Suresh nepali

Suresh nepali contact for true events.

  : नेपालका बझाङका बाघ भनेर चिनिने रबिन्द्र ढाँटले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्तोतोनलाई  नकाउट हान्दै सानदार जित दर्...
28/05/2026

: नेपालका बझाङका बाघ भनेर चिनिने रबिन्द्र ढाँटले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्तोतोनलाई नकाउट हान्दै सानदार जित दर्ता गराएका छन्।

12/05/2026
लिपुलेक बारेमा भारत नेपालसँग छलफल गर्न तयार रहेको भारतीय विदेश मन्त्रालयले बताएको छ भने नेपालले एकतर्फी लिपुलेकलाई हाम्र...
10/05/2026

लिपुलेक बारेमा भारत नेपालसँग छलफल गर्न तयार रहेको भारतीय विदेश मन्त्रालयले बताएको छ भने नेपालले एकतर्फी लिपुलेकलाई हाम्रो भन्नु यो तरिका ठिक नभएको र धेरै पहिले देखि भारत लिपुलेकबाट नै कैलाश मानसरोवर यात्रा गरिरहेको भारतीय विदेश मन्त्रालयले Nepal Update मा बताएको छ!!

भारतीय विदेश मन्त्रालयले लिपुलेक विवादमा नेपालसँग संवादका लागि तयार रहेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रण...
09/05/2026

भारतीय विदेश मन्त्रालयले लिपुलेक विवादमा नेपालसँग संवादका लागि तयार रहेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाल मार्फत प्रधानमन्त्री नरेन्द्र मोदीले सम्वादबाट समाधान खोज्न तयार रहेको सन्देश दिएका हुन् । यसअघिका कुनैपनि सरकारलाई सम्वादको सन्देश भारतले दिएको थिएन ।

उनले भने ‘कैलाश मानसरोवर यात्रा १९५४ देखि चल्दै आएको छ। यो कुनै नयाँ चीज होइन, हामीले प्रस्ट रुपमा भनेका छौं उनीहरुपनि एकतर्फ दाबी ठिक छैन। बाँकी हाम्रो र नेपालबीच जतिपनि मुद्दा छन् हामी संवादमा बसेर चर्चा गर्न तयार छौं।’

साथै, उनले सीमा विवादबारे पनि वार्तामा बसेर संवाद गर्न तयार रहेको बताए। उनले भने ‘फलानो चिज हाम्रो हो, यसमा हाम्रो पोजिसन छ भनेर एकतर्फ दाबी गर्नु ठिक होइन। केही विवाद छ भने हामी बसेर संवाद गर्न सक्छौं।’ विवाद छ भन्ने कुरा हामी स्वीकार्न तयार छौं र समाधान खोज्नपनि तयार छौं उनले भने । साथै उनले नेपालाई तेल र मल पनि दिन तयार रहेको बताए। उनले भने – ‘नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध छ। दुवै देशबीच आदानप्रदान चलिरहेको छ। सम्झौता अनुसार तेल र मल आपूर्ति प्रदान गर्नेछौं।’ बरु भारतमा नै अभाव किन नहोस्, नेपाललाई दिन्छौं भनेको तल र मल हामी दिन्छौं उनले भने । #मेरोप्यरोनेपाल

लिपुलेक ,कालापानी ..........गोबिन्द राज ओझा ‘राजन’लिपुलेक, लिम्पियाधुरा ,कालापानी हाम्रो हो भन्ने आवाज,हृदयभित्र गुञ्जिर...
09/05/2026

