North Bengal Network

North Bengal Network "NBN, खबर तपाईंको प्रसारण हाम्रो"
REGD. NO : WB-09-0060710
(2)

आज कालचिनीको रंगमती रोडमा अवस्थित नेताजी सुभाषचन्द्र बोस सेवा केन्द्रमा श्रद्धा एवं स्नेह भावको साथ राज्य मन्त्री विशाल ...
28/08/2026

आज कालचिनीको रंगमती रोडमा अवस्थित नेताजी सुभाषचन्द्र बोस सेवा केन्द्रमा श्रद्धा एवं स्नेह भावको साथ राज्य मन्त्री विशाल लामालाई राखी लगाउदै रक्षा बन्धन पालन गरियो।

आज बाग्राकोट भाजपा नारी मोर्चाले भारतीय वीर सेनाहरुलाई राखी लगाउदै गर्‍यो विशेष रुपमा रक्षा बन्धन पालन :
28/08/2026

आज बाग्राकोट भाजपा नारी मोर्चाले भारतीय वीर सेनाहरुलाई राखी लगाउदै गर्‍यो विशेष रुपमा रक्षा बन्धन पालन :

भारत-नेपाल सीमासँग जोडिएको दार्जीलिङ जिल्ला अन्तर्गत  मिरिक बाघखोर  शसस्त्र सीमा  बल सीमा चौकीमा आज भावुक क्षणहरूका साथ ...
28/08/2026

भारत-नेपाल सीमासँग जोडिएको दार्जीलिङ जिल्ला अन्तर्गत मिरिक बाघखोर शसस्त्र सीमा बल सीमा चौकीमा आज भावुक क्षणहरूका साथ रक्षा बन्धन पालन गरियोl।

भारतीय जनता पार्टीको महिला मोर्चा मिरिक अन्तर्गत खर्साङ मण्डल 7 अनि 8 का महिलाहरूको एक समुहले सीमा क्षेत्रमा देशको सेवा गर्ने एसएसबी जवान दाजुभाइहरूलाई राखी बाँधेर उनीहरूको सुस्वास्थ्य एवं दीर्घायुको लागि प्रार्थना गरे।l

महिला मोर्चा मिरिक २४ नम्बर समष्टि मण्डल आठ की महासचिव सारिका गुरुङ अनि उपाध्यक्ष मुन्ना राईले यो पर्व केवल एक पर्व मात्र नभई दाजुभाइ र दिदीबहिनीहरू बीचको प्रेम, सुरक्षा र आत्मीयताको उत्सव पनि भएको बताउनु भयो ।

उहाले एसएसबी जवानहरूले आफ्ना दिदीबहिनीहरूलाई गहिरो रूपमा सम्झना गरिरहने बताउनुहुँदै यस्तो समयमा जवानहरूलाई खाली हात छोड्नु ठीक नहुने तथा उनिहरुलाई खुशी राख्नु चेलीहरुले आफ्नो कर्तब्य पूरा गरेकी बताउनु भयो।ll


रक्षाबन्धन तथा राखी पूर्णिमाको हार्दिक शुभकामना 🙏🙏
28/08/2026

रक्षाबन्धन तथा राखी पूर्णिमाको हार्दिक शुभकामना 🙏🙏

27/08/2026

आर्मी पब्लिक स्कुल, कालिम्पोङका छात्राहरूले
भारतीय सेनाका वीर जवानहरूलाई बाधे रक्षा बन्धन

27/08/2026

भारतले नेपाललाई बाढी तथा विपद् प्रभावितको सहयोगका लागि राहत सामग्रीको दोस्रो खेप पठाएको छ। दोस्रो खेपमा **३७.५ टन HADR (मानवीय सहायता तथा विपद् राहत) सामग्री, आवश्यक औषधि र खानेकुराका प्याकेटहरू** समावेश छन्।

