Gorubathan Web

Gorubathan Web Media House

जनर्लिस्ट युनियन अफ सिक्किमको निर्वाचन सम्पन्न, प्रवीण  राई खालिङ निर्विरोध अध्यक्ष निर्वाचितजनर्लिस्ट युनियन अफ सिक्किम...
04/08/2026

जनर्लिस्ट युनियन अफ सिक्किमको निर्वाचन सम्पन्न, प्रवीण राई खालिङ निर्विरोध अध्यक्ष निर्वाचित

जनर्लिस्ट युनियन अफ सिक्किम(जेयूएस) को सन् २०२६ को निर्वाचन प्रक्रिया मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचनमा कार्यसमितिका सातै पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार निर्वाचन प्रक्रिया जुलाई ३१ देखि शुरु भएको थियो। उम्मेदवारी दर्ताको अन्तिम दिन अगस्त ३ मा कार्यसमितिका सात पदका लागि कुल आठवटा उम्मेदवारी दर्ता भएका थिए। अगस्त ४ मा उम्मेदवारीको जाँच तथा उम्मेदवारी फिर्ताको प्रक्रिया सम्पन्न गरिएको थियो।

उम्मेदवारी जाँच तथा फिर्तापछि सात पदका लागि सातवटा मात्रै वैध उम्मेदवारी कायम रहेपछि निर्वाचन समितिले सबै उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष प्रवीण राई खालिङ , उपाध्यक्ष दिलीप कुमार कार्की, महासचिव सुरज लिम्बू, संयुक्त सचिव सन्दीप प्रसाद, कोषाध्यक्ष अम्बर गुरुङ, सह–कोषाध्यक्ष निमा ल्हामु तामाङ तथा प्रचार सचिव अनुशिला शर्मा रहेका छन्।

निर्वाचन समितिले जनर्लिस्ट युनियन अफ सिक्किमको सन् २०२६ को निर्वाचन प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको घोषणा गर्दै नवनिर्वाचित कार्यसमितिले निवर्तमान कार्यसमितिबाट औपचारिक रूपमा कार्यभार ग्रहण गरेपछि आफ्नो कार्यकाल सुरु गर्ने जनाएको छ।

निर्वाचन समितिले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सङ्घका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै, निर्वाचन प्रक्रियाका क्रममा अमूल्य सहयोग पुर्‍याएकी मनिता तामाङप्रति विशेष धन्यवाद ज्ञापन गर्दै आगामी जीवन तथा कार्ययात्राको सफलताको शुभकामना व्यक्त गरेको छ।


fans

04/08/2026

ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत गोरुबथानमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ....

Camera
MIngma Dukpa


fans

कुमानी युनाइटेड क्लबका नव नियुक्त पदाधिकारीहरू —अध्यक्ष दिपक गुरुङ, सचिव मन्दीप शर्मा र कोषाध्यक्ष साजन गुरुङ
04/08/2026

कुमानी युनाइटेड क्लबका नव नियुक्त पदाधिकारीहरू —अध्यक्ष दिपक गुरुङ, सचिव मन्दीप शर्मा र कोषाध्यक्ष साजन गुरुङ

04/08/2026

मैले जीटीएको चौकीको लागि होईन, तर पञ्चायत अनि सिन्कोनाको‌ लागि मुख्यमन्त्रीसँग भेट गरेका हुँ : विमल गुरूङ

Bimal Gurung Official Gorkha Janmukti Morcha

Following

04/08/2026

मङपूको रेसेप भानुटोलस्थित दीपेन भुजेलको बारीमा रहेको इस्कुसको झ्याङबाट करिब 22 किलो 430 ग्राम तौलको अजिङ्गर (Indian Rock Python) लाई सिन्चेल वाइल्डलाइफ ईस्टका वनकर्मीहरूले उद्धार गरेका छन्।


Following

04/08/2026

मङपू सर्कल अन्तर्गत पर्ने लाब्दा निम्न उच्च विद्यालयमा बर्खायाममा कक्षा कोठाभित्र पानी पस्ने समस्याले पठनपाठन प्रभावित भएको छ। लगातार पानी पस्ने समस्याका कारण विद्यार्थीहरूलाई अध्ययन गर्न निकै कठिनाइ भइरहेको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका शिक्षक प्रभारी विवेक छेत्रीका अनुसार विद्यालयको तल्लो तला खेल मैदानभन्दा होचो स्थानमा रहेकाले प्रत्येक वर्ष वर्षायाममा कक्षा कोठामा पानी पस्ने समस्या दोहोरिने गरेको छ। यसका कारण विद्यार्थीहरूको नियमित पठनपाठनमा अवरोध सिर्जना भइरहेको उनले बताए।

