Kalimpong News Express

Kalimpong News Express news about Kalimpong and other area

25/08/2025
स्वस्तिक रिजाललाई हेमलाल खनाल विशिष्ट शिक्षा पुरस्कार कालेबुङ:  कालेबुङ बोङ बस्ती निवासी स्वस्तिक रिजाललाई आज एक विशेष स...
15/06/2025

स्वस्तिक रिजाललाई हेमलाल खनाल विशिष्ट शिक्षा पुरस्कार

कालेबुङ: कालेबुङ बोङ बस्ती निवासी स्वस्तिक रिजाललाई आज एक विशेष समारोहबीच हेमलाल खनाल विशिष्ट शिक्षा पुरस्कार २०२५ प्रदान गरियो। आर्मी पब्लिक स्कुलबाट सीबीएसई दशौॅ श्रेणीको परीक्षामा ९६.४ प्रतिशत अङ्क हासिल गरेका स्वस्तिक रिजाललाई पुरस्कारमा सम्मान पत्र एवं नगद राशि प्रदान गरियो। पर्यावरण चेतना-का सम्पादक तथा शिक्षक डा. भुवन पी.खनालले विगत १५ वर्षदेखि निरन्तर यो पुरस्कार आफ्ना बाबाको नाममा प्रदान गर्दै आइरहेका छन्। डा. खनालका पिता हेमलाल खनाल एक चर्चित ज्योतिषविद् एवं आदर्श र कर्तव्यपरायण व्यक्तित्व थिए। डा. भुवन पी.खनाल अहिले कालेबुङ बाहिर रहेकाले उक्त विशिष्ट शिक्षा पुरस्कार परिवारको तर्फबाट सुभद्रा खनालले प्रदान गरिन्।

01/05/2025

भानुखोप सुधार समितिको आयोजनामा भालुखोप क्षेत्रमा सरसफाई अभियान सम्पन्न गरिएको छ। विशेष गरेर भालुखोप क्षेत्रमा रहेको १२ वटा संघ संस्था को छाता संगठनको रूपमा रहेको सुधार समितिले भालुखोप क्षेत्रमा सरसफाई शैक्षिक कार्यक्रम लगायत क्षेत्रमा बाहिरबाट आएर किराइमा बसिरहेका मानिसहरुलाई निर्दिष्ट प्रमाणपत्रको आधारमा वार्षिक रुपमा रेजिस्ट्रेसन गराउने महत्वपूर्ण कार्यहरु गर्दै आइरहेको छ। यसै क्रममा भालुखोप सुधार समितिको वार्षिक कार्यक्रम अन्तर्गत वर्षमा दुईपल्ट सफाई अभियान सञ्चालन गर्ने गरेको छ। यसै क्रममा बैतर्नी क्षेत्रदेखि डल्मानगाउँ लगायतका विभिन्न क्षेत्रमा रहेको सडक अनि फुटपाथ आदिको सरसफाई गरिएको छ। उक्त अवसरमा विभिन्न संघसंस्थाका सदस्यहरु को बाक्लो उपस्थिति रहेको थियो।सफाई अभियानमा विशेष गरेर सभासद विकास राई लगायत सुधारसमितिका सभापति किरण गुरुङ उपसभापति देउकुमार छेत्री लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सुधार समितिले क्षेत्रको बाटोघाटो मा रहेको महिला आदिले बर्खा याममा पहिरो आदिको दुर्घटनाबाट जोगाउन साथै क्षेत्रलाई सुन्दरीकरण गर्न मुख्य लक्ष्य लिएर यो कार्यक्रम सञ्चालन गर्दै आइरहेको सभापति किरण गुरुङ ले बताएका छन्।

नालीमा प्लास्टिक , पानी अथवा कोक आदि बोत्तल , चिप्स को पैकेट फ्याक्ने  मानसिकताले सहरको नाला जम भएर एक छिनको पानीले सडकम...
15/04/2025

नालीमा प्लास्टिक , पानी अथवा कोक आदि बोत्तल , चिप्स को पैकेट फ्याक्ने मानसिकताले सहरको नाला जम भएर एक छिनको पानीले सडकमा खोला बगेको छ। आफै मनमा हात राखी विचार गर्नु , सभ्य समाज निर्माण आफै गर्नु पर्छ । पानी पर्यो कि घर को मैला नालीमा हाल्नु प्रथा बन्द गर्नु पर्छ। आफ्नो गाउँ मात्र होइन , त्यो गाउँलाई जोड्ने शहर मैला देख्दा कसको बदनामी हुन्छ सोच्नु होला। कालेबुङलाई राम्रो कालेबुङ बनाउनु हो भने यस्तो घटिया प्रवृत्ति बन्द गर्नु आवस्वक हुन्छ।

10/04/2025

#सार्वजानिक_सुचना
आज महावीर जयन्ती हो, सबै सरकारी कार्यालयहरू, पोस्ट अफिस, बैंकहरू, सार्वजनिक संस्थानहरू आदि कार्यलयहरू बन्द रहनेछन्। आज बैंक र पोस्ट ऑफिसको काम लिएर बजार न आउनु होला।

06/12/2024

Good morning Kalimpong

05/12/2024

Coming to Siliguri this winter break? ❄

Give your child the gift of learning and productivity! 🚀

Whizen Academy, Siliguri’s 1st tech academy, offers a 45-day winter crash course especially for the students from the hills, in web development—perfect for young minds. 💻

📅16th Dec to 31st Jan
✅Grade - 5 to 12
✅Batches- Both Offline and Online options
✅Certificate of Completion

Book a free demo today and see the difference! 🤩

LIMITED SEATS AVAILABLE!
Sign up: https://whizen.in/crash-course/

Want to know more?
📞 +91-8296860260
🌐 www.whizen.in
Address: Elite plaza, 2nd floor, Sevoke Road, Opposite Vishal Cinema Hall, Siliguri, 734001

05/12/2024

कालेबुङ वार्ड नम्बर 23 अन्तर्गत चन्द्रलोक निवासी हिल टिएमसी कालेबुङ जिल्ला युवा संगठानिक सचिव एवं टिएमसी सोसिल मिडिया (दार्जीलिङ एवं कालेबुङ जिल्ला) उपाध्यक्ष सागर छेत्री ले दिए आफ्नु पद बाट राजीनामा। ब्यक्तिगत कारणहरु साथै परिवारलाई समय दिनुपर्ने अवस्थामा आफ्नुले संगठनमा समय दिनु नसकिरहेको कारण पार्टीको साधारण सदस्यता बाट पनि राजीनामा दिएको कुरा वहाँले प्रेस भेला गरेर आफ्नु कुरा स्पष्ट राख्नु भएको छ।

Address

Kalimpong
Kalimpong
734301

Website

Alerts

Be the first to know and let us send you an email when Kalimpong News Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share