Gorkha Talks

Gorkha Talks परिचय, पहिचान र पर्यावेक्षण
https://youtube.com/?si=mwTFtwRauOI7iLUo
(4)

✍️अखिल असम गोर्खा छात्र संघ (आग्सु) को कार्यकारिणी सभा आइतबार गुवाहाटीको पल्टन बजारस्थित स्वर्गीय मणि कुमार सुब्बा भवनमा...
07/06/2026

✍️अखिल असम गोर्खा छात्र संघ (आग्सु) को कार्यकारिणी सभा आइतबार गुवाहाटीको पल्टन बजारस्थित स्वर्गीय मणि कुमार सुब्बा भवनमा सम्पन्न भएको छ।

✍️सभामा संगठनको वर्तमान गतिविधि, आगामी कार्ययोजना तथा संगठन सुदृढीकरणका विविध विषयमा विस्तृत छलफल गरिएको थियो। सोही क्रममा आग्सुको १९औँ नयाँ केन्द्रीय कार्यकारिणी समिति गठनका लागि आगामी १२ जुलाई २०२६ मा धेमाजी जिल्लाको सिलापथारमा प्रतिनिधि सभा आयोजना गर्ने निर्णय गरिएको छ।

07/06/2026

✍️ असमको मार्घेरिटा उपजिला अन्तर्गत जागुनको रामपुर ६ माइल निवासी पिता रुद्र क्षेत्री तथा माता श्रीमती अनु छेत्रीका सुपुत्र कृष छेत्री भारतीय सेनाको प्रतिष्ठित अग्निवीर सेवामा सफलतापूर्वक चयन भएका छन्।

✍️ कृष छेत्रीले आफ्नो प्रशिक्षण असम राइफल्समार्फत प्राप्त गरेका हुन्। उनले डिब्रुगढस्थित Salt Brook Academy बाट हाइ सेकेन्डरी शिक्षा पूरा गरेका छन् भने St. Vincent School बाट मेट्रिक शिक्षा हासिल गरेका हुन्।

✍️ कृषका पिता रुद्र क्षेत्री भारतीय सेनाका भूतपूर्व सैनिक हुनुहुन्छ। बाबुको देशसेवाको प्रेरणाले कृषलाई पनि सेनामा प्रवेश गर्ने मार्गतर्फ अग्रसर गराएको परिवारको भनाइ छ। उनकी माता अनु छेत्री एक सक्रिय कन्टेन्ट क्रिएटर हुनुका साथै धार्मिक आस्थामा विश्वास राख्ने र नित्य गर्न रुचाउने व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।

✍️ कृष छेत्रीको यस गौरवपूर्ण सफलतापछि गोरखा टचका संवाददाता चन्दन गुरुङले उहाँका परिवारसँग विशेष अन्तरवार्ता लिएका छन्। परिवारले कृषको सफलताप्रति गर्व व्यक्त गर्दै यो उपलब्धि दृढ संकल्प, मेहनत र अनुशासनको प्रतिफल भएको बताएका छन्।

✍️ कृष छेत्रीका परिवारसँग गरिएको विशेष अन्तरवार्ता।

✍️असमको कोकराझार जिल्लाअन्तर्गत पाठगाउँ निवासी युवा खेलाडी हसराज बराइलीले राष्ट्रिय किकबक्सिङ प्रतियोगितामा उत्कृष्ट सफल...
07/06/2026

✍️असमको कोकराझार जिल्लाअन्तर्गत पाठगाउँ निवासी युवा खेलाडी हसराज बराइलीले राष्ट्रिय किकबक्सिङ प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएका छन्। पिता तुलसी प्रसाद बराइली तथा माता श्रीमती कल्पना बराइलीका सुपुत्र हसराजले ओडिशामा सम्पन्न National Kickboxing Championship (Junior Category) मा आफ्नो अद्वितीय खेल कौशल प्रदर्शन गरेका हुन्।

✍️प्रतियोगिताको क्रममा उनले दुईवटा क्वालिफाइङ राउण्ड, क्वार्टरफाइनल, सेमिफाइनल तथा फाइनलसम्मका सबै चरण सफलतापूर्वक पार गर्दै स्वर्ण पदक आफ्नो नाममा दर्ज गराए। यस शानदार उपलब्धिसँगै उनी अब अन्तर्राष्ट्रिय मञ्चमा भारतको प्रतिनिधित्व गर्न छनोट भएका छन्।