Following Raju Bista

04/08/2026

लगातार परेको मुसलधारे वर्षाका कारण दार्जिलिङको सुदुरवर्ती रिम्बिक–लोधोमा क्षेत्र अन्तर्गत फेन्चेटार जाने मुख्य सडकमा ठूलो क्षति पुगेको छ। खोलामा आएको बाढी र तीव्र बहावले सडकका विभिन्न भाग बगाएर तहसनहस बनाएको स्थानीयवासीहरूले बताएका छन्।

Following

टिस्टा नदीमा १०० फिट तल खसेका स्थानीयको उद्धार, बीआरओ टोलीद्वारा जीवन रक्षाउत्तर सिक्किमको गान्तोक–चुङथाङ सडकखण्ड अन्तर्...
04/08/2026

टिस्टा नदीमा १०० फिट तल खसेका स्थानीयको उद्धार, बीआरओ टोलीद्वारा जीवन रक्षा

उत्तर सिक्किमको गान्तोक–चुङथाङ सडकखण्ड अन्तर्गत टिस्टा नदीतर्फको भीरबाट करिब १०० फिट तल खसेका एक स्थानीय बासिन्दाको सीमा सडक संगठन (बीआरओ) ले साहसिक उद्धार गरेको छ। उक्त घटना अगस्त ३ मा भएको थियो।

उद्धार कार्य प्रोजेक्ट स्वस्तिक अन्तर्गत १०७ रोड कन्स्ट्रक्सन कम्पनी (आरसीसी) को टोलीले सम्पन्न गरेको हो। जुनियर इन्जिनियर बद्रीनाथ बाल तथा हवल्दार नर्सिङ सहायक शहा नजिर मैदुशाहाको नेतृत्वमा रहेको टोलीले कठिन भू–भाग पार गर्दै घाइतेसम्म पुग्न सफल भएको थियो।

विषम परिस्थितिका बीच बीआरओका कर्मचारीहरूले घटनास्थलमै प्राथमिक उपचार उपलब्ध गराई अचेत अवस्थाका घाइतेलाई सुरक्षित रूपमा उद्धार गरी थप उपचारका लागि जिल्ला अस्पताल, मगन पुर्‍याएका थिए।

बीआरओ टोलीको समयमै गरिएको उद्धार तथा समर्पित प्रयासले घाइतेको जीवन बचाउन महत्वपूर्ण भूमिका खेलेको छ। उनीहरूको साहस, व्यावसायिक दक्षता र मानवीय सेवाप्रतिको अटल प्रतिबद्धताको व्यापक प्रशंसा भइरहेको छ। यो उद्धार कार्यले फेरि एकपटक बीआरओका कर्मयोगीहरूको मानव सेवाप्रतिको समर्पणलाई उजागर गरेको छ।


Following Gorubathan Web

भाषा मान्यता दिवसको अवसरमा वर्षेनी साझा साहित्य संरक्षण संस्था गोरुबथानले क्षेत्रका व्यक्ति विशेषलाई नागरिक सम्मान गर्दै...
04/08/2026

भाषा मान्यता दिवसको अवसरमा वर्षेनी साझा साहित्य संरक्षण संस्था गोरुबथानले क्षेत्रका व्यक्ति विशेषलाई नागरिक सम्मान गर्दै आइरहेको छ भने यस वर्ष पूर्व खेलाडी, रेफ्री तथा पूर्व पंचायत कर्मचारी कमल राणालाई नागरिक सम्मान गरिने भएको छ।


fans
Following
Gorubathan Web

गोरुबथानको संस्था साझा साहित्य संरक्षण संस्थाको आयोजनामा अनि युद्धवीर उच्चतर माध्यमिक विद्यालयका पूर्व प्रधान अध्यापक  स...
04/08/2026

गोरुबथानको संस्था साझा साहित्य संरक्षण संस्थाको आयोजनामा अनि युद्धवीर उच्चतर माध्यमिक विद्यालयका पूर्व प्रधान अध्यापक स्व. आरबी राईको स्मृतिमा उनका परिवारबाट वर्षेनी प्रदान गरिने "आरबी राई पुरस्कार" यस वर्ष साहित्यकार अर्जुन शर्मा निरौलालाई प्रदान गरिने भएको छ। उक्त पुरस्कार आगामी २१ अगस्तको दिन अम्बियोकमा पालन गरिने ३५ औं भाषा मान्यता दिवसको अवसरमा प्रदान गरिने भएको छ।


fans
Following
Gorubathan Web

Address

Gorubathan, P. O./Fagu, Dist./Kalimpong
Kalimpong
735231

Telephone

+918637816394

Website

Alerts

Be the first to know and let us send you an email when Gorubathan Web posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gorubathan Web:

Shortcuts

Share