MIRIK Channel

MIRIK Channel सूचना अनि मनोरञ्जनको भरपर्दो माध्यम
(1)

28/05/2026

आंगनवाडी कर्मचारीहरूले सेवा समाप्ति, न्यून तलब वृद्धि र भ्रष्टाचारबारे मिरिक बैठकमा उठाए चिन्ता

मिरिक, दार्जिलिङ, मे २८: पश्चिमबङ्ग आंगनवाडी कर्मी ओ सहायिका कल्याण समिति (PAKOSKS) को एक बैठक आज दार्जिलिङ जिल्लाको मिरिकस्थित सौरेनी कम्युनिटी हलमा सम्पन्न भयो, जहाँ आंगनवाडी कर्मचारी तथा सहायिकाहरूको हकहित र कल्याणसँग सम्बन्धित विभिन्न ज्वलन्त समस्या तथा मागहरू उठाइएका थिए।

सभालाई सम्बोधन गर्दै समितिको हिल कमिटीकी अध्यक्ष सरिता खड्काले वर्षौंसम्म सेवा गरेका आंगनवाडी कर्मचारीमाथि भइरहेको “अन्यायपूर्ण व्यवहार” प्रति गम्भीर चिन्ता व्यक्त गरिन्।

खड्काले वर्तमान व्यवस्थाअनुसार आंगनवाडी कर्मचारीहरूलाई ६५ वर्ष पुगेपछि औपचारिक रूपमा अवकाश (रिटायरमेन्ट) दिने सट्टा “सेवा समाप्त” (Termination) गरिने गरिएको बताइन्।

“वर्षौंसम्म कठिन परिश्रम र समर्पित सेवापछि के हामीले पाउने यही हो? सरकारले ‘Termination’ भन्ने शब्द हटाएर आंगनवाडी कर्मचारीहरूको सेवालाई अवकाशका रूपमा घोषणा गर्नुपर्छ,” खड्काले भनिन्।

उनका अनुसार, यस विषयमा समितिले भारतको सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरिसकेको छ। साथै, उनले यो पूर्व पश्चिमबङ्ग सरकारको नीति रहेको आरोपसमेत लगाइन्।

शिक्षा सुधारको विषयमा बोल्दै खड्काले २०२६ को निर्वाचनपछि आंगनवाडी अन्तर्गतको समेकित बाल विकास सेवा (ICDS) प्रणालीमा राष्ट्रिय शिक्षा नीति (NEP) २०२० लागू हुने अपेक्षा गरिएको बताइन्।

उनका अनुसार, NEP 2020 ले बालबालिकाको समग्र विकास तथा शैक्षिक वृद्धिका लागि स्पष्ट ढाँचा प्रदान गर्दछ, र यसलाई ICDS केन्द्रहरूमा लागू गरिए बालबालिकाहरूलाई ठूलो लाभ पुग्नेछ।

बैठकमा उठाइएको अर्को प्रमुख विषय आंगनवाडी कर्मचारीहरूको न्यून तलब वृद्धि थियो। खड्काले विगत १५ वर्षमा महँगी र दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढे पनि कर्मचारीहरूले जम्मा ₹२,१५० मात्र तलब वृद्धि पाएको आरोप लगाइन्।

“१५ वर्षमा महँगी कति बढ्यो र दैनिक उपभोग्य वस्तुको मूल्य कति बढ्यो भन्ने सोच्नुहोस्, तर हाम्रो तलब वृद्धि भने यो सम्पूर्ण अवधिमा जम्मा ₹२,१५० मात्र भएको छ,” उनले भनिन्।

उनले कर्मचारी पदोन्नति, सहायिका पदोन्नति तथा खाना पकाउने ग्यास आपूर्तिसम्बन्धी समस्याहरू पनि उठाइन्। सन् २०२४ मा दार्जिलिङका जिल्ला अधिकारी (District Magistrate) सँग भएको बैठकको सन्दर्भ उल्लेख गर्दै खड्काले ICDS केन्द्रका लागि छुट्याइएको ग्यास वितरण नभएको विषय उठाइएको बताइन्।

उनका अनुसार, तत्कालीन जिल्ला अधिकारीले ग्यास एक वर्षअघि नै स्वीकृत भइसकेको जानकारी दिएका थिए, तर उक्त ग्यास कर्मचारीहरूसम्म कहिल्यै नपुगेको आरोप लगाइन्।

“आज २०२६ भइसक्यो, तर अहिलेसम्म हामीकहाँ खाना पकाउने ग्यास आइपुगेको छैन,” उनले आरोप लगाइन्।

