Nagarik Patra TV

Nagarik Patra TV 'हामी बन्नेछौँ तपाईँको आवाज ।'

नेकपा (एमाले) को जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ ।शुक्रबार अध्यक्ष ओलीको निवास गुण्डुमा ...
10/10/2025

नेकपा (एमाले) को जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ ।

शुक्रबार अध्यक्ष ओलीको निवास गुण्डुमा मध्याह्नबाट सुरु भएको बैठक करिब साढे ६ घन्टा चलेको थियो। बैठकमा धारणा राख्ने क्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने सुझाव दिएकी हुन् ।

एक नेताका अनुसार, उनले भनिन् – “युवाहरूको आन्दोलनको मर्म र भावनालाई आत्मसात् गर्न केपी शर्मा ओलीले अध्यक्षबाट राजीनामा दिनुपर्छ ।”

सचिवालयको यो ५८औं बैठक भोलिसम्म चल्नेछ, र अहिले सदस्यहरूले क्रमशः आफ्ना धारणा राखिरहेका छन् ।

आजको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरू बराल, महासचिव शंकर पोखरेल, र उपमहासचिव प्रदीप ज्ञवाली ले धारणा प्रस्तुत गरेका छन् ।

अष्टलक्ष्मी शाक्यबाहेक अरू कसैले ओलीको राजीनामा मागेका छैनन् । तर, पार्टी पुनर्गठनको पक्षमा भने घनिभूत आवाज उठाइएको छ ।

एक नेताका शब्दमा, “अब यथास्थितिबाट पार्टी चल्दैन । आम रूपमा पुनर्गठन हुनुपर्छ । नेतृत्वको पनि पुनर्गठन हुनुपर्छ भन्ने धारणा अधिकांश सदस्यहरूको रहेको छ ।”

10/10/2025

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताविना निर्वाचन सम्भव नहुने विषयमा सरकार पूर्ण रूपमा जानकार रहेको बताएकी छन् । शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले आवश्यक शान्ति–सु!रक्षाको व्यवस्था गर्ने विश्वास दिलाएकी हुन् ।

प्रधानमन्त्री कार्कीले जे!न–जी पुस्ताका युवाहरू सबैका छोरा–नाति भएको बताउँदै, उनीहरूले किन अस!न्तुष्टि व्यक्त गरे भन्ने कुरा बुझेर परिवर्तनलाई आत्मसात् गर्दै अघि बढ्न राजनीतिक दलहरूलाई आग्रह गरेकी थिइन् । यो कुरा राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन् ।

बैठकमा राष्ट्रपति पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प भएको स्पष्ट पार्दै, फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा सबै दलहरू केन्द्रित हुन आग्रह गरे ।

बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने दलहरू सधैं निर्वाचनमा जान तयार रहेको बताउँदै, हालको सुरक्षा व्यवस्थाले स्वतन्त्र र निष्पक्ष वातावरणमा निर्वाचन सम्भव हुने विषयमा भने संशय रहेको बताएका छन् ।

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा आज नेपाल र जापान आमनेसाम...
10/10/2025

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा आज नेपाल र जापान आमनेसामने हुँदैछन् ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल र जापान दुवैले आ–आफ्नो पहिलो खेल जितिसकेका छन् । दुवै टोलीले कुवेतलाई हराउँदै सुपर सिक्समा स्थान पक्का गरिसकेका छन् ।

नेपाल र जापानबीचको आजको खेल अब अघोषित रूपमा ‘सुपर सिक्स’को खेलजस्तै बनेको छ । यस खेलको विजेता टोलीले सुपर सिक्स चरण सुरु गर्दा २ अंक समेत लिएर जानेछ। सुपर सिक्समा २ अंकबाट सुरुवात गर्नु निकै महत्वपूर्ण मानिन्छ ।

समूह चरणमा आफूले हराएको टोली पनि सुपर सिक्समा पुगेको अवस्थामा, विजेता टोलीले सो खेलमा प्राप्त २ अंक लिएर जानेछ र सुपर सिक्समा पुनः त्यही टोलीसँग खेल्नु पर्ने छैन ।

नेपाल र जापान पहिलोपटक आमनेसामने हुन लागेका छन् । उदीयमान क्रिकेट राष्ट्रका रूपमा रहेको जापान ऐतिहासिक रूपमा पहिलोपटक विश्वकप खेल्ने तयारीमा छ। नेपाल भने लगातार दोस्रो र समग्रमा तेस्रोपटक विश्वकपमा सहभागी हुने लक्ष्यका साथ मैदानमा उत्रिँदै छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निर...
09/10/2025

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

बिहीबार टियु क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण नजिकिँदै गएकाले निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाई यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

