GJMM 42 No Samasty

GJMM 42 No Samasty Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GJMM 42 No Samasty, Media/News Company, Kalimpong.

08/10/2025

Shout out to my newest followers! Excited to have you onboard! Darjeeling Donits Vlogs, Krishna Krishna

14/10/2022
मणिपूरको टुपुल रेलवे स्टेशन नजीक नोनी जिल्लामा गत् ३० जून बिहान खस्न अघि गएको भयानक पहिरोको चपेटमा परेर शहीद बनेका बीर ज...
02/07/2022

मणिपूरको टुपुल रेलवे स्टेशन नजीक नोनी जिल्लामा गत् ३० जून बिहान खस्न अघि गएको भयानक पहिरोको चपेटमा परेर शहीद बनेका बीर जवानहरु मध्ये एक जवान दार्जीलिङ सिंहमारी, नविन ग्रामको मार्कस गुरुङ पनि एक हुन्। दार्जीलिङ, डुवर्स अनि सिक्किमको ती बीर शहीदहरुको पार्थिव शरीर बागडोगरा हवाई अड्डा भएर सैनिक सम्मान सहित आज उनीहरुको आ-आफ्नो घर पुऱ्याईने भएको छ भने शहीद मार्कस गुरुङको पार्थिव शरीर पनि आज बेलुकी सम्ममा सिंहमारी, नविन ग्राम स्थित उनको घर ल्याई पुऱ्याईने जानकारी प्राप्त भएको छ।

देश रक्षाको निम्ति सैनिक जीवन बिताई रहेका ती बीर सपूतको बलिदानले एकापटि गर्वको अनुभूति दिलाए पनि अर्कोपटि यस्ता बीर सपूत गुमाउनुको पीडा पनि बयान गरेर सकिन्दैन। यस्तै पीडामा डुबेका शहीद मार्कस गुरुङको शोक सन्तप्त परिवारलाई समवेदना जनाउन अध्यक्ष बिमल गुरुङ शहीदको घरमा पुगे भने केही समय ती शहिद परिवारसँग बीताएर हामीले दु:ख मात्र नभएर गर्वको अनुभूति गर्नु पर्ने भन्दै शान्तवना प्रदान गरे।

((मन्त्रीको अनुरोधमा पनि अध्यक्ष बिमल गुरुङले अनशन तोड्न मानेन))दार्जिलिङ, २८ मई: अध्यक्ष बिमल गुरुङले आमरण अनसन शुरु गर...
28/05/2022

((मन्त्रीको अनुरोधमा पनि अध्यक्ष बिमल गुरुङले अनशन तोड्न मानेन))

दार्जिलिङ, २८ मई: अध्यक्ष बिमल गुरुङले आमरण अनसन शुरु गरेको ७२ घण्टा पछि राज्यका जनजाति मन्त्री बुलु चिकबडाइक अनशन स्थलमा आएर अनशन तोडी दिने अनुरोध गरे। पहाडमा बिमल गुरुङ जस्तो जनप्रिय नेता हुनु ठूलो कुरा रहेको उनले बताए। बातचीत गरेरै अध्यक्ष बिमल गुरुङले गरेको दाबी अनि गोर्खाहरूको समस्याको हल निकाल्न सकिन्छ तर अहिले चुनाउको एमसीसी लागेकोले बातचीत सम्भव नरहेको भन्दै चुनाउ पछि बातचीत शुरू गरिने अनि यहाँको खबर सरकार सम्म पुऱ्याएर आफैले बातचीत अघि बढाउने आश्वासन दिए। उनले बारम्बार एमसीसी लागु भी सकेकोले बातचीत अघि बढ्न नसक्ने र अनशन तोडी दिनु पर्ने बताए। तर लगभग दुई घण्टा सम्म बसेर अध्यक्ष बिमल गुरुङलाई मन्त्री आफैले सम्झाउँदा पनि अध्यक्ष बिमल गुरुङले अनशन तोड्न मानेनन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामनापाखुरा चलाएर पसिनाको कमाई खाने श्रमिक र मजदुरहरु बिना समाज, राष्ट्र अनि विश्वको प्...
01/05/2022

अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

पाखुरा चलाएर पसिनाको कमाई खाने श्रमिक र मजदुरहरु बिना समाज, राष्ट्र अनि विश्वको प्रगति सम्भव नै छैन। तर त्यही खटिखाने श्रमिक र मजदूरहरुले आफ्नो हक र हीतको निम्ति हरेक समाज र राष्ट्रमा अझै सम्म पनि लड्दै आउनु परी रहेको छ।

आज १३६ औं अन्तर्राष्ट्रिय श्रमिक संगठनको शुभ उपलक्ष्यमा ती सम्पूर्ण खटिखाने श्रमिक र मजदूरहरु अनि हाम्रो चियाबारी, सिन्कोना बगान अनि बिभिन्न पब्लिक सैक्टरहरुमा काम गर्ने सबैले न्याय पाउन सकोस् अनि उनीहरू पनि प्रगतिको दीशामा अघि बढ्न सकोस् भन्ने शुभेच्छा राख्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।
बिमल गुरुङ
अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा

(भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा त्यागेर  गोजमुमोलाई समर्थन) कालेबुङ- लाभा, ११ अप्रिल २०२२(निसं)३८ नम्बर समष्टि अन्त...
11/04/2022

(भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा त्यागेर गोजमुमोलाई समर्थन)

कालेबुङ- लाभा, ११ अप्रिल २०२२(निसं)
३८ नम्बर समष्टि अन्तर्गत अप्पर लुङछुमा १६ परिवारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा त्यागेर गोजमुमो सामेल भएका छन। विशेष गरी ३८ नम्बर समष्टि संयोजक तोप्देन भोटिया साथै पार्टी अध्यक्ष बिमल गुरुङको जाति प्रतिको तिरन्तर योगदान साथै गोर्खाल्याण्डको मुद्दालाई हेरेर पार्टीलाई थप सहयोग गर्नुपर्छ भन्ने मनसाय लिएर समर्थन जनाएको बताइएको छ।

८,९,१० अप्रेल जन सम्पर्क अभियानलाई जारी राख्दै :-        १० अप्रेल २०२२ गोजमुमो अध्यक्ष श्रीमान बिमल गुरुङ ज्यु तक्दाह ट...
10/04/2022

८,९,१० अप्रेल जन सम्पर्क अभियानलाई जारी राख्दै :-

१० अप्रेल २०२२ गोजमुमो अध्यक्ष श्रीमान बिमल गुरुङ ज्यु तक्दाह टिस्टा भेल्ली समष्टिको तीन दिने भ्रमण कार्यक्रममा आज जिङलाम, डिबी साइट हुँदै टारजम,अनि टिस्टा भेल्ली भएर कमजोर को परिभ्रमण गरेर यस भेकका सम्पूर्ण जन प्रतिनिधि साथै जनसाधारणहरू संग भेटघाट गरे ।
समष्टि भ्रमणको अवधि गोजमुमो सांगठानिक सचिव श्री दिपेन माले , गोजमुमो केन्द्रिय समिति सदस्य श्रीमान प्रवीण सुब्बा, गोजमुमो युवा मोर्चा केन्द्रीय समिति सदस्य श्रीमान मनोज थापा एवं तक्दाह टिस्टा भेल्ली कोडिनेट श्रीमान सुरेन राई , गोजमुमो सदस्य बाबुलाल राई अनि ट्रेड युनियन केन्द्रिय सदस्य श्रीमान हरिभक्त शर्माको उपस्थिति रहेको थियो,
यो तीन दिने भ्रमण कार्यक्रम सफल रह्यो, यस क्षेत्रको जनताहरूको आस्था भरोसा अनि विश्वास अझ सम्म पनि अध्यक्ष बिमल गुरुङ प्रति रहेको यहाँको जनसाधारण को उपस्थितिले स्पष्ट देखियो ।

