Republic Sikkim News

Republic Sikkim News Voice of the Hills, Power of the People

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढ़ीपैह्रो पीड़ितको सहयोगार्थ सिक्किम पनि अग्रभागमा देखिएको छ। मुख्यमन्त्री पीएस गोलेले ...
31/08/2026

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढ़ीपैह्रो पीड़ितको सहयोगार्थ सिक्किम पनि अग्रभागमा देखिएको छ। मुख्यमन्त्री पीएस गोलेले आज रिच पार्क परिसरबाट मानवीय पहल ‘सिक्किम फर नेपाल’-लाई झण्डा हल्लाएर प्रस्थान गराएका छन्। यस मानवीय पहलको एक भागको रूपमा विशेषज्ञ डाक्टर र उद्धार स्वयंसेवकहरू सम्मिलित 35 सदस्यीय टोली आज नेपालतर्फ प्रस्थान भएको हो। ‘सिक्किम फर नेपाल’ मुख्यमन्त्रीको निर्देशनमा अघि ल्याइएको एक मानवीय पहल हो, जसले आवश्यकताको समयमा छिमेकीहरूसँग उभिने सिक्किमको प्रतिबद्धतालाई पुष्टि गर्दछ।
उल्लेखनीय छ, 26 अगस्तमा नेपालको भोटेकोशी र त्रिशुली नदीमा अचानक बाढ़ आएको थियो। यस आपदामा नेपालमा आइतवारसम्म 788 जनाको मृत्यु भएको छ। त्यहीँ तिब्बतमा मृतकको सङ्ख्या 16 पुगेको छ।

50TH GOLDEN JUBILEE CELEBRATION .GOVERNMENT SENIOR SECONDARY SCHOOL, CHOTA SAMDONG MEN’S OPEN FOOTBALL TOURNAMENT ⚽ WINN...
28/08/2026

50TH GOLDEN JUBILEE CELEBRATION .
GOVERNMENT SENIOR SECONDARY SCHOOL, CHOTA SAMDONG

MEN’S OPEN FOOTBALL TOURNAMENT ⚽

WINNER – ₹3,00,000/-
RUNNER-UP – ₹2,00,000/-

ENTRY / JOINING FEE – ₹5,000/-

INTERESTED TEAMS ARE KINDLY REQUESTED TO CONTACT US FOR REGISTRATION.

LIMITED TEAM ENTRIES – REGISTER NOW!

Venue: Chota Samdong Sr. Sec. School Playground

26/08/2026

State Institute of Capacity Building under Skill Development Department Government of Sikkim in collaboration with NSDC organising India Skill competition 2026-27.
Youths age between 16-20 years can register for free.
For registration & more details- https://www.skillindiadigital.gov.in/account/register?returnUrl=%2Findia-skills-competition

Sikkim Focus: 12 skill trades including
1. Bakery
2. Beauty Therapy
3. Cloud Computing,
4. Cooking
5. Fashion Technology
6. Health & Social Care
7. Hotel Reception
8. Retail Sales
9. Chemical Laboratory Technology
10. Hair Dressing
11. Painting and Decoration.
12. Floristry

゚ ゚

12 Teachers and School Heads Selected for Sikkim State Awards 2026Twelve teachers and school heads from across Sikkim ha...
26/08/2026

12 Teachers and School Heads Selected for Sikkim State Awards 2026

Twelve teachers and school heads from across Sikkim have been selected for the State Awards 2026 in recognition of their outstanding dedication and contribution to the field of education.

In addition, 24 teachers and school heads have been chosen for Commendation Certificates, acknowledging their commitment, service and valuable contributions towards strengthening education in the state.

