Lok Nath Sharma-Unofficial

Lok Nath Sharma-Unofficial Politician

18/09/2025

Speech of Hon’ble MLA cm Advisor Shri Lok Nath Sharma at State Level Workshop on the ocassion of World Bamboo Day-2025

विश्वकर्मा पूजाको पावन अवसरमा म सम्पूर्णमा हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्न चाहन्छु।यस पर्वलाई कलाकार, शिल्पकार, औद...
17/09/2025

विश्वकर्मा पूजाको पावन अवसरमा म सम्पूर्णमा हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्न चाहन्छु।

यस पर्वलाई कलाकार, शिल्पकार, औद्योगिक क्षेत्रका प्रतिनिधिहरू, व्यापारी, मजदुर र श्रमजीवीवर्गहरूले श्रद्धा र आस्थाका साथ मनाउने परम्परा रहेको छ।
विश्वकर्मा भगवानको आशीर्वादले सम्पूर्ण क्षेत्रको समृद्धि, सृजनशीलता, तथा औद्योगिक विकासमा थप प्रगति होस् भन्ने कामना गर्दछु।

यस अवसरमा म सम्बद्ध सबै क्षेत्रमा लागिपरेका मेहनती श्रमजीवीहरूको दीर्घकालीन सफलताको कामना गर्दै, यहाँहरूको जीवनमा सुस्वास्थ्य, समृद्धि र सन्तोष रहोस् भनी प्राथना गर्दछु।

धन्यवाद।

लोकनाथ शर्मा
विधायक( गेजिङ बर्मेक समष्टि)
सिक्किम क्रान्तिकारी मोर्चा।

पाङ् ल्हाबसोलको पावन अवसरमा सिक्किमका सम्पूर्ण जनमानसमा म आफ्नो हृदयदेखि नै हार्दिक शुभकामना व्यक्त गर्दछु।सिक्किमको गौर...
07/09/2025

पाङ् ल्हाबसोलको पावन अवसरमा सिक्किमका सम्पूर्ण जनमानसमा म आफ्नो हृदयदेखि नै हार्दिक शुभकामना व्यक्त गर्दछु।

सिक्किमको गौरवशाली इतिहास, समृद्ध संस्कृति र अमूल्य परम्परामा आधारित यस महान् पर्वले हामी सबैलाई एकता, सद्भाव, प्रेम र सहिष्णुताको सूत्रमा बाँध्ने सन्देश दिन्छ। पाङ् ल्हाबसोल केवल धार्मिक वा सांस्कृतिक उत्सव मात्र नभई, हाम्रो पहिचान, अस्मिता र सामाजिक एकताको जीवन्त प्रतीक हो।

यस पवित्र पर्वले हामी सबैको जीवनमा नयाँ ऊर्जा, उत्साह र प्रेरणा सञ्चार गरियोस् भन्ने मेरो हार्दिक कामना छ। साथै, यसले सिक्किमे समाजमा समृद्धि, भाईचारा र हाम्रो अमूल्य सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याओस्।

यस अवसरमा म सम्पूर्ण सिक्किमवासीहरूको दीर्घायु, स्वास्थ्य, सुख-शान्ति र प्रगतिको मंगलकामना गर्दछु।
पाङ् ल्हाबसोलको पावन सन्देशले हामी सबैलाई शान्ति, सद्भाव र विकासको मार्गमा एकताबद्ध बनाओस्।

धन्यवाद।

लोकनाथ शर्मा।
विधायक( गेजिङ बर्मेक समष्टि)
सिक्किम क्रान्तिकारी मोर्चा।

नेवार समुदायद्वारा महत्वपूर्ण पर्वको रूपमा पालन गरिने इन्द्रजात्राको शुभअवसरमा म राज्यका सम्पूर्ण जनतामा हार्दिक बधाई एव...
06/09/2025

नेवार समुदायद्वारा महत्वपूर्ण पर्वको रूपमा पालन गरिने इन्द्रजात्राको शुभअवसरमा म राज्यका सम्पूर्ण जनतामा हार्दिक बधाई एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु।

यस महान् पर्वले सबैमा सुख, शान्ति, एकता, भाइचारा, र समृद्ध जीवनको सन्देश फैलाओस् भन्ने कामना गर्दछु।

धन्यवाद।

लोकनाथ शर्मा
विधायक (गेजिङ बर्मेक समष्टि)
सिक्किम क्रान्तिकारी मोर्चा।

यहाँहरू सम्पूर्णमा शिक्षक दिवसको शुभअवसरमा हार्दिक शुभकामना।शिक्षक दिवस भारतका द्वितीय राष्ट्रपति एवम् महान् शिक्षाशास्त...
05/09/2025