((सुरुक समथार, निम्बोङ हुँदै अति दुर्गम क्षेत्र साल डाँडाको भ्रमणमा अध्यक्ष बिमल गुरुङ))बाख्राकोट, १ अप्रैल: गोर्खा जनमु...
02/04/2022

((सुरुक समथार, निम्बोङ हुँदै अति दुर्गम क्षेत्र साल डाँडाको भ्रमणमा अध्यक्ष बिमल गुरुङ))

बाख्राकोट, १ अप्रैल: गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ बिभिन्न क्षेत्रहरुको भ्रमण गर्दै आज कालेबुङ जिल्लाको ४१ नम्बर समष्टि अन्तर्गत पर्ने अति दुर्गम क्षेत्र शाल डाँडाको म्रमणमा पुगे। मूल रुपमा सडक नभएको समस्या वर्षौं देखि झेल्दै आएको त्यस क्षेत्रका क्षेत्रवासीहरुले आज सम्म कुनै राजनीतिक नेताहरु आफ्नो गाउँको मानिसहरूको समस्या बुझ्न नआएको बताउँदै आज अध्यक्ष बिमल गुरुङ आई दिएकोमा हर्ष प्रकट गरे। गाउँसम्म सडक नपुग्नु नै सबैभन्दा ठूलो अभिशाप जस्तो बनिएको बताउँदै गाँउलेहरुले पनि यसको निम्ति पहल गरिदिने अनुरोध गरे। त्यस्तै गरी त्यहाँ छेवैमा रहेको बाख्राकोट अनि उदलाबारी बजार सँग जोड्ने
पूल नभएको साथै कुनै स्वास्थ्य केन्द्र, प्राथमिक पाठशाला नभएको कारण पनि शिक्षा अनि स्वास्थ्य क्षेत्रमा पनि क्षेत्रवासीहरु पछाडिनु परेको अवगत् गराए। बिगतमा अध्यक्ष बिमल गुरुङ जीटीएको कार्यपाल रहँदा दलपचन्द सम्म सडक बनिएको स्मरण केही हदसम्म समस्या कम भएकोमा उनलाई गाउँलेहरुले आभार व्यक्त गरे भने अब
लगभग तीन किलोमिटर जति अझै बनिन् सके ठूलो समस्या समाधान भएर जाने पनि उनीहरूले बताए।

ती गाउँलेहरु सँग भला कुसारी गरेपछि उनी चुनभट्टी पुगे जहाँ उनले चुनभट्टीका स्थानीय मानिसहरूसँग पनि भला कुसारी गरे। त्यस क्षेत्रका युवाहरुले आफ्नै ठाउँमा अरबौं रूपियाँको काम गर्ने कम्पनीले काम गरी रहेको भएता पनि आफ्नै क्षेत्रका युवाहरु वेरोजगार भएर बस्नु परेको, कम्पनीले स्थानीय युवाहरुलाई राम्रो वेतन दिएर काममा लगाउने मन नगरेको अनि यसको निम्ति कोई पनि बोलीदिने नभएको बताए।

15/03/2022

((चिया बगानको बिबिध समस्याहरु बारे कुराकानी गर्न अध्यक्ष बिमल गुरुङको चुङथुङ चिया बगान प्रबन्धकसँग भेट))

दार्जीलिङ, १५ मार्च: गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङको चुङथुङ मारेबुङ समष्टि भ्रमण अवधी चुङथुङ चिया कमान साथै दार्जीलिङ अर्गानिक टी प्राईभेट लिमिटेड कम्पनी अधिनस्थ रहेको चिया कमानहरूको अवस्था बुझ्न अध्यक्ष बिमल गुरुङले चुङथुङ चिया बगानको प्रबन्धक सँग भेट गरेको छ।
स्थानीय प्रतिनिधिहरूको अनुरोधमा भएको उक्त भेटघाटमा अध्यक्ष बिमल गुरुङ अनि डीटीडीपीएलयु अध्यक्ष सुरज सुब्बा सहित समष्टी प्रतिनिधिहरूको टोलीले कमानको बिबिध समस्याहरु अनि ती समस्याहरूको समाधानको निम्ति कम्पनीले गर्ने दायित्वहरु बारे जानकारी लिए।

