Darjeeling Network

Darjeeling Network news

सोम पैह्रो पीडित परिवारलाई भाजपाद्वारा सहयोग(दार्जीलिङ): गत 4 अक्टोबरमा गएको भीषण पैह्रोको कारणले गर्दा बिजनबारी खण्ड अन...
16/10/2025

सोम पैह्रो पीडित परिवारलाई भाजपाद्वारा सहयोग

(दार्जीलिङ): गत 4 अक्टोबरमा गएको भीषण पैह्रोको कारणले गर्दा बिजनबारी खण्ड अन्तर्गत सोम दोस्रो विभागका निवासी स्व० रेजा राईको दु:खद मृत्यु भएको थियो। यसैले बुधवार उनका आमालाई भेट्न भारतीय जनता पार्टी (भाजपा) दार्जीलिङ जिल्लाका एक टोली गएका थिए। दार्जीलिङका सांसद राजु विष्टद्वारा आमालाई सहयोगको निम्ति केही सहयोग राशि साथै भाजपा पार्टीको तर्फबाट राहत समाग्रीहरु पनि वितरण गरियो। विशेषगरी यस टोलीमा भाजपा जिल्ला महासचिव सुजेन्द्र राई, लेबोङ बदमताम मण्डल अध्यक्ष अयुष राई, सोम-तकभर संयोजिका रेश्मा गुरुङ, भाजयुमो जिल्ला अध्यक्ष नीरज राई, जिल्ला उपाध्यक्ष सुपेन्द्र प्रधान, सांसद कार्यलय बाट कुमार प्रसाईं(कार्थिक) आदिको उपस्तिथि रहेको थियो भनी विनय कुमार प्रसादले जानकारी दिएका छन्।

15/10/2025

Bhajan

15/10/2025

पहाड तराइ ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनद्वारा मिरिक सियोकका पैह्रो पिडितहरूलाई आर्थिक सहयोग प्रदान

बोडोल्याण्ड टेरिटोरियल रिजन हाम्रो ऐजेण्डा होइन- भाजपा(खरसाङ):  गोजमुमोको 18ओैं स्थापना दिवसमा बोल्दै गोजमुमो महासचिव रो...
12/10/2025

बोडोल्याण्ड टेरिटोरियल रिजन हाम्रो ऐजेण्डा होइन- भाजपा
(खरसाङ): गोजमुमोको 18ओैं स्थापना दिवसमा बोल्दै गोजमुमो महासचिव रोशन गिरीले केन्द्रीय गृहमन्त्रीले गोर्खाल्याण्ड नहुने तर हामीलाई बीटीआर मोडलको रिजन हुने बताएको सन्दर्भलाई लिएर भाजपाले आफ्नो प्रतिक्रिया व्यक्त गरेको छ। पार्टीको पक्षबाट जिल्ला युवा अध्यक्ष निरज राई,बान्तवाले रोशन गिरीको उक्त वक्तव्यसँग उनीहरू सहमत नरहेको स्पष्ट पारेका छन्। तिनले उक्त वक्तव्य गिरीको मनगडन्ते र गोजमुमोलाई हिरो बनाउने सस्तो वक्तव्य मात्रै हो भनी बताएका छन्। भाजपा दार्जीलिङ जिल्ला समितिलाई बीटीआर मोडलबारे केही खबर नरहेको स्पष्ट पार्दै यस्तो मोडलबारे कसैलाई चासो पनि नभएको बताएका छन्। राईले बीटीआर मोडलको व्यवस्था भाजपाको एजेण्डा होइन भन्दै पहाड,तराई र डुवर्स सबैको आकाँक्षा बंगालदेखि अलग हुने हो भनी बताउँदै यसको लागि सबै एक हुनु जरुरी छ भनी आह्वान गरेका छन्। तिनले यहाँ घटक दलको भएर गोजमुमो नै मूल एजेण्डादेखि आफूलाई अलग देखाउने र सरकारअघि मतभेद र अमेलता सृष्टि गरिरहेको छ भनी आरोप लगाएका छन्। राईले भनेका छन्- गत त्रिपक्षीय सभामा पनि गोजमुमो महासचिव रोशन गिरीले गृह राज्यमन्त्री सामु बीटीआर मोडलको वक्तव्य राखेको खबर थियोे। यो गोजमुमो दलको आफ्नो एजेण्डा हो। तर दार्जीलिङ पहाडको जनताको होइन। हामी पहाडको जनताको आकाँक्षाप्रति गम्भीर छौं। गोजमुमोले स्थापना दिवस मनाउँदै भाजपालाई चुनौती दिनु र हाम्रो कार्यकर्ताहरुलाई गाली गर्नु राजनैतिक अभद्रता र अपरिपक्कता हो। उनीहरुलाई बीटीआर मोडलको वचन केन्द्रीय गृहमन्त्रीले दिइसकेका छन् भने भाजपालाई अल्टिमेटम दिनुको कुनै महत्त्व छैन। गोजमुमो अध्यक्ष बिमल गुरुङले तर दार्जीलिङ पहाडको जनता र उनीहरुका राजनैतिक मागप्रति चरम उदासीनता र विरोध गर्ने ममता ब्यानर्जी र टीएमसी सरकारप्रति एक शब्द विरोध किन गरेनन् ? चर्चाको विषय यो छ। छुट्टै संवैधानिक व्यवस्थाको मुद्दालाई पन्छाएर जातिको उन्मुक्ति हुनै सक्तैन। हामी गोजमुमो नेतृत्वहरुलाई घटक दलको गरिमा कायम राखी चल्ने अपील गर्छौं।

