13/07/2025
प्रेस विज्ञप्ति | सिटिजन एक्सन पार्टी – सिक्किम | मल्ली निर्वाचन क्षेत्र |
मिति: १३/०७/२०२५ मल्ली निर्वाचन क्षेत्र अन्तर्गत लोअर पायोङमा सिटिजन एक्सन पार्टी–सिक्किमको एउटा महत्त्वपूर्ण सभा सम्पन्न भयो। पार्टी अध्यक्ष श्री गणेश कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सभामा पार्टीका विभिन्न परिषद्का प्रमुख, ACEC, UVC ( यूनिट स्वयंसेवक परिषद्) लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सभाको अध्यक्षता गाउँकी वरिष्ठ नागरिक श्रीमती दिल कुमारी राईले गर्नुभएको थियो।
कार्यक्रमको प्रारम्भ अनुसूचित जाति कल्याण परिषद्का अध्यक्ष श्री भिम सुन्दासको स्वागत मन्तव्यबाट भएको थियो। सभालाई UVC अध्यक्ष श्री गणेश क्षेत्री, महिला परिषद्की अध्यक्ष श्रीमती बिना शर्मा, क्षेत्र अध्यक्ष श्रीमती कमला राई, उपाध्यक्ष श्रीमती सुष्मा तामाङ लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए।
सभामा महिला कल्याण परिषद्का अध्यक्ष श्रीमती बिना शर्मा, सचिव लोकेन्द्र दियाली, सह–सचिव कुबेर राई, कोषाध्यक्ष मिलन राई, युवा संयोजक संजीव क्षेत्री, सुरेन तामाङ लगायत क्षेत्र तथा वडास्तरका जनता, पूर्व पञ्चायतहरू र आम नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो।
पार्टी अध्यक्ष श्री गणेश कुमार राईले सभालाई सम्बोधन गर्दै आफू मल्ली डाँडा ग्राम पञ्चायत अध्यक्ष रहँदा उक्त ग्राम पञ्चायतलाई देशकै उदाहरणीय ग्राम पञ्चायतको रूपमा स्थापित गरेको स्मरण गर्नुभयो। उहाँले सिटिजन एक्सन पार्टी–सिक्किमको सरकार बनेपछि सिक्किमलाई विकास, सुशासन र स्वाभिमानको नमुना राज्य बनाउने दृढ संकल्प व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “सिटिजन एक्सन पार्टी–सिक्किमसँग भरपर्दो नीति, सक्षम प्रशासन, सशक्त स्थानीय स्वशासन, उत्पादक अर्थनीति, कानुनको रक्षा तथा सदुपयोग, र भ्रष्टाचारमुक्त राज्यको स्पष्ट खाका छ। यी सबै नीतिहरू हाम्रो सरकारले सत्ता सम्हालेपछि कार्यान्वयन गरिनेछ। हामी जनताको दु:ख हटाउनेछौं र सुशासनको नयाँ युगको सुरुवात गर्नेछौं।”
सभाको क्रममा कवि भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै उपस्थित सबैले भानु जयन्तीको अवसरमा एक-अर्कालाई शुभकामना आदान–प्रदान गरे। पार्टी अध्यक्ष श्री गणेश राईले नेपाली भाषाका प्रथम साहित्यिक स्रष्टा भानुभक्त आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपाली भाषाको संरक्षण, प्रवर्द्धन र गौरवमा सबैले योगदान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
यसै सभामा सोनाम भोटिया, कविता लिम्बू, रमेश विश्वकर्मा र दीपक प्रधानले सिटिजन एक्सन पार्टीमा औपचारिक प्रवेश गरेका छन्।
उक्त सभा महिला कल्याण परिषद् मल्ली क्षेत्रद्वारा आयोजना गरिएको थियो। सो अवसरमा लोअर पायोङ महिला परिषद्को गठन समेत गरिएको छ। जसअनुसार:
लोअर पायोङ:अध्यक्ष – अम्बिका सुब्बा, उपाध्यक्ष नितु प्रधान, सचिव – कृष्ण शर्मा, कोषाध्यक्ष – हेमा शर्मा सदस्यहरू – खुश्बु कुमारी प्रधान, शान्ता प्रधान | अप्पर पायोङ: अध्यक्ष – प्रेमिका लकान्द्री, उपाध्यक्ष – कमला विश्वकर्मा ॥
आजको सभा अप्पर र लोअर पायोङ दुबै क्षेत्रलाई समेटेर आयोजना गरिएको हो।
मिरा प्रधान
सचिव, मल्ली निर्वाचन क्षेत्र
सिटिजन एक्सन पार्टी – सिक्किम ॥