खड्काले ICDS विभागलाई सरकारभित्रकै “सबैभन्दा भ्रष्ट विभागमध्ये एक” भएको आरोपसमेत लगाइन्। साथै, परियोजना प्रतिवेदनमा अनियमितता भएको दाबी गर्दै पश्चिमबङ्गमा ४१६ वटा ICDS परियोजना मात्र भए पनि केन्द्र सरकारसमक्ष झण्डै ५०० वटा परियोजना देखाइएको र बाँकी संख्याबारे प्रश्न उठाइन्।

अन्य मागहरूमध्ये समितिले आंगनवाडी कर्मचारी तथा सहायिकाहरूका लागि पेन्सन सुविधा र ₹५ लाख ग्राचुइटीको माग गरेको छ। उनीहरूले जीवनभर सार्वजनिक सेवामा समर्पित कर्मचारीहरूलाई अवकाशपछि आर्थिक सुरक्षाको व्यवस्था गरिनुपर्ने बताएका छन्।

पश्चिमबङ्गमा नवगठित सरकारप्रति आशा व्यक्त गर्दै खड्काले समितिका लामो समयदेखिका मागहरू सम्बोधन हुने अपेक्षा राखेको बताइन्।

तर, यदि आफ्ना मागहरू सम्बोधन नभए आंगनवाडी कर्मचारीहरू पुनः आफ्ना अधिकारका लागि सडक संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइन्।

Mirik’s Anunay Rai Honoured with Prestigious Silver Medal at Sikkim University’s 7th Convocation CeremonyMirik, May 27, ...
28/05/2026

Mirik’s Anunay Rai Honoured with Prestigious Silver Medal at Sikkim University’s 7th Convocation Ceremony

Mirik, May 27, 2026: Bringing pride to the Mirik region, Anunay Rai has been awarded the prestigious Silver Medal in Music at the 7th Convocation Ceremony of Sikkim University.

The grand convocation ceremony was held on May 27, 2026, at the Manan Kendra Hall in Gangtok, the capital of Sikkim, in the gracious presence of the President of India, Droupadi Murmu. The event was also attended by the Governor, Chief Minister, Education Minister, university officials, and several distinguished guests.

During the ceremony, degrees and honours were conferred upon students from 33 academic departments under the university, including graduates, postgraduates, PhD scholars, and MPhil candidates. On the occasion, Anunay Rai was formally presented with the prestigious Silver Medal in Music by Sikkim Education Minister Raju Basnet.

Anunay earned this distinguished recognition after securing a CGPA of 8.39 (Grade A+) in Music under the Undergraduate Programme 2024, through the joint academic evaluation of Sikkim University and its affiliated colleges.

Currently, he is pursuing a Master of Performing Arts at Sikkim University.

A resident of Mahendra Gaon, Ward No. 8, Mirik, Anunay Rai is the son of Dipraj Rai and Birshika Tamang Rai. His remarkable achievement has brought pride not only to the Mirik region but also to the wider community, serving as a source of inspiration for the younger generation.

Anunay’s musical journey began at the age of 13. Over the years, he received musical guidance and training from his teachers Kailash Rai, Mohan Pradhan, and Dr. Santosh Kumar, whose mentorship has played an important role in shaping his artistic growth and achievements.

On this proud occasion, Anunay Rai expressed heartfelt gratitude to all his teachers and mentors, crediting his success to their invaluable guidance, blessings, and inspiration.

28/05/2026

मिरिक पोलिटेक्निक कलेजमा विभिन्न रोजगारमुखी कोर्सको भर्ना शुरु।

28/05/2026

दार्जीलिङ जिल्ला भाजपा महिला मोर्चाको उपाध्यक्ष पदमा अरुणा छेत्री प्रधान नियुक्त।

भारतीय जनता पार्टी (भाजपा) दार्जीलिङ जिल्ला समिति अन्तर्गतको महिला मोर्चाले संगठन विस्तार तथा सुदृढीकरण गर्दै महत्त्वपूर्ण निर्णय गरेको छ। प्राप्त जानकारी अनुसार, श्रीमती अरुणा छेत्री प्रधानलाई दार्जीलिङ जिल्ला महिला मोर्चाको उपाध्यक्ष पदमा तत्काल प्रभाव सहित नियुक्त गरिएको छ।दार्जीलिङ जिल्ला महिला मोर्चाकी अध्यक्ष श्रीमती रोमा छेत्री घिसिङद्वारा जारी आधिकारिक विज्ञप्ति अनुसार, नवनियुक्त उपाध्यक्ष अरुणा छेत्री प्रधानप्रति संगठनले पूर्ण विश्वास र भरोसा व्यक्त गरेको छ। आगामी दिनहरूमा उनको नेतृत्वमा संगठन अझ बलियो बन्ने तथा समाज सेवाप्रति समर्पित भावनाका साथ कार्यगति अघि बढ्ने आशा महिला मोर्चाले राखेको छ।श्रीमती अरुणा छेत्री प्रधानको यस गरिमामय नियुक्तिलाई लिएर दार्जीलिङ जिल्ला महिला मोर्चाले उनलाई नयाँ जिम्मेवारीका लागि हार्दिक बधाई दिएको छ।

