KPG Darpan

KPG Darpan well come to K P G Darpan.निष्पक्ष , निर्भीक "जनआवाज ,
REGD NO:WB- 220000648

03/10/2025

👉️ साङ्गे शेर्पाले हाम्रो मंग्पु राम्रो मंग्पुलाई माफी मांग्दै जुवा मुक्त मंग्पु बनाँउने दिए चुनौती।

03/10/2025

👉️ बंगाल सरकार र भारत सरकारलाई हाम्रो एकता देखाउनु छ भन्दै गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले गरे ७ अक्टोबर २०२५ पार्टी स्थापना दिवसमा सबै सबैलाई उपस्थित हुने निमन्त्रणा को निवेदन "

03/10/2025

▪️हिजो साँझ ५:३० बजेतिर सिक्किमका निवासी ३५ वर्षीय दिनेश प्रधान र मासु पसलका मालिक मोहम्मद इस्लाम साथै उनका छोरा जलाल शेख, जो सिक्किमका गैर-बासिन्दा हुन्, बीच भएको झगडा बन्यो घातक बन्यो।

▪️झगडाको क्रममा दिनेश प्रधानको हातमा गम्भीर चोट लागेको थियो जसको कारण धेरै रगत बगेको थियो। उनलाई तत्काल सिंगताम अस्पताल लगिएको थियो र पछि गान्तोक रेफर गरिएको थियो, तर साँझ ७:०० बजेतिर उनको निधन भयो।

▪️सिक्किम प्रहरीले पसल मालिक र उनको छोरालाई हिरासतमा लिएको छ, र अनुसन्धान जारी छ।

02/10/2025

👉️ कसको होला यो आवाज ? भन्नुहोला !

02/10/2025

▪️दार्जिलिङ मोटर स्ट्यान्डमा प्रशासन पक्षले गोर्खा जनमुक्ति मोर्चाको १८ ओैं स्थापना दिवस पालन गर्ने अनुमति दिएको जानकारी गराउदै: गोजयुमो अध्यक्ष नोमन राई,

👉️ लद्दाखमा भाजपाको नीतिगत असफलता अनि साेनाम वाङ्गचुककाे गिरफ्तारी"▪️सोनम वाङचुकलाई सेप्टेम्बर २६ मा राष्ट्रिय सुरक्षा ऐ...
01/10/2025

👉️ लद्दाखमा भाजपाको नीतिगत असफलता अनि साेनाम वाङ्गचुककाे गिरफ्तारी"

▪️सोनम वाङचुकलाई सेप्टेम्बर २६ मा राष्ट्रिय सुरक्षा ऐन (NSA) अन्तर्गत पक्राउ गरियाे। जुन पक्राउ चार जनाको ज्यान गएको लद्दाखको घातक अशान्तिको बीचमा भएको थियो। याे पक्राउले भाजपा नेतृत्वको केन्द्र सरकारमाथि लामो समयदेखि चल्दै आएको आरोपहरूलाई थप पाेख्त बनाएको छ। आलोचकहरू, जसमा विपक्षी दलहरू, कार्यकर्ताहरू र स्थानीय नेताहरू छन्, यसलाई सुरक्षा उपाय नभई शासनमा व्यवस्थित असफलता, तोडिएका निर्वाचन वाचाहरू, र स्वदेशी अधिकार र राष्ट्रिय सुरक्षामाथि कर्पोरेट हितहरूलाई प्राथमिकता दिने नीतिहरूको ढाकछोपको रूपमा चित्रण गर्छन्। २०१९ मा लद्दाखलाई संघीय क्षेत्र (UT) मा विभाजन भएपछि भाजपाको गलत व्यवस्थापनलाई उजागर गर्छ। जसले पूरा नभएका वाचाहरू, केन्द्रीकृत हस्तक्षेप, र उपेक्षाले युवा नेतृत्वको "जेन जेड क्रान्ति" लाई उत्तेजित गरेको छ। यी कमजोरीहरूले बेरोजगारी, पर्यावरणीय क्षति र सीमा क्षेत्रको जोखिमलाई बढाएको छ। जसले एक समयको बीजेपीको गढलाई असन्तुष्टिको केन्द्र बनाएको छ।

