Janprabhab News / जनप्रभाव न्यूज डट कम

  • Home
  • India
  • Madhubani
  • Janprabhab News / जनप्रभाव न्यूज डट कम

Janprabhab News / जनप्रभाव न्यूज डट कम जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन डटकम

https://janprabhabnews.com/2025/09/12/62113/
13/09/2025

https://janprabhabnews.com/2025/09/12/62113/

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सी.....

गृहमन्त्री रमेश लेखकले दिए राजीनामाकाठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।सोमबार साँझ प्रधानमन्त्रीको सरक...
08/09/2025

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् ।

देशभर भइरहेको जेनजी पुस्ताको आन्दोलनका क्रममा हालसम्म २० जनाको ज्यान गएको छ ।काठमाडौंमा १८ जना र इटहरीमा २ जनाको मृत्यु भएको बताइएको छ ।

निष्क्रिय पारिएका सामाजिक संजाल खोल्न प्रधानमन्त्रीलाई कांग्रेस सभापतिको आग्रह काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउ...
08/09/2025

निष्क्रिय पारिएका सामाजिक संजाल खोल्न प्रधानमन्त्रीलाई कांग्रेस सभापतिको आग्रह

काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बसिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर सामाजिक संजाल पूर्ववत संचालनको निर्णय गर्न आग्रह गरेका छन् ।

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गत बिहीबार बन्द गरिएका सामाजिक सञ्जाल सरकारले पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्नुपर्ने निर्णय गरेलगत्तै देउवाले ओलीलाई फोन गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

सरकारबाट फिर्ता नहुने कांग्रेसको संकेतकाठमाडौं । जेनजी पुस्ताले गरेको निसस्त्र आन्दोलनमा १९ जनाभन्दा बढीले ज्यान गुमाएको...
08/09/2025

सरकारबाट फिर्ता नहुने कांग्रेसको संकेत

काठमाडौं । जेनजी पुस्ताले गरेको निसस्त्र आन्दोलनमा १९ जनाभन्दा बढीले ज्यान गुमाएको घटनाप्रति व्यापक विरोध भइरहेको छ। सोमबार बसेको नेपाली कांग्रेसको आकस्मिक बैठकमा अधिकांश नेताले सरकारले गरेको क्रुर दमनको घोर विरोध गर्दै तत्काल सरकारबाट फिर्ता हुनुपर्ने सुझाव दिएका छन्।

तर, पार्टी नेतृत्वले भने तत्काल सत्ता त्याग गर्ने पक्षमा नदेखिएको संकेत दिएको छ। बैठकमा सहभागी स्रोतका अनुसार, नेताहरूले आन्दोलनमा भएको ज्यादतिप्रति आक्रोश प्रकट गरे पनि राजनीतिक परिस्थितिलाई विचार गर्दै अहिले सरकारबाट फिर्ता नहुने अडान कांग्रेसले लिएको छ।

नेताहरूबीच सरकारबाट बाहिरिने वा निरन्तर रहने विषयमा तीव्र बहस भए पनि अन्ततः पार्टीले जिम्मेवारीसहित सरकारमा निरन्तरता दिने मनसाय देखाएको हो।

यसरी, निसस्त्र आन्दोलनमाथि भएको दमनले पार्टीभित्र असन्तुष्टि बढाएको भए पनि कांग्रेस नेतृत्वको संकेत भने सरकारबाट फिर्ता नहुनेतर्फ देखिएको छ।

राप्रपाले भन्यो : अब ओली सरकार विघटन गर्नुपर्छ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकार विघटन गर्न माग गर...
08/09/2025

राप्रपाले भन्यो : अब ओली सरकार विघटन गर्नुपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकार विघटन गर्न माग गरेको छ ।सोमबार भएको जेनजीहरूको प्रदर्शनपछि बसेको आकस्मिक पदाधिकारी बैठकले वर्तमान सरकारको उपादेयता सकिएको निष्कर्ष निकाल्दै विघटन गर्न आह्वान गरेको हो ।

आन्दोलमा सरकारले गरेको दमनबाट कम्तीमा २० युवा मारिएपछि आकस्मिक रूपमा बसेको राप्रपा बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारको उपादेयता सकिएको ठहर गरेको हो ।

राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निष्कर्ष रहेको छ। तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि राप्रपा आह्वान गर्दछ।’सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनमा सरकारले दमन गरेको राप्रपाले ठहर छ ।