पश्चिम बंगाल सरकारले २५ मई २०२६ मा नयाँ मोडेल १००-बिन्दु रिक्त पदहरूको रोस्टर जारी गरेको छ। यस रोस्टर अनुसार, सरकारी जाग...
27/05/2026

पश्चिम बंगाल सरकारले २५ मई २०२६ मा नयाँ मोडेल १००-बिन्दु रिक्त पदहरूको रोस्टर जारी गरेको छ। यस रोस्टर अनुसार, सरकारी जागिरहरूमा SC, ST, OBC, EWS, PwBD, पूर्व सैनिक र छुट प्राप्त श्रेणीको लागि आरक्षण कसरी गरिनेछ भन्ने निर्णय गरिएको छ।

मुख्य बुँदाहरू:

कुल १०० रिक्त पदहरूको लागि एक विशिष्ट आरक्षण सूची तयार गरिएको छ।

SC, ST, OBC, EWS, PwBD, पूर्व सैनिक र मेधावी खेलाडीहरूको लागि छुट्टै रोस्टर पोइन्ट राखिएको छ।

OBC को लागि ७% आरक्षण लागू गरिएको छ।

PwBD (अपाङ्ग) उम्मेदवारहरूको लागि ४ रोस्टर पोइन्टहरू सेट गरिएको छ।

समूह-C र समूह-D पदहरूमा पूर्व सैनिकहरूको लागि विशेष पोइन्टहरू आरक्षित गरिनेछ।

३३ औं र ६६ औं रोस्टर पोइन्टहरूमा मेधावी खेलाडीहरू भर्ती गरिनेछ।

छुट प्राप्त श्रेणी (EC) का उम्मेदवारहरूका लागि धेरै आरक्षित अंकहरू पनि राखिएको छ।

यदि कुनै विशेष श्रेणीबाट उपयुक्त उम्मेदवार उपलब्ध छैन भने, नियम अनुसार अर्को उपयुक्त श्रेणीबाट उम्मेदवारले पद भर्न सकिन्छ।

महत्त्वपूर्ण जानकारी:

यो नयाँ रोस्टर २७ जनवरी २०२६ को अघिल्लो सूचना रद्द गरेर लागू भएको हो।

सबै भर्ती एजेन्सीहरूले यो नयाँ १००-बिन्दु रोस्टर अनुसार भर्ती गर्नुपर्नेछ।

27/05/2026

पेशोकमा झारखण्डको गाडी दुर्घटनाग्रस्त

झारखण्ड नम्बर प्लेट JH १२० ०९४३ भएको स्कार्पियो गाडी आज पेशोकमा दुर्घटनाग्रस्त भएको छ।प्रत्यक्षदर्शीहरूका अनुसार गाडी सडकबाट तल झर्यो तर भाग्यवश यात्रीहरूलाई सामान्य चोटपटक मात्र लागेको बताइएको छ।

