Khoj Khabar HD

Khoj Khabar HD Khoj Khabar HD is the most watched YouTube news channel in the hills of Kalimpong and Darjeeling districts. It was launched on 5th March 2018. Khoj Khabar
(2)

04/09/2025

खोइ पहाडको निम्ति घोषणा भएको युनिभर्सिटी अनि कलेजहरू। पहाडका विधायकहरूले विधानसभामा यी मुद्दा उठाउन तारा सन्दासको सुझाउ

04/09/2025

कालेबुङ महाकाल डाँडामा नानीमाथि भएको घटना के हो? पुलिस प्रशासनको पक्षबाट DY SP HQ भानु राईले दिए यस्तो जानकारी

04/09/2025

गणेश अधिकारीले हिजो महाकाल डाँडामा मोटरसाइकलमा आएका तीन जना अपराधीले उनको नाबालिग केटालाई धम्की दिए, थप्पड हाने र घरभित्र पस्न खोजेको घटनाको रिपोर्ट गरेका थिए। उनीहरूको खोजी गर्न एउटा टोली पठाइएको थियो, तर कुनै सकारात्मक नतिजा आएन। यस विषयमा एफआईआर दर्ता गरिएको छ। अभियुक्तहरूलाई पत्ता लगाउन म्यानुअल स्रोतहरू र प्राविधिक निगरानी भइरहेको छ। प्रहरीका वरिष्ठ अधिकारीहरूले मुद्दाको नजिकबाट निगरानी गरिरहेका छन्।

हाल, नाबालिग केटा आफ्नो घरमा सुरक्षित छ।
कालेबुङ पुलिस।

03/09/2025

हेर्नुहोस् त पानीमा पनि यसरी सागसब्जी फलाउन सकिँदो रहेछ
Aquaponics Farming in Kalimpong
















03/09/2025

विधायक एवं लेप्चा बोर्ड चेयरम्यान रूदेन लेप्चाले 14 औं लेप्चा स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा -

1.त्रिकोण पार्कमा गरेको धर्ना केवल नाटक हो

2.जसको कारणले हामी फुट्यौ‌ यो फुटाई पछि कोही दुई व्यक्ति छ जसको संयन्त्रमा लेप्चाहरू फुटेको छ

3. लेप्चा भाषा पाठ्यक्रममा सामेल होस् हामी पनि चाहान्छौं तर यो चाहिँ देखावटी हुनुहुँदैन अन्तरात्माले स्वीकार्नु पर्छ

4.900 वटा होमस्टे घोटाला गर्नेहरूलाई यहाँबाट भगाउन पनि सक्छौं खुल्ला चेतावनी उनीहरूलाई

03/09/2025

Proud Moment: Aldora Institute का 6 विद्यार्थी Cabin Crew मा चयन! | Air India & Indigo Placement





"VOTE FOR RINCHEN DORJEE TAMANG FINALIST" SA RE GA MA PA Li'L CHAMPS NEPAL         SEASON 2
31/08/2025

"VOTE FOR RINCHEN DORJEE TAMANG FINALIST" SA RE GA MA PA Li'L CHAMPS NEPAL SEASON 2

---सन्त स्टिफेन्स एकेडेमी, कैफरका सबै कराते खेलाडीहरूलाई हार्दिक बधाई ।२३ र २४ अगस्ट २०२५ मा रकभेल एकेडेमीमा सम्पन्न १st...
27/08/2025

---

सन्त स्टिफेन्स एकेडेमी, कैफरका सबै कराते खेलाडीहरूलाई हार्दिक बधाई ।
२३ र २४ अगस्ट २०२५ मा रकभेल एकेडेमीमा सम्पन्न १st नर्थ–बंगाल इन्टर–स्कुल कराते प्रतियोगिता–२०२५ मा टिम च्याम्पियन बन्न सफल भएकोमा हार्दिक शुभकामना।

सुन पदक विजेता
१. मिस विद्यासा खाती
२. मिस सङ दोल्मा लामा
३. मिस रिपन्दी लेप्चा
४. मिस छेरिङ छोदेन लाछेनपा
५. मिस सिम्रन क्षेत्री
६. मास्टर सुहार्ता घोष
७. मास्टर रेहन्त क्षेत्री
८. मास्टर आश्विन राई
९. मास्टर हेमन्त कुजुर
१०. मास्टर मीजङ लेप्चा