जेनजी आन्दोलनपछि ललितपुरमा सभा–जुलुस निषेधकाठमाडौं । जेनजी पुस्ताको आन्दोलन हिंसात्मक बनेपछि ललितपुर प्रशासनले सोमबारदेख...
08/09/2025

जेनजी आन्दोलनपछि ललितपुरमा सभा–जुलुस निषेध

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन हिंसात्मक बनेपछि ललितपुर प्रशासनले सोमबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार अर्को सूचना नआएसम्म सभा, जुलुस, भेला, धर्ना लगायतका गतिविधि पूर्ण रुपमा निषेध गरिएको छ।

आदेश अनुसार सर्वसाधारणको सामान्य आवतजावत र सवारी साधन आवागमन भने खुला रहनेछ । तर, संवेदनशील क्षेत्रमा कुनै पनि प्रकारको राजनीतिक वा सामूहिक गतिविधि गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ ।

प्रशासनले भनेको छ,“हालको संवेदनशील परिस्थिति थप बिग्रन नदिन निषेधाज्ञा अपरिहार्य बनेको छ । आदेश उल्लङ्घन गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुनेछ।”

जेनजी प्रदर्शनमा भएको घातक दमनप्रति एम्नेस्टी इन्टरन्यासनलको आपत्ति काठमाडौं । नेपालमा भ्रष्टाचार र सामाजिक सञ्जाल प्रति...
08/09/2025

जेनजी प्रदर्शनमा भएको घातक दमनप्रति एम्नेस्टी इन्टरन्यासनलको आपत्ति

काठमाडौं । नेपालमा भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी नेतृत्वमा भएको प्रदर्शनमा भएको दमनका क्रममा प्रहरीले घातक बल प्रयोग गरेको भन्दै आपत्ति व्यक्ति गरेको छ ।

प्रदर्शनका क्रममा कम्तीमा १९ जनाको मृत्यु र १०० भन्दा बढी घाइते भएको प्रारम्भिक रिपोर्टहरूमाथि प्रतिक्रिया दिँदै एम्नेनेस्टी इन्टरन्यासनल नेपालका निर्देशक निरन्जन थपलियाले प्रहरीले गैरकानूनी रुपमा घातक बल प्रयोग गरेको भन्दै कडा शब्दमा आपत्ति व्यक्त गरेका हुन् ।‘धेरै प्रदर्शनकारीहरूको मृत्यु र गम्भीर चोटपटक लाग्ने गरी प्रहरीद्वारा घातक बलको गैरकानूनी प्रयोगको एम्नेस्टी इन्टरनेसनल नेपाल कडा निन्दा गर्दछ,’ उनले भनेका छन् ।

एम्नेस्टी इन्टरन्यासनलले सरकारी अधिकारीहरूलाई अधिकतम् संयमता अपनाउन पनि आग्रह गरेको छ ।‘कानुन कार्यान्वयन गर्ने निकायहरुले अति आवश्यक अवस्थामा मात्रै प्रदर्शनकारीमाथि बल प्रयोग गर्नुपर्छ, र त्यो वैध उद्देश्य प्राप्तिका लागि मात्रै हुनुपर्छ,’ एम्नेस्टी इन्टरनेसनलले भनेको छ ।

तत्काल तनाव कम गर्न र प्रहरी परिचालन गर्दा प्रदर्शन गर्न पाउने अधिकारको ुसम्मान गर्न पनि एम्नेस्टीले आग्रह गरेको छ ।‘नेपाल सरकारले प्रदर्शनका क्रममा भएको मृत्युको बारेमा तत्काल, गहन, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुपर्छ र दोषी ठहरिएका सबैलाई फौजदारी अभियोजनसहित पूर्ण रूपमा जवाफदेही बनाउनुपर्छ,’ एम्नेस्टी इन्टरनेसनलले भनेको छ ।
साथै, सुरक्षाकर्मीको गैरकानूनी बल प्रयोगबाट पीडितहरूले राज्यबाट पूर्ण र प्रभावकारी क्षतिपूर्ति पाउनुपर्ने कुरा पनि एम्नेस्टीले उल्लेख गरेको छ ।

