10/08/2026
सिक्किमको इतिहासमा प्रजातन्त्र र मातृत्वको उत्सव: ९औं जन-उन्मुक्ति र दोस्रो आमा सम्मान दिवसको शुभकामना-
सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका सम्पूर्ण प्रतिबद्ध कार्यकर्ता, आदरणीय युवा तथा नारी शक्ति एवं समस्त सिक्किमवासी जनसमुदायमा ९औं जन-उन्मुक्ति दिवस तथा दोस्रो आमा सम्मान दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।
सन् २०१८ मा आजकै ऐतिहासिक दिन हाम्रा जनप्रिय नेता तथा वर्तमान सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ (गोले) ज्यू अन्यायपूर्ण कारावासमुक्त भई प्रजातन्त्रको पुनर्बहालीका लागि जनसमक्ष उभिनुभएको थियो। उक्त ऐतिहासिक विद्रोह र जनआन्दोलनकै परिणामस्वरूप २०१९ मा २५ वर्षे तानाशाही शासनको अन्त्य भई जनहितकारी सरकार गठन हुन सम्भव भयो। सम्माननीय मुख्यमन्त्रीको सबल नेतृत्वमा सञ्चालित सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका दूरदर्शी नीतिहरूकै कारण २०२४ को आम निर्वाचनमा पुनः जनविश्वास प्राप्त भएको छ।
यसै पावन अवसरमा, मातृत्वको अमूल्य योगदानलाई उच्च सम्मान गर्दै सञ्चालित 'आमा योजना' मार्फत ३२,००० भन्दा बढी आमाहरूलाई सशक्त बनाउने राज्य सरकारको प्रयासलाई स्मरण गर्दै दोस्रो आमा सम्मान दिवसको शुभकामना अर्पण गर्दछु।
जन-उन्मुक्तिको क्रान्तिकारी चेतना र आमाको ममतामयी आशीर्वादलाई आत्मसात् गर्दै समृद्ध सिक्किम निर्माणको यात्रामा अघि बढ्ने प्रण गरौँ भने न्याय, समानता र मातृत्वको सम्मानलाई अझ सुदृढ बनाउने संकल्प गरौँ।
धन्यवाद।
लोकनाथ शर्मा
विधायक (गेजिङ बर्मेक समष्टि)
सिक्किम क्रान्तिकारी मोर्चा।