MIRIK Channel

MIRIK Channel सूचना अनि मनोरञ्जनको भरपर्दो माध्यम

15/10/2025

गत ४ अक्टोबर २०२५ राति दार्जिलिङ्ग पहाडभरि अविरल वर्षाको कारणले धेरै धनजनको क्षति भएकोमा अनि विभिन्न स्थानहरूमा दुर्घटनामा परी ज्यान समेत गुमाउनेहरूको दिवंगत आत्माहरूले शान्ति पाउँन अनि घाइते भएका हाम्रो प्रियजनको यथाशीघ्र स्वास्थ्यमा लाभ प्राप्त होस् भन्ने ईश्वरप्रति प्रार्थना गर्दै आगामी मिति २७ अक्टोबर २०२५ तदनुसार सोमवार समय बिहान १० बजे स्थानीय महाकाल बाबा मन्दिर परिसरमा दार्जिलिङ्गमा एक भव्य हवन, रुद्राभिषेक, भण्डाराको पुण्य कार्यक्रम सम्पन्न हुने भएको छ।

प्राणीहरूको मृत्यु जीवनको अन्त होइन यो त केवल अर्को नयाँ यात्राको सुरुवात हो। शरीर मर्छ तर आत्मा मर्दैन त्यसरी पछिको आत्माको यात्रा सरल, सहज र शान्तिमय बनोस् भन्ने हेतुले, सियाराम सनातनी महासभा संगठन दार्जिलिङ्ग जिल्ला समितिको तत्वधानमा कार्यक्रम सम्पन्न हुने भएको यस महत्वपूर्ण कार्यक्रममा स्थानीय मान्यजनहरू श्रद्धालुहरू साथै सम्पूर्ण शोकाकुल परिवारका सदस्यहरूलाई हवन र सामूहिक प्रार्थनाको निम्ति हार्दिक निमन्त्रणा गर्दछ।

उक्त कार्यक्रममा सियाराम सनातनी महासभा संगठनको राष्ट्रिय अध्यक्ष श्री अवन्ती कुमार सिंहजी पेशाले सुप्रिम कोर्टका वरिष्ठ अधिवक्ता पनि हुनुहुन्छ। उहाँसँग राष्ट्रिय गुरु श्री आचार्य परमेश्वर कृष्णदासजीको पनि पावन उपस्थिति रहनेछ।

धन्यवाद

चन्द्रकला राई "गुरुङ"
मूल सचिव
सियाराम सनातनी महासभा संगठन
दार्जिलिङ्ग जिल्ला समिति

बुंगकुलुंगमा पानीको अभावमा माछाहरु मर्दै बिगत  ०४अनि ०५ अक्टोबारको बिहान आएको विनासकारी भल वाडीले बुंगकुलुंगको सबै कुलोह...
14/10/2025

बुंगकुलुंगमा पानीको अभावमा माछाहरु मर्दै

बिगत ०४अनि ०५ अक्टोबारको बिहान आएको विनासकारी भल वाडीले बुंगकुलुंगको सबै कुलोहृरू बगाईदिएकोले गांवमा पालिएको माछाहरू पानी को कमी भएर यसरी मर्दैछन् । सानो - सानो माछाहरू मुश्किल ले बाँचिरहेका छन् भने ठूलो - ठूलो माछाहरू जो चार- पाँंच किलो ग्राम को माछाहरू भटाभट मर्न थालेकोले यहाँ का सम्पूर्ण मत्स्य पालकहरू चिन्तामा परेका छन् ।यस समस्या समाधान को निम्ति तत्काल कुनै व्यवस्था गरिदिएमा धेरै राम्रो हुनेछ केहिदिन को निम्ति हाम्रो गांवको माथि बग्ने मरमा खोलाको मुहान देखि ठूलोखालको पोलिथिन पाईपको व्यवस्था मिलाई दिनु भएपनि धेरै जनाको समस्या समाधान भएर जाने छ भनी बुंगकुलुंग फिसरमेन डेभलपमेन्ट कमिटीका महासचिव श्रीमान एन० बी० लिम्बु ले सम्बन्धित विभाग प्रति अनुरोध गरेका छन्।

