POCHOK GITDABLING NEWS

POCHOK GITDABLING NEWS Pochok Gitdabling News is the leading Nepali News media which brings the latest and breaking news.

दशैको लागी सपिङ गर्नु हुँदैछ भने सपिङ मल र ठुल्ठुला दोकानहरूमा मात्र होइन सडकको पेटीमा गाँउ बस्तीका मानिसहरूले बेच्न राख...
27/09/2025

दशैको लागी सपिङ गर्नु हुँदैछ भने सपिङ मल र ठुल्ठुला दोकानहरूमा मात्र होइन सडकको पेटीमा गाँउ बस्तीका मानिसहरूले बेच्न राखेको सामान पनि किनिदिनु होस् ।ताकि उहाँहरुले पनि तपाईंले जस्तै दशैं मनाउन सकुन्।

उनीहरू कमाएर धनी हुनलाई होइन दशैं मान्न अनि आफ्नो नानीहरूको खुसीको लागि पनि बसेका हुन्छन्।

27/09/2025

भानुपाला का टिम मुख्यमन्त्री पी.एस. गोले द्वारा सम्मानित।

सिक्किमेली नेपाली नाट्य परम्पराको सय वर्ष पुगेको उपलक्ष्य,भारतीय गोर्खा परिसंघ सिक्किमको आयोजनमा चुनिलाल घिमिरे द्वारा निर्देशित ऐतिहासिक नाटक 'बलिदान'को मञ्चन कार्यक्रमा भानु पालाका कलाकार निर्देशक ललित गोले एव बिक्रम पराजुली लगायत अन्य स्रष्टाहरुलाई सिक्किमका सम्माननीय मुख्यमन्त्री श्री पी एस तामाङ गोले द्वारा सम्मानित गरिएको छ।

27/09/2025

2 हजार 75 जना श्रमिकहरुलाई रू 2500 को दरले जीटीएको तर्फबाट दसैंको उपलक्ष्यमा आर्थिक सहयोग

अनित थापाले भने-
फाउलाई ( FAWLOI ) नपाएको बन्द चियाबगानका श्रमिकहरूलाई जीटीए चेयरम्यान रिलिफ फण्डको रहल रकम आर्थिक सहयोगको रूपमा वितरण गरिनेछ भनी मैले 17 सेप्टेम्बरको दिन घोषणा गरेको थिए। त्यसको साथमा मैले सामदेन् डुक्पा, कार्यकारी निर्देशकलाई पहल सुरू गर्ने निर्देश दिएको थिए।

हामी आश्वासन होइन, विश्वास दिलाउँछौ। आज देखि श्रमिकहरुलाई आर्थिक सहयोगको रकम वितरण गर्नु सुरु गरिएको छ। रिलिफ फण्डमा गत वर्ष सहयोग वितरण गरे पछि रू 789286.78 रुपियाँ रकम बचेको थियो। रिलिफ वितरण समितिले संग्रह गरेको डाटा अनुसार 2075 जना FAWLOI नपाउने श्रमिकहरूलाई आर्थिक सहयोग दिनु पर्ने पाइयो। एक श्रमिकले निम्नतम रु 2500 चाहिँ पाउनु पर्छ भन्ने मलाई लाग्यो। मैले सामदेन् डुक्पा सँग विमर्श गरेर रू 2500 सहयोग दिने कुरामा सहमत भयौं। तसर्थ रहल रकम रू 43,98,213.22 जीटीएले आफ्नो तर्फबाट आर्थिक सहयोग श्रमिक आमा बुवाको निम्ति प्रदान गरेका छन् ।

कुन कुन कमानमा रु 2500 को दरले कति जना श्रमिकले आर्थिक सहयोग पाए?

1. सिङताम चियाबारीमा 792 श्रमिकहरुलाई रू 19.75 लाख
2. पाण्डम चियाबारीमा 194 श्रमिकहरुलाई रू 4.85 लाख
3. कलेज भ्याली चियाबारीमा 519 श्रमिकहरुलाई रू 12.97 लाख
4. पेसोक चियाबारीमा 570 श्रमिकहरुलाई रू 14. 25 लाख

सबैको दसैँ खुसियालीको पर्व बनोस्। आश्वासन होइन विश्वास।

अनित थापा
मुख्य कार्यपाल
जीटीए

सामाजिक कार्यकर्ता सोनाम वाङचुक पक्राउ।। लेहमा अस्ति बुधबार भएको हिंसात्मक प्रदर्शनपछि  सोनम वाङचुकलाई उनको गाउँ उलेटोकप...
27/09/2025