यहाँहरू सम्पूर्णमा शिक्षक दिवसको शुभअवसरमा हार्दिक शुभकामना।

शिक्षक दिवस भारतका द्वितीय राष्ट्रपति एवम् महान् शिक्षाशास्त्री डा. सर्वपल्ली राधाकृष्णनको जन्मजयन्तीको अवसरमा मनाइन्छ।
उहाँको उच्च शैक्षिक सोच, नैतिक मूल्य र मानवतावादी दृष्टिकोणले शिक्षा क्षेत्रमा अद्वितीय योगदान पुर्‍याएको छ। उहाँको जीवन स्वयं एक आदर्श शिक्षकको प्रतिमूर्ति हो, जसले शिक्षा केवल ज्ञान हस्तान्तरण नभई जीवनलाई सही दिशामा डोर्याउने माध्यम हो भन्ने सन्देश दिनुभएको थियो।

यस पावन दिनमा, म सम्पूर्ण शिक्षकगणप्रति हार्दिक नमन गर्दै शिक्षक दिवसको शुभकामना व्यक्त गर्दछु। शिक्षक समाजलाई उज्ज्वल बनाउने दीप, राष्ट्रलाई सुदृढ बनाउने मेरुदण्ड र भविष्यलाई मार्गदर्शन गर्ने ज्योति हुनुहुन्छ। तपाईंहरूको योगदान र त्यागले आज हामी सबैलाई चेतना, आत्मबल र ज्ञानको बाटो देखाएको छ। यो अवसरले हरेक शिक्षकमामा अझ प्रेरणा र उत्साह थपोस् भन्ने मेरो हार्दिक शुभेच्छा छ।

धन्यवादसहित।

लोकनाथ शर्मा
विधायक (गेजिङ बर्मेक समष्टि)
सिक्किम क्रान्तिकारी मोर्चा।

Good Morning….
29/08/2025

Good Morning….

सामाजिक, सांस्कृतिक र ऐक्यबद्धताको पर्वका रूपमा मनाइने हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी, आमाहरू तथा सारा ज...
26/08/2025

सामाजिक, सांस्कृतिक र ऐक्यबद्धताको पर्वका रूपमा मनाइने हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी, आमाहरू तथा सारा जनसमुदायमा हार्दिक शुभकामना प्रकट गर्दछु।

महिलाहरूको सहभागिता र सक्रियताबिना समाजको प्रगति सम्भव छैन् भन्ने सत्यलाई तीजले हामीलाई निरन्तर स्मरण गराइरहेको छ। यस दिनले महिलाहरूबीच आपसी आत्मीयता, एकता र सहकार्यलाई मजबुत बनाउन सहयोग पुर्‍याउने भएकाले यसको महत्त्व अझ बढ्दो छ।

हाम्रो समाजको विकास, समृद्धि र समानताको यात्रामा महिलाको भूमिका अत्यन्तै महत्वपूर्ण छ। तीज जस्ता सांस्कृतिक पर्वहरूले महिलाहरूलाई आफ्नो अधिकार, क्षमता र योगदानलाई अझ प्रकट गर्ने ऊर्जा दिन्छन् भन्नेमा म पूर्ण विश्वस्त छु।

यस अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा उत्तरोत्तर प्रगति, समृद्धि, आत्मबल र सुखमंगलको कामना गर्दछु। तीजले हाम्रो समाजलाई अझ समावेशी, एकताबद्ध र प्रगतिशील बनाउन प्रेरणा दिओस्।

धन्यवादसहित,

लोकनाथ शर्मा
विधायक (गेजिङ बर्मेक समष्टि)
सिक्किम क्रान्तिकारी मोर्चा।

जीवनको अमूल्य क्षण-
24/08/2025

जीवनको अमूल्य क्षण-

३४औं नेपाली भाषा मान्यता दिनको अवसरमा भाषाप्रेमी महानुभावमा हार्दिक शुभकामना।आज हामी नेपाली भाषा मान्यता दिवसको ३४औँ वर्...
20/08/2025

३४औं नेपाली भाषा मान्यता दिनको अवसरमा भाषाप्रेमी महानुभावमा हार्दिक शुभकामना।

आज हामी नेपाली भाषा मान्यता दिवसको ३४औँ वर्ष मनाउँदैछौं। यो केवल उत्सव मात्र होइन, हाम्रो आत्मसम्मान, हाम्रो गौरव र हाम्रो पहिचानको पुनःस्मरण हो।

नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा समावेश गराउन अपूर्व योगदान पुर्‍याउनुभएका तत्कालीन लोकसभा सांसद श्रीमती दिलकुमारी भण्डारी तथा उहाँसँग हातेमालो गर्नुहुने सबै सहयोगीप्रति यस अवसरमा म शिर झुकाई आदरपूर्वक सम्मान गर्दछु।

भाषा केवल संवादको साधन होइन, यो हाम्रो आत्मा हो। यसलाई जोगाउने जिम्मेवारी सबैको काँधमा छ।

यसर्थ,यस अवसरमा हामी सबै मिलेर हाम्रो मातृभाषालाई अझ समृद्ध, सशक्त र प्रकाशमय बनाउने प्रण गरौँ।

