भरतपुर महानगरले आनाकानी गरेको कारण अहिले बिरामी धुर्मुस यता र उता दौडिँदै छन् ।

भारतको बिहार विधानसभाका लागि भएको चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ । कुल दुई सय ४३ सिटका लागि भएको मतदानको मतगणना ग...
15/11/2025

भारतको बिहार विधानसभाका लागि भएको चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ । कुल दुई सय ४३ सिटका लागि भएको मतदानको मतगणना गएराति सम्पन्न भएको हो । जसमा सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले दुई तिहाई मत प्राप्त गरेको छ ।

एनडीए गठबन्धनले दुई सय दुई सिट जितेको छ । त्यस्तै, भारतीय जनता पार्टी (भाजपा) पहिलो दल बनेको छ । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले सबैभन्दा धेरै ८९ ठाउँमा जीत निकालेको छ । दोस्रो स्थानमा रहेको जनता दल युनाइटेडले ८५ सिट जित्यो ।

कांग्रेस नेतृत्वको महागठबन्धन र राष्ट्रिय जनता दल (आरजेडी) ३४ सिटमा सिमित भएको छ । अन्यले सात सिट जितेका छन् । बिहार विधानसभा चुनावका लागि गएको नोभेम्बर ६ र ११ तारिखमा गरी दुई चरणमा मतदान भएको थियो । बिहारमा यस पटक कीर्तिमानी ६७.३ प्रतिशत मत खसेको थियो । यो मत सन् १९५१ पछिकै सबैभन्दा धेरै हो ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार विधानसभा चुनाव आफ्नो पक्षमा देखिएको बताउनुभएको छ । उहाँले यो जीतलाई ‘सुशासनको जीत’ भन्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मिराज़ ढुङ्गाना नेकपा एमाले प्रवेश गर्ने तयारी गरेका छन् । ढुङ्गानाले एमालेका केन्द्रीय तहका नेतासँग लगातार छलफल गइरहेका...
15/11/2025

मिराज़ ढुङ्गाना नेकपा एमाले प्रवेश गर्ने तयारी गरेका छन् । ढुङ्गानाले एमालेका केन्द्रीय तहका नेतासँग लगातार छलफल गइरहेका छन् ।

राष्ट्रिय परिचयपत्र भएका नागरिकका लागि घरमै बसेर अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने सुविधा।यो लिंकमा गएर सहजै द...
14/11/2025

राष्ट्रिय परिचयपत्र भएका नागरिकका लागि घरमै बसेर अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने सुविधा।
यो लिंकमा गएर सहजै दर्ता गर्न सकिन्छ। 👇
https://applyvr.election.gov.np/Login/Preregistration/EnterMobileNo

निवर्तमान आइजिपी चन्द्रकुवेर खापुङमाथि अनुसन्धान सुरु
14/11/2025

निवर्तमान आइजिपी चन्द्रकुवेर खापुङमाथि अनुसन्धान सुरु

यूएईले नेपालीहरूका लागि भिजिट भिसा खुला गरेको छ ।।
14/11/2025

यूएईले नेपालीहरूका लागि भिजिट भिसा खुला गरेको छ ।।

14/11/2025

बिनोद निगम / नवलपरासी ,२७ कात्तिक पश्चिक नवलपरासीमा सवारी दुर्घटनामा एक बालकको मृत्यु भएपछि बस चालकलाई प्रहरीले .....

Address

Medical Road, Gorakhpur
Gorakhpur
273001

Alerts

Be the first to know and let us send you an email when टुडे महेशपुर नवलपरासी Today Maheshpur Nawalparasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to टुडे महेशपुर नवलपरासी Today Maheshpur Nawalparasi:

Share