असन्तुष्टकाे केही कारणहरुमाथि एक नजर:

१.....
टुटेका चुनावी वाचाहरू अनि २०१९ को घोषणापत्रको धोखा:
बीजेपीको २०१९ को निर्वाचन घोषणापत्रले लद्दाखलाई राज्यको दर्जा र छैटौं अनुसूचीमा समावेश गर्ने स्पष्ट वाचा गरेको थियो, जसले आदिवासी भूमि अधिकार, स्थानीय शासन, र सांस्कृतिक स्वायत्तताको संरक्षण गर्छ। यस्ता वाचाहरूले लद्दाखको बौद्ध-प्रधान जनसंख्याबाट भारी समर्थन प्राप्त गरेको थियो। पाँच वर्षपछि, यी वाचाहरू पूरा भएका छैनन्। लेह एपेक्स बडी (LAB), कार्गिल डेमोक्रेटिक एलायन्स (KDA), र केन्द्र सरकारबीचको वार्ता बारम्बार अवरुद्ध भएको छ। कंग्रेस नेताहरू जस्तै जयराम रमेशले यसलाई "निराशाजनक असफलता" भनेका छन्, र वाङचुकको पक्राउलाई सरकारले आफ्नो वचन पूरा गर्न नसकेकोबाट ध्यान हटाउने प्रयासको रूपमा चित्रण गरेका छन्। जसले हिंसात्मक अशान्तिलाई निम्त्याएको छ।
कश्मीर र लद्दाख विभाजनपछि, भाजपाले लेफ्टिनेन्ट गभर्नर (LG) मार्फत प्रत्यक्ष केन्द्रीय शासन लागू गर्‍यो, जसले निर्वाचित परिषदहरूलाई वास्तविक शक्तिबाट वञ्चित गर्‍यो। UT मोडलले लद्दाखको हिमालयी पर्यावरण र जनसांख्यिकीय विशेषताहरूलाई बेवास्ता गर्‍यो। वाङचुकले पक्राउअघिको अन्तर्वार्तामा चेतावनी दिएका थिए कि यसले लद्दाखवासीलाई "दोस्रो दर्जाको नागरिक" बनाउँछ, जसले चीन र पाकिस्तानसँगको सीमाको रक्षा गर्ने क्षेत्रमा अलगाववाद निम्त्याएको छ।

२....
आर्थिक उपेक्षा र युवा बेरोजगारी संकट:
लद्दाखको अर्थतन्त्र, जुन पर्यटन, पशुपालन र आंशीक खेतीमा निर्भर छ। यी ब्यवसायहरु केन्द्र सरकारकाे नेतृत्वमा कम भएर गए। स्थानीय सर्वेक्षणहरू अनुसार युवा बेरोजगारी २०-२५% छ र २०२४ को घोषणापत्रमा "विकसित लद्दाख" को वाचाहरू हुँदाहुँदै रोजगार सृजना न्यून छ।
२०२४ मार्चमा ५०० किमी दिल्लीसम्म हिँडेका भोक हड्तालकारीहरू धेरै जसाे अस्पतालमा भर्ना भएपछि विरोधहरू शुरू भए, तर उनीहरूलाई बेवास्ता गरियो।

हिल डेभलपमेन्ट काउन्सिलका लागि रु १,२०० करोड वार्षिक बजेट दिल्ली मार्फत दिईन्छ, जसले सडक र सिँचाइ जस्ता पूर्वाधारमा ढिलाइ गर्छ। जबकि भ्रष्टाचारकाे कारणले त्यहाँका स्रोत संसाधनहरु लुटने क्रम शुरु भयाे।

भाजपाको "आत्मनिर्भर भारत" अभियानले लद्दाखको भू-भागमा उपयुक्त साना उद्यमहरूलाई भन्दा ठूला परियोजनाहरूलाई प्राथमिकता दियो, जसले ७०% युवालाई सीप तालिमबाट वञ्चित गरायो।