स्मरण रहोस्, गत केही दिन अघि दार्जीलिङ अर्गानिक टी प्राईभेट लिमिटेड (DOTEPL) अधिनस्थ रहेको दशवटा चिया बगानको स्टाफ अनि सब-स्टाफहरुले पाउनु पर्ने रकमहरुबारे दार्जीलिङ तराई डुवर्स प्लान्टेसेन लेबर युनियनको प्रतिनिधिहरुले कम्पनीको मालिक पक्ष सँग भेट वार्ता गरेको थियो। उक्त भेटवार्तामा मालिक पक्षले स्टाफ अनि सब-स्टाफहरुको जनवरी अनि फरवरी महिनाको तलब सहित ट्राभलिङ एलोएन्स पनि प्रदान गरिदिने वचन दिएका थिए।

यस बिषयमा पनि टोलीले जानकारी लिएका छन् अनि कम्पनीले ती वचन दिएका कुराहरु पूरा गर्दै स्टाफ अनि सब-स्टाफहरुले पाउनु पर्ने तलब अनि अन्य खर्च प्रदान गरिने कमान प्रबन्धकले पुनः आश्वस्त गराए।

13/03/2022
((सिङला चिया कमानमा डीटीडीपीएलयु को सभा))दार्जीलिङ, ३ जनवरी: गत् ३१ दिसम्बरको दिन सरकार पक्षबाट २०२० देखि बन्द रहेको नर्...
04/01/2022

((सिङला चिया कमानमा डीटीडीपीएलयु को सभा))

दार्जीलिङ, ३ जनवरी: गत् ३१ दिसम्बरको दिन सरकार पक्षबाट २०२० देखि बन्द रहेको नर्थ तकभर, सिङ्गला चिया कमानको श्रमिकहरूको निम्ति फौलाई पाउने अध्यादेश जारी गरिएको थियो।
आज त्यसै फौलाई बिषयमा श्रमिकहरुलाई बुझाउन सिङला चिया बगानको स्थानीय श्रमिक भवनमा दशरथ चामलिङ को सभापतित्वमा एउटा सभा सम्पन्न भयो।

सो सभामा बिशेष गरेर युनियन केन्द्रिय अध्यक्ष सुरज सुब्बाले फौलाइ श्रमिकबर्गलाइ दिलाउन युनियन केन्द्रिय समितीले बिगत दुई बर्ष देखि सरकार सित गरेको सम्पुर्ण कागज पत्रको लेखाजोखा गरे अनि सो सरकारी सहयोग प्राप्त गर्न प्रतेक श्रमिकबर्गले आफ्नु कागज पत्र सठिक रुपमा तयार पर्ने सुझाव दिदै, यो सरकारी सुबिधा सिङ्गला बगानका सम्पुर्ण श्रमिकबर्गलाइ दिलाउनको निम्ति स्थानीय युनियनका अनि युवा मोर्चाका भाइहरुले सक्रिय भुमिका निभाउन अघिआउनु पर्ने बताउनु भयो।
युनियन केन्द्रिय समितिको पक्षबाट सिङ्गला बगनका सम्पुर्ण बासिलाइ नयाँ बर्ष 2022 को शुभकामना साथै बधाइ दिँदै केन्द्रिय अध्यक्ष बिमल गुरुङ ज्युले फौलाइ दिलाउन पार्टीको पक्षबाट गरेको कार्य को निम्ति विशेष धन्यवाद दिनु भयो ।
सभामा केन्द्रिय सदस्य सरद राई, जितेन राई , ट्कभर सयोजक बालकृष्ण राई , युनियन शाखा सभापति/ सचीव , पार्टी सिङ्गला अध्यक्ष राजेन काँइला अनि बगनका बडा बाउ लगायत सम्पुर्ण स्टाफ उपस्थित रहेका थिए।

Address

Kalimpong

Alerts

Be the first to know and let us send you an email when GJMM 42 No Samasty posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share