यस कठिन घडीमा भारतले नेपाल र नेपाली जनताप्रति निरन्तर ऐक्यबद्धता जनाउँदै आएको छ।

27/08/2026

फेरी तेस्रो चोटी गोर्खा जातिलाई ठगेर गोर्खाल्याण्ड बेच्ने षड्यन्त्र पहाडका घुपौरे नेताहरूले गर्दैछन्। यस्ता नेताहरू गोर्खाको नाममा कलंक हुन्-डोनाल्ड गतराज

स्थायी राजनीतिक समाधानको विषयमा केन्द्रीय गृहमन्त्री अमित शाहसँग भाजपा गठबन्धन दलका नेताहरूबीच भएको बैठकपछि Indian Democratic Republic Front (IDRF) पार्टीका महासचिव डोनाल्ड गतराजले उक्त प्रक्रियाप्रति घोर विरोध जनाएका छन्।

गतराजले आरोप लगाउँदै भने, “फेरी तेस्रो चोटी गोर्खा जातिलाई ठगेर गोर्खाल्याण्ड बेच्ने षड्यन्त्र पहाडका घुपौरे नेताहरूले गर्दैछन्। यस्ता नेताहरू गोर्खाको नाममा कलंक हुन्।”

उनले IDRF पार्टीको स्पष्ट अडान केवल गोर्खाल्याण्ड रहेको बताउँदै भने, “IDRF पार्टीले केवल गोर्खाल्याण्ड मात्र चाहन्छ, अरू कुनै विकल्प स्वीकार्य छैन।”

गतराजका अनुसार गोर्खा समुदायले कुनै दया वा भीख नमागेको स्पष्ट पार्दै उनले भने, “गोर्खा समुदाय भिकारी होइन। हामी हाम्रो संवैधानिक अधिकार मागिरहेका छौं।”

स्थायी राजनीतिक समाधानका नाममा फेरि गोर्खा जनताको भावनासँग खेलवाड हुन नहुने बताउँदै उनले गोर्खाल्याण्डको मुद्दाबाट विचलित हुने कुनै पनि प्रयासको IDRF ले कडा विरोध गर्ने बताएका छन्।

गैरीबासका विभिन्न समस्याबारे विधायक भरत छेत्रीसँग युवा मोर्चाको भेटगैरीबास, २६ अगस्त २०२६: भारतीय जनता पार्टी रोङ्गो–झलढ...
27/08/2026

गैरीबासका विभिन्न समस्याबारे विधायक भरत छेत्रीसँग युवा मोर्चाको भेट

गैरीबास, २६ अगस्त २०२६: भारतीय जनता पार्टी रोङ्गो–झलढका मण्डल अन्तर्गत युवा मण्डलका प्रतिनिधिहरूले हिजो, मिति २६ अगस्त २०२६, गैरीबास क्षेत्रभित्र रहेका विभिन्न समस्याहरूका विषयमा कालेबुङका माननीय विधायक भरत छेत्रीसँग भेटघाट गरेका छन्।
युवा मण्डलका अध्यक्ष एमरीक राईको नेतृत्वमा गएको टोलीले गैरीबास क्षेत्रका स्थानीय समस्या तथा जनसरोकारका विभिन्न विषयहरू विधायक छेत्रीसमक्ष राखेको बताइएको छ।
भेटघाट कार्यक्रममा युवा मण्डल अध्यक्ष एमरीक राई, उपसभापति अभिजित राई, सचिव साजन लिम्बु, बुथ सभापति रबिन राई, सचिव कुलबहादुर भुजेल तथा युवा कार्यकर्ताहरू केवल राई, बिक्की सुब्बा, सचिन राई, सुमित गुरुङ, निशान गुरुङ लगायत उपस्थित रहेका थिए।

26/08/2026

नेपालमा आएको बाढीको नयाँ भिडियो

26/08/2026

नेपाल-चीन सीमाको चिनियाँ भूभागबाट प्राप्त विनाशकारी सीसीटीभी फुटेजमा बाढी कति अचानक र भयानक वेगमा पस्यो भन्ने प्रस्ट देखिन्छ।

Address

Washabari T. G
Malbazar
734501

Website

Alerts

Be the first to know and let us send you an email when North Bengal Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share