सामाजिक कार्यकर्ता सोनाम वाङचुक पक्राउ।।

लेहमा अस्ति बुधबार भएको हिंसात्मक प्रदर्शनपछि सोनम वाङचुकलाई उनको गाउँ उलेटोकपोबाट पक्राउ गरिएको छ।

इन्जिनियर, शिक्षविद् तथा वातावरणीय कार्यकर्ता सोनामले विगत एक वर्षदेखि विभिन्न अवसरमा लद्दाखलाई संविधानको छैटौं अनुसूचीमा समावेश गर्न माग गर्दै भोक हड्ताल र दिल्लीसम्म मार्च गरेका छन्।

गत वर्षको मार्चमा उनले 21 दिने भोक हड्ताल गरेका थिए।

अक्टोबर 2024 मा उनले लद्दाखबाट दिल्लीसम्म मार्च गरेका थिए।

अस्ति सेप्टेम्बर 24 मा उनको 35 दिने अनशनको 15 औं दिन, लेहमा भएको विरोध प्रदर्शन हिंसात्मक भयो, जसको परिणामस्वरूप चार जनाको मृत्यु भयो र लगभग 50 जना घाइते भए।

आज दसैंको छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै।। या देवी सर्वभू‍तेषु माँ कात्यायनी रूपेण संस्थिता। नमस्तस्यै नम...
27/09/2025

आज दसैंको छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै।।

या देवी सर्वभू‍तेषु माँ कात्यायनी रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

दशैं अन्तर्गत नौरथाको छैटौँ दिन आज सनिबार दुर्गा भवानीको छैटौँ शक्ति स्वरुप कात्यायनी देवीको पूजा गरिँदैछ ।
कात्यायनीलाई साहसको प्रतिक मानिन्छ । दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने अवरोध रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी कात्यायन ऋषिको आश्रममा पैदा भएको विश्वास गरिन्छ । त्यसपछि उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् ।

कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।
देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ ।

पोचोक गितडब्लिङ न्युज डेस्क।

भागोप्रमो माथि बर्सिए सोङदेन लेप्चा।"प्रजातान्त्रिक मोर्चा नै पहाडको निम्ति अभिशाप हो...... यसको अन्त्य नै पहाडको इज्जत ...
26/09/2025

भागोप्रमो माथि बर्सिए सोङदेन लेप्चा।
"प्रजातान्त्रिक मोर्चा नै पहाडको निम्ति अभिशाप हो...... यसको अन्त्य नै पहाडको इज्जत हो"- भाजपा दार्जीलिङका सोङदन लेप्चा-

टेक्निकल हिसाबले पनि प्रजातान्त्रिक मोर्चा पहाडको निम्ति अभिशाप हो। यो कुनै ब्यक्तिगत आक्रमण वा चरित्र हत्या होइन। कुरा स्पष्ट छ — “जबसम्म प्रजातान्त्रिक मोर्चाको अस्तित्व पहाडमा रहन्छ, तबसम्म पहाडमा सुनौलो घाम लाग्दैन, कुनै नयाँ प्रगति हुनेवाला छैन।”
लक्ष्यापरै उदाहरणहरू देख्न सकिन्छ।
प्रजातान्त्रिक मोर्चाको जन्म नै पैतालाबाट भएको हो। न त हात मिलाएर, न त अंकमाल गरेर, न त नमस्कार गरेर – यहाँ त जिब्रो ओछ्याएर जन्मेको समूह हो।
सन् २०२२ सालमा जनताले जि.टि.ए सम्हाल्ने जिम्मेवारी दिएको थियो। तर आजसम्म के भयो? कति बजेट राज्य सरकार समक्ष पेश गरियो? कति बजेट पायो? प्लान फन्ड कति आयो? नन–प्लान फन्ड कति आयो?
यथार्थ के हो भने, कुनै हालतमा पनि सरकारले आवश्यक फन्ड दिनेवाला छैन। तपाईंहरूले सरकारसँग नमस्कार गर्दै, हात मिलाउँदै उभिएको भए सम्मान स्वरूप र नैतिकताको आधारमा पहाडले पाउनुपर्ने बजेट पाउने थियौँ। तर तपाईंहरूले जिब्रो ओछ्याएर सम्झौता गर्नुभयो, त्यसैले स्टेजबाट जति दिइयो त्यतिमै सम्झौता गर्नु परिरहेको हो।
आज तपाईंहरूको यस्तो चाप्लुसी सम्बन्धकै कारण पहाडका हरेक जनसाधारण लज्जित जिन्दगी बाँच्न बाध्य छन्। त्यसैले हामी भन्छौँ – जबसम्म पहाडमा प्रजातान्त्रिक मोर्चाको अस्तित्व रहन्छ, तबसम्म यहाँको जनसाधारणलाई कुनै इज्जत नै छैन।
यो केवल बजेटको कुरा मात्र होइन, अरू धेरै सवाल पनि छन्, जसलाई समय–समयमा उजागर गर्दै जानेछौं।