रजत पदक विजेता
१. मिस रिया परियार
२. मिस फोङफिङ लेप्चा
३. मिस सक्चुम लेप्चा
४. मिस रोहिना राई
५. मिस अनुप्री क्षेत्री
६. मिस अदिति गुप्ता
७. मिस स्मिति लामा
८. मिस प्रियांशी पुन्यासैनी क्षेत्री
९. मास्टर आयुष्मान चक्रवर्ती
१०. मास्टर रुद्राक्ष रजक
११. मास्टर आशीष तामाङ
१२. मास्टर सिदान्त गुरुङ

काँस्य पदक विजेता
१. मिस लावण्य सिंह
२. मिस श्रीष्टी प्रधान
३. मिस सैनी धर
४. मिस केथलिन थापा
५. मिस फु लामु शेर्पा
६. मास्टर ऋत्विक बहादुर क्षेत्री
७. मास्टर आरजू सेख
८. मास्टर निमा नोर्बु विश्वकर्मा

27/08/2025

अन्त्येष्टि कार्यको सूचना
हाम्रा अतिप्रिय बाबा गणेश कुमार छेत्री (पूर्व प्लान्टर रोङ्गो सिन्कोना बगान) को गत 20 अगस्त 2025(बुधबार) का दिन असामयिक निधन भयो। उनको अन्येष्टि कार्य आगामी 1 सितम्बर 2025(सोमबार) का दिन रोङ्गो सार्वजनिक भवन बरगोलाईमा सम्पन्न हुने भएको छ।
यसर्थ टाडा-नजिकमा रहेका सम्पूर्ण आफन्तजन, इष्टमित्र एवं शुभचिन्तकहरूलाई उक्त दिन उपस्थित भएर आत्मशान्तिको कामना गरिदिन अनुरोध गर्दछौँ।
बिनित
रोशन-जानुका(छोराबुहारी)
आभाष-अनिता (नाता-नातिनी)
दाजु-मनकुमार
भाईहरू-शिवकुमार, रुद्रकुमार
एवं सम्पूर्ण शोकाकुल परिवार।

ग्रामीण क्षेत्रमा आधरभूत पूर्वधार सुदृढीकरण गर्ने उद्देश्यले पश्चिम बंगाल सरकारले संचालन गरेको हाम्रो गाउं हाम्रो समाधान...
27/08/2025

ग्रामीण क्षेत्रमा आधरभूत पूर्वधार सुदृढीकरण गर्ने उद्देश्यले पश्चिम बंगाल सरकारले संचालन गरेको हाम्रो गाउं हाम्रो समाधान क्याम्प हिज कफेरमा पनि सम्पन्न भएको थियो जसमा क्षेत्रवासीको बाक्लो उपस्थित रहेका थिए।

कालेबुङमा हरितालिका तीज पर्व भव्यताका साथ सम्पन्नकालेबुङ, २६ अगस्त २०२५: मानव उत्थान सेवा समिति, कालेबुङ तहसीलको आयोजनाम...
26/08/2025

कालेबुङमा हरितालिका तीज पर्व भव्यताका साथ सम्पन्न
कालेबुङ, २६ अगस्त २०२५: मानव उत्थान सेवा समिति, कालेबुङ तहसीलको आयोजनामा दश माइल धर्म बोध आश्रममा हरितालिका तीज पर्व महोत्सव बडो धुमधामका साथ सम्पन्न भएको छ। कालेबुङ प्रभारी महात्मा शैल बाईजी र सहयोगी महात्मा निहारिका बाईजीको अगुवाइमा आयोजित यो कार्यक्रममा टाढा-टाढाबाट प्रेमी भक्तजनहरू र जिज्ञासुहरूको अपार भीड रहेको थियो। गित निम्बङ, रेलिपाला, सुरुक समथार, पैयौँ, र कालेबुङ वरपरका क्षेत्रहरूबाट आएका भक्तजनहरूले कार्यक्रममा विशेष रौनक थपेका थिए।

