24/09/2025
असमको अन्तिम नमन : जुबिन गार्गलाई पूर्ण राजकीय सम्मानसहित अन्त्येष्टि
५२ वर्षीय यस दिग्गज कलाकारको अन्त्येष्टि जुबिननगर सोनापुर राजस्व चक्रको कामारकुचीस्थित समाधिक्षेत्रमा गरियो, जहाँ उनका परिवार, राजनेता र सामुदायिक नेतृत्व साथै कलाकार र लाखौँ श्रद्धालुहरू दुःख र सम्मानमा एक भएर उभिए ।
नन्दा किराँती देवान Nanda K Dewan
जुबिननगर, सोनापुर, सेप्टेम्बर २३ : मंगलबार असम मौन भयो, जब सोनापुरको कामारकुचीमा ज्वाला उठ्यो, असमको प्यारा छोरा जुबिन गर्गको अन्तिम यात्रा संकेत गर्दै। पुस्तौँलाई स्वर दिएको यस महान गायकलाई पूर्ण राजकीय सम्मानसहित अन्त्येष्टि गरियो, जसको स्मृति युगौँसम्म असमको सामूहिक चेतनामा अंकित रहनेछ। असम प्रहरीले गार्ड अफ अनर र २१ तोप सलामी दिएर यो गम्भीर विधिलाई प्रारम्भ गर्यो। त्यसपछि अत्यन्त भावुक क्षणमा, जुबिनकी बहिनी ड° पामी बोरठाकुर, परिवारका सदस्यहरू अरुण गर्ग र राहुल गौतम शर्मासँगै, चितामा अग्नि प्रज्वलन गरे।
ज्वाला बल्न थालेपछि, गायकको अमर गीत ' मायाविनि ' मैदानभरि गुन्जायमान भयो, उनकै चाहना पूरा भयो, उनको विदाइ आफ्नै सङ्गीतले बोक्यो।
लाखौँको भीड श्रद्धापूर्वक मौन उभिइरहेको थियो, केवल “जॊइ जुबिन दा” का उद्घोषहरूले मात्र वातावरणलाई तरंगित तुल्याइरहेका थिए। धेरै जना खुलेर रुन पुगे, कतिपयले आफ्नो मोबाइल माथि उठाई अन्तिम झलक कैद गर्न खोजे त्यो प्रतीक जसले आफ्नो अमर गीत, चलचित्र, शब्दावली र भावनाहरूले जीवनलाई छोएको थियो।
बीचबीचमा स्वरहरू सङ्गीतसँग मिसिए, विदाइलाई एउटा अन्तिम सङ्गीत समारोह, एउटा अन्तिम संवादमा रूपान्तरण गरियो त्यसैसँग जसले उनीहरूलाई यति धेरै दिन सकेका थिए। जुबिनकी पत्नी गरिमा सैकिया गार्ग, पिता मोहिनी मोहन बर ठाकुर (कपिल बोरठाकुर) र अन्य परिवारजनहरूले समेत गहिरो श्रद्धाञ्जली अर्पण गरे, शोकमा डुबेका जनसागरसँगै उभिएर।
असमको श्रद्धाञ्जली केवल जनताबाट मात्र होइन, संस्थाहरू र नेतृत्वबाट पनि आयो मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा अन्तिम श्रद्धाञ्जली दिन पुगे, जहाँ केन्द्रीय मन्त्रीहरू सरबानन्दा सोनोवाल, किरेन रिजिजु प्रधान मन्त्री नरेन्द्र मन्त्रीको प्रतिनिधिको रूपमा र पवित्र मरघेरिता, विधानसभा अध्यक्ष बिस्वजीत डाइमरी र विपक्षी नेता देबब्रत सैकियाले पनि आफ्नो श्रद्धा अर्पण गरे प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश केन्द्रीय मन्त्री रिजिजुले सुनाए, जबकि अरुणाचल प्रदेशका मुख्यमन्त्रीको तर्फबाट आधिकारिक प्रतिनिधि उपस्थित थिए।
एब्सु, आसु, एजेवाइसीपी, सुटिया विद्यार्थी संघ, आटसा, एकेआरएएसयू, कार्बी सत्र संघ, र असम साहित्य सभाजस्ता संगठनहरू पनि दिग्गजलाई सम्मान गर्न उपस्थित भए।
