खबर Dot Com

खबर Dot Com गाउँ देखि सहर तथा एक देखि अनेकौं सम्म।
दबिएका आवज,,छोडिएको कला,,,सबै सबै समेट्ने छाैं।।

09/07/2026

अखिल भारतीय विद्यार्थी परिषद् (ABVP) को ७८औँ स्थापना दिवस तथा राष्ट्रिय विद्यार्थी दिवसको उपलक्ष्यमा भिडियो सन्देश ।

बरबोट उमाविको `इन्टर हाउस फुटबल´ ..........................बरबोट बजार,1 जुलाई ।आज यहाँको बरबोट उमाविले इन्टर हाउस फुटबल ...
01/07/2026

बरबोट उमाविको `इन्टर हाउस फुटबल´ ..........................
बरबोट बजार,1 जुलाई ।
आज यहाँको बरबोट उमाविले इन्टर हाउस फुटबल टुर्नामेन्टको अन्तिम फाइनल खेल सम्पन्न ग-यो।जसमा अन्डर टुएल्भ बोइज डिभिजन ,सिनियर डिभिजन गर्ल्स र सिनियर डिभिजन बोइज अन्तर्गत फाइनल खेल भयो ।जसमा अन्डर टुएल्भ बोइज डिभिजनमा लक्खीदेवी हाउस विजयी बन्यो भने सिनियर डिभिजन बोइज र गर्ल्स दुवैमा पारसमणि प्रधान हाउसले विजयी बनेका थिए ।पाब्रिङटार ग्रामपञ्चनयत प्रधान रबिन सुब्बा मुख्य अतिथि रहेका उक्त कार्यक्रममा 41-42 समष्टि स्तरमा हाइ स्कुल टिचर्स भर्सेस प्राइमरी टिचर्स माझमा मैत्रीपूर्ण प्रदर्शनी फुटबल खेल पनि समावेश रहेको थियोे ।जहाँ टाइ ब्रेकरमा हाइ स्कुल टिचर्स दलले विजय हासिल गरेको थियो ।स्थानीय खेलप्रेमी दर्शक लगायत अभिभावकवर्गको उपस्थिति रहेको उक्त कार्यक्रमलाई शिक्षक प्रणित राईले सञ्चालन गरेका थिए।कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरेका थिए ।विद्यार्थीवर्गलाई खेलकुदप्रति प्रोत्साहन दिन यस प्रकारको खेलको आयोजना गरिएको विद्यालय प्रमुख शङ्कर लामगादेले बताए ।साथै उनले सम्पूर्ण शिक्षक शिक्षिकगण , भूतपूर्व विद्यार्थी लगायत विद्यालयका शुभचिन्तकहरूका सहयोगले यस वर्षको इन्टर हाउस फुटबल टुर्नामेन्ट सफलताको साथमा सम्पन्न भएको बताउँदै सबैप्रति धन्यवाद प्रकट गरेका छन्।

20/06/2026

आरएसएसको शिविर हुने
निम्बोङ,२० जून
यसै महिनाको आगामी २६ देखि २८ तारीखसम्म राष्ट्रिय स्वयंसेवक सङ्घले पाब्रिङटारको बरबोट प्राथमिक पाठशालाया तीन दिने शिविर आयोजना गर्ने भएको छ।शिविरमा १४देखि ६० वर्षसम्मका पुरुषहरूूले भाग लिनसक्ने र त्यसको निम्ति २सय रुपियाँ शूल्क लाग्ने र सो शूल्क २६ जून अगावै तिरी पञ्जिकरण गर्नपर्ने बताउँदै आरएसएससँग आबद्ध स्थानीय विशाल छेत्रीले सबैलाई शिविरमा सहभागी बन्ने आग्रह गरेका छन्।शक्तिशाली ,स्वाभिमानी तथा वैभवशाली भारतको निर्माणमा प्रत्येक भारतवासीको सहभागिता रहनपर्ने र यसबारे थप जागरुक गराइने उद्देश्य लिएर उक्त शिविर आयोजना गरिनलागेको विशालले बताएका छन्।

