Gairibas Times

Gairibas Times कुनै पनि खबरहरूका निम्ति सम्झनुस गैरीबास टाइम्सलाई 9547347375

02/09/2023

स्कूलको राफल बेच्न नसक्दा 15 वर्षिय विद्यार्थीद्वारा आत्महत्या |

भिडियो स्रोत : Dtv Darjeeling

01/09/2023

गैरीबासको रत्न साथै धन हुन् हिमाल गुरुङ |

अन्ठाउन्न बर्षको उमेरमा पनि आफ्नो स्वस्थलाई जोगाड़ गर्दै दौड़ीरहने बर्तमान समयमा विविध प्रकारको नकरात्मक प्रभावहरूबाट आफ्नो स्वस्थलाई सकरात्मक कार्यमा परिवर्तीत गर्नमा विश्वास राख्छन् हिमाल गुरुङ |

अठाह्र बर्षको उमेरदेखि म्यारथन दौड़मा दौड़ीन्दै आएको हिमाल गुरुङले गैरीबास अधिनस्थ धेरै स्थानहरूमा म्यारथन दौड़ीसकेका छन् | युवा अवस्थामा गैरीबासदेखि रोङ्गोसम्म दौड़न्दै पुन गैरीबासमा आएर विश्राम लिने कुरा उनले बताएका छन् |
वर्तमान युवा जमातलाई नकरात्मक प्रभावहरूबाट बाचेर आफ्नो स्वस्थलाई सकरात्मक कार्यमा लगाउने सुझावहरू पनि दिएका छन् |

प्रमेश गुरुङलाई शिक्षारत्न पुरस्कार |गैरीबास 52 बल्क प्राथमिक पाठशालाको प्रधान अध्यापक श्रीमान प्रमेश गुरुङ यसबर्षको शिक...
01/09/2023

प्रमेश गुरुङलाई शिक्षारत्न पुरस्कार |

गैरीबास 52 बल्क प्राथमिक पाठशालाको प्रधान अध्यापक श्रीमान प्रमेश गुरुङ यसबर्षको शिक्षारत्न पुरस्कारले पुरस्कृत भएकोमा गैरीबास टाइम्स हार्दिक बधाई अनि अभिनन्दन व्यक्त गर्दछौ |

*प्रेस विज्ञप्ति**०१ सेप्टेम्बर  २०२३* १) नेपाल अधिराज्यको सिमा क्षेत्र  वा वारिपारि बसोबास गर्नेहरु माझमा हाम्रो  सामाज...
01/09/2023

*प्रेस विज्ञप्ति*
*०१ सेप्टेम्बर २०२३*

१) नेपाल अधिराज्यको सिमा क्षेत्र वा वारिपारि बसोबास गर्नेहरु माझमा हाम्रो सामाजिक र साँस्कृतिक मेल मिलाप सदियौंदेखि हो।
२) कुनै अन्तर्राष्ट्रिय सिमा क्षेत्रको देखरेख गर्ने दायित्व केन्द्रीय सरकारको हो। राज्य र जिटीएको होइन। यो सब्जेक्ट नै केन्द्रीय सरकारको हो।
३) सिमा क्षेत्रलाई निगरानी गर्न त्यहाँ कस्टम, बिएसएफ, पूलिस राखिएको हुन्छ।
४) जिटीएको सभासद के हो ? त्यो सिमा क्षेत्रका अधिकारीहरुले वास्ता राख्दैनन्।
५) नेपाल छिमेकी राज्यबाट गरीब नेपालीहरुले हाम्रो आवश्यकता पूरा गर्न साथै उनीहरुका परिवारलाई गुजारा चलाउन सब्जी ल्याउने गरेको हो।
६) नेपालका हाम्रो छिमेकीहरुले सब्जी ल्याएर कुनै राष्ट्र द्रोही काम गरेका छैनन्।
७) सभासद सतिष पोखरेलले मानेभञ्ज्याङ क्षेत्रमा गएर सब्जी रोक्नु उनको अधिकारमा पटक्कै छैन। उनले जुन कार्य गरे यो धिक्कारपूर्ण छ। यो लुटपाट गर्ने प्रवृत्ति हो। कमिसनधारी प्रवृत्ति हो।
सतिष पोखरेलले नेपालका सब्जी व्यापारी हरुलाई उनको अफिसमा बोलाएर पैसा मागेको, धम्की दिएको घटना निन्दनीय छ। यस्तो जनप्रतिनिधिलाई तुरुन्तै अनित थापाले हटाएको उचित हुनेछ।