धन्यवाद।

लोकनाथ शर्मा
विधायक( गेजिङ बर्मेक समष्टि)
सिक्किम क्रान्तिकारी मोर्चा

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक बधाई तथा मंगलकामना।श्रीकृष्ण जन्माष्टमीजस्तो महान् एवम् महत्वपूर्ण पर्वले हाम...
16/08/2025

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक बधाई तथा मंगलकामना।

श्रीकृष्ण जन्माष्टमीजस्तो महान् एवम् महत्वपूर्ण पर्वले हामी सबैमा आपसी सद्भाव, करूणा, नैतिकता र मैत्री भावनाको अभिवृद्धि गराउँदै एक सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माण गर्न निरन्तर प्रेरणा प्रदान गरिरहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु।

यस पावन दिनले सत्य, धर्म र निष्ठाको मार्गमा अडिग रहन हामी सबैलाई मार्गदर्शन गरोस् भन्ने प्रार्थना गर्दछु।

धन्यवाद।

लोकनाथ शर्मा
विधायक (गेजिङ बर्मेक समष्टि)
सिक्किम क्रान्तिकारी मोर्चा।

७९औँ स्वतन्त्रता दिवसको गौरवमय अवसरमा सम्पूर्ण देशवासीमा हार्दिक बधाई तथा शुभकामना!आजको दिन केवल उत्सवको दिन मात्र होइन,...
15/08/2025

७९औँ स्वतन्त्रता दिवसको गौरवमय अवसरमा सम्पूर्ण देशवासीमा हार्दिक बधाई तथा शुभकामना!

आजको दिन केवल उत्सवको दिन मात्र होइन, यो हाम्रो संघर्ष, बलिदान र स्वाभिमानको प्रतीक हो। म ती वीर योद्धाहरूप्रति नतमस्तक छु, जसले स्वतन्त्रताको पावन लक्ष्य प्राप्त गर्न आफ्नो प्राणसम्म आहुति दिए। उनीहरूको अदम्य साहस र त्यागले आजको स्वतन्त्र भारतको आधारशिला निर्माण भएको हो।

स्वतन्त्रता प्राप्त गर्नुजस्तै त्यसको रक्षा र सम्मान गर्नु पनि हाम्रो समान कर्तव्य हो। यसका लागि हामीले आपसी सद्भाव, अनुशासन र परिश्रमलाई जीवनको मूल मन्त्र बनाउनुपर्छ। हाम्रो लक्ष्य स्पष्ट छ समृद्ध, सक्षम र आत्मनिर्भर भारतको निर्माण, जहाँ हरेक नागरिकले समान अवसर र सम्मान पाओस्।

आउनुहोस्, हामी सबै मिलेर राष्ट्रनिर्माणको महान् यात्रामा हातेमालो गरौँ, हाम्रो गौरवशाली इतिहासलाई प्रेरणाको स्रोत बनाई भविष्यलाई अझ उज्ज्वल बनाउन योगदान गरौँ।

जय हिन्द!
जय सिक्किम!

लोकनाथ शर्मा
विधायक (गेजिङ बर्मेक समष्टि)
सिक्किम क्रान्तिकारी मोर्चा।

म अत्यन्त दुःखका साथ सबैलाई सूचित गर्न चाहन्छु कि अप्पर बर्थाङ निवासी एक सच्चा क्रान्तिकारी तथा एसकेएम पार्टीका संस्थापक...
14/08/2025

म अत्यन्त दुःखका साथ सबैलाई सूचित गर्न चाहन्छु कि अप्पर बर्थाङ निवासी एक सच्चा क्रान्तिकारी तथा एसकेएम पार्टीका संस्थापक सदस्य श्री आर. सी. भट्टराई ८२ वर्षांको आयुपछि आज साँझ करिब ६:०० बजे यस संसारलाई त्यागी स्वर्गरोहण हुनुभयो।

श्री भट्टराईले आफ्नो सम्पूर्ण जीवन पार्टीका आदर्श, सत्य, न्याय र जनकल्याणको पक्षमा अर्पण गर्नुभयो। उहाँको अथक प्रयास, निर्भीक नेतृत्व र आन्दोलनप्रतिको अटुट समर्पण भावी पुस्ताका लागि सधैं प्रेरणाको स्रोत बनी रहनेछ।

उहाँको निधनले एसकेएम परिवार र सम्पूर्ण सिक्किमवासीहरूले एक समर्पित क्रान्तिकारी तथा मार्गदर्शक गुमाएका छन्। यस दुःखद घडीमा म उहाँको परिवारजन र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।

ईश्वरले उहाँको आत्मालाई चीर शान्ति प्रदान गरून्।

Address

Bermiok
Gyalshing
737113

Website

Alerts

Be the first to know and let us send you an email when Lok Nath Sharma-Unofficial posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share