Kalimpong Press Club

Kalimpong Press Club Kalimpong Press Club is an association of journalists of Kalimpong.

पत्रकार राजेश शर्माको निधन ; कालेबुङ प्रेस क्लबद्वारा शोक प्रकट कालेबुङ, २२ फेब्रुअरी २०२६कालेबुङ प्रेस क्लबका सक्रिय सद...
22/02/2026

पत्रकार राजेश शर्माको निधन ; कालेबुङ प्रेस क्लबद्वारा शोक प्रकट

कालेबुङ, २२ फेब्रुअरी २०२६

कालेबुङ प्रेस क्लबका सक्रिय सदस्य तथा ‘हाम्रो प्रजाशक्ति’ का वरिष्ठ पत्रकार राजेश शर्मा अब हामीमाझ रहेनन्। केही समयदेखि अस्वस्थ रहँदै आएका शर्मा दिल्लीमा उपचाररत थिए। स्वास्थ्यमा सुधार नआएपछि घर फर्काइएपछि उहाँलाई सिकिस्त अवस्थामा निवेदिता नर्सिङ होममा भर्ना गरिएको थियो। उपचारकै क्रममा आज बिहान २२ फेब्रुअरी २०२६ मा उहाँको निधन भएको हो।

स्व. प्रेमलाल शर्मा र माता दुर्गा शर्माका सुपुत्र राजेश शर्माको जन्म ४ मार्च १९७८ मा भएको थियो। खर्साङमा जन्मिए पनि उहाँले जयगाउँलाई आफ्नो कर्मथलो बनाउँदै पत्रकारितामा सक्रिय भूमिका निर्वाह गरेका थिए। अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान बनाउन सफल शर्मा विभिन्न पत्रकारिता पुरस्कारबाट सम्मानित समेत। बनेका थिए।

शर्माको असामयिक निधनले पत्रकारिता क्षेत्रलाई ठूलो क्षति पुगेको छ। उहाँले आफ्नो पछाडि पत्नी, एक छोरा तथा आफन्तजनलाई शोकमा डुबाएर गएका छन्।

कालेबुङ प्रेस क्लबले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

सुचना अनि संस्कृति विभाग गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनले घोषणा गरे अनुसार यस वर्ष निम्न पुरस्कारको घोषणा गरेको छ |  गि...
20/12/2025

सुचना अनि संस्कृति विभाग गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनले घोषणा गरे अनुसार यस वर्ष निम्न पुरस्कारको घोषणा गरेको छ |
गिरी स्मृति पुरस्कार २०२५ साहित्यमा राजु प्रधान (खर्सांग), संगीतमा सुरेश कुमारलाई |
शिव कुमार राई स्मृति पुरस्कार कालेबुंगका साहित्यिक लेखक शमसेर अलीलाई|
हायमानदास राई पुरस्कार समिर राई (गोरुबथान) लाई |
मास्टर मित्रसेन पुरस्कार गायक इन्द्रजीत मिजार (डुवर्स)लाई |

२७ दिसम्बर २०२५ को दिन लुइस जुबिली परिसरमा गिरी जयन्ती पालन गर्नेछ |
२९ दिसम्बर २०२५ को दिन मास्टर मित्रसेन पुरस्कार गायक इन्द्रजीत मिजारलाई एक कार्यक्रमबीच प्रदान गरिनेछ|
११ जनवरी २०२६ सिमलबारी सार्वजनिक भवनमा भव्य कार्यक्रममा निम्न पुरस्कार वितरण गर्ने भएको छ|
अगमसिंह गिरी पुरस्कार २०२५ साहित्यमा राजु प्रधान र संगीतमा सुरेश कुमारलाई,
शिव कुमार राई स्मृति पुरस्कार – लेखक साहित्यिक शमसेर अली (कालेबुंग)लाई,
हायमानदास राई पुरस्कार लेखक समिर राई (गोरुबथान) लाई,
नेपाली संगीतको क्षेत्रमा विश्वमा नै परिचय गराउने ख्याती प्राप्त गरेका मन्त्र ब्याण्डलाई पनि यसै दिन संवर्द्धना गर्ने भएको छ|
लेखक शमसेर अलीले शिव कुमार राई स्मृति पुरस्कार प्राप्त गर्ने समाचार सुनेर कालेबुंग प्रेस क्लब पनिअली दाज्युलाई हार्दिक वधाई टक्राउदछ| हाम्रो शुभकामना, प्रार्थनासाथ यहाँलाई पुन: वधाई |

