Gorubathan बुलेटिन

Gorubathan बुलेटिन समाचार दाता
संधै सत्यको पक्षमा

गोरुबथान छोटा फागु गुप्तेश्वर धाम देखि केही तल बगान भित्र यो एउटा ढुङ्गा मा अलौकिक खुट्टाको छाप रहेको जान्न मा आएको छ। #...
29/10/2025

गोरुबथान छोटा फागु गुप्तेश्वर धाम देखि केही तल बगान भित्र यो एउटा ढुङ्गा मा अलौकिक खुट्टाको छाप रहेको जान्न मा आएको छ।
#स्रोत

आज विहान लगभग १० बजे मंग्पू विभाग मंग्पू अन्तर्गत ४९ धुरा निवासी श्री मदन गुरूङ्गको किचनमा आगलागी भ‌एपछि किचन जलेर नष्ट ...
28/10/2025

आज विहान लगभग १० बजे मंग्पू विभाग मंग्पू अन्तर्गत ४९ धुरा निवासी श्री मदन गुरूङ्गको किचनमा आगलागी भ‌एपछि किचन जलेर नष्ट भ‌एको छ।आगलागीको समय सिन्कोना श्रमिकहरू एवं ग्रामवासीले थाॅहा पा‌एपछि तत्कालै आगो निभाउनमा जुटेका थिए।घटनाको कुरा प्रकाशमा आएपछि तत्कालै मंग्पू विभागका माननीय ग्याङमेन श्री आइ बी मोहरा, रोङ्गचोङ्ग ग्राम पंचायत प्रधान श्रीमती ममता थापा,श्री विधेन राई (पंचायत कार्यकारी सहायक),संतोष दर्नाल( पंचायत कर्मी),अमित गुरूङ्ग (पंचायत सदस्य), मंग्पू आउट पोस्टबाट पुलिसकर्मी आदि आएर घटनास्थलको विवरण लिएका छन्।रोङ्गचोङ्ग ग्राम पंचायतको तर्फबाट तत्काल राहत सामग्री एवं ग्राम सुधार समितिको पक्षबाट रू ५००० आर्थिक सहयोग पनि गरेका छन्।उक्त घटना सट सर्किट भ‌एपछि सिलिंडर पड्केकोले उग्ररूप लिएको हो भनी जान्नमा आएको छ।घर परीवार भने सबै सुरक्षित रहेका छन्।
स्रोत समाचार

28/10/2025

मङपुको एक घरमा आगलागी भएको जानकारी प्राप्त भएको छ

गुप्तेश्वर धाम परिसरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न हुने। गोरुबथान: गुप्तेश्वर धाम सेवा समिति तथा गोरुबथान थानाको सं...
28/10/2025

गुप्तेश्वर धाम परिसरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न हुने।

गोरुबथान: गुप्तेश्वर धाम सेवा समिति तथा गोरुबथान थानाको संयुक्त आयोजनामा आगामी २९ अक्टोबर २०२५ बुधबारको दिन गुप्तेश्वर धाम परिसरमा निःशुल्क आँखा जाँच शिविर साथै निःशुल्क मोतिबिन्दु अप्रेसन शिविर सम्पन्न हुन गइरहेको छ ।यस अवसरमा आँखासित समबन्धित कुनै बिमार हुनेहरुले यसको लाभ लिन सक्नेछन्।

राष्ट्रिय राजमार्ग दशमा ट्रक दुर्घटना हुँदा एकको घटना स्थलमा नै मृ'त्यु।हिजो राति लगभग  ११ बजेर ५६ मिनटतिर सिलगढीबाट काल...
28/10/2025

राष्ट्रिय राजमार्ग दशमा ट्रक दुर्घटना हुँदा एकको घटना स्थलमा नै मृ'त्यु।

हिजो राति लगभग ११ बजेर ५६ मिनटतिर सिलगढीबाट कालेबुङतर्फ जाँदै गरेको डब्लुएबी–७८/५४३० नम्बरको एउटा ट्रक रियाङ(रम्बी) पुलिस थाना अन्तर्गत पर्ने एनएच–१० को २७ माइल नजिक दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ। सिमेन्ट बोकेको उक्त ट्रक सडकबाट लगभग ३०० मिटर तल खसेको बताइएको छ। उक्त ट्रक चालक घटनास्थलमै मृ'त अवस्थामा फेला परेका छ ।घटना भएको सुन्नासाथ रात्रीको अध्यारोमा पनि रम्बी रियाङ पुलिस टोली तत्काल घटनास्थलमा पुगेको र उद्धार कार्यमा जुटेको छ।उक्त मृतको शवलाई उद्धार गरी रम्बी ब्लक प्राथमिक स्वास्थ्य केन्द्र (अस्पताल) पठाइएको स्रोतले जानकारी दिएको छ।
स्रोत-दार्जिलिङ today