नेपाली संस्कृतिमा तीज पर्वको विशेष महत्व छ। विशेषगरी हिन्दू नारीहरूले यो पर्वलाई ठूलो उत्साह र भक्तिका साथ मनाउने गर्छन्। हरितालिका तीज भाद्र महिनाको शुक्ल पक्ष तृतीयाको दिन मनाइन्छ। यो पर्व भगवान शिव र माता पार्वतीको पुनर्मिलनको सम्झनामा मनाइने पर्व हो। पौराणिक कथनअनुसार, माता पार्वतीले भगवान शिवलाई पतिका रूपमा प्राप्त गर्न कठोर तपस्या र व्रत बसेकी थिइन्। त्यसैको फलस्वरूप यो पर्व नारीहरूले आफ्नो पतिको सुख, समृद्धि र दीर्घायुको कामनाका लागि मनाउने परम्परा बनेको छ। अविवाहित युवतीहरूले राम्रो र योग्य वर प्राप्तिको लागि यो व्रत बस्ने गर्छन्।
यो पर्वमा नारीहरू दिनभरि निराहार व्रत बस्छन् र साँझ भगवान शिव र पार्वतीको पूजा-अर्चना गर्छन्। तीजको दिन नारीहरू रातो पहिरन, गहना र मेहन्दीले सजिएर नाचगान र रमाइलोमा सहभागी हुन्छन्। तीजका गीतहरू, विशेषगरी लोकगीत र तीजका विशेष गीतहरू, यो पर्वको आकर्षणको केन्द्र बन्छन्। यी गीतहरूमा नारीहरूले आफ्ना सुख-दुख, माइती र घरपरिवारका कथाहरूलाई व्यक्त गर्छन्।

कार्यक्रममा मानव उत्थान सेवा समितिका गोपाल छेत्री, तहसील सचिव निपु कोठारी, उप-तहसील सचिव गोविन्द भूजेल, तारा भण्डारी, युवा प्रकोष्ठका जिल्ला कोअर्डिनेटर सुशील गुरुङ, तहसील कोअर्डिनेटर बिमला थापा, समितिबाट हिमा थापा, रजिना थापा, रोशनी रुचाल, दीपा रुचाल, सरिता कालिकोटे, सपना राई, हमल भूजेल, किशोर गिरी, मणिराज राई लगायतको विशेष उपस्थिति रहेको थियो। कालेबुङ प्रभारी महात्मा शैल बाईजीले तीज पर्वको महत्व र यसलाई मनाउने उद्देश्यबारे विस्तृत जानकारी प्रदान गरिन। उहाँले तीजले नारीहरूको आत्मबल, धैर्यता र भक्तिलाई प्रतिबिम्बित गर्ने बताउँदै यो पर्वले सामाजिक एकता र सांस्कृतिक समृद्धिलाई पनि जोड दिने बताइन।

कार्यक्रममा भक्तजनहरूले तीजका गीतहरूमा नाचगान गरेर उत्साहपूर्ण वातावरण सिर्जना गरेका थिए। रातो सारी र गहनामा सजिएका महिलाहरूले तीजका परम्परागत गीतहरू गाएर र नाचेर माहोललाई रमाइलो बनाए। यो अवसरमा माइती र ससुरालीको सम्झना, जीवनका उतारचढाव र सुख-दुखका भावनाहरूलाई गीत र नृत्यमार्फत व्यक्त गरिएको थियो।

कालेबुङको दश माइल धर्म बोध आश्रममा आयोजित यो तीज महोत्सवले नेपाली संस्कृतिको सुन्दर पक्षलाई उजागर गर्न सफल भएको छ। यो पर्वले नारीहरूको धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक धरोहरलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको छ। यस्ता कार्यक्रमहरूले समुदायमा एकताको भावना बढाउनुका साथै परम्परागत मूल्य र मान्यताहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुर्‍याउँछ।

कालेबुङ कफेरकी छोरी सुष्मिता तामाङले फेरी अर्को जित हासिल गरेकी छिन्नेपालमा  सम्पन्न भएको मेरो डान्स युनिभर्समा उनले क्य...
26/08/2025

कालेबुङ कफेरकी छोरी सुष्मिता तामाङले फेरी अर्को जित हासिल गरेकी छिन्
नेपालमा सम्पन्न भएको मेरो डान्स युनिभर्समा उनले क्यरोग्राफरको भुमिका निभाएकी थिइन्।
र उनको टीम विनर बनेको छ।
उनी विनर क्यरोग्राफर बन्न सफल भएकी छिन्।

Address

Kalimpong
Kalimpong

Telephone

+919851588681

Website

Alerts

Be the first to know and let us send you an email when Khoj Khabar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khoj Khabar HD:

Share