‘प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा विरोध गर्न, भ्रष्टाचार तथा सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने सहित अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आफ्नो निराशा र आक्रोश व्यक्त गर्ने अधिकार छ,’ एम्नेस्टीले भनेको छ ।

अन्तर्राष्ट्रिय कानूनी प्रतिबद्धताका साथै आफ्नै संविधानले प्रदान गरेका अधिकारको सम्मान गर्नु नेपाली अधिकारीहरूको दायित्व भएको पनि एम्नेस्टीले सम्झाएका ेछ ।

‘सबै प्रदर्शनकारीहरूलाई सरकारले थप हानिबाट बचाउनु पर्छ । प्रदर्शनकारीविरुद्ध अन्धाधुन्ध हिंसा गर्नुको साटो सट्टा भ्रष्टाचार अन्त्य गर्न, जवाफदेहिता प्रदान गर्न र नागरिक स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने भन्ने युवाहरूको वैध मागहरूलाई ईमानदारीपूर्वक सुन्नुपर्छ,’ एम्नेस्टी इन्टरन्यासनलले भनेको छ ।

जेन-जी पुस्ताको आन्दोलनलाई दुर्गाको साथकाठमाडौं । जेन–जी पुस्ताले भोलि देशभर गर्ने प्रदर्शनमा विवादित मेडिकल व्यवसायी दु...
07/09/2025

जेन-जी पुस्ताको आन्दोलनलाई दुर्गाको साथ

काठमाडौं । जेन–जी पुस्ताले भोलि देशभर गर्ने प्रदर्शनमा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले साथ दिने भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजसमेत रहेका प्रसाईँले जेन–जी पुस्ताको आन्दोलनमा आफ्नो समर्थन गरेको बताएका हुन् ।

भ्रष्टाचारले देश आक्रान्त बनेको भन्दै युवा पुस्ताले भोलि काठमाडौंको माईतीघरमा बृहत्त प्रदर्शन गर्न लागेका हुन् । पछिल्ला दिन भ्रष्टाचारको विरोध गर्दै युवा पुस्ताले सोसल मिडियामार्फत भोलि सेप्टेम्बर ८ मा प्रदर्शनको मिति तय गरेका छन् ।

अहिले सामाजिक सञ्जाल टिकटकमा नेताहरुको महँगो जीवनशैली, खानपान, पहिरन र उनीहरुको सन्तानको पनि जीवनशैली एक्सपोज गरिएको छ । प्रदर्शनमा हजारौंको संख्यामा युवा पुस्ताले सहभागिता जनाउने हल्ला छ । अहिले टिकटकमा नेपो बेविज, ‘वी आर द लास्ट जेनरेशन द्याट यु क्यान फूल’ लगायतका ट्रेण्ड चलाएका छन् ।

भोलिको आन्दोलनमा समर्थन जनाउँदै उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘२२ रुपियाँको भुक्के चप्पलमा सिंहदरबार छिरेका नेताहरूका छोराछोरी आज करोडौँको घडी, लाखौँको जुत्ता(चस्मा र लुइभ्यानटका ४० लाख पर्ने झोला बोकेर हिँडिरहेका छन्। विदेशसम्म(अमेरिका, युरोप, अष्ट्रेलिया, कम्बोडिया सम्म भ्रष्टाचारको सम्पत्ति बगिरहेको प्रमाणसहित आवाज उठाउँदा मलाई कारागार धकेलियो। राजनीतिक दल र सञ्चार जगतले मलाई हेला गरे । तर, आज सत्यको पक्षमा जनचेतना जाग्दै गएको छ। म यस कुरामा धेरै खुसी छु ।’

सञ्चार मन्त्रालयले भन्यो- भीपीएन प्रयोग नगर्नूकाठमाडौं । सरकारले भीपीएन प्रयोग नगर्न आग्रह गरेको छ। सञ्चार तथा सूचना प्र...
07/09/2025

सञ्चार मन्त्रालयले भन्यो- भीपीएन प्रयोग नगर्नू

काठमाडौं । सरकारले भीपीएन प्रयोग नगर्न आग्रह गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर भीपीएन प्रयोग नगर्न आग्रह गरेको हो।

'नेपाल सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको हुँदा त्यस्ता सञ्जालहरूको पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भीपीएन प्रयोग नगर्न/नगराउनू,' मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन सरकारले आह्वान गरेको छ। त्यस्तै सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरे पश्चात सोही क्षणदेखि पुनः सक्रिय गराइने पनि विज्ञप्तिमा उल्लेख छ। सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय कार्यान्वयन गराउन आम नागरिकसँग अपील पनि गरेको छ।