*निरज राई*
*अध्यक्ष ,भारतीय जनता युवा मोर्चा *
*दार्जीलिङ जिल्ला समिति*

विज्ञापन
01/09/2023

विज्ञापन

01/09/2023

नमस्कार।
म सुरज राई अर्थात दार्जिलिङ ब्र ।

हाम्रो समाज अनि जातिको निम्ति केही गरौँ भन्ने उद्देश्य राखी मेरो कर्मथलो सिङ्गापुरमा यहाँका साथीभाइ तथा दिदीबहिनीको सहयोगमा साङ्गीतिक कार्यक्रममा हाम्रा चर्चित गायक गायिकालाई निम्त्याई मञ्च प्रदान गर्ने काम गरिरहेको छु भने मेरो गाउँ रोङ्गोमा स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न RISINGSUN SINGING STAR कार्यक्रम गर्दै आइरहेको छु।

हाम्रो समाजमा धेरै प्रतिभाहरू जन्मन्छन् तर राम्रो अवसर नपाएर ती प्रतिभाहरु त्यसै बिलाएर जान्छन्। हामीले हाम्रा प्रतिभाहरूलाई उचित संरक्षण र सही मार्गदर्शन दिन असमर्थ बनेकैले ठूलाठूला प्रतियोगितामा सफलता हात पार्न सक्दैनन्। यसको निम्ति हामीले बालबालिकाबाटै यो अभियान थाल्नुपर्नेछ। यसै कुरोलाई मध्यनजर गरी यसपटक राईजिङसन् सिङ्गिङ स्टार जो विगत 2014 देखि नियमित रूपमा गरिँदै आएको थियो त्यसको बदली यसपटक "किड्स ट्यालेन्ट सो" गर्ने निर्णय गरेको छु। आशा छ तपाईंहरूले यसलाई सकारात्मक सोच राखेर उचित साथ अनि सहयोग दिनुहुनेछ।

🌟RISINGSUN KIDS TALENT SHOW-2023 (बाल प्रतिभा प्रदर्शन 2023

५ देखि १२ वर्षे नानीहरूलाई सुवर्ण अवसर
-पूर्णरूपमा नि:शुल्क
-अनलाइन रेजिस्ट्रेसन अनि भोटिङ प्रक्रिया
-बहुविधामा नानीहरूको अवसर
-विजेताले पाउनेछन् रू. 20000/- (बीस हजार) नगद राशि पुरस्कार।

तपाईंलाई आफ्नो नानीहरूमा अतिरिक्त प्रतिभा छ तर अवसर नपाएको झैँ लाग्छ? त्यस्तो हो भने आउनुहोस् हामी नानीको प्रतिभालाई एउटा सुवर्ण अवसर दिइरहेका छौँ।

प्रतिभा क्षेत्र: नृत्य, गायन, अभिनय, कलात्मक प्रस्तुति, कविता वाचन, पाककला आदि।

यो प्रतियोगिताको निम्ति आज 1st सेप्टेम्बर देखि 30 सेप्टेम्बर 2023 सम्म भिडियो पठाउन पर्नेछ अनि अन्तिम राउण्डमा निर्णायक अनि भोटिङको आधारमा विजेताको घोषणा: 15 अक्टोबर 2023 को दिन हुने छ |

मलाई यस्ता कार्यक्रम गर्न सँधै सहयोग पुर्याउनुहुने सबैसबैलाई एकमुष्ठमा हार्दिक धन्यवाद अनि कृतज्ञता जनाउँछु। भविष्यमा पनि यहाँहरूबाट उस्तै साथ अनि सहयोगको अपेक्षा राखेको छु।

आउनुहोस् यसमा कसरी सहभागी बन्ने अनि कसरी भोटिङ गर्ने? छोटो जानकारी लिनुहोस्।
http://www.laviocity.com/contest/rkts2023/

31/08/2023

राइजिङसन किड्स ट्यालेन्ट शो 2023 |

{प्रतिभाशाली नानीहरूको निम्ति सुनौलो अवसर }

रोंगो निवासी हाल सिंगापुर श्री सुरज राई ( दार्जिलिङ्ग ब्रो ) ले प्रतिभाशाली नानीहरूको निम्ति राइजिङसन किड्स ट्यालेन्ट शो लिएर आएका छन् |

