Nagarik Patra TV

Nagarik Patra TV 'हामी बन्नेछौँ तपाईँको आवाज ।'

जनताको सच्चा अभिभावक बने बालेनभोटेकोशी बाढीबाट प्रभावित परिवारको तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि बालेन शाह...
14/09/2026

जनताको सच्चा अभिभावक बने बालेन

भोटेकोशी बाढीबाट प्रभावित परिवारको तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि बालेन शाह नेतृत्वको सरकारले विशेष योजना अघि बढाएको छ। सरकारले प्रभावित ८ हजार ६९२ घरधुरीका ३९ हजार ११४ जनालाई व्यवस्थापन गर्ने योजना बनाएको छ।

तत्कालका लागि प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा राखिनेछ। त्यहाँ बस्न नचाहने परिवारलाई सदस्य संख्याका आधारमा मासिक घरभाडा सहयोग उपलब्ध गराइनेछ। दसैंअघि नै शौचालय र भान्छासहितका ‘क्याप्सुल हाउस’ उपलब्ध गराउने तयारी पनि गरिएको छ।

दीर्घकालीन रूपमा भने दुई वर्षभित्र सुरक्षित स्थानमा ल्यान्ड पुलिङ मोडलमार्फत एकीकृत बस्ती निर्माण गरी प्रभावित परिवारलाई स्थायी रूपमा पुनःस्थापना गर्ने सरकारको योजना छ।

लालपुर्जा नभएकाहरुकाे वर्षौँदेखिको सपना बालेनले गरिदिए पूरा, धनुषाका ३८५ परिवारले पाए लालपुर्जा बालेन शाह नेतृत्वको सरका...
12/09/2026

लालपुर्जा नभएकाहरुकाे वर्षौँदेखिको सपना बालेनले गरिदिए पूरा, धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

बालेन शाह नेतृत्वको सरकारले भूमिहीन, सुकुम्बासी तथा लामो समयदेखि जग्गा प्रयोग गर्दै आएका परिवारलाई लालपुर्जा दिने कामलाई अघि बढाएको छ। यही क्रममा धनुषाको सबैला नगरपालिका–८ का ३८५ परिवारले वर्षौँपछि आफ्नो जग्गाको लालपुर्जा पाएका छन्।

साविक ठिला गाउँ विकास समितिअन्तर्गतका यी परिवार लामो समयदेखि सोही क्षेत्रमा बसोबास गर्दै आए पनि जग्गा आफ्नो नाममा रहेको आधिकारिक प्रमाण पाउन सकेका थिएनन्। जग्गाको नापजाँच भइसके पनि आवश्यक प्रक्रिया पूरा हुन बाँकी रहँदा लालपुर्जा वितरण हुन सकेको थिएन।

आवश्यक प्रक्रिया पूरा भएपछि ३८५ परिवारलाई लालपुर्जा वितरण गरिएको हो। लालपुर्जा हात परेसँगै वर्षौँदेखि बसोबास गर्दै आएको जग्गामाथि उनीहरूको कानुनी हक स्थापित भएको छ।

युक्रेनमाथि आक्रमण गर्न रुसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको दाबी  रुसले युक्रेनमाथि पछिल्लो मिसाइल हमलामा उत...
11/08/2026

युक्रेनमाथि आक्रमण गर्न रुसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको दाबी

रुसले युक्रेनमाथि पछिल्लो मिसाइल हमलामा उत्तर कोरियाबाट प्राप्त ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरेको युक्रेनी पक्षले जनाएको छ।

युक्रेनका अनुसार रुसी सेनाले पछिल्लो समय उत्तर कोरियाबाट प्राप्त हतियार प्रयोग गर्दै आएको छ। यसअघि पनि यस्ता क्षेप्यास्त्र रुसी हमलामा प्रयोग भएको रिपोर्ट सार्वजनिक भएका थिए।

उत्तर कोरियाबाट रुसलाई क्षेप्यास्त्रसहित अन्य सैन्य सहयोगसमेत प्राप्त भइरहेको युक्रेनको दाबी छ। यसले युद्धमा उत्तर कोरियाको प्रत्यक्ष सैन्य सहयोगबारे चिन्ता बढाएको छ।
रुस र उत्तर कोरियाबीच बढ्दो सैन्य सहकार्यले रुस–युक्रेन युद्धको प्रभाव अझ फराकिलो बन्न सक्ने अन्तर्राष्ट्रिय चासो बढेको छ।

क्रिप्टो बजार घट्दा ट्रम्पको कम्पनीको घाटा ३६ अर्ब नाघ्योअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित सामाजिक सञ्जाल क...
11/08/2026

क्रिप्टो बजार घट्दा ट्रम्पको कम्पनीको घाटा ३६ अर्ब नाघ्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित सामाजिक सञ्जाल कम्पनी Trump Media & Technology Group (TMTG) ले सन् २०२६ को दोस्रो त्रैमासिकमा २३८.१ मिलियन अमेरिकी डलर अर्थात् करिब ३६ अर्ब रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ।