उरमाललाई मदन पुरस्कारले सम्मानित गर्दा, संसारभर छरिएका नेपाली भाषीसँग जोडिने मौका मिलेको छ - कुन्द दीक्षितकाठमाडौ: 12 अक...
12/10/2025

उरमाललाई मदन पुरस्कारले सम्मानित गर्दा,
संसारभर छरिएका नेपाली भाषीसँग जोडिने मौका मिलेको छ - कुन्द दीक्षित
काठमाडौ: 12 अक्टोबर,
नेपाली साहित्य जगतको प्रतिष्ठित मदन पुरस्कार आज विशेष कार्यक्रम बीच आख्यानकार छुदेन काविमोलाई प्रदान गरेको छ। काठमाडौं, ललितपुरमा अवस्थित कमलमणी थिएटरमा मदन पुरस्कार गुठीले पुरस्कार समर्पण समारहको आयोजना गरेर आख्यानकार काविमोलाई उनको आख्यान "उरमाल" को लागि मदन पुरस्कार प्रदान गरेको हो।
पुरस्कार अलंकार समारोहमा प्रा.डा. वीणा पौड्याल, जगदम्बा-श्रीबाट सम्मानित प्रेमदेव गिरी, मदन पुरस्कार गुठी अध्यक्ष कुन्द दीक्षित, उपाध्यक्ष कल्पना पराजुली लगायतका आमन्त्रित अतिथहरू उपस्थित थिए। गुठीका अध्यक्षबाट आख्यानकार काविमोलाई पुरस्कार अर्पण गरिएको थियो। उनलाई प्रशस्ति पत्र, खदा-माला साथै 4 लाख नेपाली नगद राशी प्रदान गरेर पुरस्कार अर्पण गरिएको थियो।
मदन पुरस्कारद्वारा सम्मानित उरमालका स्रष्टा छुदेन काविमोले समारोहलाई सम्बोधन गर्दै भने, "साहित्यले जहिले पनि वञ्चित, शोषित र मानवीय कुरासँग सम्बन्ध राख्छ भन्ने कुरामा म सधैं विश्वास गर्छु । त्यही विश्वासकै कारण हो, उरमालमा पनि मैले शोषित र वञ्चितहरूकै पीडालाई लेख्ने कोसिस गरेको छु। यसले मदन पुरस्कार पाउँदा त्यो आवाज अरु मुखर भएको अनुभव मैले गरेको छु। त्यति मात्रै होइन, मदन पुरस्कार गुठीले कसरी विश्वभरि लेखिने नेपाली साहित्यको स्वरलाई सुनिदिन सकेको छ, कसरी एउटा अलग भूगोलको संवेदनालाई आत्मसात् गर्न सकेको छ, त्यसको प्रमाणको रूपमा पनि मैले यसलाई लिएको छु। वर्षोंपछि फेरि एकचोटि पूरै भारतेली नेपाली साहित्य पुरस्कृत भएको आभास यसचोटि मैले गरेको छु।"
साहित्यिक कर्म बारे बोल्दै उनले भने, "साहित्यको काम के हुन्छ? हरेकचोटि लेख्नु अघि म आफैले आफैलाई सोध्ने गर्छु। तब मभित्रको एउटा मान्छे मुसुक्क मुस्कुराउँछ र भनिरहन्छ, 'मान्छे भित्रको मान्छेलाई बचाइ राख्नु हो।' हरेक मान्छे भित्र एउटा मान्छे हुन्छ, जो एकदम नादान हुन्छ। उसमा छलकपट हुँदैन। जहिले केटाकेटी मैं लुकामारी खेलिरहन्छ। र, त्यो मान्छे संसारका हरेक मान्छेभित्र धेरथोर हुन्छै, हुन्छ।