सोरेङ च्याखुङमा एसकेएमको समन्वय सभा सम्पन्न(भवानी पोख्रेल)सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा सिक्किम क्रान्तिकारी मोर्चा प...
24/08/2026

सोरेङ च्याखुङमा एसकेएमको समन्वय सभा सम्पन्न

(भवानी पोख्रेल)

सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको समन्वय सभा मालबासे डाक बङ्ग्लो परिसरस्थित अभियन्त्रिकी भवनमा सम्पन्न भएको छ। क्षेत्र विधायक आदित्य गोलेको पहलमा आयोजित सभाको अध्यक्षता माननीय क्षेत्र विधायक गोलेले गर्नुभएको थियो।

सभामा राज्यस्तरीय पञ्चायत सेलका उपाध्यक्ष तथा च्याखुङ जिल्ला पञ्चायत क्षेत्रका जिल्ला पञ्चायत सदस्य किरण गुरुङ सोरेङ जिल्लाका सम्माननीय मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव इराज लेप्चा कृषि तथा बागबानी बोर्डका अध्यक्ष सीके राणा ओएसडी रेमन थापा ओएसडी राजेन बस्नेत एसकेएम पार्टीका जिल्ला अध्यक्ष डीडी प्रधान जिल्ला प्रभारी विनोद बस्नेत युवा प्रभारी सुक राज सुब्बालगायत जिल्ला तथा समष्टिस्तरीय विभिन्न पदमा रहेका पार्टीका कार्यकारिणी सदस्यहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी समष्टिस्तरीय सीएलसी अध्यक्ष भानु सुब्बा सीएलसी समन्वयक दिवस गोले युथ कन्वेनर दावा तामाङ महासचिव छोजाङ भुटिया तथा अन्य समष्टिस्तरीय कार्यकारिणी सदस्यहरू साथै नारी शक्तिका विभिन्न पदमा रहेका कार्यकारिणी सदस्यहरूको पनि सहभागिता रहेको थियो। सभामा सोरेङ च्याखुङ समष्टिअन्तर्गत रहेका १३ वटा ग्राम पञ्चायत एकाइका पञ्चायत सभापति उपसभापति तथा सदस्यहरूका साथै एसकेएम पार्टीका बुथ तहका अध्यक्षहरूको समेत सहभागिता रहेको थियो।

सभाको मुख्य उद्देश्य पार्टी संगठनलाई अझ मजबुत बनाउनुका साथै तल्लो तहका जनताले भोगिरहेका समस्या आवश्यकता र गुनासोबारे प्रत्यक्ष जानकारी लिनु रहेको बताइएको छ। ग्राम पञ्चायत प्रतिनिधिहरूले गाउँस्तरमा पार्टी संगठनलाई थप मजबुत बनाउन तथा जनताका दैनिक समस्या समाधान गर्न पार्टी कार्यकर्ता र पञ्चायत प्रतिनिधिहरूबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

सभालाई सम्बोधन गर्दै समष्टि अध्यक्ष भानु सुब्बाले पार्टीको तल्लो तहसम्मको संगठनलाई अझ प्रभावकारी बनाउन ब्लक तहका पार्टी संगठनमा आबद्ध बीएलसी डब्ल्यूएलसी तथा पञ्चायत प्रतिनिधिहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। उहाँले जनतालाई कुनै समस्या वा आवश्यकता परेमा पार्टीका कार्यकर्ता तथा पञ्चायतहरूले सम्बन्धित व्यक्तिलाई विधायकसम्म पुर्‍याएर समस्या राख्न सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो। जनताको समस्या स्थानीय तहमै पहिचान गरी समाधानका लागि आवश्यक पहल गर्ने वातावरण निर्माण गर्न पार्टी संगठन र पञ्चायत प्रतिनिधिहरूबीच निरन्तर समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो।

सभामा बोल्ने वक्ताहरूले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन भएपछि सोरेङ निर्वाचन क्षेत्र तथा सोरेङ जिल्लामा पूर्वाधार विकासका क्षेत्रमा विशेष काम भएको बताएका थिए। विगत २५ वर्षको सरकारको कार्यकालमा हुन नसकेका विभिन्न विकासका कामहरू वर्तमान एसकेएम सरकारको सात वर्षको अवधिमा सम्पन्न भएको र यसको प्रत्यक्ष अनुभूति जनताले गरिरहेको वक्ताहरूले बताएका थिए।

वक्ताहरूले वर्तमान सरकारले सडक भवन स्वास्थ्य शिक्षा लगायतका विभिन्न क्षेत्रमा गरेको विकासका कामहरू जनताको आँखाअगाडि रहेको उल्लेख गर्दै गाउँ तथा तल्लो तहका जनताले समेत विकासको अनुभूति गरिरहेको बताएका थिए।