३.....
पर्यावरणीय शोषण र कर्पोरेट पक्षपात:
मुख्य गुनासोकाे कारण भाजपाले लद्दाखको नाजुक पर्यावरणलाई खतरामा पार्ने कर्पोरेट उद्यमहरूलाई अनुमति दिनु हो। लद्दाख १,०००+ हिमनदीहरूको घर हो र १.८ अर्ब मानिसहरूलाई पानी आपूर्ति गर्छ। पाङमा अडानीको १० जीडब्ल्यू सौर फार्म (२०२३ मा स्वीकृत) र लिथियम खनन लीज (२०२४) जस्ता परियोजनाहरूले स्थानीय तापमान २-३ डिग्री सेल्सियस बढाउन सक्छ, जसले हिमनदी पग्लने र जैविक विविधतामा हानि गर्ने खतरा बन्छ।
वाङचुकको NGO को FCRA खारेजी पक्राउपछि यसलाई दमन र प्रतिशोध हाे भनेर सबैले बुझिरहेका छन्।
२०२० को पर्यावरण प्रभाव मूल्यांकन (EIA) सुधारले आदिवासी परामर्शलाई बाइपास गर्‍यो, जसले छैटौं अनुसूचीको मंशालाई उल्लंघन गर्छ। इकोनमिक टाइम्सले यसलाई "अल्टेरियर मोटिभ्स" को रूपमा चित्रण गरेकाे छ।
वाङचुकविरुद्ध विदेशी फन्डिङको जाँचले $५० अर्ब मूल्यको दुर्लभ खनिजहरू निकाल्न "कर्पोरेट नेक्सस" लाई ढाकछोप गरेको छ भन्ने कुरा उजागर हुन्छ। यसले पर्यावरण कार्यकर्ताहरूलाई उत्तेजित गरेको छ अनि बिपक्षीहरुले "मोदीको जमिन हडप" को नारा लगाएका छन्।

४. विरोधको दमन र तानशाहि हस्तक्षेप अनि NSA काे आधारमा पक्राउ:
NSA कानुनले दुई वर्षसम्म बिना जमानत हिरासतमा राख्न अनुमति दिन्छ र जोधपुर जेलमा स्थानान्तरणले वाङचुक जस्ता गान्धीवादी रणनीति र "अरब स्प्रिङ" समानताको प्रयोग गर्ने आवाजहरूलाई चुप लगाउने भाजपाको दमन नितीको उदाहरण हो। विपक्षीहरूले यो "निरंकुश विचलन" भएको भन्दै नीतिगत असफलताबाट ध्यान हटाएको तर्कहरु राख्दैछन्। घरमा छापा र इन्टरनेट ब्ल्याकआउट (सेप्टेम्बर २४-२८) ले कभरेजलाई रोकेको छ।
वार्ताको सट्टा राजद्रोह जस्ता कानूनहरू (NSA, UAPA) लगाउने हथकन्डाले उल्टो असर गरेको छ। शान्तिपूर्ण भोक हड्तालबाट भडकिएकाे हिंसात्मक झडपहरूमा चार जनाकाे मृत्यु भएको छ। आलोचकहरूले वास्तवमा भाजपाले वार्ता नबाेलाउदा अनि लाेकतान्त्रीक पदधति छाेडेर आपतकालिन कानुनहरु प्रयाेग गरि दमननीति उप्नाउदा हिंसा भडकेकाे भन्ने आराेप लछेप्रै लगाईरहेकाे छ।

५.....
राष्ट्रिय सुरक्षा कमजोरिहरु:
चीनसँगको "बफर जोन" कूटनीतिले स्थानीय खबरहरुलाई बेवास्ता गर्‍यो, जसले जमिनी अतिक्रमणकाे डर निम्त्याएको छ।
TOI ले वाङ्गचुककाे "पाकिस्तान सम्बन्ध" को जाँचलाई कमजोर भनेको छ, डीजीपीले कुनै प्रत्यक्ष प्रमाण नभएको स्वीकार्दै "क्षतिग्रस्त सरकारी भवनहरू" को अशान्तिको बीचमा पक्राउलाई जायज ठहराए।

वाङ्गचुकमाथि लगाईएकाे प्राय: जसाे आराेपहरु आधारहीन छन्। यसकाे लेखाजाेखा सबै पक्षकाहरुले नै राखिदिएका छन्।
साेनाम वाङ्गचुकमाथि लागेकाे राष्ट्रद्राेहकाे आराेपले हाम्राे आन्दाेलन कालकाे घाउ आलाे बनाएकाे छ।
सविंधानकाे सिमाभित्र बसेर अधिकार माग्दा हामीलाई नि राषट्रद्राेहकाे आराेपमा जेल हालेकै हाे।