कलाकारहरू, सहकर्मीहरू र साथीहरूले श्रद्धाञ्जली दिए। पापोन, जतिन बोर, जे.पी. दास, गार्गको ब्याण्ड र अन्य सांस्कृतिक क्षेत्रका थुप्रै व्यक्तित्वहरू अवस्थित थिए।
जब ज्वालाले गार्गको नश्वर देहलाई बिस्तारै भष्म पार्दै गयो, असमसँग बाँकी रह्यो अमर गीतहरू, आत्मा, विद्रोह र माया। उनको अन्त्येष्टि केवल जीवनको अन्त्य मात्र होइन, एउटा युगको समापन थियो। तर उद्घोष, सङ्गीत र लाखौँको आँसुबीच एउटा सत्य स्पष्ट रह्यो जुबिन गर्ग कहिल्यै वास्तवमै असमलाई छोड्ने छैनन।
प्रकृतिसँग जुबिन : वर्षा र इन्द्रेणीको विदाइ
जब दिग्गज जुबिन गार्गको पार्थिव शरीर पहिलोपटक असम ल्याइयो, आकाशले हल्का वर्षा र इन्द्रेणीले स्वागत गर्यो जस्तो प्रकृतिले नै उनलाई अन्तिमपटक आफ्नो घरमा स्वागत गरेको होस। लाखौं प्रसंशकहरूले देखेको त्यो इन्द्रेणीलाई दिव्य संकेतको रूपमा लिए। जुबिनले आफ्नो सङ्गीतमार्फत मानिसको जीवनमा ल्याएको रङहरूको स्मरण गरे । पुनःअन्तिम यात्रा र अन्त्येष्टिको दिन पनि हल्का वर्षा पर्यो—आकाश र धरतीले आँसु झारेर आफ्ना छोरा प्रति अन्तिम बिदाइ गरेको प्रतीक जस्तै। वर्षामा उभिएका प्रसंशकहरूले आध्यात्मिक सम्बन्धको गहिरो अनुभूति गरे, भनी जुबिनको आत्मा पाँच तत्वहरूसँग आकाश, जल, अग्नि, वायु र धरतीसँग एकाकार भयो ।
यी अद्भुत घटनाहरूलाई अहिले धेरैले “ZG with Nature” भनेर सम्बोधन गर्न थालेका जुबिन केवल गायक मात्र होइन, एउटा प्राकृतिक शक्ति थिए, जसको सम्बन्ध असमका भूभाग, नदी, वन र आकाशसँग चिरकालीन रह्यो। उनको सङ्गीत सधैँ प्रकृतिको लयसँग गुन्जिन्थ्यो, र अन्तिम बिदाइमा प्रकृतिले पनि वर्षा र इन्द्रेणीको आफ्नै धुनमा उत्तर दिएको जस्तो भयो।
*गोर्खाको तर्फ बाट श्रद्धान्जली*
सोमबार साँझ असम राज्य समिति, भारतीय गोर्खा परिसंघ (BGP) का मूलसचिव नन्द किराँती देवान, सचिव गोपाल तथा भारतीय गोर्खा युवा परिसंघका मूलसचिव रमेश बस्तोलाले राष्ट्रका गोर्खाहरूको तर्फबाट दिग्गज कलाकार जुबिन गार्गप्रति श्रद्धाञ्जली अर्पण गरे।
देवानले जुबिन गार्गको पार्थिव शरीरमा फूल र गोर्खाली खादा अर्पण गरे, जुन पार्थिव शरीर अन्य समुदायका परम्परागत स्कार्फहरूले समेत सजाइएको थियो। सारुसजाईमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नन्द किराती देवानले भने,
“भारतिय गोर्खा परिसंघले गुवाहाटीको हरि प्रसाद ‘गोर्खा’ राई भवनस्थित कार्यालयमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा सर्वसम्मत प्रस्ताव पारित गरी असम सरकारसँग जुबिन गर्गको समाधिक्षेत्रलाई ‘जुबिननगर’ नामाकरण गर्न माग गरेको छ। यसले दिग्गज कलाकारको चिरस्थायी स्मृतिको लागि असली श्रद्धाञ्जली हुनेछ।” यही प्रस्ताव र श्रद्धाञ्जलीसँगै स्थानीय जनता र प्रसंशकहरुले उक्त स्थानलाई “जुबिननगर”, “जुबिनक्षेत्र” वा “जुबिन समाधिक्षेत्र” भनेर सम्बोधन गर्न थालेका छन ।