सभालाई सम्बोधन गर्दै क्षेत्र विधायक आदित्य गोलेले सरकारबाट जनताका लागि उपलब्ध गराइने विभिन्न सुविधा तथा सहुलियत वास्तविक रूपमा आवश्यक पर्ने व्यक्तिसम्म पुग्नुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीका कार्यकर्ता तथा पञ्चायत प्रतिनिधिहरूले सरकारी सुविधा वितरणका क्रममा विशेषगरी गरिब तथा अति आवश्यक अवस्थामा रहेका व्यक्तिहरूको पहिचान गरी सही लाभार्थीले सुविधा पाउने वातावरण बनाउनुपर्ने बताउनुभयो।

विधायक गोलेले पार्टी कार्यकर्ता तथा पञ्चायत प्रतिनिधिहरू जनताको नजिक रहेकाले वास्तविक अवस्था बुझेर आवश्यकताका आधारमा लाभार्थी छनोट गर्नुपर्ने उल्लेख गर्नुभयो। सरकारी योजना तथा सुविधाको लाभ पहुँचका आधारमा नभई वास्तविक आवश्यकता भएका व्यक्तिले पाउने सुनिश्चित गर्न सबै तहका कार्यकर्ता र पञ्चायत प्रतिनिधिहरू जिम्मेवार भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो।

यसैबीच विधायक आदित्य गोलेले सोरेङ च्याखुङ समष्टिमा प्रत्येक महिनाको अन्तिम सोमबार नियमित रूपमा समन्वय तथा समीक्षा सभा आयोजना गर्न निर्देशन दिनुभएको छ। यस्तो नियमित बैठकले पार्टी संगठनलाई अझ मजबुत बनाउनुका साथै तल्लो तहका जनताका समस्या आवश्यकता र गुनासोबारे प्रत्यक्ष जानकारी लिन तथा समाधानका लागि प्रभावकारी रूपमा काम गर्न सहयोग पुग्ने बताइएको छ।

सोरेङ जिल्ला अन्तर्राष्ट्रिय वरिष्ठ नागरिक दिवस पालनसोरेङ जिल्लाको मलबाँसे डाक बङ्ग्लो अभियान्त्रिकी परिसरको प्रेक्षागृह...
21/08/2026

सोरेङ जिल्ला अन्तर्राष्ट्रिय वरिष्ठ नागरिक दिवस पालन

सोरेङ जिल्लाको मलबाँसे डाक बङ्ग्लो अभियान्त्रिकी परिसरको प्रेक्षागृहमा आज अन्तर्राष्ट्रिय वरिष्ठ नागरिक दिवस पालन गरियो। सिक्किम सरकारी सेवानिवृत्त कर्मचारी कल्याण एसोसिएसन सोरेङ जिल्लाको तत्त्वावधानमा आयोजित उक्त कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष एसएम शेर्पा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। वहाँका साथमा सिक्किम रुपान्तरण संस्थान (आईटीएस)-का उपाध्यक्ष सीपी शर्मा, सिसको ब्याङ्कका सल्लाहकार सीएन शर्मा, सिक्किम राज्य अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष पीके सुब्बा, ओएसडीद्वय रेमन थापा र राजेन बस्नेत, जिल्लापाल धिरज सुवेदी, अतिरिक्त जिल्ला डीआर बिष्ट, अतिरिक्त जिल्लापाल (विकास) वाङ्दी शेर्पा, पूर्व विधायिका चेन्द्रमाया सुब्बा, सिक्किम सरकारी सेवानिवृत्त कर्मचारी कल्याण एसोसिएसन केन्द्रीय समितिका अध्यक्ष सीएन खनाल, महासचिव तुलसी प्रधान, सोरेङ जिल्लाका अध्यक्ष दिनेश पेगासहित सोरेङ जिल्लाका सेवानिवृत्त कर्मचारीहरुको बाक्लो उपस्थित रहेको थियोे।