हरेक मान्छे भित्र हुने त्यो अवोध मान्छेलाई कसरी र कसले सधैंभरि बचाइराख्न सक्छ त? त्यो काम केवल साहित्यले मात्रै गर्न सक्छ। त्यही भएर म लेखिरहन चाहन्छु, मैले लेखेको कथाले दुईचार मान्छेभित्रको मान्छेलाई बचाइराख्न सकोस्, म संसारको सबैभन्दा सन्तुष्ट लेखक भइहाल्नेछु।"
मदन पुरस्कार गुठीले उरमाल मार्फत् पूरै भारतेली नेपाली साहित्यलाई नै सम्मानित हुने अवसर प्रदान गरेकोमा उनले आभार व्यक्त गरे। उनले तमाम नेपाली पाठकलाई धन्यवाद दिँदै भने, "पाठकहरूले मेरो लेखनीलाई प्रेम दिएर जहिले पनि नयाँ उत्साह थपिरह्यो।"
समारोहमा मदन पुरस्कार गुठी अध्यक्ष कुन्द दीक्षितले सम्बोधन राखेका थिए। आफ्नो सम्बोधनमा उनले दार्जीलिङको साहित्यिक सेरोफेरोलाई सम्बोधन गर्दै भने, "छुदेन काविमोज्यू, यहाँको पुस्तक उरमाललाई मदन पुरस्कारबाट सम्मानित गर्न पाउँदा हामीलाई संसारभर छरिएका नेपाली भाषीसँग जोडिने मौका मिलेको छ। यहाँ म मदन पुरस्कारबाट सम्मानित पारसमणि प्रधानजी, फादर विल्यम बर्कजीलाई सम्झन्छु।" पारसमणी प्रधानलाई मदन पुरस्कार अर्पण गरेको प्रसङ्गबारे सम्झना गर्दै उनले थप भने, "पारसमणिजीलाई २०२७ सालमा मदन पुरस्कार सम्मान अर्पण गर्न दार्जीलिङ पुग्दा म १५ वर्षको थिएँ। रानी जगदम्बा, दादा कमल दीक्षित र आमा अञ्जु दीक्षितसँगै गएर समारोहमा बसेको धमिलो सम्झना बाँकी नैछ।" आख्यान उरमालको विशेषता बारे बोल्दै उनले भने, "छुदेनजी, यहाँको उरमालले 'चिया' पछाडिको दुःखको कथा भनेको छ तर विडम्बना हामी त्यही दुःखबाट टुसाएको 'चिया'ले बाँधिएका छौँ। यहाँको लेखनीले निरन्तरता पाइरहोस्। यहाँको कथा-व्यथाले धर्ती छोइरहोस्। धर्तीप्रति समर्पित सबैमा सम्मान। यहाँलाई बधाई र स्वागत।" नेपाली भाषामा कुराकानी गर्ने, लेख-पढ गर्ने, यसलाई माया गर्ने तथा प्रोत्साहन गर्ने नेपाली र गैर-नेपालीमातृभाषी सबैप्रति उनले हार्दिक आभार व्यक्त गरे।
मदन पुरस्कार समर्पण समारोहकै अवसरमा आज प्रेमदेव गिरीलाई लोकभाका सङ्कलन र संरक्षण तथा लोकवाद्य, सङ्गीत र नाट्य क्षेत्रमा उनले पुर्याएको महत्वपूर्ण योगदानलाई मूल्यांकन गर्दै जगदम्बा - श्री पुरस्कार अर्पण गरिएको थियो। समारोहमा प्रा.डा. वीणा पौड्यालले विद्वद् प्रवचन गरेकी थिइन्। गुठीका उपाध्यक्ष कल्पना पराजुलीबाट धन्यवाद ज्ञापन साथै सभा विसर्जन गरिएको थियो।

