19/05/2026
प
आमाको आवाज सुन्न मन लाग्छ,
तर समयले बोल्न पनि दिँदैन।
परदेश कमाउन गएका मान्छे,
भित्रभित्रै धेरै रोएका हुन्छन्…।
अरूको देश सजाउँदा सजाउँदै,
आफ्नै सपना थाकेर हराउँदो रहेछ।
परदेशको जिन्दगी,
बाहिर हाँसो भित्र आँसु रहेछ…।