जीटीए प्रमुख कार्यपाल अनित थापाले आज रोहिणी सडकमा गएको पैह्रोको स्थलगत भ्रमण गरे। तिनले सडक मर्मतको कार्य चाँडै पूरा गरि...
10/10/2025

जीटीए प्रमुख कार्यपाल अनित थापाले आज रोहिणी सडकमा गएको पैह्रोको स्थलगत भ्रमण गरे। तिनले सडक मर्मतको कार्य चाँडै पूरा गरिने कुरोमा प्रयास भइरहेको बताए।
Gorkhaland Territorial Administration Kalpana Pradhan official Anit Thapa

09/10/2025
08/10/2025

गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले आज दुधे क्षेत्रको भ्रमण गरेर त्यहाँको ताजा स्थितिको बारेमा जानकारी लिए औ शीघ्र यहाँको समस्याको समाधान होस भन्ने कामना गरे।
Gorkha Janmukti Morcha Haming Lama

08/10/2025

जोइण्ट फोरम पहाड तराइ ख्रिष्टियन वेलफेयर सङ्गठनद्वारा पैह्रोग्रस्त क्षेत्रको भ्रमण एवम् सहयोग राशि प्रदान।

08/10/2025

दुधेमा आइन् राज्यकी मुख्यमन्त्री ममता ब्यानार्जी।
पेह्रोमा ज्यान गुमाउने प्रत्येकको नामको पाँच लाख रूपियाँको चेक परिवारका सदस्यहरूलाई प्रदान।
मृत्यु हुनेको परिवारका कोही एकजनालाई स्पेशल होमगार्डमा नोकरी दिने घोषणा।
Gorkhaland Territorial Administration

07/10/2025

दुधेमा पश्चिम बंगाल राज्यका राज्यपाल सीबी आनन्द बोसको भ्रमण

जीटीए प्रमुख कार्यपाल अनित थापाले आज पैह्रो प्रभावित मिरिक क्षेत्रको भ्रमण गरे।
07/10/2025

जीटीए प्रमुख कार्यपाल अनित थापाले आज पैह्रो प्रभावित मिरिक क्षेत्रको भ्रमण गरे।

Address

Kurseong
734203

Website

Alerts

Be the first to know and let us send you an email when Darjeeling Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share