प्रतिभाशाली नानीहरूले आफूमा भएको कुनै पनि प्रकारको प्रतिभालाई प्रस्तुत गर्न सक्ने छन् | विशेष पाँच बर्षदेखि बाह्र बर्षका नानीहरूले यस शोमा भाग लिन सक्छन् |

असाधारण प्रतिभा भएका बालबालिकाहरूलाई यस शोमा सहभागी हुन आमन्त्रित गरिएको छ।
दर्ता पूर्ण रूपमा नि:शुल्क छ र यहाँ दिएको www.laviocity.com/contest/rkts2023/ वेबसाइट मार्फत अनलाइन गर्न सकिन्छ।

राइजिङसन किड्स ट्यालेन्ट शो २०२३ अनलाइन आज 1 सेप्टेम्बर 2023 बाट दर्ता खुलिएको छ |

बालबालिकाहरूले आफ्नो प्रतिभा 3 देखि 5 मिनेटको बनाएर यस +91-7063714613 WhatsApp मार्फत भिडियो पठाउनु पर्ने छ |

विशेषज्ञ न्यायाधीशहरूको प्यानलले विभिन्न मापदण्डहरूमा आधारित प्रस्तुत प्रदर्शनहरूको मूल्याङ्कन गर्नेछ। साथै, मतदान पनि हुनेछ जहाँ आमाबाबु र आफन्तहरूले आफ्नो मनपर्ने प्रतियोगीलाई आफ्नो भोट हालेर आफ्नो समर्थन देखाउन सक्छन्। मतदान प्रक्रिया पूर्ण रूपमा निःशुल्क छ।

प्रारम्भिक राउन्डबाट योग्य हुने सहभागीहरूलाई अन्तिम राउन्डको लागि अर्को प्रदर्शन पेश गर्न सूचित गरिनेछ।

1st सेप्टेम्बर देखि 30 सेप्टेम्बर 2023 सम्म भिडियो पठाउन पर्नेछ अनि अन्तिम राउण्ड योग्यता घोषणा: 15 अक्टोबर 2023 को दिन हुने छ |

आफ्नो अविश्वसनीय प्रतिभा प्रदर्शन गर्ने मौका बाहेक, बिजय प्रतिभा कलाकारलाई नगद पुरस्कार 20000 रूपया प्रदान गरिने छ |

यसर्थ प्रतिभाशाली नानीहरूलाई यस शोमा आमन्त्रित गरिएको छ | अधिक जानकारीको निम्ति माथि दिएको नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ |

30/08/2023

गैरीबासमा तिजपर्व मनाइने |

( 30-08-2023 )

आगमि दिनांक 18~09~2023 सोमबारको दिन गत बर्ष झै यस बर्ष पनि हिन्दुपर्व तिज गैरिबासमा भब्य रुपमा मनाँउने निश्चय गरिएको छ | उक्त तिजको आयोजक खस भारतीय हितकारी महिला उप-समिति गैरीबास शाखाको आयोजना गरिएता पनि गैरिबासको सम्पूर्ण दिदी-बहिनीलाई लिएर नै यो तिज पर्व मनाइने छ यसर्थ गैरीबास अधिनस्थ सबै चेलिहरूलाई यस महान पर्वमा आएर सहभागी बनिदिने गैरीबास महिला संगठनले आह्रग गरेका छन् |

आज 29-08-2023 को दिन गैरीबास 22/211 बुथ भित्र पर्ने गाँउहरुमा केहि दयनीय  अवस्थामा रहेका परिवारहरूलाई रहतको सामग्री पञ्च...
29/08/2023

आज 29-08-2023 को दिन गैरीबास 22/211 बुथ भित्र पर्ने गाँउहरुमा केहि दयनीय अवस्थामा रहेका परिवारहरूलाई रहतको सामग्री पञ्च्यात सदस्य ( स्वतन्त्र उम्मेद्वार ) श्रीमती रेजिना राईद्वारा प्रधान गरियो |

सुदन गुरूङ भाईलाई खुल्ला पत्र लेख्ने पवन बलको आयो यस्तो जानकारी 👇👇👇पवन बल तामाङले SARDA HIGH SCHOOL 2021देखि JOIN गरेका ...
29/08/2023

सुदन गुरूङ भाईलाई खुल्ला पत्र लेख्ने पवन बलको आयो यस्तो जानकारी 👇👇👇

पवन बल तामाङले SARDA HIGH SCHOOL 2021देखि JOIN गरेका हुन तर उनले 2014 देखि गरेको भनेर देखाएको छ जुन झुटो हो र FALSELY BACKDATE गरेर VERIFICATION COMMITTEE ले VERIFICATION गराईएको हो ॥