कार्यक्रममा सिक्किम सरकारी सेवानिवृत्त कर्मचारी कल्याण एसोसिएसन सोरेङ जिल्लाले नेपाली साहित्य आकडमी पुरस्कार प्राप्त गरेका साहित्यकार तथा सिक्किम रुपान्तरण संस्थानका उपाध्यक्ष सीपी शर्मालाई उनको उपलब्धिको निम्ति अभिनन्दन जनाए। यसरी नै राष्ट्रिय स्तरीय जुनियर नेशनल बक्सिङ च्याम्पियनसिपमा काँस्य पदक विजेता सोनिय सुब्बालाई सम्मानित जनायो। आजको आकर्षण सोरेङ जिल्लाका 80 वर्ष नाघेका तीनजना सेवानिवृत्त सरकारी कर्मचारीहरु एसआर खजुम, पीएल शर्मा र डीबी छेत्रीलाई सम्मान गरियो।

कार्यक्रममा जिल्लापाल धिरज सुवेदीले वरिष्ठ नागरिकहरुलाई सरकारद्धारा साथै कानुनी रूपमा प्रदान गरिने सुख सुविधा विषयमा पावर प्वाइन्ट प्रस्तुति मार्फत विस्तृत जानकारी गराए। आजदेखि सोरेङ जिल्ला प्रशासनको पहलमा सम्बन्धित जिल्लाका वरिष्ठ नागरिक कार्ड वितरण गर्ने कार्यको थालनी गरियो। कार्यक्रममा सिक्किम सरकारी सेवानिवृत्त कर्मचारी कल्याण एसोसिएसन केन्द्रीय समितिका महासचिव तुलसी प्रधानले केन्द्रीय समितिले सेवानिवृत्त सरकारी कर्मचारीहरुको हितमा सरकारसित समन्वय राखेर के-कस्ता कार्य गरिरहेको छ भन्ने विषय मन्तव्य राखे। कार्यक्रममा मुख्य अतिथि विधानसभा अध्यक्ष एमएन शेर्पाले पनि अन्तर्राष्ट्रिय वरिष्ठ नागरिक दिवसको शुभकामना व्यक्त गर्दै छोटकरीमा सम्बोधन गरे।

संयुक्तरूपमा सुजाना तामाङ र जीपी दाहालद्घारा सञ्चालित कार्यक्रममा स्वागत सम्बोधन सिक्किम सरकारी सेवानिवृत्त कर्मचारी कल्याण एसोसिएसन सोरेङ जिल्लाका अध्यक्ष दिनेश पेगा राखेका थिए भने दरमदिन समष्टि स्तरीय समन्वयक केबी गदाइलीले धन्यवाद सम्बोधन राखेका थिए। कार्यक्रममा सेवानिवृत्त कर्मचारी बीआर कोइराला र एसएन कोइरालाले एकल गायन प्रस्तुत गरे।

सोरेङ जिल्ला अन्तर्गत इन्टिग्रेटेड इन्जिनियरिङ सेल डाकबंगलामा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा सम्मान का...
21/08/2026

सोरेङ जिल्ला अन्तर्गत इन्टिग्रेटेड इन्जिनियरिङ सेल डाकबंगलामा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा सम्मान कार्यक्रम सम्पन्न! 🌿🎖️
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा एक विशेष कार्यक्रम आयोजना गरी सेवानिवृत्त कर्मचारी तथा अधिकारीगणलाई सम्मान गरिएको छ।
कार्यक्रमको मुख्य अतिथिको रूपमा माननीय सिक्किम विधानसभा अध्यक्ष श्री एम. एन. शेर्पा रहनुभयो।
कार्यक्रममा सिक्किम रूपानतरण संस्थानका उपाध्यक्ष श्री सि. पी शर्मा, सोरेङ जिल्लापाल श्री धीरज सुवेदी, सल्लाहकारगण, ओएसडीगण साथै ज्येष्ठ नागरिकहरूको पनि उपस्थिति रहेको छ।

Republic Sikkim News

21/08/2026
प्रेस विज्ञप्तिगेजिङ, १५ अगस्ट २०२६सिटिजन एक्सन पार्टी–सिक्किमद्वारा पार्टीको गेजिङ जिल्ला कार्यालयमा पार्टी अध्यक्ष श्र...
15/08/2026