TMTG नै ‘Truth Social’ सामाजिक सञ्जालको मातृ कम्पनी हो। कम्पनीको पछिल्लो वित्तीय परिणाममा क्रिप्टो तथा डिजिटल सम्पत्तिको मूल्यमा आएको गिरावटले ठूलो असर गरेको बताइएको छ।

कम्पनीका अनुसार क्रिप्टो सम्पत्ति र सम्बन्धित धितोपत्रको मूल्य घट्दा ठूलो unrealized loss देखिएको हो। यसले अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको घाटा उल्लेख्य रूपमा बढाएको छ।

यसअघि पनि कम्पनीले २०२६ को पहिलो त्रैमासिकमा ठूलो घाटा रिपोर्ट गरेको थियो। अब कम्पनीले आफ्नो क्रिप्टो रणनीतिमा परिवर्तन गर्दै Truth Social र अन्य मुख्य व्यवसायमा थप ध्यान दिने संकेत गरेको छ।

विराटनगर जुट मिल पुनः सञ्चालन गर्न बालेनले कसे कम्मरविराटनगर जुट मिललाई फेरि सञ्चालनमा ल्याउने सम्भावनाबारे बालेन शाह ने...
10/08/2026

विराटनगर जुट मिल पुनः सञ्चालन गर्न बालेनले कसे कम्मर

विराटनगर जुट मिललाई फेरि सञ्चालनमा ल्याउने सम्भावनाबारे बालेन शाह नेतृत्वको सरकारले अध्ययन अघि बढाएको छ। यसका लागि विज्ञहरू सम्मिलित कार्यदल गठन गरिएको हो।

कार्यदलले मिलको आर्थिक तथा प्राविधिक अवस्था, कानुनी पक्ष र भौतिक सम्पत्तिको मूल्याङ्कन गर्नेछ। साथै, विगतका अध्ययन तथा निर्णयहरूलाई समेत आधार बनाएर पुनः सञ्चालनका सम्भावित उपाय पहिचान गरिनेछ।

कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाउने र त्यसपछि सरकारको आगामी निर्णय तय हुने बताइएको छ।

तेल आयात घट्दा देशलाई राहत, बालेनको कदमपछि करिब १० अर्ब बचत !बालेन नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्द...
11/07/2026

तेल आयात घट्दा देशलाई राहत, बालेनको कदमपछि करिब १० अर्ब बचत !
बालेन नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले लागू गरेको सरकारी व्यवस्थापनपछि इन्धन आयातमा उल्लेखनीय कमी आएको छ। पछिल्लो तीन महिनामा पेट्रोल र डिजेलको आयात करिब ६ करोड ९० लाख लिटरले घट्दा देशलाई ठूलो आर्थिक राहत पुगेको तथ्यांकले देखाएको छ। यसबाट करिब ९ अर्ब ८७ करोड रुपैयाँ (झन्डै १० अर्ब) बराबरको विदेशी मुद्रा बाहिरिनबाट जोगिएको अनुमान गरिएको छ। ऊर्जा खपतमा आएको कमी र विदेशी मुद्रा बचतलाई धेरैले आर्थिक अनुशासन र स्रोत व्यवस्थापनको सकारात्मक संकेतका रूपमा लिएका छन्। देशको पैसा जोगियो भने विकासको बाटो बलियो हुन्छ । यही कारण धेरैले यो निर्णयलाई दीर्घकालीन आर्थिक फाइदासँग जोडेर हेरिरहेका छन्।

अरबौं विदेशी मुद्रा बाहिरिनबाट जोगियो, बालेनको निर्णयपछि पेट्रोलियम आयातमा ठूलो गिरावट!बालेन शाह नेतृत्वको सरकारले इन्धन...
10/07/2026

अरबौं विदेशी मुद्रा बाहिरिनबाट जोगियो, बालेनको निर्णयपछि पेट्रोलियम आयातमा ठूलो गिरावट!
बालेन शाह नेतृत्वको सरकारले इन्धन खपत नियन्त्रण र सरकारी खर्च घटाउने उद्देश्यले लागू गरेका नीतिहरूको प्रभाव पछिल्ला महिनाहरूमा स्पष्ट देखिएको छ। सार्वजनिक बिदा व्यवस्थापन र सयौं सरकारी सवारी साधनको प्रयोग घटाइएपछि पछिल्लो तीन महिनामा मात्रै पेट्रोल तथा डिजेलको आयात करिब ६ करोड ९० लाख लिटरले घटेको तथ्यांक सार्वजनिक भएको छ।

यससँगै देशबाट बाहिरिने करिब ९ अर्ब ८७ करोड रुपैयाँ (झन्डै १० अर्ब) बराबरको विदेशी मुद्रा जोगिएको अनुमान गरिएको छ। ऊर्जा खपतमा आएको कमी र विदेशी मुद्रा बचतलाई धेरैले सरकारी स्रोत व्यवस्थापनको सकारात्मक उपलब्धिका रूपमा लिएका छन्।

Address

Lucknow
09

Website

Alerts

Be the first to know and let us send you an email when Nagarik Patra TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share