Kalimpong Today - कालेम्पोङ्ग टुडे

Kalimpong Today - कालेम्पोङ्ग टुडे Social Media

17/09/2025

आज सागर क्लब नक्साधुरा द्वारा आयोजित पहिलो स्वर्गीय नेत्र गुरुङ स्मृति लाते भकुण्डो खेलाको फाइनल खेल सम्पन्न भएको छ। खेलको औपचारिक जानकारी संस्थाका मूल सचिव सन्देश शेर्पाले प्रदान गरेका छन्।

सागर क्लब नक्साधुरा द्वारा आयोजित पहिलो स्वर्गीय नेत्र गुरुङ स्मृति लाते भकुण्डो खेलाको फाइनल आज भव्य रूपमा सम्पन्न भयो।...
17/09/2025

सागर क्लब नक्साधुरा द्वारा आयोजित पहिलो स्वर्गीय नेत्र गुरुङ स्मृति लाते भकुण्डो खेलाको फाइनल आज भव्य रूपमा सम्पन्न भयो। ✨

फाइनल खेलमा सञ्जीवनी क्लब मंगरजुङ र के.एफ.सी. समरदुङ बीच रोमाञ्चक भिडन्त भएको थियो। उत्कृष्ट प्रदर्शन गर्दै सञ्जीवनी क्लबले विपक्षी विरुद्ध लगातार 3️⃣–1️⃣ को गोल अन्तरले विजय हासिल गर्दै प्रतियोगिताको विजेता बन्न सफल भएको छ।

यस शानदार जितका लागि सञ्जीवनी क्लब मंगरजुङका सम्पूर्ण खेलाडी 🏃‍♂️ प्रशिक्षक तथा समर्थकहरू लाई हार्दिक बधाई।
साथै उपविजेता बनेको के.एफ.सी. समरदुङलाई पनि उत्तम खेल प्रदर्शन गरेकोमा शुभकामना।

17/09/2025
17/09/2025

बन्द अवस्थामा रहेका र सरकारी सहुलियतबाट समेत वञ्चित चियाबारीहरूलाई यसपालिको दशैंमा हर्ष–खुसी सँगै केही राहत मिल्ने भएको छ।

जीटीए चिफ एक्जिक्युटिभ अनित थापाको पहलमा विशेष कोषमार्फत ती चियाबारीहरूलाई आर्थिक सहयोग प्रदान गरिने घोषणा गरिएको छ।

यसले कठिन परिस्थितिमा रहेका चिया श्रमिक परिवारहरूको चुल्होमा उज्यालो र मुहारमा मुस्कान ल्याउने आशा गरिएको छ।

11/09/2025

अन्ततः चालक र कन्ट्याक्टरले झुकाए टाउको

हिज बुधबार बिहान सन्त जर्ज उच्चतर माध्यमिक विद्यालयका १२ कक्षाका विद्यार्थीहरू अलगढा उच्चतर माध्यमिक विद्यालयमा परीक्षा दिन हिँडिरहेका बेला, सिद्धार्थ बसले तोपखान नजिकै झारिदिएपछि विद्यार्थीहरू परीक्षा सुरु भइसकेको समयमा बाटैमा अलपत्र परेका थिए।

घटनाले आक्रोश बढेपछि अभिभावक, सामाजिक संस्था र स्थानीय प्रशासन आज चालक र कन्ट्याक्टरलाई घेरेर सोधपुछमा उत्रिए। दबाबपछि उनीहरूले आफ्ना "गलत व्यवहार" स्वीकार्दै सार्वजनिक रूपमा सम्पुर्णमा माफी मागेका छन्।

चालकले पछिल्लो प्रतिबद्धता जनाउँदै भने, “अब यस्तो गल्ती दोहोरिने छैन।”

10/09/2025

🚨 विद्यार्थी सुरक्षामाथि ठुलो प्रश्नचिन्ह!

हाम्रो क्षेत्रमा हाल नानीहरू हराउने घटनाले अभिभावकको मुटु काँपिरहेको छ। त्यसमाथि आजको घटना अझै डरलाग्दो—एक सवारी बसले विद्यार्थीहरूलाई बीच बाटोमै गाडीबाट झारेर अलपत्र पारेको खबर बाहिर आएको छ।

सोच्नै पर्ने प्रश्न– यदि त्यही बेला कुनै अपहरण, दुर्व्यवहार वा अप्रिय घटना विद्यार्थीमाथि घट्यो भने त्यसको जिम्मेवारी कसले लिन्छ? के यसरी आफ्ना नाफा–नुक्सान मात्र हेरेर निर्दोष बालबालिकाको भविष्यसँग खेल्न पाइन्छ?
बालबालिकाको सुरक्षाभन्दा ठूलो कुरा केही छैन।

09/09/2025

युवाहरूले चाहे के नहुँदो रहेछ...
अन्तमा आएर नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। हिजोबाट चलेको Gen-Z प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले अन्तमा आएर आएर पद छाडेका हुन्।
#नेपाल

09/09/2025

Gen-Z पुस्ताका एक आन्दोलनकारीलाई छाती भरि प्रहरीको गोली लागे पश्चात पनि नडराई यसो भन्छन्।

09/09/2025

Breaking

काठमाडौंमा आज फेरि माहोल तातिएको छ।
Gen Z युवाहरूले प्रत्यक्ष रूपमा वित्तमन्त्रीलाई लसार्दै सडकमा विरोध प्रदर्शन गरेका छन्।

Address

Kalimpong
734301

Telephone

+916296143008

Website

Alerts

Be the first to know and let us send you an email when Kalimpong Today - कालेम्पोङ्ग टुडे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share