✍️हसराजको यो उपलब्धिले कोकराझार मात्र नभई सम्पूर्ण असमलाई गौरवान्वित बनाएको छ। खेलप्रतिको समर्पण, कठोर परिश्रम र निरन्तर अभ्यासकै परिणामस्वरूप उनले राष्ट्रिय स्तरमा सफलता प्राप्त गर्न सकेका हुन्।

✍️विशेष कुरा के छ भने, हसराजकी माता श्रीमती कल्पना बराइली एक अनुभवी जिम प्रशिक्षक हुनुहुन्छ। उहाँले कोकराझार जिल्लाको पाठगाउँमा आफ्नै जिम सञ्चालन गर्दै स्थानीय युवायुवतीहरूलाई स्वास्थ्य र फिटनेसप्रति प्रेरित गरिरहनुभएको छ। आमाको प्रेरणा र सहयोगले हसराजको खेल यात्रामा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।

✍️हसराज बराइलीको यो सफलता सम्पूर्ण युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। अब सबैको नजर अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्न लागेका यस प्रतिभाशाली खेलाडीको आगामी प्रदर्शनतर्फ केन्द्रित भएको छ।
स्थानीयवासी, खेलप्रेमी तथा शुभेच्छुकहरूले हसराजलाई हार्दिक बधाई ज्ञापन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पनि देशको नाम उच्च राख्न सफल हुने विश्वास व्यक्त गरेका छन्।

✍️असमको तेजपुर सहर निवासी सुश्री मोउ साहले स्नातक  शिक्षा पूरा गरेपछि केही समय निजी क्षेत्रमा कार्य गर्नुभयो। तर आफ्नै क...
06/06/2026

✍️असमको तेजपुर सहर निवासी सुश्री मोउ साहले स्नातक शिक्षा पूरा गरेपछि केही समय निजी क्षेत्रमा कार्य गर्नुभयो। तर आफ्नै केही गर्ने सपना बोकेर उहाँले स्वरोजगारको बाटो रोज्नुभयो।

✍️गत वर्षको डिसेम्बर महिनादेखि उहाँले तेजपुरस्थित चित्रलेखा उद्यान को ठीक अगाडि “पिजाघर” नामक फुड स्टल सञ्चालन गर्न थाल्नुभयो। छोटो समयमै उहाँको पिजाघर स्थानीयवासी तथा युवाहरूको आकर्षणको केन्द्र बन्न सफल भएको छ।

✍️विशेष गरी बेलुकीको समयमा पिजाघरमा ग्राहकहरूको चहलपहल बढ्ने गर्दछ। यस व्यवसायको सम्पूर्ण जिम्मेवारी मोउ साह स्वयंले सम्हाल्दै आउनुभएको छ। ग्राहकहरूको स्वागतदेखि लिएर सेवा व्यवस्थापनसम्मका कामहरू उहाँ आफैंले गर्दै आउनुभएको छ।

✍️जीवनको अर्को पीडादायी पक्ष भनेको उहाँका दाजुको निधन भएको सात वर्ष भइसकेको छ। त्यसपछि परिवारको सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा आएको छ। पारिवारिक दायित्व निर्वाह गर्दै आफ्नै व्यवसायलाई अगाडि बढाइरहनु उहाँको संघर्ष र आत्मविश्वासको परिचायक हो।

✍️आज मोउ साह केवल एक व्यवसायी मात्र होइन, आत्मनिर्भरता र महिला सशक्तीकरणको प्रेरणादायी उदाहरण बनेकी छिन्। उहाँको कथा विशेषगरी युवापुस्ता र महिलाहरूका लागि प्रेरणाको स्रोत बनेको छ, जसले कठिन परिस्थितिमा पनि आफ्नो सपना पूरा गर्न सकिन्छ भन्ने सन्देश दिन्छ।

06/06/2026

✍️ असमको मार्घेरिटा उपजिल्ला अन्तर्गत तिराप नदी किनारमा रहेको ३ नं. उदयपुर, कुहरबारी सजनास्थित ज्याङ्गछुयुब छोईखोर गोम्पामा बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व शाखादावा भव्य रूपमा सम्पन्न भएको छ।

✍️ गोम्पा आयोजक समितिको आयोजनामा सम्पन्न कार्यक्रममा बौद्ध धर्मावलम्बीहरूले भक्तिभावपूर्वक पूजा-अर्चना, प्रार्थना तथा धार्मिक अनुष्ठान गरेका थिए। शाखादावा पर्व बौद्ध धर्ममा अत्यन्त पवित्र पर्वका रूपमा मनाइन्छ, जसले दया, करुणा, अहिंसा र जीवप्रतिको सम्मानको सन्देश दिन्छ।