आखिर भाजपा र तृणमुलमा के नै फरक रैछ त?
भाेलि भाजपाले बंगालमा सरकार बनाए हाम्राे आन्दाेलनलाई कसरि कुल्चिने रैछ त भन्ने कुराकाे अड्कल सजिलै लगाउन सकिने भयाे।

हाम्राे जमीन खाेस्नलाई तृणमुल सरकारले भन्दा घातक नीति ल्याउने रैछ भन्ने कुरापनि साबित भयाे।

अब कुन मुखले हामीले भाजपा तृणमुललाई अलग सम्झिने हाे थाह छैन।

जे हाेस
हामीले लद्दाखलाई साथ दिनु पर्छ।
मैले यति बुझेकाे छु।

- बिक्रम आदि राई
गाेर्खा सेवा सेना

जय हिन्द
जय गाेर्खा।

👉️ लद्दाखीहरु माथी गोली चलाएर निर्दोषहरुको हत्या गर्नु यसलाई हामी पुलिसी आतंकवाद मान्दछौं "- गोएस ,,▪️संसारको सर्ववृहत् ...
01/10/2025

👉️ लद्दाखीहरु माथी गोली चलाएर निर्दोषहरुको हत्या गर्नु यसलाई हामी पुलिसी आतंकवाद मान्दछौं "

- गोएस ,,

▪️संसारको सर्ववृहत् गणतान्त्रिक देश भनेको भारत हो। यहाँ जनतालाई धेरै प्रकारको गणतान्त्रिक अधिकारहरु १९५० सालमा चलनमा आए पछि संविधानले प्रदान गरेको छ। भारत एउटा यस्तो राष्ट्र हो जहाँ थुप्रै जाती,भाषा, भेष-भूषा,खान-पान, संस्कृति विद्दमान छ। यी सबै कुराहरु बेग्ला बेग्लै भएता पनि हाम्रो देश भारत हो भन्नमा हामी गर्व गर्छौं। यो परिस्थिति सृजना गर्नको निम्ति धेरै महान आत्माहरुले आफ्नो जिवन समर्पण गरेका छन्।
समय समयमा सत्ताभोगीहरुले आफ्नो सत्तालाई टिकाई राख्न देशको गणतन्त्र साथै संविधानलाइ बारम्बार हत्या गर्न कुनै कसर छाड़ेका छैन। यस्तै गरि वर्तमानमा पनि भारतीय जनता पार्टीको सरकार यसको एउटा ज्वलन्त उद्हारण हो।
संविधान रक्षाको निम्ति अहिले देश भरि नै संघर्ष चलि रहेको छ।