प्रेस विज्ञप्ति
गेजिङ, १५ अगस्ट २०२६

सिटिजन एक्सन पार्टी–सिक्किमद्वारा पार्टीको गेजिङ जिल्ला कार्यालयमा पार्टी अध्यक्ष श्री गणेश राईको अध्यक्षतामा ८०औँ स्वतन्त्रता दिवस भव्य एवं सभ्य रूपमा आयोजना गरियो।

पार्टी अध्यक्ष श्री गणेश राईको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरेपछि राष्ट्रगाण सहित कार्यक्रमको औपचारिक सुरुवात भएको थियो। कार्यक्रममा अखिल सिक्किम महिला परिषद्की उपाध्यक्ष श्रीमती कला सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो।

महान् भारतलाई स्वतन्त्र बनाउन आफ्नो प्राणसमेत आहुति दिने वीर सपुतहरूको स्मरण तथा उहाँहरूको बलिदानप्रति सम्मान व्यक्त गर्दै अवकाशप्राप्त फौजी एवं पार्टीका वरिष्ठ नेता श्री रामचन्द्र राईले सम्बोधन गर्नुभयो।

भारतको आठ दशक लामो स्वतन्त्रताको इतिहासमा देशको विकासका लागि सिक्किमले आफ्नो तर्फबाट सक्दो योगदान दिँदै आएको भए पनि, लोकतान्त्रिक अभ्यासको दृष्टिले तुलनात्मक रूपमा नयाँ राज्य सिक्किमका आम नागरिकले अझै पनि स्वतन्त्रताविहीन व्यवस्थाको अनुभूति गर्नुपरेको यथार्थ रहेको सिटिजन एक्सन पार्टी–सिक्किमका प्रवक्ता श्री अल्बर्ट गुरुङले आफ्नो सम्बोधनमा बताउनुभयो।

राजनीतिक स्वतन्त्रता, वाक् स्वतन्त्रता तथा आर्थिक स्वतन्त्रताको पूर्ण अनुभूति हुन नसकेको अवस्थामा सिटिजन एक्सन पार्टी–सिक्किमले स्वतन्त्रताको वास्तविक अर्थलाई व्यवहारमा स्थापित गर्दै राज्यको व्यवस्थामा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, पार्टीले सम्पूर्ण राज्यवासीमा ८०औँ स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेको छ।

अध्यक्षीय सम्बोधनका क्रममा श्री गणेश कुमार राईले हेलेन लेप्चा तथा त्रिलोचन पोख्रेललाई स्मरण गर्दै देशको स्वतन्त्रताका लागि उहाँहरूले पुर्‍याउनुभएको योगदानको कदर गर्नुभयो। उहाँहरूले राष्ट्रका लागि गरेको योगदानका कारण अमर व्यक्तित्वका रूपमा स्थापित भइसकेको पनि उहाँले उल्लेख गर्नुभयो।

“स्वतन्त्रता एकपटक प्राप्त गरेर मात्र पुग्दैन, यसलाई सुरक्षित र अक्षुण्ण राख्न हरेक पुस्ताले संघर्ष गर्नुपर्छ,” अध्यक्ष राईले बताउनुभयो। उहाँले पुर्खाहरूले आफ्नो प्राणको बलिदान दिएर प्राप्त गरेको स्वतन्त्रतालाई संविधानअनुसार निर्वाचित भएर आएका नेतृत्वले आम नागरिकको स्वतन्त्रता कुण्ठित गर्ने अवस्था सिर्जना गर्न नहुने धारणा व्यक्त गर्नुभयो।

राजगुरु, मदनलाल ढिङ्ग्रा, खुदीराम बोस, भगतसिंह तथा चन्द्रशेखर आजादजस्ता युवाहरूको त्याग, उत्सर्ग र बलिदानबाट प्राप्त स्वतन्त्रतालाई केवल मनोरञ्जनको साधन बनाउने प्रवृत्तिप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो। राज्यको दर्दनाक अवस्थालाई नजरअन्दाज गर्दै मनोरञ्जनमा केन्द्रित हुने प्रवृत्तिको सट्टा सिटिजन एक्सन पार्टी–सिक्किमले गम्भीर राजनीतिक हस्तक्षेपमार्फत राज्यलाई सुव्यवस्थित बनाउने संकल्प लिनुपर्ने उहाँले बताउनुभयो।