27/10/2025

दुधे बालसन वैकल्पिक पुलको अहिलेको अवस्था हेर्नुहोस् यो छोटो भिडियो।

प्रियंका मिसको असामायिक निधनसामाबियोङ चियाकमान स्थित अलिशा मेमोरियल विद्यालयकी भूतपूर्व शिक्षिका हुन्  श्रीमति प्रियंका ...
25/10/2025

प्रियंका मिसको असामायिक निधन

सामाबियोङ चियाकमान स्थित अलिशा मेमोरियल विद्यालयकी भूतपूर्व शिक्षिका हुन् श्रीमति प्रियंका छेत्री।उनी विद्यार्थी तथा सहपाठीहरुमाझ मुन्ना मिस भनेर परिचित थिइन‌।उनको असामायिक निधनले उनका विद्यार्थीगण तथा सहपाठीगणमा शोक छाएको छ।उनी एक अनुभवी ,मिलनसार शिक्षिका थिइन्।
स्व० प्रियंका छेत्री मिसले दिनुभएको योगदानको स्मरण गर्दै आलिशा मेमोरियल परिवारले आफ्नो पूर्व सहकर्मीको निधनम भावपूर्ण श्रदान्जली अर्पण गरेको छ ।

DO YOU KNOW HER??नोलको   बाटोमा गाडी   दुर्घटनामा परेर  आमाको होस नआए  पछि यो नानीको पहिचान खुलेको छैन।  यो फोटो लाई सक्...
22/10/2025

DO YOU KNOW HER??

नोलको बाटोमा गाडी दुर्घटनामा परेर आमाको होस नआए पछि यो नानीको पहिचान खुलेको छैन।

यो फोटो लाई सक्दो सयर गरेर उनको परिवार सम्म यो सन्देश पुर्‍याउन मदत गरिदिनु होला। कहाँकि हुन पहिचान खुलेन।

सक्दो सेयर गरिदिनु होला।

The vehicle she was traveling in met with an accident on the Nol Dara road in Mirik. Her mother is still unconscious. They have not been able to find her details.

If anyone knows her, please inform her family, or contact your nearest police station

[Info by Bal Krishna, Mirik]

West Bengal CM announced a ₹10,000 grant for 1,05,000 ICDS workers and 72,000 ASHA workers to purchase smartphones, aimi...
22/10/2025

West Bengal CM announced a ₹10,000 grant for 1,05,000 ICDS workers and 72,000 ASHA workers to purchase smartphones, aiming to improve health and nutrition services across the state.

🏆 फुटबल प्रतियोगिता सूचना 🏆शेर्पा गाउँ स्पोर्ट्स एण्ड कल्चरल एशोयिसनद्वारा हरेक वर्षझैँ यस वर्ष पनि भव्य रूपमा आयोजना हु...
22/10/2025

🏆 फुटबल प्रतियोगिता सूचना 🏆
शेर्पा गाउँ स्पोर्ट्स एण्ड कल्चरल एशोयिसन
द्वारा हरेक वर्षझैँ यस वर्ष पनि भव्य रूपमा आयोजना हुँदै आएको फुटबल प्रतियोगिता यश वर्ष पनि उत्साहका साथ सञ्चालन हुँदैछ।

📅 मिति: आइतबार, 26/10/2025
📍 स्थान: शेर्पा गाउँ, ओगेल खेलमैदान
🕑 समय: दिउँसो 2 बजे

🎖️ पुरस्कार राशि:
🏅 विजेता टोली: रु. 80,000/- र ट्रफी
🥈 उपविजेता टोली: रु. 50,000/- र ट्रफी

सबै खेलप्रेमी एवं दर्शकहरूलाई हार्दिक स्वागत छ।
आउनुहोस् — खेललाई हौसला दिऔं, खेल भावना बढाऔं! ⚽🔥

21/10/2025

हमासद्वारा मारिएको नेपालका नागरिक विपिन जोशीको पार्थिव शरीर उनको पैत्रिक थलो पुगिसकेको छ

21/10/2025

वीरपाडामा ठूलो आगलागी भएको छ
स्रोत-BFC

Address

Ambiok Tea Estate
Kalimpong
735231

Alerts

Be the first to know and let us send you an email when Gorubathan बुलेटिन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share