12/10/2025

उन्मुक्ति अभियान -को डिजिटल जनसभा,
डा हर्कबहादुर छेत्रीले के भने सुन्नुहोस् ।

🔥 किडनीलाई जोगाउने अमूल्य औषधि : मकैको जुँगा 🌽मानिसको जीवनमा मृगौला (किडनी) अमूल्य खजाना हो। शरीरभित्रका सबै विषाक्त पदा...
12/10/2025

🔥 किडनीलाई जोगाउने अमूल्य औषधि : मकैको जुँगा 🌽

मानिसको जीवनमा मृगौला (किडनी) अमूल्य खजाना हो। शरीरभित्रका सबै विषाक्त पदार्थ, अतिरिक्त पानी र नोक्सान पुर्‍याउने तत्वलाई बाहिर निकाल्ने जिम्मेवारी यही सानो तर महान् अंगले निभाउँछ। तर आजको अस्वस्थ जीवनशैली, अधिक नुनिलो खाना, चिल्लो तेल, धूलो धुवाँ, कम पानी सेवनजस्ता कारणले धेरै मानिस किडनी रोगले ग्रसित भइरहेका छन्।

👉 यस्तो अवस्थामा प्रकृतिले दिएको उपहार मकैको जुँगा (Corn Silk) अद्भुत औषधि मानिन्छ। गाउँघरमा सजिलै पाइने यो जुँगाले अनेकौँ रोग रोकेको छ भन्ने कुरा पुराना आयुर्वेदिक ग्रन्थ र अनुभवी बुढाबुढीहरूले प्रमाणित गरिसकेका छन्।

🌿 मकैको जुँगामा के हुन्छ ?

प्राकृतिक एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीर सफा राख्छ।

यसमा पाइने पोटासियम र भिटामिन C ले शरीरमा पानीको सन्तुलन मिलाउँछ।

यसले मूत्रमार्ग सफा गर्ने, सूजन घटाउने र किडनीलाई शुद्ध गर्ने काम गर्छ।

🍵 कसरी खाने ?

1. ताजा वा सुख्खा मकैको जुँगा लिएर सफा गर्नुहोस्।

2. एक गिलास पानीमा १ मुट्ठी जुँगा हालेर ५–७ मिनेटसम्म उमाल्नुहोस्।

3. त्यसपछि छानेर चियाजस्तै पिउन सकिन्छ।

4. स्वादका लागि अलिकति मह वा अदुवासँग मिसाउन सकिन्छ।

🕒 कहिले खाने ?

बिहान खाली पेट वा बेलुकी खाना खाइसकेपछि पिउनु लाभदायक हुन्छ।

दिनमा १–२ गिलास पर्याप्त हुन्छ।

निरन्तर २–३ हप्ता सेवन गर्दा स्पष्ट प्रभाव देख्न सकिन्छ।

🌟 कुन–कुन रोगमा फाइदा ?

किडनीमा ढुंगा बन्न नदिने वा घटाउने

किडनी फेल हुनबाट बचाउने

पिसाबमा जलन, दुखाइ वा बारम्बार पिसाब लाग्ने समस्या हटाउने

ब्लड प्रेसर नियन्त्रणमा राख्ने

शरीरको सुजन (Water Retention) कम गर्ने

मुटु स्वास्थ्य राम्रो राख्ने

⚠️ सावधानी :

अत्यधिक मात्रामा नखाने (दिनमा २ गिलासभन्दा बढी नपिउनु)।

गर्भवती वा दीर्घकालीन बिरामीले चिकित्सकसँग सल्लाह गरेर मात्रै सेवन गर्नु।

💚 प्रकृतिले दिएको सानो वरदान “मकैको जुँगा” साधारण देखिए पनि यसको शक्ति असाधारण छ। यो केवल किडनी बचाउने मात्र नभई शरीरलाई विषमुक्त, हल्का र स्वस्थ राख्ने अमूल्य औषधि हो।

👉 याद राखौँ, औषधि कहाँ छ भनेर टाढा खोज्नु पर्दैन, हाम्रो खेतको मकैको भुट्टामा टाँसिएको जुँगामै जीवन बचाउने शक्तिशाली उपचार लुकेको हुन्छ। 🌱

मिरिकका एक अग्रज पत्रकार साथै शिक्षक रोशन थापाको निधनहार्दिक श्रद्धाञ्जली ।मिरिकका एक अग्रज पत्रकार साथै शिक्षक रोशन थाप...
12/10/2025

मिरिकका एक अग्रज पत्रकार साथै शिक्षक रोशन थापाको निधन

हार्दिक श्रद्धाञ्जली ।
मिरिकका एक अग्रज पत्रकार साथै शिक्षक रोशन थापाको आज बिहान निधन भएको छ।मिरिकमा थापाको निधनमा गहिरो शोकको लहर चलेको छ।यस् दुःखद घढीमा इश्वरले उनको परिवारमा सहन गर्ने क्षमता प्रदान गरून् ।मृतात्माको बैकुण्ठमा बास होस हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
ॐ शान्ति ॐ शान्ति ।