लिपुलेक ,कालापानी ..........
गोबिन्द राज ओझा ‘राजन’
लिपुलेक, लिम्पियाधुरा ,कालापानी हाम्रो हो भन्ने आवाज,
हृदयभित्र गुञ्जिरहने देशप्रेमको अटल साज।
यो केवल भूगोल होइन, यो त इतिहासको लेखा हो,
पुर्खाको पसिनाले सिञ्चिएको अमूल्य रेखा हो।
लिपुलेक पास हुँदै कैलाशतर्फ जाने त्यो पुरानो बाटो,
हाम्रो सम्झनामा अझै पनि जिउँदो छ त्यो कथा, त्यो साटो।
हिमालको काखमा बगेका नदीहरू साक्षी छन् यहाँ,
यो भूमि हाम्रो पहिचान हो—मेटिँदैन कहिल्यै यहाँ।
कैलाश पर्वतको छाया मनमा श्रद्धा बनी बस्छ,
नेपाल आमाको माया सधैं मुटुमा गहिरो रस्छ।
जहाँ आस्था र विश्वासको उज्यालो दीप बलिरहन्छ,
त्यही हाम्रो स्वाभिमानको कथा सधैं चलिरहन्छ।
कसैले रेखा कोरिदिन्छ भन्दैमा सत्य हराउँदैन,
इतिहासको आवाज कहिल्यै पनि दबिँदैन।
समय बदलिए पनि भावना एउटै रहिरहन्छ,
नेपाल भन्ने नाम सधैं आकाशझैँ गहिरो रहन्छ।
हामी नेपाली—हाम्रो माटो, हाम्रो पहिचान, हाम्रो शान,
हामी नेपाल माता भन्छौँ—यो नै हाम्रो महान गान।
एकता, सत्य र स्वाभिमानको बाटोमा अघि बढ्दै जान्छौँ,
देशको गौरव जोगाउन सधैं अडिग भएर उभिन्छौँ।
🇳🇵 नेपाल 🇳🇵
🇳🇵 नेपाली 🇳🇵
🇳🇵 नेपाल माता अमर रहोस् 🇳🇵

BIG NEWS,  दिल्लीमा थर्कमान: नेपालको 'कुटनीतिक हमला'ले भारतको सातो गयो! सिमाना मिच्ने छिमेकीलाई प्रमाणको झापड! 👊🔥काठमाडौ...
09/05/2026

BIG NEWS, दिल्लीमा थर्कमान: नेपालको 'कुटनीतिक हमला'ले भारतको सातो गयो! सिमाना मिच्ने छिमेकीलाई प्रमाणको झापड! 👊🔥
काठमाडौं, जुनतारा खबर। नेपालले लिपुलेक र सीमा विवादका विषयमा भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएर 'काउन्टर' दिएपछि भारतीय सत्तामा खैलाबैला मच्चिएको छ। वर्षौंदेखि नेपाली भूमिमा सडक बनाएर र सुरक्षा फौज राखेर दादागिरी देखाउँदै आएको भारतलाई यसपटक नेपालले प्रमाणको कठघरामा उभ्याएको छ।
किन भारत अब संवादमा झुक्नैपर्छ? हेर्नुस् यी ५ 'अकाट्य' प्रमाण:
१. सुगौली सन्धिको अन्तिम सत्य (१८१६): ऐतिहासिक सुगौली सन्धिमा काली (महाकाली) नदी पूर्वको सम्पूर्ण भू-भाग नेपालको हुने स्पष्ट किटान गरिएको छ। भारतले आफ्नै इतिहास र सन्धि कुल्चिने हिम्मत अब गर्न सक्दैन! 🇳🇵
२. ब्रिटिश इन्डियाकै पुराना नक्सा: सन् १८१६ देखि १८६० सम्म ब्रिटिश सरकारले निकालेका आधिकारिक नक्साहरूमा लिम्पियाधुरालाई काली नदीको मुहान र नेपालको सिमाना देखाइएको छ। भारतले पछि चोरेर बनाएका नक्साको अब कुनै अर्थ छैन! 🗺️🚫
३. नेपालको प्रशासनिक हकभोग: २०१५ सालको चुनावमा कालापानी र लिपुलेकका जनताले नेपालमै भोट हालेको र २०२८ सालसम्म नेपालले नै जनगणना गरेको प्रमाण सरकारी ढड्डामा सुरक्षित छ। के भारतसँग यसको जवाफ छ? 🗳️🔥
४. चीन र भारतको 'अवैध' सम्झौता: सन् १९५४ र २०१५ मा नेपाललाई थाहै नदिई लिपुलेकलाई व्यापारिक नाका बनाउने भारत र चीनको सम्झौता अन्तर्राष्ट्रिय कानुन विपरित छ। छिमेकीको जमिनमा छिमेकीकै अनुमति विना गरिने व्यापारिक 'डिल' खारेज हुनुपर्छ! ❌
५. कूटनीतिक दबाब र वार्ता: नेपालको कडा अडानपछि भारतीय विदेश मन्त्रालयले 'संवादका लागि तयार' रहेको भन्दै नरम प्रतिक्रिया दिनुले नेपालको जीत सुनिश्चित भएको संकेत गर्दछ।
अन्त्यमा,
लिपुलेक, कालापानी र लिम्पियाधुरा केवल जमिनका टुक्रा होइनन्, यी प्रत्येक नेपालीको मुटुका टुक्रा हुन्। २०७७ मा जारी गरिएको 'चुच्चे नक्सा' अब जमिनमै लागू हुनुपर्छ। सरकारको यो कदममा सारा नेपालीको साथ छ।
देशभक्त नेपालीहरू, अब एकजुट हुने बेला आएको छ! भारतले हाम्रो माटो फिर्ता गर्नुपर्छ कि पर्दैन? आफ्नो कडा विचार कमेन्टमा लेख्नुहोला र यो भिडियोलाई सबैतिर फैलाइदिनुहोला! 🇳🇵🙏