▪️विगत पा़ँच साल देखी लद्दाखले आफ्नो गणतान्त्रिक अधिकारको निम्ति संघर्ष गरिराखेको छ। देश भनेको जमिन, खोला, नदी, जंगल मात्र होईनन्। देश भनेको देशमा बस्ने नागरिक पनि हुन्। उनिहरुले आंफु अनि आफ्नो देश रक्षाको निम्ति केही मांगहरु सरकार समक्ष राखेका छन। आफ्नो मांग पुरा गराउन विभिन्न अहिंसात्मक आन्दोलनहरु गरिरहेका छन्। सरकारले लिखित अनि मौखिक रुपमा स्वीकार पनि गरि सकेका हुन। उनिहरुको मांगहरु
१) लद्दाखलाई छुट्टै राज्य घोषित गरेर छैटौं अनुसुचीमा सम्मिलित गराईनु पर्छ।
२) लद्दाख संगसंगै कारगिललाई पनि लोक सभा समष्टि घोषणा गरिन पर्छ।
यसै मांगलाई लिएर पर्यावरण कार्यकर्ता श्री सोनम वाङचुकको नेतृत्वमा ३५ दिनको लक्ष गरेर अनसन गरिरहेको बेला १४ दिन पुग्दा नपुग्दै विभिन्न षडयन्त्र गरेर हिंसा सृजना गराएर आन्दोलनकारीहरु माथि बर्बरता अप्नाई रहेको छ। निर्दोष अनि निशस्त्र लद्दाखीहरु माथी गोली चलाएर निर्दोषहरुको हत्या गर्नु यसलाई हामी पुलिसी आतंकवाद मान्दछौं। उक्त घटनामा देश रक्षा गर्ने भुतपूर्व सैनिक समेतको हत्या भएको छ। उक्त आन्दोलनका नेतृत्व पर्यावरण कार्यकर्ता अनि वैज्ञानिक श्री सोनम वाङचुकलाई जोदपूरको जेलमा राष्ट्रिय सुरक्षा कानुण (National Security Act) को तहत बन्द गरिएको छ। यी सबै घटनाको गोर्खाल्याण्ड एक्टिभिस्ट समुह घोर भर्त्सना गर्दैछ अनि उहाँलाई चांड़ो रिहाईको मांग गर्दछ। उनि माथी लगाईएको आरोपको निष्पक्ष जाँच हुन पर्छ।
देश बलिलो र समृद्धि देशवासीलाई खुशी राखेर हुन सक्छ, नाकी देशवासी माथी अत्यचार गरेर। लद्दाखीहरुको गणतान्त्री मांगलाई दबाऊनको निम्ति उहाँलाई पक्राऊ गरेर गणतन्त्रको हनन गरिएको हो भन्ने हाम्रो ठहर छ।
शान्ती प्रिय लद्दाखीहरु माथी किन अनि के कारण गोली चलाईयो, त्यसको निष्पक्ष छानबिन हुन पर्छ। यसको साथसाथै उनिहरुको मांग देश देखी अलग रहने होईन तर देशलाई नै अझ सशक्त अनि सुरक्षित पार्नलाई गरिएको मांगलाई पूर्ण समर्थन गर्दै झट्ट भन्दा झट्ट मांग पुरा गरिन पर्छ भन्ने गोर्खाल्याण्ड एक्टिभिस्ट मांग गर्दछ। देश भित्र रहेका अलपसंख्यहरुको सुरक्षाको निम्ति पनि उक्त आन्दोलनको समर्थण सबैले खुलेर समर्थण गर्न पर्छ भन्दै सबै सामु अपिल गर्दछ!

👉️मंग्पुको मात्र होइन कुनै पनि ठाउँमा यस्तो दादागिरी गुण्डागर्दी प्रथाको  म खुल्ला रुपमा बिरोध साथै भर्त्सना जनाउँछु। - ...
01/10/2025

👉️मंग्पुको मात्र होइन कुनै पनि ठाउँमा यस्तो दादागिरी गुण्डागर्दी प्रथाको म खुल्ला रुपमा बिरोध साथै भर्त्सना जनाउँछु।

- संजोग गुरुङ,आई जी जे एफ ,

▪️अब यस्तो प्रथा को अन्त हुनुपर्छ।एउटा राजनैतिक संगठनलाई संचालन गर्ने नेतृत्वले यस्तो कार्य गर्नु भनेको नेतृत्व बाट सर्वसाधारण जनताले गरेको बिश्वासको खिल्ली उडाउनु सरह हो। अब एउटा नेतृत्व माथी कसरी आस्था राख्नु जबकि नेतृत्व नै दोकान पाठमा आएर बल प्रयोग गर्दै गुण्डागर्दी गर्दै छन् ।

▪️एउटा राजनैतिक संस्कारको अपमान गरेर बिपक्षी दलको सदस्यलाई राती उदो हेप्नु हातपात गर्नु कुनैपनि हालतमा न्यायसंगत होइन ।

▪️पीडितले आक्रमणकारीहरू विरुद्ध एफआईआर दर्ता गराइसकेको जानकारी छ। अब हामी न्यायको प्रक्रियालाई कानुनको हातमा छोडिदिन्छौं। हामी आशा गर्छौं कि शान्ति कायम रहनेछ र न्याय ढिलाइ नगरी प्राप्त हुनेछ, किनकि ढिलो न्याय भनेको न्याय नदिनु हो!