20/06/2026

अब के हुने?
माननीय राज्यपालले गोर्खाल्यान्ड मागको स्थायी समाधानतर्फ मेरो सरकारले काम गर्ने भन्नुभएपछि भविष्यमा जिटिए कदापि रहने छैन।
तर समाधान आजको भोलि हुने छैन।यसको प्रक्रिया पूरा गरिन समय लाग्ने छ।त्यतिन्जेललाई जिटिए अब के हुने हो ?सामान्य कौतूहल सबैमा बढ्न थालेको छ।
BGPM बाट राजिनामा दिनेहरूबाट अर्को Cheif देखिने हो ?
या
प्रशासनिक Head ले GTA चलाउने हो ?

एघारौँ श्रेणीलाई अभिनन्दन बरबोट बजार,१९ जून । यहाँको बरबोट उमाविका बाह्रौँ श्रेणीले विद्यालय पक्षमा आज बलबहादुर लिम्बू स...
19/06/2026

एघारौँ श्रेणीलाई अभिनन्दन
बरबोट बजार,१९ जून ।

यहाँको बरबोट उमाविका बाह्रौँ श्रेणीले विद्यालय पक्षमा आज बलबहादुर लिम्बू स्मारक भवनमा एक कार्यक्रम गरी एघारौँ श्रेणीका विद्यार्थीहरूलाई स्वागत तथा अभिनन्दन जनाए।पाब्रिङटार ग्रामपञ्चायत प्रधान रबिन सुब्बाको प्रमुख आतिथ्य एवं विद्यालय प्रमुख शङ्कर लामगादेका अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई बाह्रौँ श्रेणीका छात्रा भेरोनिका लेप्चा र प्रमिला छेत्रीले सञ्चालन गरेका थिए। शिक्षक बुद्ध सुब्बाले स्वागत मन्तव्य गरेका उक्त कार्यक्रमलाई विद्यालय प्रमुख शङ्कर लामगादे र प्रधान रबिन सुब्बाले अभिनन्दित विद्यार्थीहरूलाई सम्बोधन गरे।सम्बोधनको क्रममा शङ्कर लामगादेले अभिनन्दित विद्यार्थीहरूलाई अध्ययनमा थप गम्भीर बनी विद्यालयको सुनाम राख्दै आ-आफ्नो केरिअर बनाउन जोड दिने आग्रह गरे।सांस्कृतिक कार्यक्रम र मनोरञ्जनात्मक प्रस्तुतिहरू समावेश रहेको उक्त कार्यक्रममा बाह्रौँ श्रेणीका निशल सुब्बाले धन्यवाद मन्तव्य गरेका थिए।

स्मरण रहोस्, गत १७ जूनको दिन यस विद्यालयले अन्तर आश्रम हाजिरी जवाब प्रतियोगिता यसै भवनमा आयोजना गरेको थियो ।जुन कार्यक्रममा स्थानीय शिक्षक तथा समाजसेवी बासिल लेप्चा ,बरबोट उमाविका भूतपूर्व शिक्षक प्रभारी भीमप्रसाद शर्मा र पूर्व कर्मचारी सत्यहाङ सुब्बा ,बरबोट प्राथमिक पाठशालाका प्रधान शिक्षक अर्जुन नेउपाने आदि अतिथिका रुपमा आमन्त्रित थिए ।

GTA प्रमु कार्यापाल अनित थापाले दिए राजीनामा..जिटिएको विकल्पमा पहाडले छिट्टै पाउने हो  त संवैधानिक व्यवस्था?
17/06/2026

GTA प्रमु कार्यापाल अनित थापाले दिए राजीनामा..

जिटिएको विकल्पमा पहाडले छिट्टै पाउने हो त संवैधानिक व्यवस्था?