The Triennial General Meeting of the Kalimpong Press Club was held on October 11, 2025, at the Office of the Kalimpong P...
13/10/2025

The Triennial General Meeting of the Kalimpong Press Club was held on October 11, 2025, at the Office of the Kalimpong Press Club. During the meeting, the Executive Committee of the club was reconstituted, and the office-bearers for the term 2025–2028 were unanimously elected.
Newly Elected Executive Committee (2025–2028)
President: Mr. Arun Kumar Rasaily
Vice President: Mr. Rudra Chhetri
Secretary: Mr. Arun Kumar Rai
Assistant Secretary: Mr. Umesh Tamang
Treasurer: Mr. Solomon Samten Kabo
Assistant Treasurer: Mr. Anuraj Pradhan
Executive Members:
Mr. Rajesh Sharma
Mr. Mani Lama
Mr. Prajwal Chhetri
Mr. Manoj Rai
Mr. Dhan Kumar Tamang
Mr. Mukesh Sharma
Mr. Sylvester Lepcha
Mr. Vikky Thapa
Ms. Nisha Chhetri Sharma

बधाईकालेबुङका वरिष्ठ पत्रकार अरुण कुमार रसाइलीलाई आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता सम्मान 2025 प्...
26/06/2025

बधाई
कालेबुङका वरिष्ठ पत्रकार अरुण कुमार रसाइलीलाई आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता सम्मान 2025 प्रदान गरिने भएको छ। यही 4 जुलाई 2025-को दिन उनलाई पाद्री गङ्गाप्रसाद स्मृति प्रतिष्ठान सिक्किमद्वारा उक्त पुरस्कारले गान्तोकमा सम्मानित गरिने भएकोछ।
सिनियर पत्रकार दाज्यु अरुण कुमार रसाइलीलाई सम्पूर्ण कालेबुग प्रेस क्लब र इष्टर्न हिमालयन जर्नलिस्ट युनियनको पक्षबाट हार्दिक बधाई। पत्रकारितामा जीवन नै बिताएका, हिमालचुली देखि सुनचरी हुदै हाम्रो प्रजाशक्ति सम्म पत्रकारिताको अविरल यात्रा अविराम गतिमा चलाउदै अघि बडीरहेका हुन रसाइलीले। दुवै क्लब र युनियनमा सक्रिय पदाधिकारी रहिसक्नुभएका रसाइली अन्य साहित्यिक र सामाजिक सङठनहरुमा पनि उतीनै क्रियाशील छ्न। उनको उत्तरोत्तर विकाश र वृद्धि सङै सुस्वास्थ्यको शुभकामना ।

देवर्षि नारद पत्रकार सम्मान 2025 ले सम्मानित कालेबुङ प्रेस क्लबका भूतपूर्व अध्यक्ष (वर्तमान- प्रमुख सल्लाहकार) तथा वरिष्...
30/05/2025

देवर्षि नारद पत्रकार सम्मान 2025 ले सम्मानित कालेबुङ प्रेस क्लबका भूतपूर्व अध्यक्ष (वर्तमान- प्रमुख सल्लाहकार) तथा वरिष्ठ पत्रकारअरुण कुमार रसाइलीलाई कालेबुङ प्रेस क्लब अनि ईष्टर्न हिमालयन जर्नलिस्ट युनियन हार्दिक वधाई टक्राउद्छ। कार्यक्रम आयोजक: विश्व संवाद केन्द्र कालेबुङ

