05/11/2025
एलिनाका बारे बोलिनन् भन्नेहरुलाई यसरी दिइन झटारो:
बिषय अमेरिका टुर बारे...
आरोप प्रत्यारोप गर्ने बिनोद अधिकारी र एलिना गाली खाने हामी?
अरु कलाकार पैसाको लागि बोलेनन रे ! माफ गर्नु होला, मैले अमेरिकामा सबै भन्दा कम पैसामा शो गरेको हो । तर जतिमा अग्रीमेन्ट गरेको तेति नै लेको हो 1 पैसा बढी लेको होइन र आयोजकको गतिविधिमा बोल्ने बिषयमा चित्त नबुझेको कुरा मुखमा बोलियो, झगडा गरियो, सायद, म जति लाउड त्यहा कोइ थिएन । तर हामी परिस्थिति अनुरुप परिक्वताका साथ निर्णय गरेर अगाडी बढ्यौ र हरेक कार्यक्रम सफल पार्यौं...
सबै कलाकार को स्वभाव एउटै हुदैन कि असन्तुष्टि मनमुटाव लाई मिडिया मै उछाल्नु पर्ने हामीले जहाँ समस्या भयो त्यही डिस्कस गरि समाधान गरियो...आफ्नो कर्तव्य पनि पूरा गरियो आफ्नो आत्मसम्मानको पनि रक्षा गरियो...
अब रह्यो कलाकार भएर एलिनाको पक्षमा बोलेन भन्ने कुरा एलिनाको घरेलु हिंसा मा सबै भन्दा पैले बोल्ने मै हो । तर एलिनाको अन्य लफडा हरु वप परेको, ब्रेकअप भाको, साउण्ड सिस्टम झुर भाको, आयोजक खतम भाको आदि इत्यादि लफडामा हामीलाई बोल्नु जरुरी छैन
त्यो उहाको ब्यक्तिगत असन्तुष्टि हुन...मलाइ आयोजक ले खराब नियत राखेर रूमबाट नसिस्किदा १०० मा फोन गरि पुलिस बोलाएर आयोजकलाई खोरमा थुनाउने मान्छे म सामाजिक सन्जाल र मिडियामा मुद्दा उछाल्नेको शक्त बिरोधी हुँ... मलाई लाग्छ आफ्नो आत्मसम्मानको लागि लड्डै गर्दा अर्का को मानहानी नहोस...त्यसैले एलिना को लागि मैले स्टाटस लेख्दा पनि नाम नखुलाइकन लेखेको हो सबै मान्छे प्रकाश सुवेदी दाइ जस्तो हुदैनन आफ्नो टिआरपीको लागि पत्रकारिताको नाममा ब्यक्तिगत विशेष बस्तुहरु गर्वका साथ मिडियामा उछाली कसैको जिन्दगी सङ्ग खेलबाड गर्ने...
यदि तपाईंहरु सच्चा ब्यक्ति हो भने हामीलाई पैसाको लागि बोलेन, आयोजकको जुत्ता चाट्ने जस्ता टीका टिप्पणी नगर्नुस... हामीले बोल्न थाल्यौ भने मिडियामा देवत्व देखाउने न्यायका प्रतिमुर्ति र साहसिक भनेर चिनिनेका कर्तुत केहि पनि बाकी रहदैनन... हामी ठाउँमा बोल्छम् हामी ठाउँमा लड्छौ... सो कल्ड मिडिया बाजी गर्दैनौ... keep that mind stupid people...
✍️