17/06/2026

सञ्चबीर सुब्बाले दिए जि,टि,ए डेपुटी चिफ, सभासदबाट राजिनामा ।

**अखिल भारतीय विद्यार्थी परिषद (ABVP)** कालेबुङ जिल्ला नेतृत्वले कालेबुङ महाविद्यालयका प्राचार्य सँग सौहार्दपूर्ण भेटघाट...
11/06/2026

**अखिल भारतीय विद्यार्थी परिषद (ABVP)**
कालेबुङ जिल्ला नेतृत्वले कालेबुङ महाविद्यालयका प्राचार्य सँग सौहार्दपूर्ण भेटघाट गरेको छ। उक्त भेटघाटको मुख्य उद्देश्य कलेजको शैक्षिक वातावरण, विद्यार्थीहरूका समस्या र कलेजको समग्र विकासका विषयमा छलफल भयो। महाविद्यालयका प्राचार्यले विद्यार्थी संगठनको कुरालाई गम्भीरतापूर्वक सुन्दै कलेज प्रशासनको तर्फबाट समस्या समाधानका लागि उचित कदम चाल्ने र शैक्षिक स्तर सुधार्न सधैं तत्पर रहने आश्वासन दिए।
एबीभीपी कालेबुङ जिल्ला समितिले यस भेटघाटलाई फलदायी बताउँदै आगामी दिनहरूमा पनि विद्यार्थीहरूको हक-हित र कलेजको उन्नतिका लागि प्रशासनसँग निरन्तर संवादमा रहने उल्लेख गरेको छ। उक्त टोलिमा ABVP कालेबुङ जिल्ला प्रमुख बिजय चन्द्र शर्मा , जिल्ला संयोजक विशाल छेत्री , साथै पुर्व राज्य समिती उपाध्यक्ष सन्तोष दाहालको बिशेष उपस्थिती रहेको थियो ।

वर्षौंदेखिको बेवास्तापछि पाइला लाइन–छेत्रीझोडा सडकको तत्काल मर्मत माग​निम्बोङ, जुन २०२६:निम्बोङ ग्राम पञ्चायत अन्तर्गत प...
11/06/2026

