unheard voices

unheard voices unfiltered voices from the hills

चुनावी रमिता र हाम्रो भविष्य: मौनता कि विद्रोह?​फेरि एकपटक गाउँ-बस्तीमा 'आश्वासनका व्यापारीहरू' झुल्किन थालेका छन्। हिजो...
29/03/2026

चुनावी रमिता र हाम्रो भविष्य: मौनता कि विद्रोह?
​फेरि एकपटक गाउँ-बस्तीमा 'आश्वासनका व्यापारीहरू' झुल्किन थालेका छन्। हिजोसम्म हाम्रो पीडामा 'अन्धो' र क्रन्दनमा 'बौरो' बन्नेहरू आज अचानक 'भाग्यविधाता' बनेर ढोका ढकढक्याउन आइपुगेका छन्। सुनिँदैछ, कुशासनको जरा झन् मौलाउँदैछ र हाम्रा हक-अधिकारहरू चुनावी बजारमा कौडीको भाउमा लिलाम गरिँदैछन्।
​के हामी अझै पनि यी 'नक्कली मुहारहरू' को प्रहसन हेरेरै बस्ने?
​एउटा समुदायको शक्ति उसले सहने अन्यायमा होइन, बरु सत्ताको अहंकारलाई खुइल्याउन सक्ने 'साहस' मा हुन्छ। धेरै भयो हामीले अरूको इशारामा नाचेको र आफ्नो विरासतलाई पराईको हातमा सुम्पेको। अब समय आएको छ—यी सुक्खा रोटी र झुटो आश्वासनका टुक्राहरूलाई तिरस्कार गर्ने।
​मेरा समस्त गोर्खा दाजुभाइ तथा दिदीबहिनीहरू: आफ्नो माटो र पहिचान रक्षा गर्ने यो अन्तिम अवसर हो। म त हरेक प्रतिकूलता र षड्यन्त्रका विरुद्ध 'वज्र' समान उभिएकै छु, तर विजय तब मात्र सम्भव छ जब तपाईंका हातहरूले अधिकारको 'सिंहनाद' गर्नेछन्।
​अबको चुनावमा हामीले के गर्ने?
​जवाफदेहिता खोजौँ: जसले हिजो हाम्रो पसिनाको मूल्य बुझेन, उसलाई आज 'कुर्सी' सुम्पिनु भनेको आफ्नै चिहान खन्नु हो।
​एकात्मकताको मुट्ठी कसौँ: फुटाएर राज गर्नेहरूको 'विभाजनकारी नीति' लाई च्यातौँ र एक ढिक्का भएर अधिकारको लडाइँ लडौँ।
​विरासत जोगाऔँ: आउँदो पुस्तालाई एउटा 'दास' को परिचय होइन, बरु स्वाभिमानी र अधिकारसम्पन्न 'विरासत' हस्तान्तरण गरौँ।
​"इतिहासको सबैभन्दा ठूलो त्रासदी खराब मानिसको दमन होइन, बरु असल मानिसहरूले देखाएको 'भयानक मौनता' हो।"
​म त आफ्नो ठाउँमा अडिग छु, अन्यायको विरुद्ध मोर्चा सम्हालेर। तर याद राख्नुहोस्, तपाईंको एउटा गलत 'छाप' ले पूरै पुस्ताको भविष्य अन्धकारमा धकेल्न सक्छ।
​के तपाईं आफ्नो अधिकारका लागि जाग्नुहुन्छ कि फेरि पाँच वर्ष निदाउनुहुन्छ

साहिल बस्नेत
ह्युमन राइट्स एण्ड सोसल जस्टिस मिसन इन्डिया (दार्जीलिङ युनिट)
Translation
The Seasonal Reawakening: A Requiem for Apathy
​As the electoral winds begin to stir, a familiar and rather predictable phenomenon unfolds. The "architects of our stagnation"—those who remained conveniently invisible during our darkest hours—have suddenly rediscovered the geography of our doorsteps. It is a theatrical masterpiece: the transition from clinical indifference to performative humility, all in the pursuit of a five-year lease on power.
​The curtain has risen, but the audience is no longer amused.
​The resilience of a community is not measured by its capacity to endure structural decay, but by its audacity to challenge it. For too long, the Gorkha spirit has been fed the thin gruel of hollow promises and the bitter bread of systemic neglect. Governance, in its current state, has become a spectator sport where our heritage is the stake and our silence is the currency.
​Enough of this political ventriloquism.
​To my Gorkha brothers and sisters: This is not merely an election; it is a diagnostic test of our collective dignity. Loyalty to one’s roots is not a seasonal trend—it is an unshakable commitment to truth. While the "status quo" remains anchored in deception, I stand as a bulwark against every attempt to dilute our identity or auction our future.
​The Mandate for Survival:
​The Mirage of Accountability: Power divorced from responsibility is nothing more than sophisticated oppression. If they did not serve in the shadows, they do not deserve to lead in the light.
​The Indomitable Collective: A single reed is easily snapped by the winds of corruption, but a community bound by purpose is an unbreakable fortress. Reject the "divide and rule" manual that has been used against us for decades.
​The Ancestral Debt: We are the custodians of a brave lineage. To hand over a fractured, disenfranchised system to the next generation is not just a failure of policy—it is a betrayal of our bloodline.
​"The ultimate tragedy is not the overt oppression by the corrupt, but the deafening, calculated silence of the virtuous."
​I am standing firm at the vanguard, unyielding against the odds. The question remains: Will you cast a vote for your own obsolescence, or will you finally rise to claim the future you deserve?
Sahil Basnet
Human rights and social justice mission India
Darjeeling unit

