Khoj Khabar HD

Khoj Khabar HD Khoj Khabar HD is the most watched YouTube news channel in the hills of Kalimpong and Darjeeling districts. It was launched on 5th March 2018. Khoj Khabar
(4)

कालेबुङको गौरव: राज भित्रीकोठीको ऐतिहासिक सफलताकालेबुङको रेली रोड निवासी राज भित्रीकोठीले गान्तोकमा आयोजित प्रतिष्ठित Mo...
01/06/2026

कालेबुङको गौरव: राज भित्रीकोठीको ऐतिहासिक सफलता
कालेबुङको रेली रोड निवासी राज भित्रीकोठीले गान्तोकमा आयोजित प्रतिष्ठित Mount Kabru Amateur Championship मा उत्कृष्ट प्रदर्शन गर्दै कालेबुङको नाम उच्च बनाएका छन्।
राजेश भित्रीकोठीका सुपुत्र राजले आफ्नो अथक मेहनत, अनुशासन र समर्पणका साथ प्रतियोगितामा शानदार सफलता हासिल गरे। Pakhrin Fitness का प्रशिक्षकको कुशल मार्गदर्शनमा उनले विभिन्न विधामा पदक जित्न सफल भए:
🥇 स्वर्ण पदक – Seniors Men's Bodybuilding
🥇 स्वर्ण पदक – Seniors Men's Physique
🥈 रजत पदक – Seniors Denim Jeans Physique
रेली रोडको साधारण परिवेशबाट गान्तोकको भव्य मञ्चसम्मको यो यात्रा राजको कठोर परिश्रम, आत्मविश्वास र लगनशीलताको प्रेरणादायी उदाहरण बनेको छ।
राज भित्रीकोठी, उहाँको परिवार तथा सम्पूर्ण Pakhrin Fitness टोलीलाई हार्दिक बधाई तथा आगामी दिनहरूका लागि शुभकामना।

27/05/2026

के तपाईँहरूले ट्रेनिङ गर्ने बङ्गालभित्रको व्यवस्थाको निम्ति भोट दिनुभएको हो? : होइन भने अब यसो गरौं

24/05/2026

जर्नलिष्ट एसोसिएसन अफ कालिम्पोङका अध्यक्ष मनोज बोगटीद्वारा राजीनामा, लिए पत्रकारिताबाट सन्यास, सक्रिय राजनीतिमा प्रवेश गर्ने घोषणा

मनोज बोगटीले जर्नलिष्ट एसोसिएसन अफ कालिम्पोङको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। हालै मात्र अध्यक्षमा चयन भएका बोगटीले आफू अब जाति, मुद्दा र माटोको पक्षमा सक्रिय राजनीतिमा पूर्णकालीन रूपमा लाग्ने निर्णय गरेपछि नैतिकताको आधारमा पद त्याग गरेको बताएका छन्।
उनले पत्रकारिताबाट पनि औपचारिक रूपमा सन्यास लिएको घोषणा गरेका छन्। उनले आफ्नो जीवनको लामो समय पत्रकारिता, साहित्य र जनआवाजको पक्षमा समर्पित गरेको उल्लेख गर्दै अब त्यही संघर्षलाई राजनीतिक मोर्चाबाट अघि बढाउने बताएका छन्।
बोगटीले आफ्नो वक्तव्यमा सत्ता र व्यवस्थाविरुद्ध आवाज उठाउँदा आफूले कुटपिट, धम्की र २१ वटा मुद्दासम्म खेप्नुपरेको उल्लेख गरेका छन्। तर ती सबै दबाबका बाबजुद आफू लोकतन्त्र, पत्रकारिता र जनअधिकारको पक्षमा डटेर उभिएको बताएका छन्।
उनले गोर्खा समुदायको पहिचान, भाषा, भूगोल र राजनीतिक अधिकारमाथि भइरहेको क्रमिक षड्यन्त्रलाई नजिकबाट अनुभव गरेपछि अब केवल पत्रकारिताले मात्र नपुग्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्। उनका अनुसार अब पारम्परिक, सम्झौतावादी र लम्पसारवादी राजनीति भत्काएर गरीबभन्दा गरीब र कमजोरभन्दा कमजोर जनताले पनि आफ्नो अधिकार बोल्न सक्ने राजनीतिक संस्कृति निर्माण गर्ने लक्ष्यका साथ आफू राजनीतिमा होमिएका हुन्।
प्रेस वक्तव्यमा उनले नयाँ पुस्ताको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने संकेत पनि दिएका छन्। गोर्खाल्याण्ड आन्दोलनको नाममा विगतमा भएका सम्झौता, विश्वासघात र मुद्दाको कमजोर प्रस्तुतिले जनतामा अविश्वास पैदा गरेको स्वीकार गर्दै अब नयाँ वैचारिक र संघर्षशील राजनीतिक संस्कृतिको आवश्यकता रहेको बताएका छन्।
उनले पुराना राजनीतिक दलहरू क्रमशः मुद्दाबाट विचलित हुँदै गएको आरोप लगाउँदै अब भूमि, भाषा, जातीय पहिचान र क्षेत्रीय अधिकारको रक्षाका लागि नयाँ युवा बौद्धिक नेतृत्व अगाडि आउनुपर्ने समय आएको बताएका छन्।
साथै उनले आफ्नो भविष्यको राजनीतिक यात्रामा पनि आलोचना र प्रश्नलाई स्वागत गर्ने बताएका छन्। हिजो मैले अरूलाई प्रश्न गरेको थिएँ, भोलि जनताले मलाई पनि त्यसरी नै प्रश्न गर्नुपर्छ, भन्दै उनले आलोचनाबाट भाग्ने होइन, आलोचनामार्फत आफूलाई सुधार्ने राजनीतिक संस्कृतिको आवश्यकता औंल्याएका छन्।

23/05/2026

ज्ञान र एसएससीसीको बैठक। छुट्टै राज्य गोर्खाल्याण्डको लागि 'नयाँ पार्टी' बनिने। 'कुनै पार्टी, बुद्धिजीवी, स्वतन्त्र संस्था र व्यक्ति विशेषले गोर्खाल्याण्ड मुनि र बङ्गालभित्रको व्यवस्थाको लागि गतिविधि नगर्नुहोला, गरेमा जनाकांक्षी बिरोधी मानिनेछ -मनोज बोगटी

अजय एडवर्ड्स माृतशोकमा
21/05/2026

अजय एडवर्ड्स माृतशोकमा

18/05/2026

कालेबुङमा भाजपाको विजय उत्सव

08/05/2026

विमल-अनितलाई अडान फिर्ता लिन विनय तामाङको आग्रह
भने, भ्रष्ट्रचारमाथि जाँच गर्न घराउ होइन प्रशासनिक चाप सृष्टि गर्नुपर्छ।

07/05/2026

शिक्षामा भाइभतिजावाद: अनिल लोप्चनले दिए उच्च न्यायालय जाने चेताउनी

07/05/2026

पहाडमा शान्ति भङ्ग हुन म कदापि दिने छैन। 14 मई को दिन बिमल गुरुङले लालकोठी घेराउ गर्छु भन्दै छ म त्यही दिन दार्जिलिङमा शान्ति शान्ति जुलुस निकाल्नेछु।

06/05/2026

कालेबुङमा सांसद राजु विष्ट: पत्रकार सम्मेलनमा के के भने? हेर्नुहोस् पूरा भिडियो

Address

Kalimpong

Telephone

+919851588681

Website

Alerts

Be the first to know and let us send you an email when Khoj Khabar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khoj Khabar HD:

Share