KTV Kalimpong

KTV Kalimpong Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KTV Kalimpong, Media/News Company, Kalimpong District, Kalimpong.
(1)

Kalimpong Television is a local news channel from Kalimpong District of Darjeeling hills which provide local news of Kalimpong, Darjeeling hills, North Bengal and Sikkim

29/07/2026

July
कालेबुङ, २९ जुलाई।
भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा कालेबुङमा आयोजित हुने कार्यक्रमबारे स्वतन्त्रता दिवस समारोह समितिले पत्रकार सम्मेलन आयोजना गरेको छ।

29/07/2026

:

जीपीटीओद्वारा जिल्ला विद्यालय निरीक्षक (DI)लाई विभिन्न समस्याबारे ज्ञापनपत्र।

गोर्खा प्राथमिक शिक्षक संगठन (GPTO) ले प्राथमिक शिक्षकहरूका विविध समस्याहरू समाधान गर्न माग गर्दै कालेबुङ जिल्लाका जिल्ला विद्यालय निरीक्षक (District Inspector of Schools) समक्ष ज्ञापनपत्र बुझाएको छ।
संगठनका अध्यक्ष ऐत तामाङले एक पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै, प्राथमिक शिक्षकहरूले लामो समयदेखि भोग्दै आएका विभिन्न प्रशासनिक तथा सेवासम्बन्धी समस्याहरूलाई समेटेर विस्तृत ज्ञापनपत्र पेश गरिएको बताए। उनले ज्ञापनपत्रमा समेटिएका प्रत्येक विषयबारे विस्तारपूर्वक जानकारी गराउँदै सम्बन्धित निकायले शीघ्र पहल गरी समस्याको समाधान गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष तामाङका अनुसार संगठनले शिक्षकहरूको हक, हित तथा सेवा–सुविधासँग सम्बन्धित विषयहरूलाई प्राथमिकताका साथ उठाएको छ र सम्बन्धित अधिकारीबाट सकारात्मक पहल हुने अपेक्षा राखेको छ।
उक्त पत्रकार सम्मेलनमा संगठनका सचिव राजेन थापा, कार्यकारी सदस्यहरू नीला सुब्बा, रोमा छेत्री लगायत अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

 : मेलाटारमा स्वतन्त्रता दिवस ओपन फुटबल प्रतियोगिता जुलाई ३१ देखि।कालेबुङ: डिस्ट्रिक्ट फुटबल एसोसिएसन कालेबुङको आयोजनामा...
29/07/2026

:
मेलाटारमा स्वतन्त्रता दिवस ओपन फुटबल प्रतियोगिता जुलाई ३१ देखि।

कालेबुङ: डिस्ट्रिक्ट फुटबल एसोसिएसन कालेबुङको आयोजनामा मेलाटार खेलमैदानमा सम्पन्न हुने प्रतिष्ठित स्वतन्त्रता दिवस ओपन फुटबल प्रतियोगिता–२०२६ आगामी ३१ जुलाई देखि सुरु हुने भएको छ।
यस वर्षको प्रतियोगितालाई अझ आकर्षक बनाउन विजेता टोलीका लागि ₹४ लाख तथा उपविजेता टोलीका लागि ₹२ लाख नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा कुल १६ वटा टोली सहभागी हुनेछन्। सहभागी टोलीहरूमा एएससी बेङ्गलुरु, आर्मी रेड, हिमालयन शेर्पा (नेपाल), एनआरटी (नेपाल), गढवाल राइफल्स, रेड पाण्डा, साथै कालेबुङ, दार्जिलिङ, खर्साङ, सिलगढी र सिक्किमका विभिन्न चर्चित फुटबल क्लबहरूको सहभागिता रहनेछ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चर्चित टोलीहरूको सहभागिताले यस वर्षको प्रतियोगिता अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण खेलप्रेमीहरूलाई मेलाटार मैदानमा उपस्थित भई खेलाडीहरूको उत्साहवर्द्धन गर्न हार्दिक अनुरोध गरेको छ।