वर्षौंदेखिको बेवास्तापछि पाइला लाइन–छेत्रीझोडा सडकको तत्काल मर्मत माग
​निम्बोङ, जुन २०२६:
निम्बोङ ग्राम पञ्चायत अन्तर्गत पर्ने पाइला लाइन र छेत्रीझोरा क्षेत्रका बासिन्दाले गाउँ जोड्ने सडकको दयनीय अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। हालैको अविरल वर्षाका कारण सडकका विभिन्न खण्डमा ठूलो क्षति पुगेको छ। यसले गर्दा आवतजावत अत्यन्तै कठिन हुनुका साथै सार्वजनिक सुरक्षा र आकस्मिक सेवाको पहुँचसमेत प्रभावित भएको छ।
​स्थानीय बासिन्दाका अनुसार करिब ११ वर्षअघि उक्त सडक कच्ची मार्गका रूपमा निर्माण गरिएको थियो। तर, एक दशकभन्दा बढी समय बितिसक्दा पनि यसलाई कालोपत्रे (पक्की) गर्ने कार्य हुन सकेको छैन। विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सम्बन्धित निकायले यस महत्वपूर्ण सडकको स्तरोन्नतिमा पर्याप्त चासो नदेखाएको गुनासो ग्रामीण जनताको छ।
​चालु मनसुनी वर्षाले सडकको अवस्था झनै बिगारेको छ। सडकमा ठूला-ठूला खाल्डाखुल्डी पर्नुका साथै कटान र हिलोका कारण धेरै स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध जस्तै बनेको छ। मोटरसाइकल, कार तथा अन्य सवारी साधन सञ्चालन गर्न निकै कठिन भएको छ भने पैदल यात्रीहरूलाई दैनिक रूपमा विद्यालय, कार्यथलो तथा बजार आवतजावत गर्न सास्ती भइरहेको छ।
​सरकारी स्तरबाट आवश्यक पहल नभएपछि स्थानीय बासिन्दा आफैं एकजुट भएर सडकको अस्थायी मर्मतमा जुटेका छन्। उनीहरूले आफ्नै श्रम र स्रोत साधन प्रयोग गरी खाल्डाखुल्डी पुर्ने, नाला सफा गर्ने तथा क्षतिग्रस्त भागहरू सुधार्ने प्रयास गरिरहेका छन्। तर, यो प्रयास केवल अस्थायी समाधान मात्र भएको र दीर्घकालीन रूपमा सडकको उचित पुनर्निर्माण तथा पिच गरिनुपर्ने उनीहरूको भनाइ छ।
​विशेष गरी आकस्मिक अवस्थामा सडकको यो दुर्दशा झनै चिन्ताजनक बन्ने गरेको छ। बिरामी बोकेका एम्बुलेन्स तथा अन्य आपतकालीन सवारी साधनलाई सडक पार गर्न निकै सकस हुने गरेको छ, कतिपय अवस्थामा त गाडी चल्नै नसक्ने स्थिति सिर्जना हुन्छ। यसले गर्दा तत्काल स्वास्थ्य उपचार आवश्यक पर्ने बिरामी, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाको जीवन जोखिममा परेको छ।
​यस समस्याको स्थायी समाधानका लागि स्थानीय बासिन्दाहरू आन्दोलित र एकजुट भएका छन्। उनीहरूले सम्बन्धित प्रशासन, जनप्रतिनिधि तथा सरकारी निकायलाई सडकको तत्काल निरीक्षण गरी पुनर्निर्माण र स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन्। सडक कालोपत्रे भएमा यातायात सुविधा सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, बजार र अन्य आधारभूत सेवामा पहुँच पुगी समग्र क्षेत्रको विकास हुने विश्वास उनीहरूले लिएका छन्।
​स्थानीय अगुवाहरूका अनुसार यो सडक यस क्षेत्रका धेरै परिवारको 'जीवनरेखा' (Lifeline) हो। यस्ता आधारभूत पूर्वाधारप्रति निरन्तर बेवास्ता गरिनु ग्रामीण विकासका लागि बाधक बनेको र यसले स्थानीयको जीवनस्तरमा प्रत्यक्ष असर पारेको उनीहरूको ठहर छ।
​मनसुन अझै जारी रहेकाले आगामी दिनमा थप वर्षा भएमा सडक थप भत्किने र केही क्षेत्र गाउँबाट पूर्ण रूपमा विच्छेद हुन सक्ने त्रास स्थानीयमा छ। सामूहिक रूपमा उठाइएको यो आवाजले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र छिट्टै ठोस कदम चालिने आशा उनीहरूले व्यक्त गरेका छन्।
​हालसम्म पाइला लाइन र छेत्रीझोराका बासिन्दा आफ्नै बलबुतामा सडक सञ्चालनयोग्य बनाउने प्रयासमा छन्। ११ वर्षअघि ट्र्याक खोलिएको यस सडकले अब राज्यको उचित ध्यान, मर्मत र स्तरोन्नतिको पर्खाइ गरिरहेको छ।

लाभा पञ्चायत समिति सभापति साङ्गे छियोम भोटिया लगायत पञ्चायत समिति सदस्यहरू ,विभिन्न ग्राम पञ्चायतका प्रधान  र उप प्रधानह...
11/06/2026

लाभा पञ्चायत समिति सभापति साङ्गे छियोम भोटिया लगायत पञ्चायत समिति सदस्यहरू ,विभिन्न ग्राम पञ्चायतका प्रधान र उप प्रधानहरू अनि सदस्यहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट सामूहिक रूपमा राजिनामा दिएका छन्।

Address

Kalimpong
734314

Telephone

+17699625500

Website

Alerts

Be the first to know and let us send you an email when खबर Dot Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खबर Dot Com:

Shortcuts

Share