27/05/2026

पंखाबारीमा ब्लड डोनेसन क्याम्प आयोजना गरिने

हाल सिलगडीमा ब्लडको अभावलाई ध्यानमा राख्दै सुरेन प्रधानको आग्रहमा लङभिउ परिवर्तन मुभमेन्ट ट्रुस्ट अनि सेन्ट मेरिज ।।। समृद्धि मल्टीपर्पोज वुमन्स प्राइमेरी कोअप्रेटिभ सोसाइटी लिमिटेड को सयुक्त तत्वधानमा एक ब्लड डोनेसन क्याम्प भेलाकोप सार्वजनिक भवन लङ्गभिउ चिया बगानमा आगामी २९ मइ २०२६ शुक्रबार को दिन बिहान १०.३० बजे देखि दिउँसो १.३० बजे सम्म सम्पन्न हुने भएको छ । ब्लड डोनेसन को निम्ति सुबानु लामा, सुबोध लामा सर र सेमिका लामा लागि परेका छन भने उक्त ब्लड डोनेसन क्याम्पमा युवाहरूको उत्साह जनक उपस्थिति रहने सम्भावना रहेको छ र डोनरहरु पनि युवाहरु धेरै नै हुने आशा सबैले गरेका छन । रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई मध्य नजर गर्दै धेरैले उक्त क्याम्पमा ब्लड डोनेट गर्ने आशा गरिएको छ ।
सिलगडीमा कसै बिरामीलाई ब्लड चाहिएको खण्डमा हिमालयन वेल्फेयर अर्गनाइजेसनका अध्यक्ष सुरेन प्रधान सग सम्पर्क गरे तिनले कसैलाई पनि ब्लड दिलाइ दिने गर्छन र २९ मइ २०२६ शुक्रबारको दिन पंखाबारी वरि परिका सबैलाई अघि आएर ब्लड डोनेट गरि दिने हामी हिमालयन वेल्फेयर अर्गनाइजेसन बिनम्र निवेदन गर्दछौं ।
१६ बर्ष भन्दा माथीका युवाहरू कसैले पनि ब्लड डोनेट गर्न सक्ने छन र एक जना तन्दुरुस्त ब्यक्तीले प्रत्येक तिन महिना पछि नै ब्लड डोनेट गर्न सक्ने छन अर्थात बर्षमा चार चोटि सम्म ब्लड डोनेट गर्न सकिन्छ ।
पंखाबारीमा हुने ब्लड डोनेसन क्याम्पमा रोटेरी ब्लड बैंक सिलगडी को टिम उपस्थित रहने छ ।

सुरेन प्रधान
अध्यक्ष
हिमालयन वेल्फेयर अर्गनाइजेसन

गोरामुमो केन्द्रीय कार्यालयमा नयाँ सदस्यहरूको आकर्षण बढ्दो, संगठन विस्तार तीव्र ।गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा नयाँ स...
27/05/2026

गोरामुमो केन्द्रीय कार्यालयमा नयाँ सदस्यहरूको आकर्षण बढ्दो, संगठन विस्तार तीव्र ।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा नयाँ सदस्यहरू जोडिने क्रम निरन्तर जारी रहेको जानकारी पार्टी मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। पछिल्लो समय विशेषगरी युवावर्ग तथा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तिहरूको गोरामुमोप्रति आकर्षण बढ्दै गएको बताइएको छ।
यसै क्रममा गोरामुमो कालेबुङ ब्लक–३ अन्तर्गत ४३, ४४ र ४५ नम्बर समष्टिबाट उल्लेखनीय संख्यामा युवाहरू पार्टीमा आबद्ध भएका छन्। गोरामुमो अध्यक्ष मन घिसिङ को प्रमुख उपस्थितिमा आयोजित कार्यक्रममा ब्लक–३ संयोजक रितिश भुजेल, केन्द्रीय समिति सदस्य भक्त जैरु तथा शंकमणि राईलगायत नेताहरू उपस्थित रहेका थिए।
कार्यक्रममा अध्यक्ष मन घिसिङले नवप्रवेशी सदस्यहरूलाई खदा लगाएर स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए। साथै, पार्टीको संगठनात्मक मजबुती र जनआधारित विस्तारप्रति सबैलाई प्रतिबद्ध भएर लाग्न आग्रह गरेका थिए।
यस अवसरमा ब्लक–३ संयोजक रितिश भुजेलले ४३ र ४४ नम्बर समष्टि सफलतापूर्वक गठन गरिएको जानकारी दिँदै कालेबुङ क्षेत्रमा गोरामुमोको संगठन तीव्र गतिमा विस्तार भइरहेको बताए। उनले नवगठित समष्टिका प्रतिनिधिहरूले आज दार्जीलिङस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष मन घिसिङसँग भेटघाट गरी संगठन विस्तार, जनसम्पर्क तथा आगामी रणनीतिबारे गहन छलफल गरेको जानकारी पनि दिए।
रितिश भुजेलका अनुसार कालेबुङ क्षेत्रमा गोरामुमोप्रति जनविश्वास दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ। “गोर्खा राष्ट्रिय मुक्ति मोर्चा गोर्खा जातिको पहिचान र अधिकारको मुद्दा बोकेर अघि बढिरहेको दल हो। जबसम्म जीटीएजस्तो अंसवैधानिक व्यवस्था खारेज भई संवैधानिक व्यवस्था लागू हुँदैन, तबसम्म हाम्रो संघर्ष जारी रहनेछ,” उनले बताए।
यसैबीच, केन्द्रीय समिति सदस्य भक्त जैरुको नेतृत्वमा कालेबुङका विभिन्न क्षेत्रबाट आएका वरिष्ठ व्यक्तित्वहरूले पनि पार्टी अध्यक्ष मन घिसिङसँग शिष्टाचार भेटघाट गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