त्यस्तै यसबीचमा हाम्रो पात्रो र ग्लोबल डायरीले सूची दर्ता गरेको र दर्ता भएपछि नेपालमा सञ्चालनसमेत भइरहेको मन्त्रालयले जनाएको छ। प्रवक्ता ठाकुरका अनुसार अमेरिकी कम्पनी एक्स र चिनियाँ कम्पनी वीच्याटले सूचीका लागि कागजात मगाएपछि आवश्यक विवरण पठाइएको छ।

बौद्ध खुकुरी काण्ड : तीनजना अभियुक्त दिल्लीबाट पक्राउकाठमाडौं । काठमाडौंको बौद्धस्थित बाहुनाधारामा मोटरसाइकलमा सवार एक य...
07/09/2025

बौद्ध खुकुरी काण्ड : तीनजना अभियुक्त दिल्लीबाट पक्राउ

काठमाडौं । काठमाडौंको बौद्धस्थित बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि खुकुरी प्रहार गरेर फरार भएका तीन जना दिल्लीबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा उनीहरूलाई भारतको राजधानी दिल्लीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।पक्राउ परेकाहरूको नाम र ठेगाना सार्वजनिक गरिएको छैन । घटनामा संलग्न चौथो व्यक्ति भने फरार रहेको बताइएको छ ।

१२ साउनको राति करिब ९ बजेतिर बौद्ध नयाँबस्तीस्थित डी क्याफे मा खाजा खाएर बाहिर निस्कँदै गरेका काभ्रेको रोशी गाउँपालिका–१० का २८ वर्षीय जितबहादुर मोक्तानमाथि खुकुरी प्रहार भएको थियो ।चार जनाको समूहले योजनाबद्ध रूपमा मोटरसाइकलमै पिछा गर्दै आएका मोक्तानमाथि हात, ढाड र पेटमा अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते अवस्थामा रहेका मोक्तानको अहिले अवस्था खतरामुक्त भएको जनाइएको छ ।

कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्जकाठमाडौं । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ...
07/09/2025

कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीको ठक्करबाट घाइते भएकी बालिका उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन आएका मन्त्री राना चढेको गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धि घुम्तीमा ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि गाडी रोक्ने प्रयास नगरी अघि बढेको भन्दै सो घटना विवादित बनेको हो ।

बालिकाको स्वास्थ्य अवस्थाबारे समाचार सार्वजनिक भएपछि एमालेले सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेको थियो । साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाइएको भन्दै स्थानीयवासीले मन्त्री रानाको आलोचना गर्दै सडक अवरुद्धसमेत गरेका थिए ।

गोदावरीमा शुक्रबारदेखि सुरु भएको एमाले विधान महाधिवेशनमा सहभागी हुन राना काठमाडौं गएका थिए ।

भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउसिरहा । भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएकोे लत्ताकपडा र दुईवटा मोट...
07/09/2025

भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

सिरहा । भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएकोे लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो । यादव सुखीपुर नगरपालिका–७ सिसवा निवासी हुन् ।

उनीसँगै रहेका अर्का मोटरसाइकल चालक भने फरार रहेको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए । सशस्त्र प्रहरीका अनुसार यादवको साथबाट दुई लाख ८२ हजार ८०० बराबरको कपडा र रु दुई लाख ५० हजार मूल्य बराबरका दुई थान मोटरसाइकल बरामद गरिएको छ ।

बरामद सामग्रीको मूल्य ५ लाख ३२ हजार ८०० बराबर रहेको छ । सशस्त्र प्रहरी उपरीक्षक भण्डारीका अनुसार भारतबाट भन्सार छली गरेर सामान भित्र्याउने कार्यमा रोक लगाउन सशस्त्र प्रहरीले कडा निगरानी थालेको छ । पक्राउ परेका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

Address

Madhubani

Telephone

+9779851276659

Website

http://janprabhabnews.com/

Alerts

Be the first to know and let us send you an email when Janprabhab News / जनप्रभाव न्यूज डट कम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janprabhab News / जनप्रभाव न्यूज डट कम:

Share