✍️ आयोजक समितिका अनुसार शाखादावा अवधिभर १५ दिनसम्म मासु तथा माछा सेवन नगर्ने, कुनै पनि जीवजन्तुको हत्या नगर्ने तथा पुण्य कार्यमा संलग्न रहने परम्परा रहेको छ।

✍️ यसै अवसरमा तिराप नदीमा माछाहरूलाई जीवनदान दिने धार्मिक तथा पुण्य कार्यसमेत सम्पन्न गरिएको थियो।

✍️ कार्यक्रममा सहभागी सम्पूर्ण बौद्ध धर्मावलम्बीहरूले विश्व शान्ति, मानव कल्याण तथा सबै प्राणीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै श्रद्धापूर्वक पूजा-अर्चना गरेका थिए।

✍️ यस अवसरमा उदयपुर, कुहरबारी सजनास्थित ज्याङ्गछुयुब छोईखोर गोम्पाका आयोजक समितिसँग Gorkha Talks का संवाददाता चन्दन गुरुङले विशेष अन्तर्वार्ता लिएका थिए। अन्तर्वार्ताका क्रममा समितिका प्रतिनिधिहरूले शाखादावा पर्वको धार्मिक महत्व तथा यसको सन्देशबारे जानकारी गराएका थिए।

✍️आसामकी चर्चित महिला क्रिकेटर तथा भारतीय महिला राष्ट्रिय क्रिकेट टोलीकी सदस्य उमा छेत्री चौथो लिबर्टी कप महिला टी–२० क्...
05/06/2026

✍️आसामकी चर्चित महिला क्रिकेटर तथा भारतीय महिला राष्ट्रिय क्रिकेट टोलीकी सदस्य उमा छेत्री चौथो लिबर्टी कप महिला टी–२० क्रिकेट प्रतियोगिता २०२६ मा सहभागी हुन डिब्रुगढ आइपुगेकी छन्। उनको आगमनसँगै डिब्रुगढका क्रिकेटप्रेमीहरूमा उत्साहको माहोल छाएको छ।

✍️ असमको बोकाखाट निवासी उमा छेत्री बिहीबार साँझ डिब्रुगढ पुगेर प्रतियोगितामा सहभागी हुने आफ्नो टोलीसँग आबद्ध भएकी हुन्। प्रतिष्ठित प्रतियोगिता डिब्रुगढस्थित सर्वानन्द सोनोवाल स्पोर्ट्स कम्प्लेक्स अन्तर्गत जालान आउटडोर स्टेडियममा आयोजना भइरहेको छ।
उमा छेत्री भारतीय महिला क्रिकेट टोलीकी विकेटकिपर–ब्याटरका रूपमा अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गरिरहेकी छन्। उनको उपस्थितिले प्रतियोगिताको गरिमा बढाउनुका साथै महिला क्रिकेटप्रति युवापुस्ताको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ।

✍️शुक्रबार बिहान ९ बजे हुने उद्घाटन खेलमा बोकाखाट टोलीबाट खेल्दै उमा छेत्रीले धेमाजीविरुद्ध मैदान उत्रिने कार्यक्रम रहेको छ। आफ्नै राज्यकी अन्तर्राष्ट्रिय खेलाडीलाई प्रत्यक्ष खेल्दै गरेको हेर्न ठूलो संख्यामा दर्शक उपस्थित हुने अनुमान गरिएको छ।

✍️चौथो लिबर्टी कप महिला टी–२० पुरस्कार राशियुक्त क्रिकेट प्रतियोगितामा आसामका विभिन्न जिल्लाका प्रतिभाशाली महिला क्रिकेटरहरूको सहभागिता रहेको छ। प्रतियोगिताले महिला खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

✍️EMPOWER NGO र HM Sports Club ले डिब्रुगढ जिल्ला खेलकुद संघको सहकार्यमा आयोजना गरेको यस प्रतियोगिताको मुख्य उद्देश्य महिला क्रिकेटको विकास गर्नु तथा खेल क्षेत्रमा महिलाहरूको सहभागिता बढाउनु रहेको आयोजकहरूले बताएका छन्।

✍️उमा छेत्रीको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाउनुका साथै आसामका उदीयमान महिला क्रिकेटरहरूलाई प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