उनका अनुसार, टियु क्रिकेट मैदानको प्याराफिट निर्माण कार्य करिब सकिएको छ भने फ्लडलाइट निर्माण कार्य पनि एक महिनाभित्र पूरा हुने जानकारी निर्माण कम्पनीले दिएको छ । मन्त्री घिसिङले मंसिरमा हुने एनपिएल अघि नै पहिलो चरणको काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय महत्वको परियोजना मानिएको टियु क्रिकेट मैदानको स्तरोन्नति कार्य अन्तर्गत अब दोस्रो र तेस्रो चरणका काम सुरु गर्नका लागि टेन्डर प्रक्रिया प्रारम्भ गर्ने तयारी भइरहेको पनि उनले बताए ।

मन्त्री घिसिङले टियु क्रिकेट मैदानको विकास तथा स्तरोन्नतिको काममा बजेटको अभाव हुन नदिने स्पष्ट प्रतिबद्धता जनाए ।

दीपेन्द्रसिंह ऐरी आईसीसी वरीयताको पाँचौं स्थानमा झरे✓ नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी...
08/10/2025

दीपेन्द्रसिंह ऐरी आईसीसी वरीयताको पाँचौं स्थानमा झरे

✓ नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अलराउन्डर वरीयतामा पाँचौं स्थानमा झरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र एक स्थान तल झर्दै पाँचौं स्थानमा पुगेका हुन् । यसअघि उनी दोस्रो स्थानसम्म पुगेका थिए ।

त्यस्तै, कुशल भुर्तेल २५औं, रोहित पौडेल ४४औं, गुल्सन झा ५९औं, कुशल मल्ल ६७औं र करण केसी ८६औं स्थानमा रहेका छन् ।

यो वरीयतामा पाकिस्तानका सइम अयुब शीर्ष स्थानमा छन् भने जिम्बावेका सिकन्दर राजा दोस्रो र भारतका हार्दिक पान्ड्या तेस्रो स्थानमा रहेका छन् ।

टी–२० ब्याटिङ वरीयतामा दीपेन्द्रसिंह ऐरी ६४औं, रोहित पौडेल ७१औं, आसिफ शेख ७३औं र कुशल भुर्तेल ८३औं स्थानमा छन् ।

यस वरीयतामा भारतका अभिषेक शर्मा शीर्ष स्थानमा छन्, इङ्ग्ल्यान्डका फिल साल्ट दोस्रो र भारतकै तिलक वर्मा तेस्रो स्थानमा रहेका छन् ।

टी–२० बलिङ वरीयतामा ललित राजवंशी ४८औं, दीपेन्द्रसिंह ऐरी ७८औं र सन्दीप लामिछाने ८७औं स्थानमा रहेका छन् ।

यो वरीयतामा भारतका वरुण चक्रवर्ती शीर्ष स्थानमा छन्, अफगानिस्तानका राशिद खान दोस्रो र वेस्ट इन्डिजका एकेल होसेन तेस्रो स्थानमा रहेका छन् ।

सहि!द परिवारका सदस्यलाई रोजगारी दिने घोषणा✓ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जे!न-जी आन्दो!लनका क्रममा स!ह...
08/10/2025

सहि!द परिवारका सदस्यलाई रोजगारी दिने घोषणा

✓ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जे!न-जी आन्दो!लनका क्रममा स!हिद भएका प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने घोषणा गरेका छन् ।

उनका अनुसार आन्दोलनका क्रममा चौधरी ग्रुपको निजी निवास, कार्यालय, सोरुम र कारखानाहरूमा ठूलो क्ष!ति पुगेको भए पनि स!हिद परिवारप्रतिको सम्मानका लागि यो कदम चालिएको हो ।

निर्वाण चौधरीले सामाजिक सञ्जालमा लेखेका छन् —
“जेन-जी आन्!दोलनका प्रत्येक स!हिद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौं । यो केवल बाचा होइन, यो हाम्रो कर्तव्य र श्रद्धा हो ।”

म संसद पुनर्स्थापना हुनुपर्छ भन्ने पक्षमा छैनः विमलेन्द्र निधि✓ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसद पुनर्स्थाप...
08/10/2025

म संसद पुनर्स्थापना हुनुपर्छ भन्ने पक्षमा छैनः विमलेन्द्र निधि
✓ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसद पुनर्स्थापनाको पक्षमा आफू नरहेको स्पष्ट गरेका छन् ।

पार्टीभित्रका केही नेताहरूले संसद पुनर्स्थापनालाई मुख्य एजेन्डा बनाउनुपर्ने आवाज उठाइरहेका बेला निधि भने नयाँ चुनावको पक्षमा देखिएका छन् ।