जबर्जस्ति कारणी आरोपमा नेपाली कांग्रेसवाट निर्वार्चित वडा अध्यक्षनै पक्राउ । यस्तालाइ के कारबाही गर्नु पर्ला?
07/05/2026

जबर्जस्ति कारणी आरोपमा नेपाली कांग्रेसवाट निर्वार्चित वडा अध्यक्षनै पक्राउ । यस्तालाइ के कारबाही गर्नु पर्ला?

सिम्ता गाउँपालिका वडा नं ८ डाँडा खालि माइतीघर पनि त्यहाँ हो पोइलि घर पनि त्यहिं हो अस्पतालमा कोरणा पुस्टि गरि बिरेन्द्रन...
05/05/2026

सिम्ता गाउँपालिका वडा नं ८ डाँडा खालि माइतीघर पनि त्यहाँ हो पोइलि घर पनि त्यहिं हो अस्पतालमा कोरणा पुस्टि गरि बिरेन्द्रनगर सुर्खेत बाट सिम्ता गा पा वडा नं 6 राकम सम्म लाश संस्कार हुना नादिइ सिम्ता गा पा अध्यक्ष कबिन्द कु के सि ले लाश लाइ संस्कार कुनै ठाउँमा गर्न दिएनन् के गरु ४नं बडा मा सम्पर्क गर्दा ल्याउनुहोस् फर्के सल्लि गाड्नु होस बिना शर्त स्वीकार गरि वडा नं ४को भुभागमा हिन्दू परम्परा अनुसार संस्कार गरियो,त्यो पौराणिक फर्के सल्लि लाइ ऐतिहासिक धार्मिक धर्म पानि सहित कोरणा पार्क नाम करण गरि धर्म पानि राख्ने व्यक्ति - स्वा.- (१)ज्यामि चौर झापा खत्री (२)पिल्क भोजेन्द्र ब.मल्ल (३)पिल्क भद्र बहादुर रावत (४)पिल्क घन ब.मल्ल (५)गगन सिंह (६) रेशम ब.मल्ल (७) सहयोगि कुल ब.रावत ।कोरणा पुस्टि गरेका १०जनाको सम्झनामा पार्क निर्माण हुनैपर्छ भनि मिशन र भिजन भएको हो सफल हुना सकेन एकदिन सफल हुने आशामा छु।

धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पा...
05/05/2026

धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।

हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ ।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।

Address

Gujrat
Jamnagar
361001

Alerts

Be the first to know and let us send you an email when Suresh nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share