28/07/2026

:
रेफ्रीमाथि हातपात गर्ने जर्जन एफसीका दुई खेलाडी दुई वर्षका लागि निलम्बित।

कालेबुङ, डिस्ट्रिक्ट फुटबल एसोसिएसन कालेबुङद्वारा मेलाटारमा आयोजित भानु बराल मेमोरियल लिग फुटबल प्रतियोगिता अन्तर्गत सम्पन्न सेमिफाइनल खेलका क्रममा जर्जन एफसीका दुई खेलाडी बारुद र लाक्पा तामाङले खेल सञ्चालन गरिरहेका रेफ्रीमाथि हातपात गरेको घटनालाई गम्भीर रूपमा लिँदै डिस्ट्रिक्ट फुटबल एसोसिएसन कालेबुङले दुवै खेलाडीलाई दुई वर्षका लागि मेलाटार खेलमैदानमा आयोजना हुने सबै प्रतियोगितामा खेल्न प्रतिबन्ध लगाएको छ।
यस सम्बन्धमा एसोसिएसनका अध्यक्ष पाल्देन तामाङ ले अनुशासनहीन व्यवहारलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पार्दै खेलको मर्यादा र रेफ्रीको सम्मान कायम राख्न यस्तो निर्णय गरिएको बताए।
उनले खेलाडीका लागि अनुशासन सबैभन्दा महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै यस घटनाबाट अन्य खेलाडीहरूले पनि शिक्षा लिनुपर्ने र भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन सबैले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्ने धारणा व्यक्त गरे।
Video courtesy: HSL NEWS

27/07/2026

July
शहीद देवीप्रसाद भण्डारी पथको नामकरण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
कालेबुङ, २७ जुलाई।
गोर्खा शहीद दिवसको अवसरमा शहीद देवीप्रसाद भण्डारी स्मृति समितिको आयोजनामा कालेबुङको लोवर बोङ बस्तीमा शहीद श्रद्धाञ्जली कार्यक्रम, धार्मिक अनुष्ठान तथा ‘शहीद देवीप्रसाद भण्डारी पथ’ नामकरण कार्यक्रम सम्पन्न भएको छ।

27/07/2026

▪️३६ नम्बर समष्टि पुदुङका सहीद चुन्नु सुब्बाको वेदीबाट भाजपा जिल्ला महासचिव राजु थुलुङ राईले भने.....👇️

26/07/2026

July
भालुखोपका चार बुथका युवाहरू भाजपामा सामेल
कालिम्पोङ : भालुखोप ग्राम पञ्चायतअन्तर्गत १२७, १२८, १२९ र १३० नम्बर बुथका ठूलो संख्यामा युवाहरू विशेष कार्यक्रमबीच भारतीय जनता पार्टी (भाजपा)मा सामेल भएका छन्।
मण्डल सभापति ज्ञानबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न पदाधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेताहरूले भालुखोपको समग्र विकासका लागि एकता, सहकार्य र युवाको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन्।

25/07/2026

July
गोर्खाल्यान्ड आन्दोलन शहीद परिवार को मासिक सभा दुःख निवारक सम्मेलन भवनमा सम्पन्न गरिएको छ।
संगठनका अध्यक्ष निरियश मुखियाको अध्यक्षतमा सम्पन्न सभामा कालेबुङका विभिन्न स्थान बाट शहीद परिवारक सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो। सभामा आगामी सोमबार हुने शहीद दिवसमा सबैले अतिथिको रुपमा उपस्थित भएर कार्यक्रम सफल बनाउनु साथै शहीद परिवारको एकता प्रदर्शन गर्ने अध्यक्षद्वारा आह्वान गरिएको छ। सभामा शहीद परिवारको विभिन्न विषय उठान गरिएको थियो।

25/07/2026

July
भारतीय गोर्खा परिसंघको कालेबुङ आञ्चलिक समितिको सभा सम्पन्न।

अध्यक्ष अनिता भुसालको अध्यक्षतामा सम्पन्न सभामा विभिन्न विषय चर्चा परिचर्चा गरिएको थियो।
आगामी 27 जुलाईको दिन गोर्खा शहीद दिवस पालन गरिने निर्णय भएको महासचिव पुराण कुमार क्षेत्रीले जनाएका छन्।
यसरी नै उक्त दिन बेलुकी द्वीप प्रज्जवलन गरेर श्रद्धाञ्जली अर्पण गरिदिन अध्यक्ष अनिता भुसालले आह्वान गरेकी छन्।

Address

Kalimpong District
Kalimpong
734301

Website

Alerts

Be the first to know and let us send you an email when KTV Kalimpong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share