10/08/2026
➡️राजनीतिक दलहरूले युवाहरूको जोशलाई दुरुपयोग गरेर आफ्नो राजनीतिक दुनो सोझ्याउने काम तत्काल बन्द गर्नुपर्छ.........
~ रेश्मा गुरुङ, गोर्खे चेली
▪️आन्दोलनको पवित्रता र पदको गरिमा गोर्खाल्याण्डको माग हरेक गोर्खाको रगत र पहिचानसँग जोडिएको एउटा साझा र पवित्र आवाज हो। यसमा कसैको दुई मत हुन सक्दैन। तर, आन्दोलनको आडमा हिज ०९/०८/२०२६ को दिन नॅया पार्टी निर्माण समितिको जुन र्याली निकालिएको थियो।
हामी अति गर्वित थियौं गोर्खाल्याण्डको आवाज बुलन्द गर्नु पर्छ भनेर।
धेरै राजनैतिक दलका प्रतिनिधिहरू उपस्थित थिए तर 'इन्डियन गोर्खा जनशक्ति फ्रन्ट' (IGJF) राजनीतिक दलका युवाहरूले देशको सर्वोच्च र गरिमामय 'सांसद' जस्तो पदमाथि जुन अभद्र र अमर्यादित शब्दहरूको प्रयोग गरे, त्यो घोर निन्दनीय छ।
सांसद राजु बिष्ट ज्यूले क्षेत्रिय समस्या”सडकदेखि सदनसम्म” गोर्खाल्याण्डको आवाज सदनमा बार बार पुराईरहेको छ।
आज आएर उही सांसदलाई “तॅ भन्दै अपमान गर्ने,चरित्रहिन र अनुशासन रहित युवाहरूको कठोर शब्दमा खण्डन गर्दछु।
पार्टीको शिर्ष नेतृत्वहरूले यस विषयलाई ध्यानमा राख्दै पार्टीको अनुशासन र आंचारसहिता भंग गर्नेहरूलाई ठोस निर्णय लिएको हुनपर्छ।
▪️आफ्नो माग राख्नुको अर्थ अराजकता फैलाउनु होइन।संसद् र संवैधानिक पदहरूको अपमान गरेर कहिल्यै पनि लोकतान्त्रिक अधिकार प्राप्त हुन सक्दैन। यस्ता अमर्यादित व्यवहारले गोर्खाल्याण्डको न्यायपूर्ण आन्दोलनको छवि राष्ट्रिय स्तरमा धुमिल बनाउने काम मात्र गर्छ।
▪️नयाँ पुस्ता र जेन-जी (Gen-Z) का युवाहरूको ठुलो सहभागिता देखिनु सकारात्मक पक्ष त हो, तर उनीहरूलाई कुन दिशामा हिँडाइँदै छ भन्ने कुरा चिन्ताको विषय बनेको छ। आजको काँचो माटो जस्तो युवा पुस्तालाई एउटा कुशल र सही मार्गदर्शन गर्ने नेतृत्वको खाँचो छ। जुन नेतृत्व आफैं वैचारिक रूपमा अन्धकारमा बाँचेको छ, जसको न त कुनै स्पष्ट दृष्टिकोण छ, न त कुनै ठोस नीति, त्यस्ता सङ्कुचित नेतृत्वले नयाँ पुस्तालाई उज्यालो भविष्यतर्फ डोर्याउन कदापि सक्दैन।
अन्धकारको नेतृत्व स्वीकार्य छैन जुन दलको नेताहरू आफैं अज्ञानता र सस्तो लोकप्रियताको अन्धकारमा हराएर अरूलाई मार्गनिर्देशन गर्ने ढोंग गर्न मिल्दैन। गोर्खा पहाडले अब त्यस्तो नेतृत्व स्वीकार्ने छैन जो आफैं दिशाहीन छ। आजका युवाहरूलाई अराजकता र गालीगलौजको राजनीति होइन, बरु बौद्धिक, अनुशासित र दूरदर्शी नेतृत्व चाहिएको छ। जबसम्म नेतृत्वले आफ्नो चरित्र र विचार सुधार्दैन, तबसम्म नयाँ पुस्ताको भविष्य र गोर्खाल्याण्डको सपना दुवै जोखिममा रहनेछन्।
