05/11/2025
बाग्राकोटका प्रधानाध्यापक सागर शर्मालाई ‘द्रोणाचार्य अवार्ड २०२५’
बाग्राकोट, कालेबुङ — ५ नोभेम्बर २०२५ |
बाग्राकोट उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर शर्मा लाई आज ‘द्रोणाचार्य अवार्ड २०२५’ द्वारा सम्मानित गरिएको छ।
उनीलाई यो सम्मान टेक्नो इन्डिया ग्रुप ले शिक्षाक्षेत्रमा उत्कृष्ट योगदान र प्रेरणादायी नेतृत्वको उच्च मूल्याङ्कन गर्दै प्रदान गरेको हो।
समारोह आज कोलकाताको साल्ट लेकस्थित टेक्नो इन्डिया विश्वविद्यालय सभागारमा सम्पन्न भएको थियो।
यस अवसरमा प्रमुख अतिथि रहेका पश्चिम बंगाल सरकारका विज्ञान तथा प्रविधि विभागका मन्त्री श्री उज्ज्वल विश्वास (Sri Ujjwal Biswas) ले शर्मा सरलाई पुरस्कार प्रदान गरेका थिए।
शिक्षा क्षेत्रमा सागर शर्मा सरको दूरदर्शी सोच, निष्ठा र समर्पणले बाग्राकोट उच्च माध्यमिक विद्यालयलाई नयाँ पहिचान दिलाएको बताइएको छ।
उहाँको नेतृत्वमा विद्यालयले शैक्षिक उत्कृष्टता, अनुशासन र सामुदायिक सहभागितामा उल्लेखनीय प्रगति हासिल गरेको छ।
स्थानीय बासिन्दा र विद्यार्थी अभिभावकहरूका अनुसार, शर्मा सरको यो उपलब्धिले सम्पूर्ण बाग्राकोट समुदायको गौरव थपिएको छ।
उनीलाई प्राप्त सम्मानले गाउँका युवाहरूमा पनि शिक्षा र नेतृत्वप्रतिको लगाव अझ बढाउने विश्वास व्यक्त गरिएको छ।
🎉 सागर शर्मा सरलाई हार्दिक बधाई!
उहाँको यो उपलब्धिले बाग्राकोटको नाम राज्य र राष्ट्रिय स्तरमा उज्यालो बनाएको छ।