पश्चिम बंगाल परिषद्ले बाढ प्रभावित विद्यार्थीहरूलाई नि:शुल्क प्रतिलिपि प्रमाणपत्र प्रदान गर्दछ।पश्चिम बंगाल उच्च माध्यमि...
11/10/2025

पश्चिम बंगाल परिषद्ले बाढ प्रभावित विद्यार्थीहरूलाई नि:शुल्क प्रतिलिपि प्रमाणपत्र प्रदान गर्दछ।

पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषद्ले पश्चिम बंगालमा हालै आएको बाढ/पहिरोबाट प्रभावित विद्यार्थीहरूलाई उच्च माध्यमिक प्रमाणपत्र (दर्ता प्रमाणपत्र, प्रवेश पत्र, अंकपत्र, पास प्रमाणपत्र) नि:शुल्क प्रदान गर्दैछ। उम्मेदवारहरूले आफ्ना संस्था प्रमुखहरू (HOIs) मार्फत आवेदन दिनुपर्छ, जसले बाढ का कारण कागजपत्र हराएको पुष्टि गर्ने आवेदनलाई समर्थन गर्नुपर्छ।

*कार्यालय वा राजु विष्ट**प्रेस विज्ञप्ति**अक्टोबर ९, २०२५*आज, मैले सोनाडा-रुङबुल क्षेत्रका पहिरो प्रभावित क्षेत्रहरूको स...
09/10/2025

*कार्यालय वा राजु विष्ट*
*प्रेस विज्ञप्ति*
*अक्टोबर ९, २०२५*

आज, मैले सोनाडा-रुङबुल क्षेत्रका पहिरो प्रभावित क्षेत्रहरूको स्थलगत भ्रमण गरें, र पीडितहरूसँग भेटें र संकटको प्रत्यक्ष मूल्याङ्कन गरें। पहिरोले रुङमुक, सिडर्स चिया बगान र वरपरका समुदायहरूको ठूलो भागमा विनाश निम्त्याएको छ, जसमा चन्द्रमान धुरा, सुब्बा गाउँ, रातोमाटे, मुन्डा खोथी, सिमकुना वन, बस्नेत गाउँ, राई गाउँ, शिरुबारी, फुलबारी होप टाउन, मिलिङ बस्टी, रिङटोङ र अन्य नजिकैका गाउँहरू समावेश छन्।

भ्रमण पूर्व सांसद श्री आरबी राईको चन्द्रमान धुरा, रुङमुकस्थित निवासबाट सुरु भयो, जहाँ हामीले प्रचलित अवस्था र प्रभावितहरूलाई सहयोग गर्ने रणनीतिहरूबारे छलफल गर्यौं। त्यसपछि हामीले रुङमुक चिया बगानको चन्द्रमान धुरा प्राथमिक विद्यालयमा स्थापित राहत शिविरको भ्रमण गर्यौं, जहाँ हाल विपद्बाट विस्थापित २९ परिवारहरूलाई आश्रय दिइँदैछ।

रुङमुकको चन्द्रमान धुरा अन्तर्गत सुब्बा गाउँमा पहिरो विशेष गरी विनाशकारी भएको छ। पीडितहरूले रिपोर्ट गरेका छन् कि भारी वर्षाले एउटा घर पूर्ण रूपमा बगाएको छ भने अन्य २८ घरहरू अहिले डुबानमा परेका छन् जसले गर्दा उनीहरू असुरक्षित भएका छन्। यी परिवारहरूलाई राहत केन्द्रमा सारिएको छ। हामीले बस्नेत गाउँको पनि भ्रमण गर्यौं, जुन अहिले पहिरोका कारण जोखिमपूर्ण क्षेत्र बनेको छ। गाउँका ४४ परिवार जोखिममा छन् र पूर्ण स्थानान्तरणको लागि अनुरोध गरेका छन्।