01/10/2025

👉️विगत वर्ष झै यसपालि पनि गोर्खा गौरव संस्थान द्वारा कालेबुङ मेलाटारमा भव्य रुपमा गोर्खा सांस्कृतिक प्रदर्शनी एवं खाद्य उत्सव हुने ,,

▪️कालेबुङ गोर्खा गौरव संस्थानद्वारा आगामी दशैं तिहारको छेक पारेर गोर्खा सांस्कृतिक प्रदर्शनी एवं खाद्य उत्सव मेलाटार कालेबुङमा आगामी ११ देखि १५ अक्टोबरसम्म पाँच दिवसीय रुपमा सम्पन्न गरिने भएको छ। उक्त विषय लिएर गोरखा गौरव संस्थान कोर कमिटीको सभा गोर्खा दुख निवारक सम्मेलन भवनमा सम्पन्न गरिएको छ। सभामा आगामी उत्सवबारे व्यापक छलफल गरी यस वर्ष अझ बृहत र आकर्षक रूपमा सम्पन्न गरिने भएको छ। सभापछि संस्थानका संयोजक नरेन्द्र तामाङले सबैलाई उक्त उत्सव सफल बनाइदिन आह्वान गर्दै थप जानकारी दिएका छन्।

01/10/2025

▪️मंग्पुको रेसप बजारको आई जी जे एफ क्याडरमाथि BGPM -का प्रतिनिधिहरुद्वारा धम्की दिदै दोकानमा पसेर समानहरु फ्याँकिएको अनि मार्ने धम्की पनि दिएको कुकृत्यमाथि म घोर बिरोध गर्दछु "

-नोरा सुब्बा,आई जी जे एफ।

🔴 मैले मेरो जीवनमा कहिल्यै यस्तो पीडादायी परिस्थितिको सामना गरेको थिइन "नेता /अभिनेता विजय , ▪️तमिलनाडुको करुरमा अभिनेता...
30/09/2025

🔴 मैले मेरो जीवनमा कहिल्यै यस्तो पीडादायी परिस्थितिको सामना गरेको थिइन "

नेता /अभिनेता विजय ,

▪️तमिलनाडुको करुरमा अभिनेताबाट राजनीतिज्ञ बनेका विजयको र्‍यालीमा भागदौड हुँदा ४१ जनाको मृत्यु भएको थियोे ! यो घटनाबाट सबै स्तब्ध छन्। प्रधानमन्त्री नरेन्द्र मोदीदेखि तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनसम्म सबैले गहिरो शोक व्यक्त गरेका छन्।

▪️अभिनेता विजयले घटनाप्रति आफ्नो शोक व्यक्त गर्दै भिडियो सन्देश जारी गर्दै भनेका छन् , कि हामीले केही गल्ती गरेका छैनौं, तैपनि हामीविरुद्ध एफआईआर दर्ता गरिएको छ।" टिभीके प्रमुख विजयको यो भनाइ ४१ जनाको ज्यान लिने भागदौडपछि आएको हो।

▪️तमिलनाडुको करुरमा उनको राजनीतिक र्‍यालीमा भागदौड हुँदा ४१ जनाको मृत्यु भएको दुई दिनपछि, अभिनेता विजयले मंगलबार शोक सन्देश जारी गरे। उनले भने, "मैले मेरो जीवनमा कहिल्यै यस्तो पीडादायी परिस्थितिको सामना गरेको छैन। मेरो शरीर र मन चिन्ताले भरिएको छ। मेरो हृदय पीडाले भरिएको छ।"

▪️उनले मुख्यमन्त्री एमके स्टालिनलाई चुनौती दिँदै भने, "तपाईंले मेरो विरुद्धमा कुनै पनि कारबाही गर्न सक्नुहुन्छ, तर मेरो पार्टीका कार्यकर्ताहरूलाई नछुनुहोस्।" विजयले यो पनि भने कि उनी दुर्घटनाको दिन अचानक करूरबाट त्यहाँका जनताको सुरक्षा सुनिश्चित गर्न गएका थिए।

30/09/2025

KPG Darpan का सम्पुर्ण दर्शक /पाठक/ श्रोता महानुभावमा आउँने बडा दशैंको हार्दिक मंगलमय शुभकामना ,, यस महान् पर्वले हजुरहरु सबैको जीवनमा सुख, शान्ति,समृद्धि साथै सुस्वस्थ्य बोकी ल्याउन् ,, 🙏🙏

Address

Kalimpong

Alerts

Be the first to know and let us send you an email when KPG Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share