विचार र नीतिभन्दा मनोरञ्जन प्रस्तुत गरेर लोकप्रिय बन्ने प्रतिस्पर्धा देखिनु तथा लोकतन्त्रको उचित अर्थ नबुझेको सत्ताको चरित्र देखिनु अत्यन्त दुःखदायी विषय भएको उहाँले उल्लेख गर्नुभयो।

आम नागरिकको हक, अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्न स्वतन्त्रताको लडाइँजस्तै सिटिजन एक्सन पार्टी–सिक्किमले पनि संघर्ष गर्ने र त्यसमा विजय हासिल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

मंगल पाण्डेदेखि सुरु भएको विद्रोह र त्यसपछि महात्मा गान्धीलाई श्वेत नागरिकहरूले रेलबाट निकालिदिएको घटनासम्मको इतिहास स्मरण गर्दै अन्ततः औपनिवेशिक शासनलाई देशबाटै हटाइएको इतिहासबाट वर्तमान पुस्ताले शिक्षा लिनुपर्ने उहाँले बताउनुभयो।

समाजका तल्लो तथा कमजोर वर्गलाई संविधानअनुसार कति सुरक्षा र अधिकार सुनिश्चित गरिएको छ तथा ती वर्गको हितमा सिटिजन एक्सन पार्टी–सिक्किमले के गर्न सक्छ भन्ने विषयमा गम्भीर चिन्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, कुव्यवस्थाविरुद्ध संघर्ष गरिरहँदा तमाम स्वतन्त्रता संग्रामीहरूको त्याग र योगदानलाई सदैव स्मरण गर्न उहाँले आह्वान गर्नुभयो।

कार्यक्रममा खगेन्द्र दाहाल, बिरबल तामाङ तथा रिमा चापागाईंले जोशिलो कविता वाचन गर्दै कार्यक्रमलाई थप उत्साहपूर्ण बनाउनुभयो।

श्रीमती अन्जु शर्माले सञ्चालन गर्नुभएको उक्त स्वतन्त्रता दिवस कार्यक्रमको अन्त्यमा श्री अमित लिम्बुले धन्यवाद ज्ञापन गर्नुभयो।

जिग्मी डी. भुटिया
महासचिव
प्रचारप्रसार परिषद्
सिटिजन एक्सन पार्टी–सिक्किम

CM Announces 2% DA and DR Hike for State Employees and PensionersGangtok, August 15 (IPR): Chief Minister Mr Prem Singh ...
15/08/2026

CM Announces 2% DA and DR Hike for State Employees and Pensioners

Gangtok, August 15 (IPR): Chief Minister Mr Prem Singh Tamang today announced a 2% increase in Dearness Allowance (DA) for state government employees and Dearness Relief (DR) for pensioners, applicable for the period from January 1 to June 2026, with the arrears to be paid before Dashain 2026.

The announcement was made during the Chief Minister’s address at the state-level celebration of the 80th Independence Day held at Paljor Stadium in Gangtok, where he also outlined the state government’s development priorities and reiterated its commitment towards building a Viksit Sikkim @2047 in alignment with the national vision of Viksit Bharat @2047.

The Chief Minister stated that the state government had decided to follow the centre’s revision of DA and DR, highlighting that Sikkim has consistently increased and disbursed DA and DR for its employees and pensioners in line with revisions made by the Government of India.

Earlier, the Chief Minister hoisted the National Flag at the venue, followed by the National Anthem. He thereafter inspected the parade, comprising contingents from the ITBP, SSB, Assam Police, SAP, 2nd IRBn, 3rd IRBn, Sikkim Police (Male and Female Platoons), Forest Department, Home Guards and Civil Defence, NCC and participating school contingents from Tashi Namgyal Senior Secondary School, TNA, Modern Senior Secondary School, Paljor Namgyal Girls Senior Secondary School, Enchey Senior Secondary School, West Point Senior Secondary School, Tadong Senior Secondary School and Deorali Girls Senior Secondary School, along with the Sikkim Police Band. The 7th Assam Police Battalion participated as the Guest Platoon.