सुकुना पानीघटा २६ नम्बर समष्टि को अध्यक्ष श्री रमेश श्रेष्ठ अनि सचिव श्री राजेन सिंचुरी चयन।गोर्खा जनमुक्ति मोर्चा मिरिक...
27/05/2026

सुकुना पानीघटा २६ नम्बर समष्टि को अध्यक्ष श्री रमेश श्रेष्ठ अनि सचिव श्री राजेन सिंचुरी चयन।

गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समिति अन्तर्गत सुकुना पानीघटा १(२६नम्बर) समष्टि मा समष्टि का सातैवटा साखा, नारी मोर्चा,भातृ संगठन दार्जिलिंग तराई डुवर्स प्लानटेसन लेवर यूनियन का प्रतिनिधि हरूको बृहत उपस्थिति मा समष्टि पूणर्गठनार्थ एक सांगठनिक सभा सम्पन्न भयो।
सभा, मिरिक महकुमा समिति उपाध्यक्ष श्री के बी तामङ ज्यूको सञ्चालन अनि गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति सदस्य श्री गौरी खनाल ज्यूको अध्यक्षता मा रहेको थियो।
सभामा केन्द्र समिति सह सचिव श्री बिनोद खालिगं, केन्द्रीय सचिव समिर गोर्खा, मिरिक महकुमा समिति उपाध्यक्ष श्री पूणम बोम्जन,बिजय लेप्चा, मिरिक महकुमा समिति महासचिव श्री सुपचन्द गुरूङ,अनि मिरिक महकुमा समिति प्रवक्ता श्री अर्पण राई "गोर्खा" को बिशेष उपस्थिति रहेको थियो।सभामा २६ नम्बर समष्टि साथै गोर्खा जनमुक्ति मोर्चा को हातलाई अझ बलियो र ससक्त बनाएर गैर्खा जनमुक्ति मोर्चा संस्थापक अध्यक्ष माननीय "बिमल गुरूङ" ज्यूको भिजन अनि सोच साथै वॅंहाले गोर्खा जाती को अस्मिता,परिचय र चिन्हारी को निम्ति उठाएको कदम को हरेक पाईलाहरूलाई अझ मजबुत खुड़किलो बनाएर अघी बड़न हेतु समष्टि पूणर्गठन गरे। र सर्वसम्मति द्वारा समष्टि को अध्यक्ष श्री रमेश श्रेष्ठ ज्यूलाई चयन गरे भने सर्वसम्मति द्वारा समष्टि को सचिव श्री राजेन सिंचुरी ज्यूलाई चयन गरी प्रत्येक साखा बाट चार चार जना प्रतिनिधि हरू लाई समष्टिको कार्यकारणी सदस्य बनाए।

27/05/2026

परिस्थितिको रापमा नगलेका जीटीए सभासद पाल्देन तामाङ : निष्ठाको जीत" - विनय तामाङ

​सत्ताको मातमा मात्तिएकाहरूले प्रतिपक्ष जनप्रतिनिधिलाई उनको निष्ठालाई सधैं नगण्य सम्झिए। कालेम्पोङका १३ जना जीटीए सभासदहरूको भीडमा भाइ पाल्देन तामाङलाई सबैभन्दा बढी अवहेलित र कमजोर बनाउने दुस्प्रयास गरियो तर जसको संकल्प पहाडजस्तै उच्च हुन्छ, उनीहरू कहिल्यै हताश हुँदैनन्। हिजो स्वतन्त्र रूपमा चुनाव जितेर आउनेहरू स्वार्थको रङ फेर्दै सत्ताको छहारीमा ओत लागेका थिए भने पाल्देन तामाङ भाईले आफ्नो स्वाभिमान र स्वतन्त्र अस्तित्वको जगमा अडिग रहिरहे - सही समयको प्रतिक्षामा ।

​समय साँच्चै महाबलवान छ ! हिजो पाखा लगाइएका तिनै पाल्देन तामाङ भाई आज कालेम्पोङका १३ जना सभासदहरूमध्ये सबैभन्दा प्रभावशाली र आदरणीय व्यक्तित्व बनेर उदाएका छन्।

आखिर समयको छिनो र विधिको विधानले कुन ढुङ्गालाई कहिले पुजनीय मुर्ति बनाउँछ, त्यो कसलाई थाहा हुन्छ र ?

Address

Mirik
734214

Alerts

Be the first to know and let us send you an email when MIRIK Channel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MIRIK Channel:

Share