भोटको रमिता: इमानको लिलाम र नेताको नौटङ्की​फेरि झुल्किए ती 'पाँचवर्षे भ्यागुताहरू'! जो हिजोसम्म कुन दुलोमा लुकेका थिए पत...
11/02/2026

भोटको रमिता:
इमानको लिलाम र नेताको नौटङ्की

​फेरि झुल्किए ती 'पाँचवर्षे भ्यागुताहरू'! जो हिजोसम्म कुन दुलोमा लुकेका थिए पत्तो थिएन, आज गाउँ-बस्तीमा झन्डा फहराउँदै 'मालिक' पल्टिन आइपुगे। यो चुनाव होइन, यो त गोर्खाको रगत र पसिनामाथि खेलिने एउटा 'घिनलाग्दो जुवा' हो।
​१. झन्डा फेर्ने 'राजनीतिक वेश्यावृत्ति'

​हिजो एउटा झन्डाको कसम खाएर अर्कैलाई सराप्नेहरू आज त्यही सरापेको खुट्टा ढोग्न पुगेका छन्। एउटै मान्छे, चारवटा पार्टी, र हजारवटा मुकुन्डो! यिनीहरूको लागि पार्टी भनेको विचार होइन, फेरिरहने 'कट्टु' जस्तो भएको छ। थुक्क तिम्रो राजनीति, जहाँ बिहानको सिद्धान्त बेलुकाको रक्सीको बोतलमा डुब्छ!

​२. घाँटी निमोठ्ने सत्ताका 'गिद्धहरू'
​ठेकेदारलाई धम्काएर, कर्मचारीलाई थर्काएर र सोझा गाउँलेलाई तर्साएर सत्ता हत्याउने यी 'नपुंसक नेता' हरू! यिनीहरूलाई विकास चाहिएको होइन, यिनीहरूलाई त केवल लुट्ने लाइसेन्स चाहिएको हो। विकासको पैसा आफ्ना आसेपासेलाई बाँडेर जनतालाई सधैँ मगन्ते बनाइराख्ने यिनीहरूको पुरानो खेल हो।

​३. भोटका 'दलाल' र गाउँका 'साँढेहरू'
​त्यो एउटा जमात छ— 'झोले ब्रिगेड'। जो उम्मेदवारको अगाडि पुगेर "मेरो गाउँको यति भोट तपाईँको खल्तीमा" भन्दै जनताको स्वाभिमानलाई 'थोक बजार' मा लिलाम गर्छन्। तिमीहरूले जनता बेचेको होइन, आफ्नो आमाको अस्मिता बेचेको बराबर हो। यी दलालहरूले नै गर्दा आज पहाड पछि परेको छ।

​४. 'हौवा' को खेती र डरको व्यापार
​कहिले NRC को हाउगुजी देखाएर तर्सार्यौ, कहिले 'गोर्खाल्याण्ड' को भावनात्मक ब्ल्याकमेल गर्यौ। तिमीहरूले मुद्दा सुल्झाउन होइन, मुद्दा बल्झाएर आफ्नो दुनो सोझ्याउन मात्र सिक्यौ। जनताको लासमाथि चढेर कुर्सीमा पुग्ने तिम्रो सपना अब धेरै दिन टिक्ने छैन।

​५. 'लम्पट' जनता: अझै कति कुट्ने हो मादल?
​हामी जनता पनि कमका छैनौँ। जसले लात्तीले हान्छ, त्यसैलाई ढोग्छौँ। एउटा प्लेट मासु-भात र एउटा क्वाटर मा आफ्नो पाँच वर्षको भविष्य बेच्ने हामी कस्ता अभागी? दिउँसो "मुर्दावाद" भनेकै मान्छेसँग राती कुखुराको तिघ्रा चपाउँदै भोटको डिल गर्छौ। हामी नसुध्रिएसम्म यी नेताले हामीलाई 'भेडा' बनाइरहनेछन्।

​ यो भोटको मेलामा न नेताको इमान छ, न जनताको अडान। यो त केवल 'दलाल र धूर्त' हरूले मिलेर सोझो पहाडलाई लुट्ने नयाँ योजना मात्र हो। उठ गोर्खा, नत्र तिम्रो चिहान खन्नेहरूले झन्डा ठड्याउन सुरु
गरिसके!

साहिल बस्नेत
​"के हामी अझै पनि भेडा नै बन्ने हो?

Drop in your Articles we will publish them!
11/02/2026

Drop in your Articles we will publish them!

"Don’t let your best work die in a folder. Set it loose or let it haunt you."​  ​  ​  ​  ​
10/02/2026

"Don’t let your best work die in a folder. Set it loose or let it haunt you."




Welcome to Unheard Voices, a dedicated platform for online writers and thinkers. Whether you are praising current polici...
10/02/2026

Welcome to Unheard Voices, a dedicated platform for online writers and thinkers. Whether you are praising current policies or raising a voice against the government, we provide the space for your articles to reach the world.
​Unfiltered. Unbiased. Unheard no more.

Unheard Voices मा यहाँहरूलाई स्वागत छ! यो अनलाइन लेखक र चिन्तकहरूका लागि एउटा विशेष साझा मञ्च हो। चाहे तपाईं सरकारको समर्थनमा कलम चलाउनुहोस् वा नीतिहरूको विरुद्धमा आफ्नो विचार राख्नुहोस्—तपाईंका लेख र विचारहरूलाई पाठकमाझ पुर्‍याउने काम हामी गर्छौं।
​निष्पक्ष विचार। खुला अभिव्यक्ति। अब कुनै पनि आवाज दबिने छैन।
#लेखक #विचार #अभिव्यक्तिस्वतन्त्रता

Address

Kalimpong
Kalimpong
734301

Website

Alerts

Be the first to know and let us send you an email when unheard voices posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category