22/02/2025

सिक्किमका पत्रकार निर्मल मंगरमाथी केही कुतत्वहरुले तथानाम भन्दै अपमान गरेको साथै ट्रोल गरेकोमा कालेबुङ प्रेस क्लब र इस्टर्न हिमालयन जर्नलिस्ट युनियनले विरोध जनाएको छ। सिक्किम क्रोनिकलका पत्रकार मंगरले आफ्नो उत्तरदायित्व निर्वाह गरेर समाचार सङ्ग्रह गर्दा लगाइएको आरोप र अपमानजनक टिप्पणी अति निन्दनिय रहेको भन्दै दुवै प्रेस संस्थाले यसको विरोध जनाएको छ। पत्रकारले आफ्नो धर्म निर्वाह गर्दा यस प्रकारको अपमानजनक टिप्पणी गरिनु अनुचित रहेको अनि कसैबाट पनि यस्तो अपेक्षा नरहने बताउँदै मंगरप्रति गरिएको यस व्यवहारको संस्थाद्वयले प्रतिवाद जनाएको छ। यस्ता तत्वहरु विरुद्ध प्रसाशनले कार्यवाही गर्ने माग पत्रकार सङठनहरुले गरेको छ।

WhatsApp of Arun Kumar Rasaily (Chief Advisor of Kalimpong Press Club) is hacked, so please do not respond to this numbe...
09/01/2025

WhatsApp of Arun Kumar Rasaily (Chief Advisor of Kalimpong Press Club) is hacked, so please do not respond to this number (9434234185) and do not open any apk file posted or sent by this number.

National Press Day and 26th Foundation Day of the Kalimpong Press Club was celebrated today in its office with K.P.Gauta...
16/11/2024

National Press Day and 26th Foundation Day of the Kalimpong Press Club was celebrated today in its office with K.P.Gautam, founding Secretary and former Reporter of Himalchuli, AIR Kurseong and many more.

कालेबुङ प्रेस क्लबको मल्ली रोड स्थित भवनको भुई तलाको मरम्मती साथ प्रथम तलाको निर्माण पूर्ण भएर 25 अक्टोबर 2024 को दिन का...
26/10/2024

कालेबुङ प्रेस क्लबको मल्ली रोड स्थित भवनको भुई तलाको मरम्मती साथ प्रथम तलाको निर्माण पूर्ण भएर 25 अक्टोबर 2024 को दिन कालेबुङका विधायक रुदेन सादा लेप्चाको बाहुलीबाट उद्घाटन भयो। जीटीएको आर्थिक अनुमोदन र केइडी को देखरेखमा निर्मित भवनको अनावरणमा स्थानिय 34 न समष्टिका सभासद विकाश राई लगायत विभागिय कार्यकारीअभियन्ता योगेश प्रधान, सह अभियन्ता, प्रतिज्ञा मंग्राति, राजेन शर्मा आदिको उपस्थितिमा विभागीय हस्तान्तरणको कार्यको थालनी पनि भयो। क्लबका सदस्यहरु र शुभचिन्तकहरुको सामुहिक प्रयासमा दुईजना पूर्व सांसद जसवन्त सिंह र समन पाठकको सांसद कोषबाट तल्लो तलाको निर्माण गर्न सकेको थियो भने जीटीए प्रमुख कार्यकारी अनित थापाको अनुमोदनमा र विधायक रुदेन सादाकै विशेष प्रयासमा भवनको निर्माण हुन सम्भव भयो । विधायक सादाले व्यक्तिगत तौरमा पनि आर्थिक सहयोग दिएको कारण थप काम सम्भव भयो जसको निम्ति हार्दिक धन्यवाद। भवन निर्माण र क्लबकै नाउँमा बत्ती, पानी, जमिन उपलब्ध गराउनमा सहयोगी सबै प्रति धन्यवाद ज्ञापन गर्छौ। अझै थप कार्य बाकी नै छ, क्लबको आफ्नो सम्पत्तिको रुपमा रहेको कुरोहरुमा अझै जोड्दै जानुपर्ने कुरोहरु छ।
The ground floor of the Kalimpong Press Club building, located on Malli Road, was renovated, and the first floor completed, culminating in an inauguration on October 25, 2024, led by Kalimpong MLA Ruden Sada Lepcha. Constructed with financial grant sanctioned by the GTA and under the KED’s supervision, the building was inaugurated in the presence of Sabhasad of 34 no. Constituency GTA, Bikash Rai, departmental executive engineer Yogesh Pradhan, and assistant engineers Pratigya Mangrati, Rajen Sharma, and others. The formal departmental handover was also initiated.