▪️अतीतको घाउ र न्यायको खोजीविगतका गोर्खाल्याण्ड आन्दोलनहरूमा होमिएका कयौँ वीर युवाहरूले आजसम्म पनि उचित न्याय र पहिचान पाउन सकेका छैनन्। दार्जीलिङका सडकहरूमा आज पनि हाम्रा सहिदहरूको रगतको टाटा मेटिएको छैन। ती सहिदहरूको बलिदानको सम्मान गर्नु हाम्रो कर्तव्य हो, तर अतीतको त्यो दुःखद इतिहासबाट पाठ सिकेर अघि बढ्नु आजको आवश्यकता हो।
▪️विद्यालय, प्रशासन र अभिभावकलाई आवहान: गोर्खा समुदयका जेन-जी (Gen-Z) को भविष्य जोगाऔँ।
आज विद्यालय प्रशासन, स्थानीय प्रशासन र सम्पूर्ण अभिभावकहरू अत्यन्तै सतर्क हुनुपर्ने बेला आएको छ। कतिपय स्वार्थी राजनीतिक दलहरूले आफ्ना छोराछोरीलाई सुरक्षित राखेर, सर्वसाधारणका जेन-जी र युवा पुस्तालाई सडकमा उतार्ने र राजनीतिक हतियार (Political Tool) बनाउने खेल खेलिरहेका छन्।
कसैको उक्साहटमा लागेर हाम्रा विद्यार्थीहरूले आफ्नो पढाइ र भविष्य बर्बाद गर्नु हुँदैन। अभिभावक र विद्यालयले आफ्ना नानीहरू कता जाँदै छन् र कसको पछि लाग्दै छन् भन्ने कुरामा कडा निगरानी राख्न जरुरी छ।
▪️अबको लडाइँ 'बौद्धिकता र कलम' को हो, सडकको होइन।सडकमा कराएक हाम्रो माग पुरा हुने भए आज यो स्तिथि हुने थिएन।अबको युग सडकमा चिच्याएर, अराजकता फैलाएर वा कसैको छोराछोरी सहिद बनाएर अधिकार माग्ने युग होइन। अबको लडाइँ पूर्ण रूपमा बौद्धिकता, कानुनी ज्ञान र कुटनीतिको लडाइँ हो।
युवाहरूले सडकमा अन्य राजनैतिक दलको विरोधमा र सांसद राजु बिष्ट ज्यूको विरोधमा नारा लगाउनु भन्दा शिक्षित र सक्षम बनेर नीति निर्माणको तहमा पुग्नु आजको ठुलो आवश्यकता हो।
▪️राजनीतिक दलहरूले युवाहरूको जोशलाई दुरुपयोग गरेर आफ्नो राजनीतिक दुनो सोझ्याउने काम तत्काल बन्द गर्नुपर्छ। विगतमा झै पहाडमा मनपरी र 'राजनीतिक स्टन्ट' चल्न दिने छैनौं।
गोर्खाल्याण्ड हरेक गोर्खाको मुटुको धडकन र साझा सपना हो। तर, यस पवित्र मागलाई कसैको व्यक्तिगत पेवा वा 'पब्लिकिसिटी स्टन्ट' (Political Stunt) बनाउन दिइने छैन। पहाडमा जसले जे पायो त्यही मनपरी गर्ने र सर्वसाधारणलाई भ्रामक बाटोमा दौडाउने दिन अब सकिए। दार्जीलिङका आम जनतालाई अब सडकको अशान्ति होइन, बरु शान्ति, सुव्यवस्था,विकास र समृद्धि चाहिएको छ।
गोर्खाल्याण्ड हामी सबैलाई चॅाहिएको छ।तर सडकहरू र गल्लीहरूमा कलिला भाई बहिनीहरूको जोशलाई प्रयोग गरेर खोज्दा कदापि पाईन्दैन।
अब कसैको रगत नबगाई सरकारले गोर्खा जातिलाई दिन लागेको संविधानभित्रको एकमात्र ब्यवस्थाको प्रतिक्षामा छौ।
यसलाई रोक्न फलामलाई फलामले मात्र तोडन सक्छ भने जस्तो गोर्खा बनम गोर्खाको विरोधी षड्यान्त्रकारीहरू होशियार!
जय गोर्खा।
जय गोर्खाल्याण्ड।