जब जि.टि.ए सम्झौता (२०११) भयो, त्यो बेला एउटा मात्र दार्जीलिङ जिल्ला थियो। आज जि.टि.ए भित्र दुईवटा जिल्ला छन् – कालेबुङ र दार्जीलिङ,तपाईंहरूले संविधानिक संशोधन (Amendment) सम्बन्धमा के–कस्ता प्रस्ताव पारित गर्नुभयो? दुई वटा डि.एम. (DM) लाई कुन रूपरेखामा सञ्चालन गर्दै हुनुहुन्छ?
जि.टि.ए भित्र डि.एम. ज्यूहरूको भूमिका के हो? के कालेबुङ डि.एम. ले आफ्नो रिपोर्ट जि.टि.एलाई बुझाउँछन् कि राज्य सरकारलाई?

तपाईंहरूले ग्राम पंचायत चुनाव (२०२३) अघि जिल्ला परिषदको काम गर्न राजी हुनुभयो। तर आज कुन संविधानको आधारमा दुईवटा जिल्ला परिषदको भूमिका एउटै जि.टि.ए सभाले निर्वाह गरिरहेको छ? रिपोर्टिङको आधार के हो?
कि..... डि.एम. ज्यूहरू सिधै कलकत्ताबाटै सञ्चालन भईरहेको हो???
प्रजातान्त्रिक मोर्चाको अन्त्य नै पहाडको इज्जत हो !

सोङदेन लेप्चा
भाजपा दार्जिलिङ।

पेदोङ भएर मुदुम खोला, कागे लिङ्से हुँदै, सिक्किम राज्यको रिनोक जोडिने सडकको आधुनिकीकरण।। विधायक रूदेन सादा लेप्चा भन्नुह...
26/09/2025

पेदोङ भएर मुदुम खोला, कागे लिङ्से हुँदै, सिक्किम राज्यको रिनोक जोडिने सडकको आधुनिकीकरण।।

विधायक रूदेन सादा लेप्चा भन्नुहुन्छ-
"बल्ल एउटा वाचालाई पुरा गर्न सकेको छु। अनेकचोटिको प्रयासपछि पेदोङ भएर मुदुम खोला, कागे लिङ्से हुँदै, लिङ्सेसित सिक्किम राज्यको रिनोकसित जोडिने सडकको सफलतापूर्वक सडकको बनावटीलाई आधुनिकीकरण गराउन सफल बन्न सकेका छौँ। पेदोङ, कागे, लिङ्से र लिङ्सेका सम्पूर्णलाई बधाई विशेषगरि क्षेत्रका सभासद् कुमार भाइ, कमल सुब्बा, पञ्चायत समिति, सभापति बहिनी पुष्प, पञ्चायतका प्रधानहरू सम्पूर्णलाई सम्मानपूर्वक बधाई ( अनितले देखाएको बाटोमा हामी केही अघि बढ्दै नै छौँ)"

दसैँको पाँचौं दिन आज माता स्कन्दमाता को पुजा आराधना गरिँदैछ।दशैँ अन्तर्गत नौरथाको पाँचौं दिन आज दुर्गा भवानीका नौ रुपमध्...
26/09/2025

दसैँको पाँचौं दिन आज माता स्कन्दमाता को पुजा आराधना गरिँदैछ।

दशैँ अन्तर्गत नौरथाको पाँचौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिंदैछ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।

घटस्थापनासंगै नवदूर्गाका 9 वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ ।

यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने चलन छ ।

(पोचोक गितडब्लिङ न्युज डेस्क)
तस्वीरमा लोवर पासाबोङ, गितबियोङको श्रीकालेश्वर शिवालय धाम

आमन्त्रण पत्र'नभुलौं रीतिथीतिनबिर्सौं है संस्कृतियही हो पहिचान हाम्रोयसैमा छ उन्नति।' फुलपाती सांस्कृतिक महोत्सव एवम् ना...
25/09/2025

आमन्त्रण पत्र

'नभुलौं रीतिथीति
नबिर्सौं है संस्कृति
यही हो पहिचान हाम्रो
यसैमा छ उन्नति।'

