19/08/2025
मङ्पु अदालतका अधिवक्ताहरूको उपस्थितिमा खुला अदालतमा मङ्पु अदालतका प्रथम श्रेणीका न्यायिक मजिस्ट्रेटले नेपाली भाषा भारतको होइन नेपाली भाषा नेपालको हो, उनको अदालतमा नेपाली भाषा बोल्नु हुँदैन भन्ने विषयाई लिएर वार एसोसिएसन दार्जीलिङले आपत्ति जनाउँदै भोलि दार्जीलिङ कोर्टमा विरोध (Protest) जनाउने वार एशोसिएसनका अध्यक्ष अधिवक्ता तरंगा पण्डितले एक पत्रकार भेलालाई जानकारी गराएका छन्।
न्यायाधीश जस्तो उच्च शिक्षित पदमा बस्ने व्यक्तिले नेपाली भाषा भारतको संविधानको आठौं अनुसूचीमा मान्यता प्राप्त भाषा हो भनेर नजान्नु वा जानेर पनि यस्तो टिप्पणी गर्नु सरासर जातीय शोषण र उत्पीडनको जल्दो बल्दो उदाहरण हो। नेपाली भाषीको मुटुमा आएर यसरी हेपाहा व्यवहार उत्पीडनको पराकाष्ठ हो। म यस टिप्पणीको म घोर आपत्ति गर्दै तीव्र भत्सर्ना गर्दछु।
अरूण घतानी
प्रवक्ता, क्रामाकपा
#