Thanks to the collaborative efforts of the club members and well wishers and supporters, the ground floor was completed with MPLADS funds from former MPs Jaswant Singh and Saman Pathak. Additional construction was made possible with approval from GTA Chief Executive Anit Thapa and the special efforts of MLA Ruden Sada. We extend our gratitude to all contributors including Ruden Sada MLA who contributed personally for additional expenditures, for their support in construction, as well as for the provisions of lighting, water, and land in the club’s name. Further work remains, with ongoing efforts required to enhance the club’s assets and property.

23/09/2024
कालेबुङ प्रेस क्लबका सचिव प्रज्जवल छेत्रीको अति प्रिय आमाको असामायिक मृत्युमा सबै सदस्यवर्ग अत्यन्तै मर्माहत छौँ । आमाला...
23/09/2024

कालेबुङ प्रेस क्लबका सचिव प्रज्जवल छेत्रीको अति प्रिय आमाको असामायिक मृत्युमा सबै सदस्यवर्ग अत्यन्तै मर्माहत छौँ । आमालाई हार्दिक श्रद्धाञ्जली अनि प्रज्जवल भाइ र शोक सन्तप्त परिवारमा हाम्रो हार्दिक समवेदना । ईश्वरले यो दु:खद घडीमा परिवारलाई सहन गर्न सक्ने क्षमता प्रदान गरून्।

22/12/2022

कालेबुङ प्रेस क्लब भवनको शिलान्यास

कालेबुङ प्रेस कलब भवनको आज शिलान्याश गरिएको छ। जीटीएको ३४ नम्बर होम्स भालुखोप समष्टिका सभासद विकास राईको बाहुलीबाट उक्त भवनको शिलान्याश गरिएको हो। कालेबुङका पत्रकारहरूले भवनको अभावमा वर्षौँदेखि समस्या भोग्दै आएका थिए। फलस्वरूप यूसीएनई अनि सीएनआई चर्चले यहाँको मल्ली रोडमा जमीन उपलब्ध गराएपछि तत्कालीन सांसद जसवन्त सिंह अनि समन पाठकको सांसद कोशद्वारा एकतले भवन निर्माण भएको थियो। तर कतिपय असुविधाले गर्दा कार्यालय सुचारू रूपमा सञ्चालन हुन सकेको थिएन। यसैले कालेबुङ प्रेस क्लबको निवेदनलाई स्वीकार गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन(जीटीए) ले भवनको माथिल्लो तला निर्माणको लागि २२ लाख २८ हजार ६ सय ३३ रुपियाँ अनुमोदन गरिदिएको छ।
आज खिष्ट्रिय परम्परा अनुसार युसीेेेएनई चर्चका पास्टर अनि हिन्दु परम्परा अनुसार पण्डितद्वारा प्रार्थना एवं पूजा गरेपछि सभासद विकास राईको बाहुलीबाट भवनको शिलान्याश गरिएको थियो। उक्त भवनको निर्माण बिपिन प्रधान एजेन्सीेले गर्ने भएको छ। शिलान्यास अवधि कालेबङ प्रेस क्लबका अध्यक्ष अरूण कुमार राई, सचिव प्रज्ज्वल छेत्री, उपाध्यक्ष रूद्र कार्की, प्रमुख सल्लाहकार अरूण कुमार रसाईली आदिको विशेष उपस्थिति थियो।
सभासद राईले यसबारे जानकारी गराउँदै प्रेस क्लब भवन सबैको साझा सम्पत्ति रहेकोले यसको काम गुणस्तरीय रूपमा हुने बताएका छन्।
अर्कोतिर कालेबुङ प्रेस क्लबका सचिव प्रज्ज्वल छेत्री उक्त भवन निर्माणले पत्रकारहरूले भोग्दै आएको कार्यालयको अभावको आवश्यकता धेरै हदसम्म पूरा हुने बतउँदै यसका निम्ति जीटीए प्रमुख कार्यपाल अनित थापा, विधायक रुदेन लेप्चा , सभासद विकास राई अनि कालेबुङ इन्जिनियरिङ विभागप्रति आभार प्रकट गरेका छन्।

Address

Malli Road
Kalimpong

Alerts

Be the first to know and let us send you an email when Kalimpong Press Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalimpong Press Club:

Share