फुलपाती सांस्कृतिक महोत्सव एवम् नागरिक अभिनन्दन समारोह

आगामी महासप्तमी, २९ सेप्टेम्बरका दिन निम्बोङ साईनिङ स्टार क्लबको आयोजनामा फुलपाती सांस्कृतिक महोत्सव एवम् नागरिक अभिनन्दन समारोह भव्यताका साथ सम्पन्न हुने भएको छ।

यस अवसरमा विविध साँस्कृतिक झाँकी, नृत्य, गीत, संगीत, लोक परम्परा प्रदर्शन हुने छन्। साथै स्थानीय समाजप्रति विशेष योगदान पुर्‍याउनु भएका व्यक्तित्वलाई नागरिक अभिनन्दन गरिनेछ।

तसर्थ, यस गौरवमयी अवसरमा सम्पूर्ण साहित्य, संस्कृति, समाजप्रेमी महानुभावहरूलाई आफ्ना परिवारसहित उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक आमन्त्रण गर्दछौँ।

स्थान : ग्यासोक SSK खेलमैदान
मिति : २९ सेप्टेम्बर, महासप्तमी
समय : बेलुकी ६:०० बजेबाट

– आयोजक
निम्बोङ साईनिङ स्टार क्लब
ग्यासोक , निम्बोङ, कालेबुङ
पञ्जिकृत संख्या - S0014363

25/09/2025

केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन माग गर्दै प्रदर्शनकारी र पुलिस बीच भएको झडपमा चार जनाको मृत्यु भएको छ भने 30 पुलिस सहित कम्तीमा 59 जना घाइते भएका छन्।

यो 1989 पछि लद्दाखमा सबैभन्दा हिंसात्मक दिन मानिएको छ।

हिजो बुधबारको हिंसापछि, वातावरणीय कार्यकर्ता सोनम वाङचुकले लद्दाखलाई पूर्ण राज्यको दर्जा र छैटौं अनुसूचीको विस्तारको माग गर्दै 15 दिनको अनशन अन्त्य गरे।

हिंसालाई ध्यानमा राख्दै, प्रशासनले लेहमा कर्फ्यू लगाएको छ।

बुधबार राति एक विज्ञप्तिमा, केन्द्रीय गृह मन्त्रालयले बुधबारको हिंसाको लागि सोनम वाङचुकलाई जिम्मेवार ठहराएको छ। वाङचुकले गृह मन्त्रालयको आरोपको जवाफ दिएका छैनन्।

गितडब्लिङमा भव्य सास्कृतिक प्रतियोगिताको आयोजना हुने। आगामी 1 अक्टोबर 2025 बुधबार साँझ 5 बजेदेखि गितडब्लिङको बुधबारे बजा...
25/09/2025

गितडब्लिङमा भव्य सास्कृतिक प्रतियोगिताको आयोजना हुने।
आगामी 1 अक्टोबर 2025 बुधबार साँझ 5 बजेदेखि गितडब्लिङको बुधबारे बजारमा जनकल्याण समाजको आयोजनामा सांस्कृतिक प्रतियोगिता आयोजना गरिएको छ। गितडब्लिङ तथा यसवरपर रहेका बिभिन्न संघसंस्था तथा कलाकारहरूलाई प्रतियोगितामा सहभागि हुन आयोजक समाजको तर्फबाट आह्वान गरिएको छ।

प्रतियोगितामा नृत्य र गायन विधामा प्रतियोगिहरुले आफ्नो कलाको प्रदर्शन गर्न सक्नेछन्।
नृत्य समुह (Group) मा हुनुपर्ने तथा प्रत्येक समुहमा 4 देखि 6 जना सम्म कलाकार रहन सक्नेछन्। नृत्यका लागि अधिकतम 7 मिनेटको समय दिइनेछ। नृत्य समुह तर्फ प्रथम स्थान हासिल गर्नेलाई 7 हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
यस्तै गायन तर्फ एकल (Solo) प्रस्तुति हुनुपर्नेछ। गायनको लागि अधिकतम 5 मिनटको समय निर्धारण गरिएको छ। गीत हिन्दी औ नेपाली कुनैपनि भाषामा गाउन सकिनेछ। गायन तर्फका बिजेतालाई 3 हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

अरू जानकारी चाहिएमा मोबाइल नम्बर 9800934848 मा सम्पर्क गर्न अनुरोध गरिन्छ।

Address

Kalimpong
734301

Telephone

+918768249107

Website

Alerts

Be the first to know and let us send you an email when POCHOK GITDABLING NEWS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category