मैले भर्खरै पहिरोमा ज्यान गुमाउने रिङटोङको फुलबारीकी स्वर्गीय पुरस्ता सुब्बाको परिवारका सदस्यहरूसँग भेट गरें। मैले उनीहरूसँग हाम्रो सामूहिक समवेदना व्यक्त गरें। मैले फुलबारी सामुदायिक हल्जमा आश्रय लिएका दुई पीडित परिवार र अन्य गाउँलेहरूसँग पनि भेटें। फुलबारी क्षेत्रमा ठूला दरारहरू देखा परेका छन् र सम्पूर्ण क्षेत्र अत्यधिक जोखिममा परेको छ।

आसन्न विपत्तिको निरन्तर डरमा कोही पनि बाँच्नु हुँदैन। पुनर्निर्माण प्रक्रिया समयमै अगाडि बढाउन सकोस् भनेर म सम्बन्धित अधिकारीहरूलाई जग्गाको छिटो बाँडफाँडको लागि अनुरोध गर्नेछु।

यस चुनौतीपूर्ण समयमा, हामी सोनाडा, रुङमुक, सेडार्स, मुन्डा, रिङ टोङ र वरपरका क्षेत्रका मानिसहरूसँग एकताबद्ध छौं। राहत प्रदान गर्न अथक प्रयास गरेकोमा म सबै स्वयंसेवकहरू, समुदायका सदस्यहरू र प्रशासनिक अधिकारीहरूलाई धन्यवाद दिन्छु।

*राजु बिष्ट*
*सांसद, दार्जिलिङ र*
*राष्ट्रिय प्रवक्ता, भाजपा*

09/10/2025

मिरिकको थर्बु चिया बगानका वरिष्ठ चिकित्सक डा. अरुप कुमार दासको स्थान्तरण नगर्ने अपिलको साथ आज विभिन्न संघ- संस्थाले बगानका मुल प्रबन्धकलाई ज्ञापन दिएको छ ।यसै प्रसंगमा नन्दलाल गाउँको सक्रिय सामाजिक संस्था भाईबन्धु समाजले ज्ञापन चडाउदै डाक्टर श्री दासको स्थान्तरण रोकन पर्ने अपिल गर्नु भएको छ।समाजका अध्यक्ष बिआर राईले आफ्नो बिचार व्यक्त गर्नु भएको छ ।

09/10/2025

मिरिकको थर्बु चिया बगानका वरिष्ठ चिकित्सक डा. अरुप कुमार दासको स्थान्तरण नगर्ने अपिलको साथ आज विभिन्न संघ- संस्थाले बगानका मुल प्रबन्धकलाई ज्ञापन दिएको छ ।यसै प्रसंगमा नन्दलाल गाउँको सक्रिय सामाजिक संस्था दिनबन्धु समाजले ज्ञापन दिदै डाक्टर श्री दासलाई यहि राख्न पर्ने बताउनु भएको छ।

09/10/2025

मिरिकको थर्बु चिया बगानका वरिष्ठ चिकित्सक डा. अरुप कुमार दासको स्थान्तरण नगर्ने अपिलको साथ आज विभिन्न संघ- संस्थाले बगानका मुल प्रबन्धकलाई ज्ञापन दिएको छ ।यसै प्रसंगमा नन्दलाल गाउँको सक्रिय सामाजिक संस्था मखमली समाजले पनि ज्ञापन चडाएको छ । संस्थाका अध्यक्ष गणेश राईले यसो भने ।

09/10/2025

मिरिकको थर्बु चिया बगानका वरिष्ठ चिकित्सक डा. अरुप कुमार दासको स्थान्तरण नगर्ने अपिलको साथ आज विभिन्न संघ- संस्थाले बगानका मुल प्रबन्धकलाई ज्ञापन दिएको छ ।यसै प्रसंगमा मिरिक बजारको सक्रिय सामाजिक संस्था पारिजात संघले पनि मुल प्रबन्धकलाई ज्ञापन बुझाएको छ। संघका अध्यक्ष पुनम बिश्वले डा. अरुप कुमार दास जस्ता चिकित्सकको आजको दिनमा अतिनै खाचो रहेको बताउदै उहाँको स्थान्तरण नगरियोस् भनी अपिल गरेका छन् ।

Address

Mirik
734214

Alerts

Be the first to know and let us send you an email when MIRIK Channel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MIRIK Channel:

Share