उनी 2015 साल सम्म GNLF पार्टीमा थिए अनि 2016 मा TMC मा सक्रिय भए 2017 सालमा GJMM को कट्टर विरोधी को रूपमा सक्रिय रहेर उनले GJMM-2 BINOY FACTION मा JOIN गरे त्यसपछि मात्र गएर उनले VOLUNTEER TEACHER को सुचि मा पार्टी को आड्मा आफ्नो नाम हाल्न सक्छम बने ॥

आज पवन बल तामाङ प्रजातान्त्रिक मोर्चा BGPM मा सामेल रहेर राजनितिमा सक्रिय छन् ॥

अन्य जानकारीहरू 👇👇👇👇👇👇👇👇👇

SARADA HiGHER SECONDARY SCHOOL
Mungpoo.
List of the VOLUNTEER TEACHERS.( Appointment: 2018 , same date has been maintained in the attendance register )

1. Pranita Sherpa
2. Balabhadra Rai
3. Sujeeta Rajak
Next lot _
Date of appointment _ 2021 BUT attendance of the following Volunteer teachers has been maintained from 2014 in the register )
1. Pawan Bal TAMANG (माथि दिएको सम्पूर्ण जानकारी) ☝☝☝
2. Nawami Tamang ( spokes person,BGPM, Mungpoo )
3.Prashanga Rai ( son of H.M. of the same school)
4. Rupesh Mangar _ this fellow is actually the computer teacher appointed by the company,he is still in the same post and earns 12000/_ rupees every month, his aquitance register is also being maintained but at the same time he has been enrolled as Volunteer teacher.
5.Pratibha Rai
6.Pranita Pradhan
7. Sandra Lepcha
8.Rikka Rai
9. Deebina Mangar
10. Manisha Thapa ( daughter in law of Gagan Rai ,the M.C. president,SHSS)
11. Anushikha Thapa.
The above mentioned 11 teachers are to be verified urgently because some of them have fake documents, some of them can't even pronounce the words correctly.

साभार स्रोत : Sudan gurung को वालबाट

डी के प्रधानको बयानलाई साधरण रूपमा लिन सकिँदैन: अधिवक्ता बिरेन्द्र रसाइली++दार्जीलिङ 29 अगस्त: डी के प्रधान गोर्खाल्याण्...
29/08/2023

डी के प्रधानको बयानलाई साधरण रूपमा लिन सकिँदैन: अधिवक्ता बिरेन्द्र रसाइली
++
दार्जीलिङ 29 अगस्त: डी के प्रधान गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको कानून अधिकारी भएको हुनाले वहाँको बयानलाई साधरण रूपमा लिन नमिल्ने अधिवक्ता वीरेन्द्र रसाइलीले बताएका छन्। हिज शहरको एक भवनमा पाँच डेसिमल पट्टाको विषयमाथि डिबेटको आयोजना गरिएको थियो।आयोजित डिबेटमा डी के प्रधानले पहाडको अधिकांश चियाबारीहरूमा अधिकांश श्रमिकहरूलाई सरदारहरूले ल्याएका थिए भन्ने जस्ता गोर्खा जातिलाई आघात पुऱ्याउने बयान दिएको अधिवक्ता रसाईलीले बताए। तिनले अघि भने, डी के प्रधान गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको ल अफिसर अथवा कानून पदाधिकारी भएको हुनाले उनको बयानलाई साधरण रूपमा लिन मिल्दैन। डिबेटको क्रममा मैले डी के प्रधान सरलाई यस्तो बयान जारी गर्नदेखि जोगाउन धेरै प्रयास गरें तर पनि उनी आवेशमा आएर नाना प्रकारको बयान बाजीहरू दिए। मैले हात जोडेर तिखो आवाजमा चिच्चाउँदा उनी केही हदसम्म काबूमा आए नत्र अझ आवेशमा आएर के के बोल्ने थिए जो जति घातक बयान राज्य अनि केन्द्र समक्ष जाने थियो अनि त्यो गोर्खा जातिले गरेको भूमि सम्बन्धी संघर्षमा एक दुर्भाग्यपूर्ण आत्मसमर्पण हुनेथियो।

Address

Kalimpang

Alerts

Be the first to know and let us send you an email when Gairibas Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gairibas Times:

Share