The parade was commanded by Additional Superintendent of Police, Mr Santosh Baniya, with Police Inspector Mr Manish Gurung serving as the Parade 2IC.

Following the March Past, the parade contingents peeled off.

Addressing the gathering, the Chief Minister paid tribute to the freedom fighters who sacrificed their lives for India's independence and expressed gratitude to the armed forces, central armed police forces, border guarding forces, Sikkim Police and all security personnel for their service in safeguarding the nation’s sovereignty, unity and security.

Highlighting Sikkim’s strategic importance as a sensitive border state, he said national security remained a priority for the State Government. He informed that 20% reservation each has been ensured for ex-Agniveers in the recruitment of Constables in Sikkim Police and Forest Guards in the Forest and Environment Department.

Emphasising the importance of border development, the Chief Minister said that the border should not be viewed as the last part of the country, but as the place where India begins. He stated that infrastructure development was being undertaken in 46 border villages of Sikkim under the Vibrant Villages Programme, stressing that vibrant villages, roads, schools, healthcare, communication, employment opportunities and confident citizens were equally important for a strong border.

Recalling Sikkim’s contribution to the freedom struggle, he paid tribute to freedom fighters Savitri Devi, also known as Helen Lepcha, and Trilochan Pokhrel, popularly remembered as ‘Bande Pokhrel’ or ‘Gandhi Pokhrel’. He stated that the state had honoured their legacy by naming the Medical College after Helen Lepcha and Pakyong Airport after Trilochan Pokhrel.

The Chief Minister also highlighted Sikkim’s recent achievements during its Golden Jubilee year, including the conferment of the prestigious President’s Colour upon Sikkim Police by the President of India, Ms Droupadi Murmu. He expressed gratitude to the President, Prime Minister Mr Narendra Modi and the Government of India for their support and participation in the state’s Golden Jubilee celebrations.

On the state’s economic progress, the Chief Minister said that Sikkim’s real GSDP growth had averaged more than 12.6% over the past eight years, while the state’s GSDP had increased from Rs 28,402 crore in 2018-19 to approximately Rs 62,973 crore in 2026-27. He said the state was targeting an annual average economic growth rate of more than 13% in the coming years towards achieving Viksit Sikkim @2047.

The Chief Minister also announced several initiatives and highlighted achievements across key sectors.

In healthcare, he announced the launch of the Kidney Transplant Programme at STNM Hospital, while adding that Helen Lepcha Sikkim Government Medical College had received permission to admit 100 MBBS students annually from 2026-27. He also highlighted progress in cancer treatment, dialysis and specialist healthcare services.

In education, he highlighted Sikkim’s achievement of being declared a fully literate state in May 2026, making it the fifth state in the country to attain the status. He also highlighted the implementation of the Kindergarten System in all government schools, the Chief Minister’s Model Schools, the Special Numeracy Programme and the Chief Minister’s Mentorship Programme.

Speaking about youth and employment, he highlighted Sikkim INSPIRES, the Skilled Youth Start-up Scheme, Mukhyamantri Yuva Udhyamsheelta Vikas Yojna (MYUVY), SIKKIM RISE and Niyukti Kendra, acknowledging the growing number of MSMEs and employment opportunities for young people.

On agriculture, the Chief Minister announced that eligible farmers who repay their KCC crop loans on time would effectively receive loans at an interest rate of 1%, with the government bearing the interest component. He also highlighted the "Mero Elaichi, Mero Dhan" initiative for the revival of large cardamom cultivation.

Tourism, infrastructure, urban development and housing were also highlighted as key areas of the state’s development agenda, while outlining various ongoing and proposed tourism projects, including ropeways, the Skywalk, adventure tourism projects and the Holistic Institute of Ayurveda and Wellness Centre.

On women’s empowerment, he highlighted the Aama Sashaktikaran Yojana, Aama Sahayog Yojana, Bahini Yojana and Mukhya Mantri Vatsalya Yojana, besides announcing the expansion of Aama Sashaktikaran Yojana to cover 50,000 mothers from 2027. He also highlighted the Aama Didi Bahini Pink Bus Service, operated by women drivers and conductors, as an example of safe public transport, self-reliance and opportunity for women.