उनले भने, “म संसद पुनर्स्थापनाको पक्षमा छैन । पार्टीले अब चुनावी तयारीमा लाग्नुपर्छ ।”

उनका अनुसार, निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले नियमित वा विशेष महाधिवेशन अहिले प्राथमिकता हुन नहुने विषय हो । निधिको भनाइमा, कार्यवाहक सभापति तोकेर पार्टीले चुनावी तयारीमा केन्द्रित हुनुपर्छ ।

उनले थपे, “पार्टीले गर्नुपर्ने अहिले धेरै काम छन् । महाधिवेशनतिर लाग्दा चुनावको तयारीका लागि समय अभाव हुन्छ । त्यसैले कार्यवाहक सभापति तोकेर पार्टीका कमजोरी सुधार्दै चुनावमा जानुपर्छ ।”

यसअघि, नेपाली कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले संसद पुनर्स्थापनाको पक्षमा विचार राख्दै आएका छन् ।

पार्टीभित्र देउवाले कार्यवाहक सभापति तोक्नुपर्ने आवाज उठेपनि, उनले यसबारे अहिलेसम्म कुनै निर्णय गरेका छैनन् ।

08/10/2025

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा जाने तयारीमा रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा समसामयिक राजनीतिक विषयमा धारणा र विचार प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

बस्नेतले भने, ‘संसद पुनर्स्थापनाको मागसहित हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउनेछौं ।’ उनका अनुसार, पार्टीले आधिकारिक रूपमा जाने कि कानुन व्यवसायीमार्फत जाने भन्ने विषयमा अन्तिम छलफल भइरहेको छ ।

नेपालले आईसीसी टी–२० विश्वकपका तयारी खेलहरूमा लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न दोस्रो अभ्यास खेलमा नेपाल...
06/10/2025

नेपालले आईसीसी टी–२० विश्वकपका तयारी खेलहरूमा लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले हराउँदै बलियो प्रदर्शन गरेको हो ।

उनले गुरुङलाई विपद्‌‌मा उद्धार गरेको अनुभव भएका आधारमा विज्ञको रूपमा बोलाइएको र उनले पनि त्यही रूपमा अनुभव सुनाएको बताएक...
05/10/2025

उनले गुरुङलाई विपद्‌‌मा उद्धार गरेको अनुभव भएका आधारमा विज्ञको रूपमा बोलाइएको र उनले पनि त्यही रूपमा अनुभव सुनाएको बताएका छन ।

नेकपा (माओवादी केन्द्र)ले पार्टी कार्यालयहरूमा हेल्प डेस्क स्थापना गरेर विप!द् व्यवस्थापन गर्ने भएको छ ।विशेष महाधिवेशन ...
05/10/2025

नेकपा (माओवादी केन्द्र)ले पार्टी कार्यालयहरूमा हेल्प डेस्क स्थापना गरेर विप!द् व्यवस्थापन गर्ने भएको छ ।

विशेष महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहका नेता तथा कार्यकर्तालाई तत्काल पार्टी कार्यालयमा हेल्प डेस्क सञ्चालन गरेर उद्धार र राहतमा परिचालन हुन निर्देशन दिएका छन् । उनले अझै पनि पूर्ण रूपमा जो!खिम हटेको छैन भन्दै सबैलाई सत!र्कता अपनाउन आग्रह गरेका छन् ।

प्रचण्डले भनेका छन् , “अझै पनि जो!खिम पूर्ण रूपमा हटेको छैन , त्यसैले सबैमा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्छु । हाम्रो पार्टीका सबै तहका संरचनालाई उ!द्धार , राहत र पुनःस्थापनाको कार्यमा तत्काल सक्रिय हुन पुनः निर्देशन गर्दछु । साथै सबै स्तरका पार्टी कार्यालयमा हेल्प डेस्क स्थापना गरी उद्धा!र , राहत र पुनःस्थापनाको कार्यमा थप सक्रिय हुन आह्वान गर्दछु ।”

प्रचण्डले भनेका छन् , “अझै पनि जोखिम पूर्ण रूपमा हटेको छैन , त्यसैले सबैमा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्छु । हाम्रो पार्टीका सबै तहका संरचनालाई उ!द्धार , राहत र पुनःस्थापनाको कार्यमा तत्काल सक्रिय हुन पुनः निर्देशन गर्दछु । साथै सबै स्तरका पार्टी कार्यालयमा हेल्प डेस्क स्थापना गरी उद्धा!र , राहत र पुनःस्थापनाको कार्यमा थप सक्रिय हुन आह्वान गर्दछु ।”

Address

Lucknow
09

Website

Alerts

Be the first to know and let us send you an email when Nagarik Patra TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share