✍️यही आउँदो जुलाई महिनामा आयोजित हुने अखिल असम गोर्खा छात्र संघ (आग्सु) को १८ औँ द्विवार्षिक अधिवेशनलाई लिएर संगठनभित्र ...
05/06/2026

✍️यही आउँदो जुलाई महिनामा आयोजित हुने अखिल असम गोर्खा छात्र संघ (आग्सु) को १८ औँ द्विवार्षिक अधिवेशनलाई लिएर संगठनभित्र चुनावी माहोल तात्न थालेको छ।

✍️प्राप्त जानकारीअनुसार आग्सु केन्द्रीय समितिका वर्तमान सांगठनिक सचिव दीपक नेवार सभापति पदका उम्मेदवारका रूपमा अघि आएका छन्। त्यस्तै, नुमल छेत्री पनि सभापति पदका दाबेदारमध्ये एक मानिएका छन् भने अशोक लामा सांगठनिक सचिव पदका उम्मेदवार बनेका छन्।

✍️आगामी अधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्ने भएकाले विद्यार्थी समुदाय तथा संगठनका विभिन्न इकाइहरूमा विशेष उत्साह र चासो देखिएको छ।

✍️उम्मेदवारहरूले अखिल असम गोर्खा छात्र हरूको हक, हित, शिक्षा तथा सामाजिक विकासका मुद्दाहरूलाई प्राथमिकतामा राखेर संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

✍️जुलाई महिनामा आयोजना हुने आग्सुको १८ औँ द्विवार्षिक अधिवेशनलाई संगठनको भावी दिशा र नेतृत्व निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

05/06/2026

✍️ असममा निर्माण गरिएको पहिलो सेन्सर गोर्खाली चलचित्र ‘आशीष’ मा निर्माता तथा निर्देशक तुषार शर्मा, मुख्य अभिनेता आशीष गजमेर, गायिका तथा अभिनेत्री सुरेखा क्षेत्री, गायक नितेश शर्मा, विजय दर्जी, हेमन्ती कौशिक, सिक्किमकी कलाकार अनिशा रसाइली लगायतका प्रतिभाशाली कलाकारहरूको अभिनय रहेको छ।

✍️ भारतको गोवामा मा म्युजिक भिडियो छायांकन गरिएको यस चलचित्रका कलाकार तथा निर्माण टोलीसँग Gorkha Talks का संवाददाता चन्दन गुरुङ ले विशेष अन्तर्वार्ता लिनुभएको छ। चलचित्रको कथा, निर्माण यात्रा, कलाकारहरूको अनुभव तथा आगामी प्रदर्शनबारे रोचक कुराकानी गरिएको छ।

05/06/2026

Established by Government of Sikkim vide Act No 10 of 2023
Recognised By UGC u/s 2(f) of the UGC Act, 1956 🎓 Admission Open Now at 🌿

💥 Up to 90% Scholarship for 100 Students Available 💥

📚 Courses We Offer:
* B.Sc Agriculture / Horticulture 🌾
* M.Sc Agriculture / Horticulture 🌱
* Diploma in Agriculture / Horticulture 🌿
* BBA 💼
* MBA 📊
* BCA 💻
* MCA 🖥️
* B.Sc IT 🖧
* M.Sc IT 🖱️
📍 Location: Pragatichowk, (West Sikkim)
✨ Limited Seats — Admission Closing Soon!
Don’t miss this golden opportunity to build your future 🚀

📞 Call Now (Toll-Free): 1800-309-7977
📞 Call Now : 9220838833
👉 Apply Today & Secure Your Seat

05/06/2026

✍️ तेजपुरमा सम्पन्न भएको Farewell 2026 कार्यक्रमले विद्यार्थीहरूबीच उत्साह, एकता र आत्मीयताको वातावरण सिर्जना गरेको छ। कार्यक्रममा कलेजका विद्यार्थी, अतिथि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

✍️ यसै सन्दर्भमा Gorkha Talks का संवाददाता चन्दन गुरुङ ले AAGSU तेजपुर कलेज युनिटका सभापतिसँग विशेष अन्तर्वार्ता लिनुभएको छ।

✍️ अन्तर्वार्तामा Farewell 2026 को उद्देश्य, कार्यक्रमको सफलता, विद्यार्थीहरूको सहभागिता तथा आगामी योजनाबारे महत्वपूर्ण विचारहरू राखिएको छ।

Address

Guwahati
782485

Alerts

Be the first to know and let us send you an email when Gorkha Talks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gorkha Talks:

Share