He highlighted increasing participation of women in public leadership, stating that 35 women councillors were elected out of 64 seats in the 2026 Urban Local Body elections, while the Gangtok Municipal Corporation elected its first woman Mayor and Deputy Mayor.

Reaffirming the state government’s commitment to Sikkim’s cultural identity, the Chief Minister said that the languages, traditions, traditional attire, arts and customs of all communities would continue to be preserved and promoted. He also highlighted efforts towards documentation, reconstruction and preservation of traditional Lepcha Ru-Soam or cane bridges in collaboration with UNESCO.

On the environment, he said that Sikkim’s forest cover had increased from 47.08% in 2021 to approximately 47.33% in 2023, while highlighting initiatives such as "Mero Rukh, Mero Santati" and "Mero Bato, Mero Bot". He also informed about the recording of a tiger at an altitude of 3,966 metres in the Kyong-Nos-La area and the designation of Khecheopalri Wetland as Sikkim’s first Ramsar Site.

In sports, he announced plans for the Swarna Jayanti Integrated Sports and Cultural Village, comprising a FIFA-standard football stadium, athletics and field sports complex, indoor stadium, high-performance training centre and sports medicine facilities. Plans for a modern Swarna Jayanti Convention Centre were also highlighted.

The Chief Minister also announced plans to upgrade the existing New Sikkim House in New Delhi, originally constructed as a 26-room facility during the tenure of former Chief Minister Late Nar Bahadur Bhandari, into a modern facility with more than 100 rooms.

Calling upon the people to collectively contribute towards nation-building, the Chief Minister urged citizens to uphold the Constitution and democracy, remain vigilant towards national security, preserve communal harmony, protect the environment and Himalayas, and make hard work, honesty and innovation the foundations of a stronger Sikkim.

He expressed gratitude to the farmers, workers, teachers, doctors, nurses, government employees, police personnel, entrepreneurs, artists, sportspersons, youth, students, mothers and sisters, senior citizens and citizens from all walks of life for their contribution to the state’s development.

The Chief Minister concluded by expressing confidence that through collective resolve, hard work and unity, Viksit Sikkim @2047 would progress proudly alongside the national vision of Viksit Bharat @2047, and extended his greetings and best wishes to the people of Sikkim and the nation on the 80th Independence Day.

The 80th Independence Day celebration also witnessed the presentation of various awards and honours recognising bravery, meritorious service, academic excellence and achievements across diverse fields. A detailed report on the awardees is available [ https://www.facebook.com/share/p/1HG1uhDoL3/ ].

Additionally, the celebration also featured the release and launch of several important publications, guidelines, products and reports by various departments.

The Education Department released the Reintegration of Out-of-School Children in Sikkim – Operational Guidelines, aimed at providing a structured framework for bringing out-of-school children back into the formal education system.

While the Social Welfare Department released five books featuring translations in five tribal languages of Sikkim, the Information and Public Relations Department (IPR) released the latest edition of Sikkim Today, the department’s flagship publication showcasing the state’s development journey, achievements, culture and emerging opportunities.

Subsequently, three new tea products from Temi Tea Estate, namely, Temi Milk Tea, Temi Guras Tea and Temi White Tea, were also launched during the programme.

The Directorate of Economics, Statistics, Monitoring and Evaluation (DESM&E) also released two survey reports, namely the Survey of Hotels and Homestays and the Survey of Industries.

The ceremonial programme also featured a band display by Sikkim Police, followed by a cultural presentation organised by the Culture Department and performed by students from various schools.

This was followed by a band display by Chief Minister’s Model School, Assam Lingzey, and a performance by the Indian Army Band.

Thereafter, the results of the parade competitions were also announced. The 2nd IRBn was adjudged the All-Round Best Platoon in Division A, while the Home Guards and Civil Defence contingent was adjudged the All-Round Best Platoon in Division B. Tashi Namgyal Senior Secondary School was adjudged the Best School Contingent.

The programme concluded with a mass singing of the national song, led by artists from the Culture Department.

Report from DIO-GANGTOK

Address

2nd Street Jorethang
Jorethang
737121

Telephone

+919002509190

Website

Alerts

Be the first to know and let us send you an email when Republic Sikkim News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Republic Sikkim News:

Shortcuts

Share